पत्रपत्रिका

ओलीको प्रतिवेदनः प्रदेश २ मा हारको कारण सत्ताको दुरुपयोग, धाँधली र मतदाता किनबेच

७ असोज । केन्द्रीय कमिटीमा ओलीको प्रतिवेदन – सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएका कारण प्रदेश नम्बर २ मा हार बेहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा मतदाताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न नसकेको जिकिर गरिएको छ ।   ‘सत्ताको आडमा पैसाको खोलो बगाइयो । व्यापक धाँधली, सत्ताको चरम ...


संगठित अपराधमा १९ वर्ष सजाय भोगेको व्यक्ति ६ वर्षपछि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने

७ असोज । सरकारले ल्याएको विधेयकमा प्रमुख दलहरू मौन, फास्ट ट्रयाकबाट दसैँअघि पारित गर्ने तयारी – संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा प्रमुख दलहरूले पनि मौन सहमति जनाएका छन् ।   राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी दुई छुट्टाछुट्टै ...


१० हजार नेपालीसँग ४० अर्बको अवैध बिटक्वाइन रहेको आशङ्का

१ असोज, काठमाडौँ । .सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग, .कालोधन बिटक्वाइनमा लगानी, .हुन्डीको नयाँ तरिका बिटक्वाइन, .ह्याकरले बढाए बिटक्वाइनको भाउ   नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ...


कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ?

१ असोज, काठमाडौँ । प्रदेश नं.१ : झापा, धनकुटा, मोरङ, प्रदेश नं. २ : जनकपुर, वीरगन्ज, राजविराजप्रदेश नं. ३ : काठमाडौं, हेटौँडा, धुलिखेल, चितवनप्रदेश नं. ४ : पोखरा निर्विकल्पप्रदेश नं. ५ : बुटवल, दाङ, बाँके, कपिलवस्तुको तिलौराकोट क्षेत्रप्रदेश नं. ६ : सुर्खेत र जुम्लाप्रदेश नं. ७ : डोटी, कैलाली (अत्तरियादेखि धनगढीसम्मको क्षेत्र),कञ्चनपुर र डडेल्धुराको स्याउली बजार क्षेत्र   सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प ...


बदर मतकै चिन्ता

२९ भाद्र, काठमाडौं । पहिलो र दोस्रो तहको निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय  सञ्चारमाध्यममार्फत प्रचार(प्रसार गरेको आयोगको दाबी छ। त्यस्तै, मतदाता शिक्षाका लागि तराईका आठ जिल्लामा भदौ १५ बाट ३५ सय ८० स्वयंसेवक घरदैलोमै पुगेर सही रूपमा मतदान गर्ने विधि सिकाइरहेको आयोगल ...


उम्मेदवारको खर्चमा होड

३१ भाद्र । जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ, शुक्रबार अन्नपूर्णसँग उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने। चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेको र्‍यालीमा १९ वर्षीय निरज महतो भेटिए। & ...


ओली आज तराई झर्दै

२९ भाद्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तराई जाने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन् । एमालेले प्रदेश-२ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको छ। ओलीले शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका र बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एम ...


मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । यी जिल्ला ब ...


सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो । निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो । निजामती सेवा नियमावलीअनुसार भदौ ...


भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

२९ भदौँ, काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत ...


कर्मचारीले राजनीति गरे

२९ भाद्र, काठमाडौं । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४ु मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा निजामती कर्मचारील ...


आर्यघाटमै बसेर आँखाको नानी संकलनः महिनामा ६० नानीको प्रत्यारोपण

२९ भाद्र । ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्‍याएको हो । आँखादान गर्नेको संख्या आधा लाखभन्दा बढी भए पनि सो संख्याअनुसार नानी प्राप्त गर्न नसकेपछि नेपाल आँखा अस्पतालद्वारा सञ्चालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।  मृत्युपछि गरिने अंग दानभित्र ...


असोज २ गते हुने स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा

२९ भाद्र । प्रदेश नं. २ मा २ असोजमा हुने स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवका अनुसार ३० र ३१ भदौमा मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गर्नेछ । साथै, १ असोजमा नमुना मतदान पनि गराउने तयारी आयोगले गरेको छ र त्यसक्रममा मतदातालाई सक्कली मतपत्र पनि देखाइनेछ ।   आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पू ...


देउवाका अस्थिर १०० दिन

२९ भाद्र, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ुहनिमुनु समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र अन्तरप्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्ने पहिलो निर्णय गरेका थिए। तर, उनले निर्णय गरेअनुसार सदाचारको काम ुकागजी पुलिन्दाु मात्रै बन्न पुगेको छ। सदाचार नीतिमा उनी झनै असफल देखिएका छन्, ु ...


राजधानीमा अचाक्ली धुलोधुँवाः थलिँदै बालबालिका

२८ भाद्र, काठमाडौं । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक-पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ । चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अ ...


त्रिविका उपकुलपति प्रा.डा. खनियाँ कांग्रेसका अन्तर्घाती

२८ भाद्र, काठमाडौँ । स्थानीय निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा उपकुलपति खनियाँसँग स्पष्टीकरण लिने कांग्रेसको निर्णय – स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धान ...


कहिलेसम्म जान्छ कांग्रेस–माओवादी गठबन्धन ?

भदौ २८, काठमाडौँ । नेपाली राजनीतिमा सरकार आलोपालो चलाउने सहमति पटक–पटक हुँदै आएका छन् । तर, एक वर्ष नबित्दै सत्तारुढ दलबीच खटपट देखिने इतिहास छ । केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनाउन सहयोग गरेको कांग्रेसलाई सत्ता हस्तान्तरण गरेर गठबन्धन संस्कारमा नयाँ अध्याय थपिदिए । यो खबर आजको नयाँ पत्रिकामा छ । प्रचण्ड प्रधानमन्त्री हुँदा गरेको भद्र सहमतिमा चैतसम्म स्थानीय त ...


गोर्खाल्याण्ड आन्दोलनको निकास खोजिदैँ

काठमाडौं, भदौ २७ । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार ९आज० वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् । दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा ९गोजमुमो०बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र स ...


देउवाको न्युयोर्क भ्रमणः साढे चार करोड खर्च हुने

२७ भाद, काठमाडौँ ।  प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रूपमा महासभामा भाग लिँदै – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित ...


मानव तस्करले अफ्रिका पुर्‍याएका नेपाली अलपत्र

काठमाडौं, भदौ २७ । मानव तस्करले युरोप र अमेसरकामात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ । दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगार ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका हुन् । प्रहरीका अनुसार तस्करीमा संलग्न नेपालीले भारत, दक्षिण अफ्रिकामा बसेका काम गर् ...


गापा अध्यक्ष नै सुन तस्करीका नाइके !

काठमाडौं, भदौ २७ । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए ।२० दिन बिदा लिएर बसेका पौडलेको मोबाईल अहिले स्विच अफ छ । पौडेल बिदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो– प्रहरीले बरामद गरेको १५ किलो सुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये ...


मधेसी दललाई सकस

लहान, भदौ २५ । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए । साँझ घर फर्केका यादवले चौधारी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोशित भएका थिए । यादवले अन्नपूर्णसँग शनिबार भने–‘कुनै बेला ममाथि २८ ओटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।’ ०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लह ...


मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका, यसरी खुल्यो रहस्य

काठमाडौं, भदौ २५ । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो । १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्ट पनि त्यही नामम ...


रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाडौं, भदौ २३ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौं ...


देउवा नेतृत्वको जम्बो सरकारका कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेनन्

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले नियुक्त ...


माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवार बन्ने तीन भाग्यमानी

काठमाडौं, भदौ २२ । माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिइएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरह ...


तालमेल नगरी दलहरु एक्ला एक्लै उत्रिए मैदानमा

काठमाडौं, भदौ २२ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरुबीचको ‘महागठबन्धन’ बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन । तीन वटा स्थानीय तहबाहेक सबैमा दलहरुले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस ...


नयाँ नोट भदौ २८ देखि

काठमाडौं, भदौ २० । दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्यकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प ...


अबको निर्वाचनमा यस्ताले उम्मेदवार हुन पाउने छैनन् !

काठमाडौं, भदौ २० । भ्रष्टाचारीले समेत सजाय भुक्तान गरेको तीन वर्षपछि चुनावमा उठ्न पाउने व्यवस्थासहित कांग्रेसका १९ सांसदले राखेको संशोधन प्रस्ताव अन्तिम समयमा फिर्ता भएको छ । सोमबार बिहान बसेको राज्यव्यवस्था समिति बैठकमा कांग्रेस सांसदहरूले आफ्नो संशोधन फिर्ता लिएका हुन् । यससँगै समितिले सरकारले पेस गरेको विधेयकलाई जस्ताको तस्तै पास गरेको हो । सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले पनि विधेयकमा उल्लेख ‘नो भोट’ को व्यवस्था फिर्ता ल ...


दसैंका लागि ६६ करोडको खसीबोका राजधानी भित्रिदैँ

काठमाडौं, भदौ १९ । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा ९एक हजार पाँच सय खसीबोका र एक हजार च्यांग्रा० खरिद गरिनेछ । व्यवसायीले खसीबोका ...


