१० दिनभित्रै चुनावको मिति घोषणा हुन्छः खनाल

२०७३ पुस २८ गते १६:०४ मा प्रकाशित


chakrapani-khanal-baldev२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने बताएका छन् । आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्ने उनले बताए । बिहीबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले भने, ‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ ।’ माओवादी नेता समेत रहेका खनालले जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको बताए ।

उनले भने, ‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूनर्संरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघ पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा हुने बताए । संविधान संशोधनपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने भन्दै उनले भने, ‘माघको पहिलो हप्ताभित्रै मिति घोषणा गरियो भने निर्वाचन आयोगले पनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ ।’

उनले जेठमा स्थानीय चुनाव भए कार्तिकदेखि मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘एमाले अहिले ठीक बाटोमा आएको छ, संविधान संशोधन विद्येयक पारित गर्नुपर्छ, विद्येयक पारित हुन्छ, शंका नगरे हुन्छ ।’ कार्यक्रममा एमाले नेता रघुविर महासेठले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । मधेसी मोर्चालाई विश्वासमा लिनुपर्ने कुरामा दुई मत नरहेको भन्दै उनले भने, तर, मोर्चा आफैंमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु फेरिरहेको छ । उहाँहरु पनि निर्देशित हुनुहुन्छ ।’ सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेपनि आफूहरुलाई विश्वास नलागेको उनले बताए ।

मधेसी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पारे । उनले भने, ‘हामी चुनावको विरोधी होइनौं, संशोधन विद्येयक सदनमा टेबुल भएको छ, चुनाव चाहनेले त्यसलाई पारित गराउनुपर्छ ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूनर्संरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए ।

You may also Like this

थप समाचार

कार बम विष्फोट हुँदा २४ जनाको ज्यान गयो
कार बम विष्फोट हुँदा २४ जनाको ज्यान गयो

९ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलमा आज भएको कार बम विष्फोटम २४ जनाको ज्यान गएको छ । अन्य ४० जना घाइते भएका छन् । गृ ...

चिरानीमा रहेको गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए
चिरानीमा रहेको गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

९ साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नद ...

दोलखामा भूकम्पको परकम्प !
दोलखामा भूकम्पको परकम्प !

९ असार । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रेक्टर स्केलक ...

सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !
सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !

काठमाडौं, साउन ९ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...