‘चर्को शुल्क लिएको आरोपमा ४५ निजी स्कुलमा तालाबन्दी

२०७४ बैशाख १४ गते ०८:३२ मा प्रकाशित


tala१४ बैशाख, काठमाडौँ । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।


एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए। उनका अनुसार रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ।


त्यस्तै एक्सलसियर, दिब्यज्ञान, डल्लु आवासीय विद्यालय, काठमाडौं भ्याली स्कुल, ट्रिनीटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, चेल्सी, अक्सिडेल्टल, आइडियल स्कुल, प्रीमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरोकिङ्गस, आइडियल, मार्बलस स्कुल, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, तक्षशिलालगायतका स्कुलमा पनि ताला लगाइएको छ।


स्कुलको प्रशासन र लेशाखामा ताला लागेको छ। ताला लगाइए पनि विद्यार्थीको पठनपाठनमा भने कुनै अवरोध नगरिने महरले बताए। ती स्कुलहरुले सरकारी निकाय र अभिभावकसँग परामर्श नै नगरी आफूखुशी शुल्क लिइरहेको विद्यार्थीको दाबी छ। मनपरी शुल्क लिने स्कुललाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै विद्यार्थी शिक्षा मन्त्रालयसँग पनि रुष्ट छन्। आन्दोलन अन्तर्गत बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि ताला लगाइने विद्यार्थीले बताएका छन्।


यस पटकको आन्दोलनमा विद्यालय सञ्चालकले लिएको शुल्कबारे छानबिन गरेर विद्यार्थीलाई फिर्ता नगराइएसम्म नछोड्ने विद्यार्थीको अडान छ।
विद्यार्थी तालाबन्दीमा उत्रे पनि शिक्षा मन्त्रालयले भने समस्या कसरी समाधान गर्ने भन्नेतर्फ पहल गरेको छैन।

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...