बलात्कारपछि युवतीको हत्या

काठमाडौं, भदौ १९ । दैलेको आठबीस नगरपालिका–८मा एक युवतीको बलात्कारपछि हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । सुर्खेतबाट कालिकोट आउँदै गरेकी युवतीलाई ना५ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको भनाइ छ । ‘होटलमा राखेर बलात्कारपछि विष खुवाएर हत्या गरेकोजस्तो देखिन्छ, विस्तृत अनुसन्धानपछि खुल्नेछ, ...


त्रिवि शिक्षण अस्पतालमै शौचालयमा पनि ठगिन्छन् बिरामी

काठमाडौं, भदौ १९ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण) मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् । अस्पतालका युरोलोजिस्ट प्रा।डा। प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रक ...


देउवा नेतृत्वको जम्बो सरकारः राज्यमन्त्रीलाई सरकारी क्वाटरको अभाव, डेरा खर्चका लागि दुई लाख

काठमाडौं, भदौ १८ । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई–दुई लाख नगद दिएको छ । मन्त्रीको डेरा ब्यवस्थापनमा मात्रै ६२ लाख रुपैंयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वाटर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख रुपैयाँ खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरुले मासिक ४० हजार रुपैंयाँ घरभाडा वापत छुट्टै पाउनेछन् । बाहिर बस्ने मन्त्रीहरुले घ ...


काठमाडौं–तराई द्रुतमार्गः १० स्थानमा शिविर, एक हजार सैनिक तैनाथ

काठमाडौं, भदौ १८ । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग ९फास्ट ट्रयाक० निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ । यसअघि पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो । ‘फास्ट ट्रयाक’ निर्माणका लागि एक हजार सैनिक तैनाथ गर्ने तयारी छ । हरेक शिविरमा एक सयभन्दा बढी सैनिक रहने गरी त्यसको व्यवस्थापन गर्ने निर्णय भएको सैन् ...


चर्कंदै बन्दरगाहको समस्या, यो वर्ष दशैं महँगो हुने

१६ भदौ, काठमाडौं । तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६२८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा फसेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणे ...


क्षेत्र निर्धारण प्रतिवेदनः जनसंख्यालाई मात्र आधार मान्नु अन्याय

१६ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार मानेर तयार पारेको प्रतिवेदनप्रति सत्तापक्ष तथा प्रतिपक्षी दलबाट मिश्रित प्रतिक्रिया आएको छ । विपक्षी दलले आयोग सत्ताको प्रभावबाट मुक्त नरहेको आरोप लगाएका छन् भने सत्तारुढले प्रतिवेदन संविधान कार्यान्वयनका लागि एक कदम अगाडि रहेको प्रतिक्रिया दिएका छन् । आयोगले प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार प्रतिवेदन बुझाएको थियो । क्षेत ...


अब महिला पनि प्रधानसेनापति बन्न पाउने

१६ भदौ, काठमाडौं । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्न सक्नेसम्म बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलालाई प्रधानसेनापनि बन्ने बाटो खुलेको हो । नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ । स्टाफ कलेज उत्तीर्णहरुले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान ...


भ्रष्टचारी सहभागी गराउन संशोधन प्रस्तावः कांग्रेसमै विरोध

१६ भदौ, काठमाडौं । कांग्रेसका झन्डै डेढ दर्जन सांसद्ले भ्रष्टाचारजन्य कसुरमा सजाय पाएकाले पनि तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका संसदमा विचाराधीन विधेयकमा राखिएका संशोधनप्रति पार्टी मात्र होइन, राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ । कतिपयले कांग्रेस नेतृत्व पंक्तिले भ्रष्टाचार मुद्दामा अदालतबाट सजाय भोगिसकेका नेतालाई निर्वा ...


१२ सय कर्मचारी ऐनविपरीत काजमा

१६ भदौ, काठमाडौं । सरकारले निजामति सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाइँदै आएको छ । विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ । तर, कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकूल हुने गरी काजमा खटाउने प्रवृत्ति छ । यो प्रवृत्तिका कारण सेवा प्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुस ...


स्थानीय चुनावः तेस्रो चरणलाई २ अर्ब माग

१६ भदौ, काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग गरेका छन् । तेस्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो र दोस्रो चरणमा ६ प्रदेशमा स्थानीय तह चुनाव सम्पन्न भइसकेको छ । असोज २ गते २ नम्बर प्रदेशका आठ जिल्लामा निर्वाचन हुने कार्यक्रम छ । सरकारले पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा वैशाख ३१ तथा दोस्रो चरणमा प्रदेश १, ५ र ७ मा असार १४ मा निर्वाचन गरेको ...


कूटनीतिक कर्मचारीले कर तिरेनन्, २२ करोड उठाउन बाँकी

१६ भदौ, काठमाडौं । विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई बुझाएका छैनन् । कूटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ । यो बक्यौताबारे मौन बस्दै परराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको अनिवार्य कर बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको आजको नागरिक दैनिकमा खबर छ । परिपत्रमा विगतमा नतिरेको कर ...


निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न माग

काठमाडौं, भदौ १४ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले नेपालसँग मंगलबार स्पष्टीकरण माग गरेको हो । नेपाल आगामी असोज ३ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा तराईमा छन् । वीरगंजमा सोमबार घरदैल ...


मकैबारीमा महिलाको नांगो शव फेला

काठमाडौं, भदौ १४ । काभ्रेको बनेपा नगरपालिका–८ पुण्यवती खोलानजिक मकैबारीमा मंगलबार दिउँसो एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेवारिसे अवस्थामा मकैबारीमा नांगो अवस्थामा रहेको शव स्थानीयको सूचनाका आधारमा फेला पारेको हो । अन्दाजी ४०र५० उमेरकी महिलाको परिचय र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालयका सई भक्त श्रेष्ठले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट ...


कुलमान घिसिङलाई हटाउने खेल

काठमाडौं, भदौ १३ । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो । लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति ...


प्रधानमन्त्रीको भारत भ्रमणः चौतर्फी आक्रोश

काठमाडौं, भदौ १३ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोसी उच्च बाँधका ैविषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन् । उनीहरूले संविधान संशोधनका विषयमा देउवाको अभिव्यक्ति र नेपाल९भारत संयुक्त विज्ञप्तिका सम्बन्धमा सर्वदलीय बैठकमार्फत प्रधनमन्त्रीले प्रस्ट पार्नुपर्ने माग गरेका छन् । संविधान संशोधनमा आफूले संसद्मा दुईतिहाइ जुटाउन नसकेकाले त्यसका लागि पहल गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्दै देउ ...


एउटा ठूलो जहाज ‘हेर्न र लिन’ निगमका २० कर्मचारी सिंगापुरतिर

काठमाडौं, भदौ ११ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंशकारले ती कर्मचारीको भ्रमण बिदा स्विकृत गरेका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा जति उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको स ...


नेपालको पूर्वाधार विकासमा दुई छिमेकीको प्रतिस्पर्धा, कुन देश अगाडी ?

काठमाडौं, भदौ ११ । नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको हो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालको विकासमा दुई छिमेकी नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । ‘चीनले भन्दा छिटो काठमाडौंमा रेल ल्याउन अब भारत लाग्छ ।&rsqu ...


यसकारण रोज्छन् कोरियामा नेपाली कामदारले आत्महत्याको बाटो !

काठमाडौं, भदौ १० । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चूनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहिन हुनेसम्म अनुमान गर्न थालिएको छ । कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारी प्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनु पर्ने आवाज उठेको छ । बैदेशिक ...


जुर्मुराउँदै कोइराला परिवारः आगामी महाधिवेशनबारे शशांक, शेखर र सुजाताबीच छलफल सुरु

१० भाद्र । कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे । कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । ...


भारत भ्रमणमा किन उठेन बुलेटको मुद्दा ?

काठमाडौं, भदौ १० । नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो । व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकमा पर ...


देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि...

९ भाद्र । हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् । पा ...


राजधानीमा फ्रि वाइफाई

९ भदौ, काठमाडौं । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको आजको नागरिक दैनिकमा खबर छ । सिंहदरबार क्षेत्र, पद्मकन्या क् ...


यस्तो छ २ असोजमा हुने चुनावको तयारी !

९ भदौ, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् । नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको र्छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भारत भ्र ...


देउवाले पानी पिएको गिलास स्वराजले उठाएपछि..

९ भदौ, काठमाडौं । हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै द ...


राजधानीमा निःशुल्क इन्टरनेट 

९ भदौ, काठमाडौं । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको आजको नागरिक दैनिकमा खबर छ । सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले ...


नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

९ भदौ, काठमाडौं । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको इन्धनबजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोलपम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमा सयवट ...


तेस्रो चरण निर्वाचनः कस्तो छ दलहरुको तयारी ?

९ भदौ, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् । नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको र्छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भारत भ् ...


एक वर्षमा अढाई हजार प्रहरी कारबाहीमा !

७ भाद्र । एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३(७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जागिरबाट हटाइएकामा तीन इन्स्पेक्टरसमेत छन् । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउन ...


प्रधानमन्त्री देउवा भारत प्रस्थान

७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ४८ सदस्यीय टोलीको नेतृत्व गदैँ भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो । भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवस ...


नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि सरर !

