चाणक्यका ११ उपदेश जसले परिवर्तन गर्न सक्छ तपाईको जीवन

२०७३ बैशाख ३० गते ०८:०६ मा प्रकाशित


तपाई हामी सबैलाई थाहा नै  छ चाणक्यका नीति तथा उपदेश जीवन उपयोगी हुन्छन् । तीनै उपदेशहरू मध्येका केही महत्वपूर्ण उपदेशलाई पालना गर्ने हो भने हाम्रो जीवनमा पनि केही परिवर्तन पक्कै पनि हुन्छन् । यदि तपाई पनि आफ्नो जीवनलाई सुखी तथा उत्तम बनाउन चाहनुहुन्छ भने यी ११ उपदेशलाई ख्याल गर्नुहोस् ।

१) तपाई खुशी रहनु नै तपाईको दुश्मनको लागि सबैभन्दा ठूलो सजाय हो ।

२) धेरै सोझो भएर बस्नु भएन बनमा गएर हेर सोझा रुखहरू नै काटिन्छन् र बाङ्गा चाँही उभिएकै हुन्छन् ।

३) दुष्ट पत्नी, मूर्ख मित्र, मुख लाग्ने नोकर, सर्प भएको घरको बास यी सबै मृत्यु स्वरुप हुन् यसमा कुनै संशय छैन् ।

४) रुप र यौवनले परिपूर्ण ठूलो कुलमा जन्म लिएता पनि विद्याहीन मानिस सुगन्ध बिनाको पलासको फूल झैँ शोभा पाउँदैन् ।

५) घोटेर, काटेर, पोलेर अनि पिटेर यी चार प्रकारले सुनको परीक्षा गरिन्छ त्यसैगरी दान, शील, गुण तथा आचार यी चार प्रकारबाट मानिसको परीक्षा हुन्छ ।

६) ऋण गर्ने बाबु, ब्यभिचारिणी आमा, राम्री पत्नी र मूर्ख छोरा शत्रु हुन् ।

७) धेरै खान सक्ने शक्ति भएता पनि अलिकति मै सन्तुष्ट हुने मस्त निन्द्रामा हुँदा पनि तुरुन्तै उठिहाल्ने, आफ्नो मालिकमाथिको भक्ति र सुरोपना यी गुण कुकुरबाट सिक्नुपर्छ ।

८) देवता न काठमा हुन्छ, न ढुङ्गामा, न माटोको मुर्तिमा, निश्चय नै देवता भावमा विद्यमान छन् ।

९) जो ब्राह्मणहरू धनका लागि वेद पढ्छन् ती विषविहीन सर्प समान के गर्न सक्दछन् ।

१०) सुख चाहिएमा विद्यालाई त्यागिदिनु, विद्या चाहिएमा सुखलाई त्याग गरिदिनु, सुखार्थीले कसरी विद्या पाउँछ ? विद्यार्थीले कसरी सुख पाउँछ ?

११) कवि के देख्दैन? नारी के गर्न सक्दिन ? जड्याहा के बोल्दैन ? र कागले के खाँदैन ? 

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...