४ भदौ । जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि संचालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलापुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । रेलमार्ग पुननिर्माण गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा संचालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको एकमात्र जनकपुर–जयनगर रेलमार्ग पाँचबर्षदेखि पूर्ण रुपमा बन्द थियो । जयनगरदेखि विजुलापुरसम्मको ५१ किलोमिट ...


डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित, भारततर्फको नहर फुटाउदैँ

काठमाडौं, भदौ २ । पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे । लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् । बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए । नारायणी नदीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता&ndash ...


कुनै कर्मचारीले घुस मागे सिधा डायल गर्नुहोस् १०७ मा !

काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । बिहीबार अख्तियारले आफ्नो कार्यलयमा पत्रकार सम्मेलन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको हो । सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस मागे तत्काल १०७ नम्बर डायल गरेर आयोगमा उजुरी गर्न सकिने छ । अख्तियारले पाइलट फेजमा उपत्यकाका पाँच कार्यालयमा टोल फ्रि नम्बरको होडिङ बोर्ड र स्टिकर राख्ने भएको छ । अख्तियारले मालपोत कार्यालय, यातायात व्यवस ...


बाढीले कृषिमा तीन अर्ब बढी क्षति !

काठमाडौं, भदौ २ । तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चल पूर्वाञ्चलमा ६५ करोड ५० लाख रुपैयाँबराबरको कृषि उपज नष्ट भएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, ...


यी हुन् नेपाल डुबाउने भारतीय बाँध

काठमाडौं, भदौं १ । लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ । यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने चार हजार बिघामा उर्बराशक्ति ह्रास भएको छ । लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अनुसार डुबान तथा कटानबाट करिव ६० हजार ब्यक्ति प्रभावित भइरहेको छन । ‘भारतले आफ्नो भूमिका सुरक्षा र स्व ...


वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय !

काठमाडौं, साउन ३२ । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य फेला परेको हो । पछिल्लो तीन सातादेखि पाँच महिनाको अवधिमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका १९ जना युवा त्यह ...


बैंक खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने

काठमाडौं, साउन ३२ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर् ...


राहत कोषमा झन्डै सवा २ अर्ब, बाढीपीडित भोकभोकै

३१ साउन । सरकारी राहत कोषमा अबौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ । कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो । त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपत् उद्धार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ । यस्तो कोषम ...


गृहमन्त्री शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, बाढीपीडितको उद्धार हुन सकेन

काठमाडौं, साउन ३० । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन । बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् । स्थान ...


बेरोजगारीको हदः जागिर नपाएर पाइलटले खोले पेट्रोलपम्प

काठमाडौं, साउन ३० । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवा ...


५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण उच्च जोखिममा

काठमाडौं, साउन ३० । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी ...


बोल्नै नसक्ने अवस्थामा डा. केसी

काठमाडौं, साउन ३० । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. गोविन्द केसी आइतबार आफूलाई भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो । मुटुको चाल एक्कासि प्रतिमिनेट दुई सयभन्दा बढी भयो । अनि उनी बोल्न सकेनन् । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ दिएका थिए । ‘उहाँ बसेर बिस्तारै कुरा गर्न ...


‘नयाँ कोर्स’ सुरु गरेको दुई वर्षमै किन एक्लिए डा. भट्टराई ?

काठमाडौं, साउन २८ । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् । अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर् ...


प्रदेश २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य

काठमाडौं, साउन २८ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य अघि बढाएको छ । यो संख्या थपिएपछि देशभरका स्थानीय तहको संख्या ७ सय ४४ बाट बढेर ७ सय ५३ हुनेछ । मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ ८ मा तराईका १२ जिल्लामा २३ वटा स्थानीय ...


पिपलको रुखले १३ जनाको ज्यान जोगियो

चितवन, साउन २९ । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् । त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबा ...


ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् । बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फिरेकी हुन् । कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्रायः छुट्दैनन् । अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्दे ...


जग्गा प्लटिङमा सरकारी बन्देज

काठमाडौं, साउन २७ । जग्गा दलालहरुले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । मन्त्रालयले अब कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न÷गराउन नपाइने जानकारी गराएको छ । बिहीबार पत् ...


बाबुरामका पालादेखि अहिलेसम्म १३६ दिन पुग्यो डा. केसीको अनशन

काठमाडौं, साउन २७ । माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन् । २०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै ...


गुडिरहेको गाडीबाट फिल्मी शैलीमा चोरी

काठमाडौं, साउन २७ । गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो । गोदाममा चारजना मिलेर सामान एक&ndash ...


भारतीय दूतावासको गैर कुटनीतिक क्रियाकलापबारे एमालेले माग्यो सरकारको जवाफ

काठमाडौं, साउन २६ । वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका अधिकारीले गैरकुटनीतिक क्रियाकलाप गरिरहेको दाबी गर्दै एमालेले सरकारको जवाफ माग गरेको छ । प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै पनि कुटनीतिक नियोगलाई भियना अधिस ...


मेलम्चीको पानी अब अर्को दसैंमा

काठमाडौं, साउन २६ । यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ । दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको मुहान अम्बाथानबाट २७।५ किलोमिटर लामो सुरुङ बनाएर मेलम्चीको पानी राजध ...


आजका पत्रपत्रिकामा छापिएका कार्टुन !

२५ साउन । आजको नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुन यस्ता छन्ः


राजपाले एक हप्ते समयसीमा

काठमाडौं, साउन २५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । ‘५र६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’ चुनावमा जान ...


१२ कक्षा उत्तिर्ण नेपाली युवाका लागि पाइलट बन्ने अवसर

काठमाडौं, साउन २५ । स्वदेशी पाइलटको अभाव परिपूर्ति गर्न निजी वायुसेवा सञ्चालकले रोजगारीको प्रत्याभूति ९जब ग्यारेन्टी०सहित नेपाली विद्यार्थीलाई हेलिकोप्टर पाइलट तालिममा पठाउने भएका छन् । पछिल्लो समय नेपालमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी र जहाज संख्या बढे पनि हेलिकोप्टर उडाउने नेपाली पाइलटको संख्या भने न्यून छ । सोही कारण प्रत्येक पर्यटकीय सिजनमा करिब एक दर्जन विदेशी पाइटले महँगो तलवभत्तासहित नेपालमा रोजगारी पाउने गरेका छन् । महँगो तलवभत्ता दिएर व ...


प्रम देउवाको योजनामा राप्रपा फुटेको र करोडौंको चलखेल भएको समाचार बाहिरियो

२४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ । २०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए । ...


प्रहरी इन्काउन्टरमा मारिएका युवकका बाबु के भन्छन् ?

काठमाडौं, साउन २४ । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ। उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ। परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन्। लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको स ...


‘स्वाइन फ्लु भर्सेस कडा रुघाखोकी’

काठमाडौं, साउन २४ । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो। उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो। उनी मधुमेहबाट समेत पीडित थिइन्। जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो। कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो। मृत्युको पृष्ठभूमि खोज् ...


कांग्रेसबाहेक प्रदेश नम्बर २ मा एमालेले तालमेल खोज्दै, राजपा प्राथमिकतामा

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका ...


निगमको इन्धन भण्डारण क्षमता ६ दिनमात्र

२४ साउन । पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको छ । हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ । नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता विस्तार गर्न नसकेका कारण यस्तो अवस्था सृजना भएको हो । बढ्दो मागअनुसार भण्डारण क्षमता स्तरोन्नति समयमै नगर्ने हो भने केही वर्षपछि नेपाली उपभोक्ता इ ...


नवनिर्वाचित मेयर रेणु भन्छिन्, भरतपुरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु

२२ साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेकी छिन् ।   विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’ मेयर उम्मेदवार दाहालले ...


प्रम देउवालाई किर्गिस्तानको निम्तो

काठमाडौं, साउन २२ । किर्गिस्तानले नेपालाई निम्तो पठाएको छ । सुन्दर र दुर्लभ हिउँ चितुवा पाइने १२ मुलुकका सरकारप्रमुख बिस्केकमा भेला हुँदैछन् । किर्गिस्तानका राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा भदौ ८ र ९ मा सरकार प्रमुख, सरकारी अधिकारी विशेषज्ञ, सहयोगी संस्थाका अधिकारीलगायतको भेला हुन लागेको हो । चार बर्षपछि हुन लागेको यस किसिमको सम्मेलनमा भाग लिन किर्गिस्तानका राष्ट्रपतिले बन मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रण ...


‘गोर्खाल्याण्ड’ आन्दोलनः अग्रमोर्चामा रहेका नेताहरु धमाधम समातिदैँ

इलाम, साउन २२ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा जनमुक्ति मोर्चाको नेताहरुलाई पक्रन थालेको छ । बंगाल सरकारले निगरानीमा राखेको २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन शुरु गरेको हो । भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्म ...


पूर्व प्रधानन्यायधीश सुशीला कार्की डा. केसीको पक्षमा, सडकमै उत्रिएर भाषण

२२ साउन । जति बेला सुशीला कार्की प्रधानन्यायाधीश थिइन्, उनका प्रशंसक धेरै थिए । उनको निर्भीक चरित्रको प्रशंसा गर्नेमध्ये एक थिए, कानुनविद् विपिन अधिकारी । न्याय क्षेत्रभित्रै अर्को कोणबाट उनीमाथि ‘अरू कसैको प्रभावुमा काम गर्ने गरेको आरोप लाग्ने गथ्र्यो । तर, अधिकारी त्यसको प्रतिवाद गर्दै कार्कीले न्यायालयको गरिमा र स्वाभिमान बढाएको तर्क गर्थे । पूर्वप्रधानन्यायाधीशको हैसियतमा रहेकी कार्की शनिबार डा। गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै स ...


राजपाभित्रको विवाद सतहमा

काठमाडौं, साउन २० । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहमा सांसदहरु सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवाल अहमद साह, कमलेश पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजा ...


पाकेटमार पक्राउ

काठमाडौं, साउन २० । सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले चलाएको ‘सेफ्टी पिन अप्रेसन’ मा एकजना पाकेटमार पक्राउ परेका छन् । सार्वजनिक यातायातमा ‘सेफ्टी पिन अप्रेसन’ गरिरहेको प्रहरीले टोलीले जडीबुटी बस्दै आएका काभ्रेको सिचाउने–५ का २४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो । लामाले गुडिरहेको बसमा यात्रुबाट नगद चोरेको अभियोग लागेको छ । नयाँ बसपार्कबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको ब ...


जलाशयहरुमा भरिएन पानी, हिउँदमा लोडसेडिङ

काठमाडौं, साउन २० । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ । अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन । कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठ ...


चार नाकाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने

काठमाडौं, साउन २० । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र ९एमओयू०को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्त ...


कतार जाने नेपाली ह्वात्तै घटे

काठमाडौं, साउन १९ । पछिल्लो समय कतारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । नेपालका लागि मलेसियापछिको दोस्रो ठूलो रोजगार गन्तव्यका रुपमा रहेको कतारमा गहिँरिदै गएको संकटको प्रत्यक्ष असर नेपाली कामदारमा परेको छ । सामान्यतया जेठ÷असारमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या कम हुने गर्छ । आर्थिक वर्ष २०७२र०७३ मा १ लाख २९ हजार ३८ नेपाली रोजगारीका लागि कतार गएका थिए । गत आव २०७३र०७४ मा झण्डै एक लाखले बढेर २ लाख ११ ह ...


१ वर्षमै थपिए साढे ४ लाख सवारीसाधन

काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७३र७४ मा देशभर चार लाख ४४ हजार दुई सय ५९ वटा सवारी साधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आव २०७२र७३ माभन्दा गत आवमा एक लाख ६४ बढी सवारी साधन दर्ता भएका थिए । सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै समयमा ठूलो संख्यामा सवारी साधन थपिएका हुन् । आव २०७२र७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारी साधन दर्ता गरिएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट ...


नेपालमा बसी अस्ट्रेलियामा आतंक

काठमाडौं, साउन १८ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्यूरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्यूरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ । मलेसियामा रहेक ...


स्वदेश फर्किंदा न श्रीमती, नत सम्पत्ति नै

काठमाडौं, साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् । उनको विवाह भएको १३ वर्ष भयो । श्रीमती, एक छोरा र दुई छोरीका पिता बाबुराम बिदा सकेर हरेक वर्ष खुसीखुसी काममा फर्किन्थे । तर, यसपटकको उनको यो बिदा निकै पीडादायी रह्यो । नौमहिने दुधेबालक छोडेर श्रीमतीले घर छाडेपछि बाबुरामको बिदा पीडादायी भएको हो । बाबुर ...


फेरि अर्को निर्देशन दिदै प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । बुधबार बिहान ९ बजे उनी अवलोकनमा जाँदै छन् । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन्,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने । चाडपर्वअघि नै सडक सुचारु गर्न निर्द ...


प्रहरीकै मिलेमतोमा सुन तस्करी...

काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सईसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सई सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका ...


प्रधानमन्त्री कार्यालयमै ‘झुटो प्रतिवेदन’

काठमाडौं, साउन १७ । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले ‘खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठा ...


सरकारले पत्र पठाए सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछः अध्यक्ष ओली

काठमाडौं, साउन १६ । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बत यात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फ ...


छोरी जन्मेपछि निर्घात कुटपिट गरेर घर निकाला !

कपिलबस्तु, साउन १५ । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् । ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे’, खातुनले दुखेसो पोखिन । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन । ‘बच्चा जन्मनुअघिदेखि नै छोरी जन्मिए गार्‍हो हुन्छ, तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,&rsq ...


कतार संकटको असर नेपाली कामदारलाई, रोजगारी गुम्ने खतरा !

काठमाडौं, साउन १५ । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । क ...


श्रीमतीको माग गर्दै पाँच दिनदेखि अनशनमा, मर्न तयार

कोहलपुर, साउन १५ । पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता ग ...


देउवाको भारत भ्रमणको तिब्र तयारी, २२ वर्ष पुराना सम्झौताको हिसाबकिताब हुने

काठमाडौं, साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहा ...


गोर्खाल्यान्ड आन्दोलनः ‘५० दिन नाघ्यो, जनता भोकभोकै

काठमाडौं, साउन १३ । अलग प्रान्त गोर्खाल्यान्ड माग्दै दार्जिलिङमा जारी आन्दोलनले ५० दिन नाघेको छ । माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडेको छ । ८६ को आन्दोलनका तत्कालीन कमान्डर सुवास घिसिङले ४० दिने बन्दमा फर्मान जारी गरेका थिए । उक्त आन्दोलनमा १ हजार २ सयभन्दा बढी जनता मारिएका थिए । यसपटकको आन्दोलन विगतको तुलनामा कम हिंसात्मक देखिन्छ । अहिलेसम्म ९ आन्दोल ...


सावधान ! राजधानीका तरकारीमा स्नायुलाई नै गम्भीर असर गर्ने खालका विषादी

काठमाडौं, साउन १३ । भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा फट्याङ्ग्रा मार्न, प्रतिकुल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसका कारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्दे ...


भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस

काठमाडौं, साउन १२ । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध गरेको छ । राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौं असुल गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो । यी ट्राभल एजेन्सीले पठाएकामध्ये १९ जना यूएईमा अलपत्र परेका थिए । –कान्तिपुर दैनिकबाट ...


स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक सय ९५ किलोमिटर लामो सडकखण्डमा धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पहिरोको कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । यो राजमार्गको ट्रयाक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्क साथ यात्रा गर्ने बाटो बनेको छैन । दुई वर्षअघि हस्तान्त ...


७७ कि ७५ जिल्ला ?

काठमाडौं, साउन ११ । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्नेमा द्विविधामा परेको छ । क्षेत्र निर्धारणका लागि सुझाव लिन छलफलका लागि बोलाइएका विज्ञहरुले नै चार थरी सुझाव दिएपछि कसरी अगाडी बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो । संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरुले प्रष्ट जवाफ दिन सकेका छैनन् । पहिला जिल्लाको संख्या ...


एक चौथाइ गरिब भएको देशमा मोबाइलमा दैनिक १८ करोड खर्च !

काठमाडौं, साउन ११ । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्व ३८ करोड रुपैंयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौं करोडभन्दा बढी हो । अर्को ठूलो मोबाइल सेवा प्रदाय ...


मुलुकभर लोडसेडिङ हुन नदिने तयारी कस्तो छ ?

काठमाडौं, साउन ११ । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगाबाट विजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५० ५० मेगावाट बिजुली ल्याइ गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्य जुट्दैछन् । भारतले पुसमा निर्माण सकेको कुसाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट आयात गरिने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत ...


सामाजिक संजालमा भाइरल बनिन् यी छात्रा !

काठमाडौं, साउन ११ । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् । पानी परिरहेको थियो । सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरीको ढलले हिँड्न सक्ने थिएन । पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन् । उनीसँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् । उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर ...


मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने !

काठमाडौं, साउन १० । अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःख÷हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । –अन्नपूर्ण पो ...


हिउँदमा लोडसेडिङ फर्किदैं

काठमाडौं, साउन १० । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको उर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केवर सवस्टेशनको कामसमेत रोकिएको छ । यसल ...


महिलाका लागि छुट्टैं बैंक !

काठमाडौं, साउन १० । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी०सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको राणाले बताइन् । ‘पाकिस्तान, अस् ...


बुबासँग फिरौती माग्ने छोरा पक्राउ !

काठमाडौं, साउन ९ । आफू अपहरणमा परेको नाटक गर्दै बुबासँग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ वर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीले सिरहाको धनगढी नगरपालिका–४ का २४ वर्षीय रविन चौधरी र सप्तरीको सुरुंगा नगरपालिका ५ का २० वर्षीय नागेन्द्र चौधरीलाई सप्तरी ...


लगानी सम्मेलनमा सम्बोधन गर्न भारतका प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं, साउन ९ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ सिआईआई सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो ...


सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !

काठमाडौं, साउन ९ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण । जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा÷बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि । प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भन ...


वीर अस्पताल दुई वर्षदेखि रेडियोथेरापीविहीन !

काठमाडौं, साउन ८ । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो । तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन् । दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन । ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँद ...


दार्जिलिङमा नेपालबाट नुन–तेल !

काठमाडौं, साउन ८ । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याई–नभ्याई छ । पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । महिना दिनयता पूर्वी भारतीय सीमावर्ती बजार पशुपतिनगर र आसपास क्षेत्रमा यही दृष्य दिनहुँ दोहोरिइरहेको छ । बजारमा साताको सोमबार ग्राहकको भीड अरु ...


सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !

६ साउन, काठमाडौं । आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ । सुरक्षा संवेदनशीलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्बोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा आइएनजिओले ८८ अर्ब ९८ करोड १४ लाख ८६ हजार ७८१ रुपैयाँ खर्च गरिरहेको समाचार प्रकाश तिमल्सिनाको बाइलाइनमा आजको नागरिक दैनिकमा प्रका ...


श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यागमन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमूना केसी, चन्दा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला ...


एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याई गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारवाहीमा परिरहे । सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्ष अघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरवाही भन्ने प्रस ...


‘छाउ बार्न’ धामीकै दबाब, सबैखाले रोग लाग्दा धामीकै भर !

५ साउन । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन् । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।’ गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर् ...


१ खर्बको चेक ‘लेनदेन’ कुर्दै, मिलेमतोमा चरम भ्रष्टाचार !

काठमाडौं, साउन ५ । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएको छ । तर, राष्ट्र बैंकको तथ्यांकले ७ खर्ब २१ अर्ब रुपैयाँको मात्रै भुक्तानी भएको छ । यो तथ्यांकका आधारमा १ खर्ब २ अर्ब बराबरको चेक सम्बन्धित कार्यालयमै रहेको देखिन्छ । ...


खाडी देशका राजपरिवारले मागे नेपाली चेली

५ साउन । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ । योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन आग्रह गरेका छन् । यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् । उनले यसबारे जानकारी गराउनसाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैं चेलीबेटी बेचविखन गर्न खोजिरहेक ...


४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

४ साउन, काठमाडौं । महाविनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा चुहिने छानोमूनि बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । ...


लामो रस्साकस्सीपछि मन्त्रालयको भागबन्डा भयो, कुन दललाई कुन मन्त्रालय ?

काठमाडौं, साउन ४ । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी ९राजपा० सँगको निर्णय बाँकी रहेका कारण प्रधानमन्त्री शेर बहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । मन्त्रालयमा कुरा मिले पनि सरकारमा पठाउने मन्त्रीहरुको अझै टुंगो लागेको छैन । मन्त्रीहरु छान्ने विषयमा सत्ताघटक पार्टीभित्रै किचलो छ । सरकार गठनको डेढ महिना हुन लाग्द ...


एक अर्बको सफ्टवेयर आठ महिनापनि टिकेन

४ साउन । महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थियोत गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा ९हस्तलिखित० राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगहरुलाई निर्देशन दिएको छ । महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए । कर्मचारीको विदेश भ्रमण र सफ्टव ...


यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र, सम्पूर्ण विवरण एउटै कार्डमा

४ साउन । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड) को छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको हो । नागरिकलाई राज्यको तर्फबाट एकीकृत सेवा प्रवाहका लागि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र ९स्मार्टकार्ड०को छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र ...


३५ बर्षमा १८ औं सुत्केरी, देवता खुशी पार्न यातना

बैतडी, साउन ३ । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले बैतडी गाठालापानीकी देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँ ...


बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने

३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स ...


मन्त्रीबाट हटेको ४० दिनमा पनि प्रचण्डका मन्त्रीले किन क्वार्टर छाडेनन् ?

काठमाडौं, साउन २ । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। यो खबर मधुसुधन रायामाझीले आजको नेपाल समाचारपत्रमा लेखेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उ ...


मध्यरातमा बाढीले खुसी खोस्यो

२ साउन । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ। दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ। यो खबर सुवास योञ्जनले आजको अन्नपूर्णमा लेखेका छन्। विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास् ...


यी हुन् राजधानीका ज्यानमारा भ्वाङहरु

२ साउन । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट ...


देउवाको दिल्ली यात्राको तिब्र तयारी !

२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ । नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ । देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि म ...


राजधानीमै ढलले निल्यो बालिका !

१ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै गएकी छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? नेपालटारका झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ ११ वर्षीया छोरीलाई सदाका लागि गुमाउनुपरेको छ । फुयाँल दम्पतीले छोरी विनीतालाई अव्यवस्थित ढलका कारण गुमाउनुपरेको हो । अपराह्न ४ बजेको थियो । स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत् विनीताले भनिन्–‘आमा, हामी एकछिन खेल्छौं है १’ उनी सानिमाका छोरा ८ वर्षीय रिदमसँग खेल्दै ...


डीआइजी नवराज सिलवालको बढुवा किन भएन ?

१ साउन । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षकमा बढुवा गरेन । गृहसचिव अध्यक्षको तीन सदस्यीय बढुवा समितिले ११ जना डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गर्दा सरकारसँग मुद्दा खेपिरहेका सिलवाल समेटिएनन् । तत्कालीन आइजी उपेन्द्रकान्त अर्यालसहित सबै एआइजी ९प्राविधिकबाहेक०ले सेवा अवधिका कारण एकसाथ अवकाश प ...


राजधानीमा दूषित पानी : सरकारको कमजोरीको फाइदा उठाउँदै व्यापारी

पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण बर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दैछन् । हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्र ...


भूकम्पपीडित थप पीडामा :कमिसन माग्छन् इन्जिनियर

पुननिर्माणमा खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको खबर आजको नागरिक दैनिकमा छ । प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् । ...


२५ जिल्लामा २८ लाख गरिब, कुन जिल्लामा कति गरिब ?

काठमाडौं  - राज्यले गरिब पहिचान गर्ने अभियान त सुरु गरेको छ, तर पहिचान भएका गरिबलाई कस्तो सुविधा दिने भन्ने अझै अन्योल पच्चीस जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिबको बसोवास छ । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो । बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।  गरिब जनस ...


रुकुमको पीडा: ३० रुपैयाँ बुझाउन ३ सय भाडा !

३१ असार, काठमाडौं । स्थानीय तह निर्वाचनमा गाउँगाउँमा सिंहदरबार खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरु यही नारा लगाएर प्रतिष्पर्धामा उत्रिए । चुनाव पनि जिते । तर, रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो भएको छ । अर्थात् गाउँमै पाइने सेवा सदरमुकाममा सरेको छ । विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत्त महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निर्वाचनपछि ३० रुपैयाँ विद्युत्त महसुल तिर्न ३ सय रुपैयाँ गाडी भाडा तिरेर सदरमुकाम धाउनु ...


ठूला अस्पतालको चरम लापरबाही, स्वास्थ्य जाँचमा ३० वर्ष पुराना मेसिन

३१ असार, काठमाडौं । उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ । वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक आरपी चौधरीले भने । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना ...


म्यादीमा फेल, उपप्रमुखमा पास !

३० असार, काठमाडौं । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्यूठानकी तुलसी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उनी म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन् । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उनी उत्तीर्ण भइन् । धेरै खुड्किला पार गरेपछि म्यादी प्रहरी बन्ने आत्मबल उनमा बढेको थियो । तर, बिडम्बना अन्तर्वार्ता पछि उनी अन्तिम छनोटम ...


सुन्तली हत्या प्रकरणमा डिएसपीसहित १२ जना मुछिए !

काठमाडौं, असार ३० । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको हो । अनुसन्धानमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै मध्य क्षेत्रिय प्रहरी कार्यालयले धनुषाका एसएसपी सुभाष चौधरीलाई घटना छानविनको जिम्मा दिएको थियो । उनले दिए ...


चूडामणि शर्मालगायत तीन जनामाथि ११ अर्वको अभियोग

काठमाडौं, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको छ । सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार९हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा ...


हाम्रो देशमा भीआइपीलाई सुरक्षाको कति खतरा ?

काठमाडौं, असार ३० । मुलुकका उराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइनन् हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिड्छन् । निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धानका कर्मचारी हरदम उनीहरूको सुरक्षा र चुनौतीका सूचनाहरू संकलन गरिरहेका हुन्छन् । अंगरक्षकसमेत दुई वटा सुरक्षा निकायबाट खटिएका छन् । कतै हिड्नुपर्‍यो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले अगाडि र पछाडि ...


किन बन्द छ होटेल एभरेष्ट ?

२९ असार, काठमाडौं । काठमाडौं शहरमा ठुल्ठूला होटल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारो होटल एभरेष्ट २५ महिनादेखि बन्द छ । भूकम्पका कारण क्षतिग्रस्त भई बन्द भएको भनिएको होटल भवनको मर्मतको काम सुरु भएको छैन । ११ जना सुरक्षा गार्डको भरमा एभरेष्ट होटल अलपत्र छ । भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनः सञ्चालनमा आइसकेको होटलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो । भूकम्पपछि उद्धारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली न ...


बजेट रित्याउने गरी चालू खर्चमै ब्रह्मलुट

२९ असार, काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण ९चालू० खर्चमा ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा, स्टोरलगायत फाँटका कर्मचारीबीचको मिलेमतोमा साधारण बजेटको अर्बौं रुपैयाँ लुटिएको हो। विगतमा पनि उच्च सरकारी अधिकारीको गैरजिम्मेवारीका कारण आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने काम हुँदैआएको थियो। यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन्। सरकारको ...


देशमा सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव, पारित होला त ?

काठमाडौं, असार २९ । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन् । साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको संख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ । प्रधानमन्त्री निवासमा भएको मंगलबारको बैठकमा औपचारिक प्रवेश पाएको सांसद संख्या बढाउने बिषय अघि बढी त्यसैअनुसार संविधान संशोधन गरिए गरिब देशको राज्यकोषमा अर्बौ ...


चिडियाघरका बाघ नियमित ‘व्रत’ मा

काठमाडौं, असार २९ । चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६÷६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जीवकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जीवकिपरको काम ग ...


सबैको आँखा नेपालको प्रवेशद्धार वीरगञ्जतिर

२८ वीरगञ्ज । झन्डै एक सय बर्ष पुरानो वीरगञ्ज शहरको मेयर हत्याउनका लागि अहिले सबै राजनीतिक दलहरु लागिरहेको पाइएको छ । वीरगञ्ज पर्साको मात्र नभई तराइको समेत राजधानी शहर भएकाले वीरगञ्जको मेयर पदमा धेरैको आँखा लागेको खबर आजको नेपाल समाचारपत्रमा छ । ठूला दलदेखि मधेसवादी दलहरुसमेत वीरगञ्जको मेयर पद हत्याउनका लागि अहिले राणनीतिक योजनामा रहेका छन् । ...


होसियार ! राजधानीमा प्लास्टिकको चामल बिक्री हुँदै, एक व्यापारी पक्राउ

काठमाडौं, असार २८ । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भु सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन् ...


जिप भेटियो, यात्रु भेटिएनन्

काठमाडौं, असार २८ । तानसेन नगरपालिकाको मदनपोखरा र माथागढी गाउपालिका जोड्ने तिनाउ नदीको पुलबाट सोमबार बगेर बेपत्ता भएको जिप मंगलबार फेला परेको छ । जिपसँगै बगेका चार यात्रु भने अझै बेपत्ता छन् । जिप १५ मिटर तल भेटिएको हो । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नदीमा ह्युमपाइप राखेर माथिबाट सडक बनाइएको थियो । अविरण वर्षापछि सतह बढ्दा सडकबाट नदी बगेको थियो । –नयाँ पत्रिका दैनिकबाट ...


संविधान संशोधनपछिमात्र क्षेत्र निर्धारण आयोग गठन हुने

काठमाडौं, असार २७ । निर्वाचन आयोगले गत साता साउन १५ को समयसीमा तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराइदिन पत्र लेखेपनि सरकारले यसमा अझै चासो देखाएको छैन । संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नगरी आयोग गठन गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आपत्ति प्रकट गर्न सक्ने देखेर सरकार नहतारिएको हो । कांग्रेस नेता रमेश लेखकले प्रदेश र संघीय संसदको चुनावमा सबै दललाई समेटेर लैजाने उद्देश्य राख्दा आयोग गठनमा केही ढिलाइ भ ...


चार गन्तव्यमा नेपाल बायुसेवा निगमको उडान स्थगित

काठमाडौं, असार २७ । हवाई क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ । भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बेंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी व्यहोर्नुपर्नेछ । निगमले हाल उडान गरि ...


एमाले निष्कर्षः अन्तर्घातले २५ स्थानमा हार्नुपर्यो

काठमाडौं, असार २७ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । मोरङको सुन्दर हरैँचा, रतुवामाई, के ...


तीन बालबालिका हत्याको रहस्य अझै खुलेन, तत्काल पत्ता लगाउन राज्यको ध्यानाकर्षण

२६ असार, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा संसद रामहरी खतिवडाले भोजपुरमा भएको तीन बालिकाको मृत्यूको सत्यतथ्य चाडो पत्तालगाउँन जोडदाड माग गरेका छन् । आज संसद बैठकमा वोल्दै संसद खतिवडाले १२ गते भोजपुरमा मृत अवस्थामा भेटिएका तीन बालबालिकाको हत्या कस्ले र किन गरेको भन्ने अहिले सम्म पत्ता लगाउँन नसेकाले तत्काल पत्ता लगाउँन राज्यको ध्यानाकर्षण गराएका छन् । यस्तै स्थानीय सतरमा पनि नेपाल तरूणादलका केन्द्रिय उपाध्यक्ष उत्तम कुमार चापागार्इले स्था ...


एमालेमा जितको खुशीसँगै अन्तर्घातको पीडा

काठमाडौं, असार २६ । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए । विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो । त्यसैले उनले नवनिर्वाचितलाई बधाई दिन आयोजित कार्यक्रममा धेरै समय पार्टीभित्रको अन्तर्घातबारे बोले । ‘गौरादहजस्तो ठाउँमा एमालेले मेयर हार्ने कुरा सोच्न सकिन्छ रु त ...


१६ बर्षमा विवाह, २० बर्ष नपुग्दै बन्ध्याकरण !

२५ असार । साँफेबगर–७ अछामकी थिउरी लोहारको उमेर १९ बर्ष पुग्यो । ‘टिन’ समूहकी उनका दुई सन्तान छन् । २० बर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन् । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण९परिवार नियोजन० गराइन । उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन् । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ बर्षको उमेरमै बन्ध्याकरण गराइन् । स्कुल पढ्दा पढ्दै भागेर विवाह गरेकी उनक ...


दार्जिलिङ फेरि तनावग्रस्त, प्रहरीको गोली लागेर तीन जनाको ज्यान गयो

काठमाडौं, असार २५ । नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो । भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्श ...


राष्ट्रपतिको लागि गाडी किन्न १६ करोड रुपैंयाँ माग

काठमाडौं, असार २५ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपूग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप रुपैप ...


चुनावी परिणामबारे कस्तो थियो दलहरुको आँकलन ? कस्तो भयो ?

२३ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३३४ मध्ये १५० वटा तहमा जित्ने अनुमान गरेको थियो । तर, अहिलेसम्म ११७ तहमा मात्रै जित हात पारेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेले अपेक्षा गरेका पूर्वी सहर, ५ नम्बरका दाङसहितका सहरी क्षेत्रमा हार बेहोर्दा अपेक्षित परिणाम ल्याउन नसकेको बताए । ‘१५० तह जित्छौँ भन्ने लागेको थियो,’ उनले भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस् ...


१० मिनेट मुुसलधारे पानी पर्दा काठमाडौंमा जाम...

काठमाडौं, असार २३ । उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी पर्‍यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ । मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा एक दर्जनभन्दा बढी ठाउँमा ढलको पानी सडकमा आएर डुबान हुने गरेको ट्राफिक प्रहरील ...


पत्नीले चुनाव हारेपछि पुरोहितले गरे जजमान बहिष्कार

काठमाडौं, असार २२ । श्रीमतीले चुनाव हारेको झोँकमा धनकुटाका एक पुरोहितले आफ्ना १९ घरका जजमान बहिष्कार गरेका छन् । पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर गाउँपालिका–५ मा महिला सदस्य उम्मेदवार थिइन् । ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’ दाहालले जजमानको घरमा मृत्युपछिको मासिकसमेत नगरिदिएपछि गाउँमा खैलाबैला छ । महिना ...


नेपाली पोशाकमा गोर्खाल्याण्ड आन्दोलन

काठमाडौं, असार २२ । भारतको पश्चिम बंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए । गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको मृत्यु भएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको आम हड्तालको ...


गजेन्द्र नारायण सिंहको नामले राजपामा विवाद चर्कियो

काठमाडौं, असार २२ । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो । विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो । उनीहरूबीच वि ...


भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो

काठमाडौं, असार २१ । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट संचालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छन् । भारत भ्रमणमा रहेका महराले स्वराजसँगको द्वि ...


यी महिला हुन् साझा सवालमा प्रधानमन्त्री देउवालाई पुऱ्याउने !

काठमाण्डौ । बीबीसीको साझा सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतीलाइ लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छन् ।   कायक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ । प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्था ...


कोरियामा ३ प्रतिशत नेपाली कामदार गैरकानुनी

काठमाडौं, असार २१ । रोजगार अनुमति प्रणाली (इपीएस) बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ । कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानका ...


दल दर्ता गर्दै राजपा

२० काठमाडौं, असार । स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ । पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा कचिंगल उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने भएका छन् । र ...


नेपाली आकाशको अडिट हुँदै

काठमाडौं, असार २० । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दाबी गरिरहेका बेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आएकाओको दुई सदस्यीय टोलीले मंगलबार (आज_ देखि नेपाली आकाशको अडिट सुरु गर्ने छ । टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ । आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमण्ड बोहल ...


घुसको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा, घुसमा तरकारी पनि...

काठमाडौं, असार १० । ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दा ...


यसकारण मोदीको नेपाल भ्रमण रोकियो

काठमाडौं, असार १९ । वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ । साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन । अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने ...


व्यापार घाटाः ९ खर्बको आयात हुँदा ६८ अर्बको निर्यात

काठमाडौं, असार १८ । चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार वर्ष २०७२र०७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो । यो आंकडा अनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर ...


स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा...

काठमाडौं, असार १८ । नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ । तर सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्नेगरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ । आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्ने गरी ‘अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक’ मा वित्त आयोगसम्बन्धी विधेयक संसदमा दर्ता भएको हो ...


नेपालको प्रवेशद्धार वीरगन्ज भन्सारमा ‘गेट इन्ट्री नोट’ लागू

काठमाडौं, असार १७ । वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ । अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ । –कान्तिपुर दैनिकबाट ...


सासूसँग ३७ मतले बुहारी हारिन्

काठमाडौं, असार १७ । इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् । सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् । –नयाँ पत्रिका दैनिकबाट ...


प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा

काठमाडौं, असार १६ । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए । अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी ...


एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं, असार १६ । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ । असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव ...


साउदीमा रहेका नेपालीसहित एसियन देशका गोठाला अधिकारबाट वञ्चित

१६ काठमाडौं, असार । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा ९खेतीपाती०, ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा। अलिविन समैखा अल मर्रीले बताए । साउदी ...


मतपेटिका रित्तै

काठमाडौं, असार १५ । स्थानीय तह पुनःसंरचनामा असन्तुष्ट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लाका स्थानीय बासिन्दाले मतदान गरेनन् । यहाँका पाँचै मतदानस्थल दिनभर सुनसान रहे । तिङ्लामा २ हजार ४ सय ७६ मतदाता छन् । आफूहरुको आन्दोलनकै कारण कुनै मतदाता भोट हाल्न नगएको कांग्रेसका स्थानीय नेता नैतबहादुर कार्कीले बताए । स्थानीयले गाउँपालिकाको केन्द्र पायक पार्नुपर्ने माग गर्दै आएका छन् । –कान्तिपुर दैनिकबाट ...


राजपाको पकड क्षेत्रमा मतदान उत्साहजनक

१५ असार । राष्ट्रिय जनता पार्टीको प्रभाव क्षेत्रमा मतदाता उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् । रुपन्देहीका कोटहीमाई, सम्मरीमाई, मर्चवारी माई, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका राजपाको प्रभाव क्षेत्र मानिन्छ । ती स्थानमध्ये कतिपयमा ८० प्रतिशतसम्म मत खसेको छ भने कतिपयमा ७५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतले बताएका छन् । कोटहीमाई गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । –नागरिक ...


५ पटक चुनाव वहिष्कार गरेका थवाङवासी मतदान गर्दै

काठमाडौं, असार १४ । सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतीक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालको चुनाव वहिष्कार गरेका थिए । –नागरिक दैनिकबाट ...


अब चट्याङको पूर्व सूचना दिने चट्याङ प्रविधि स्टेशन

काठमाडौं, असार १४ । जल तथा मौसम विज्ञान विभागले मुलुकका सात स्थानमा चट्याङको पूर्व सूचना दिने चट्याङ प्रविधि स्टेशन स्थापना गरेको छ । थप दुई स्थानमा आगामी शनिबारसम्म स्टेशन स्थापना गर्ने विभागको तयारी छ । विभागका अनुसार स्टेशनमा चट्याङबारे सूचना दिने प्रविधि जडान गरिसकिएको छ । जल तथा विज्ञान विभागका शाखा प्रमुख ऋषिराम शर्माका अनुसार काठमाडौं, विराटनगर, पोखरा, सिमरा, भैरहवा, सुर्खेत, धनगढीमा चट्याङको पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । ती स्ट ...


महन्थ ठाकुरको प्रश्नः ‘परिणाम खोइ त ?’

काठमाडौं, असार १४ । कांग्रेस–माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश प्रकट गरेका छन् । उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन १९ मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुन्नुअघि मधेसी मोर्चासँग कांग्रेस र माओवादीले तीनबुँद ...


ह्वात्तै घट्दै इन्टरनेट शुल्क

काठमाडौं, असार १३ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार हाल इन्टरनेट सेवा प्रदायकले करिब एक हजार वा त्यसभन्दा बढी ...


मौसमविद् भन्छन्, चुनावको दिन भारी वर्षा हुने

काठमाडौं, असार १३ । नेपाल र भारतका मौसम विभागका पूर्वानूमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ । ती पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना देखाएका हुन् । १ नम्बर प्रदेशको तुलनामा ५ र ७ प्रदेशमा अपरान्ह केही समय वर्षा रोकिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मतदानको तयारी गरिरहेका तीनवटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । य ...


१ किलो चामलको ढुवानी खर्च मात्रै ३३० रुपैयाँ

काठमाडौं, असार १३ । सडक सञ्जाल नपुगेको हिमाली जिल्ला हुम्लामा प्रतिकेजी चामल ढुवानी गर्नमात्र ३ सय ३० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको नेपाल खाद्य संस्थानले समयमै काम नगर्दा यति महँगोमा चामल ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । सडक नपुगेको हुम्लामा बर्सेनि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि संस्थानले समयमै ढुवानीका लागि टेन्डर आह्वान नगर्दा तेब्बर मूल्य तिर्नुपर्ने अवस्था छ । स ...


जडीबुटी व्यापारी दम्पती होटलबाटै अपहरण !

काठमाडौं, असार १२ । राजधानीको गोंगबु, नयाँ बसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गोपालबाबु श्रेष्ठ शनिबार बिहानै होटलबाटै अपहरणमा परे । सूचना पाउनासाथ खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन घण्टामै मुक्त गर्‍यो । अपहरणमा संलग्न विप्लव माओवादी सम्बद्ध शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे । योजना बनाउने विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमा ...


विराटनगर महानगरका जनप्रतिनिधिसँग चुनौतीका चाङ

काठमाडौं, असार १२ । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ छन् । युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका जनप्रतिनिधिले आगामी पाँच वर्षमा साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहरलाई साँच्चैको महानगरमा रूपान्तरण गर्नुपर्नेछ । नेपालमा उद्योग र राजनीतिको जग सुदृढ बनाएको विराटनगरसँग अहिले त्यसको दम्भ मात्र बचेको छ । विराटनगरसँग अहिले देखाउन मिल्ने एउटै मात् ...


पाइलटको तलबभत्ता ३०० प्रतिशत बढ्यो, मासिक ६ लाख हुने

काठमाडौं, असार १२ । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलबभत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेक ...


कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं, असार १० । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो । त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन् । उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो । भोजपुरका ३७ बर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ बर्ष भयो । ...


देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले: देउवाका गाउँले

डडेल्धुरा, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए । डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नंं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर ...


परीक्षा नदिएको विषयको रिजल्ट आएपछि...

भक्तपुर, असार १० । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन् । –नेपाल समाचारपत्र दैनिकबाट ...


व्यापक विरोधपछि मोबाइल फोन किन्ने निर्णय फिर्ता

काठमाडौं, असार १० । काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि मोबाइल फोन खरिद गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि महंगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको सो निर्णय सार्वजनिक भएपछि सर्वत्र आलोचना गरिएको छ । महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहर ...


यी हुन् मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने ४ मतदान केन्द्र

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन ...


विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?

९ असार, काठमाडौं । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन । त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् । सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन ...


करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा

काठमाडौं, असार ९ । सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिएको हो । निर्वाचनको निहुँमा करोडौं मूल्य पर्ने पाँचवटा प्र ...


ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ । बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका औरहीका चार युवालाई प्रहरीले पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो । औरही गाउँपालिका–२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षी ...


मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । आजको कान्तिपुरमा यो खबर छ । ...


प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा, कोही पश्चिम त कोही पूर्व

९ असार, काठमाडौं । प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहा क्रममा कोही पूर्वमा छन् भने कोही पश्चिम पुगेका छन् । आफ्नो पक्षमा माहोल बनाउन सबै पार्टीका शीर्ष नेता देशका विभिन्न ठाउँमा पुगेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनको लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ रहने छन् । देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमा ...


बाजुराको ४ मतदान केन्द्र सम्पर्कविहीन, पुग्न पाँच दिन लाग्ने

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ । भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन् । ती मतदान केन्द्र सदरमुकामबाट पाँच दिनको पै ...


टीकापुरको रोचक प्रतिष्पर्धाः मालिकसँग भिड्दै कमैया

९ असार, काठमाडौं । मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन् । ०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मेहनतले सफलताको सिँढी चढिरहेकी छन् । १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सदेशनीको जीवनयात्रा निकै कष्टकर छ । उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन् । घरको आर् ...


दार्जीलिङ आन्दोलनले उग्र रुप लिदैः विद्यार्थीहरुलाई घर जान १२ घण्टे अल्टिमेटम

काठमाडौं, असार ८ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पु&ye ...


निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी ८ अर्ब ७१ करोड बाँडिदैं

काठमाडौं, असार ८ । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनःस्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो । आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो । द्वन् ...


जेल चलान गरिएका दुई पूर्व आइजिपीसहित चार जना एउटै कोठामा

काठमाडौं, असार ८ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् । पूर्व आइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्व एआइजी दीपकसिंह थाङदेन र पूर्व डिआइजी दीपक श्रेष्ठ जेल चलान भएका हुन् । चारैजना बुधबार सँगै अदालत गएका थिए । डिल्लीबजार कारागारमा पनि उनीहरु एउटै कोठामा बसेका छन् । कारागारका एक प्रहरी अधिकारीका अनुसार करिब १५ जना अट्ने एउटा ठूलो कोठामा उनीहरु सँगै बसेका हुन् । उक्त क ...


राजधानीलाई चीनसँग जोड्ने फास्ट ट्रयाक १ महिना भित्रै खुल्ने

काठमाडौं, असार ७ । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ । यसपछि गल्छी वेत्रावती– मैलुङ स्याफ्रुबेसी– रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामै पुगिने छ । चीन सरकारले सन् ...


गोलाप्रथाद्धारा ट्याक्सी वितरण गरिदैँ, काठमाडौंमा गुडाउन नदिइने

काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई गोलाप्रथाद्धारा वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ । महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनतालाई गोलाप्रथाबाट उपलब्ध गराइने १५ सयवटै ट्याक्सी उपत्यकामा चलाउन असम्भव भएको बताए । ‘जुन जिल्लाका जनतालाई ...


यी हुन् साढे ३३ किलो सुन तस्करीका नाइके, जो प्रहरी फन्दामा

काठमाडौं, असार ७ । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुबैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सीआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए । खरेल र पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरे ...


देशैभर मनसुन,यसपालि औषत वर्षा हुने ।

७ असार, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्रज्ञ हुन सक ...


रसुवागढी–केरुङ नाकाः वारि झलमल्ल, पारि अलमल

७ असार, काठमाडौं । रसुवागढीलाई नेपालसँगको व्यापारिक नाका बनाउने उद्देश्यसहित चिनियाँ पक्षले पूर्वाधार निर्माण तीव्र पारे पनि नेपाल पक्ष भने सुस्त देखिएको छ । भूकम्पले तातोपानी नाका अवरुद्ध बनाएपछि र भारतीय नाकाबन्दीका कारण रसुवागढीलाई विकास गर्ने योजना बनेको थियो । त्यसका लागि नेपाल पक्षबाट गरिनुपर्ने तयारी सुस्त देखिएको नागरिकले लेखेको छ । नेपालतर्फ पनि केरुङमा झैं विकास र भौतिक संरचनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए ।संसद्को ...


किन घटे कतार जाने नेपाली ?

काठमाडौं - दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ । विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेक ...


दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

दार्जिलिङ - दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति मोर्चालाई केही दिनको समय दि ...


अहिले भेडा पाल्दैछन् जनयुद्धका कमाण्डर !

बझाङ - बुङगल नगरपालिका २ का शंकर धामी गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । शंकर मात्र होईन, गाउँकै किशोर धामी र कमल धामी पनि यो ब्यवसायमा सक्रिय छन् । हिमाली क्षेत्रमा भारी बोक्न, उन र मासुका लागि भेडाबाख्राको प्रयोग हुन्छ । हिउँदेयाममा बेसी र बर्षायाम्मा लेकतिर लाग्नु उनीहरुको दैनिकी नै हो । ०५९ सालमाकक्ष ७ मा पढ्दै गर्दा तत्कालिन नेकपा माओवादीको सशस्त्र संघर्षमा लागेका उनहीहरु अहिले भेडापालान गरेर बार्षिक ३ देखि ५ लाख रुपै ...


प्रचण्डको खुलासाः वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

७ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीर ...


सिंहदरबार जोगाउनलाई प्लाष्टिकले छोपियो !

असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ । एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रिट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम् ...


सबै शीर्ष नेताहरु निर्वाचनमा, को कहाँ खटिए

७ असार, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । कांग्रेस – (प् ...


तोकियो नेपालका राष्ट्रपति र उपराष्ट्रपति को तलब

६ असार । काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ । राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । यो खबर आजको नेपाल समाचारपत्र मा छ । ...


भारत भ्रमण गर्ने देउवाको इच्छा तर कहिले ?

काठमाडौं, असार ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन ९अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर० मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ । भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिको रुपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र ...


पक्षघातका बिरामीका लागि बरदान बने यी दुई नेपाली

काठमाडौं, असार ६ । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिर ...


ब्लड बैंकहरुको चरम लापरवाहीले एचआईभी सर्‍यो

काठमाडौं, असार ६ । हरेक महिना रगत बढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभीरएड्स संक्रमण देखिएको छ । ‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा। अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन । उपयोगकर्तामा एचआईभीरहेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदैं आएको छ ।’ रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच ९स्क्र ...


एसइइपछि के पढ्न कति जीपीए चाहिने ?

४ असार । रुकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे । उनले २।८ जीपीए ल्याएका रहेछन् । अनिबार्य नेपालीमा भने ग्रेड डी मात्रै । ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्बजनिक नगर्दा विद्यार्थी मात्रै होइन, हामी पनि अन्यौलमा ...


उग्र बन्दै दार्जिलिङ आन्दोलन, टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ !

४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ...


कस्तो अचम्म ? अहिलेको जमानामा पनि चिठी बोक्दै प्रहरी !

काठमाडौं, असार ४ । अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन् भन्दा झनै अपत्यारिलो लाग्न सक्छ । तर, यो बाजुराको वास्तविकता हो । स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ । पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरामा ७० मतदानस्थल र ९२ मदतान केन्द्र तोकिएको छ । भौगोलिक कठिनाइका कारण सञ्चार सेवा नभ ...


आखिर ज्योतिषले किन रोके देउवालाई बालुवाटार सर्न ?

१ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्। यो खबर आजको नागरिकमा प्रकाश ति ...


चुनावबारे प्रमुख दलहरु नै अलमलमा !

काठमाडौं, असार १ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन् । उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्टि«य जनता पार्टी नेपाल लार्इ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन् । संविधान संशोधनसहितका विषय र जनसंख्याका आधा ...


बोनस बाँड्न नमिल्ने आयल निगमको ठहर

काठमाडौं, असार १ । संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । ‘सरकारको लगानीमा संचालित संस्थानहरु नाफा, व्यावसायिक र सेवामुलक गरी परिभाषित गर्नुपर्ने देखिन्छ,’ बुधबारको बैठकमा संयोजक सुभाषचन्द्र ठकुरीले भने, ‘अर्थस ...


बुबाआमालाई आफ्नो कमाईको १० प्रतिशत तलब अनिवार्य

काठमाडौं, असार १ । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ । आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लाग ...


प्रदेश नम्बर २ र ५ मा निर्वाचन फेरि सर्न लागेको होत ? यस्तो छ सत्तारुढ गठबन्धनको गृहकार्य

काठमाडौं, जेठ ३१ । तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय े ततहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल ९कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक० र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो। निर्वाचनमा सहभा ...


यी हुन् भावी प्रधानन्यायाधीशका प्रतिस्पर्धी

काठमाडौँ, जेठ ३१ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिसमा लागि सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीसहित छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसअघि सम्भावित योग्यता पुगेका उम्मेदवारको रोस्टर पठाउने प्रचलनअनुसार न्याय परिषद्ले रोस्टर पठाएको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। न्याय परिषद्को मङगलबारको बैठकले सम्भावित योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको हो। न्याय परि ...


मनसुन सुरु

काठमाडौं, जेठ ३१ । यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ। सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो। सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वाय ...


राजपालाई चु्नावमा ल्याउने सञ्जिवनी बुटी खोज्दै प्रमख दल

काठमाडौं, जेठ ३१ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाउन लचिलो भएका छन् । यो खबर आाजको नागरिक दैनिकमा प्रकाशित छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह सिंहदरबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता ज ...


चार हजार दुधालु गाई कतारतिर

काठमाडौं, जेठ ३१ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रूप लिने सम्भावना बढेको छ। तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति ...


नेटवर्क ठगी धन्दा फेरि सुरु

३० जेठ, काठमाडौं । छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी लाइफकै शैलीमा नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ । चिकित्सक, इन्जिनियर र चार्टड एकाउन्टेन्टको सक्रिय संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको आजको नागरिक दैनिकमा खबर छ । डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्क धन्दामा संलग्न एक सय दुई जनालाई प्रहरील ...


कतार तनावको नेपाल असर कस्तो ?

३० जेठ, काठमाडौं । छिमेकी देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म एक सय जनाले मात्र लिएका थिए । एक साताअघि साउदी अरब, बहरा ...


निर्वाचनसम्बन्धी सबै तयारी पूरा, मतपेटिका जिल्लाजिल्लामा

३० जेठ, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाउँदै छन् । प्रवक्ता शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् । &lsquo ...


देउवाको गम्भीर धोकापछि सुरेन्द्र उठे बागी...

३० जेठ, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेलनेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् । ०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानब ...


नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत

३० जेठ, काठमाडौं । सन् २०१७ ९आर्थिक वर्ष ०७३र७४० मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो । लोडसेडिङ अन्त्य, अनुकूल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कार ...


उपेन्द्र यादवको आरोपः राजपामा महन्थ ठाकुरबाहेक सबै मति बिग्रका नेता छन्

काठमाडौँ, २९ जेठ – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भागेर राजपा नेपालले कायरता देखाएको बताएका छन् । ‘मर्दले मैदानमा युद्ध गर्छ’, सर्लाहीको मधुवनगोठमा आइतबार पार्टीले आयोजना गरेको सभामा अध्यक्ष यादवले भने, ‘मैदान छोडेर भाग्नु कायरता हो ।’‘चुनाव अधिकार प्राप्तिको मैदान हो ’ उनले भने ‘हाम्रो दल अधिकार प्राप्तिका लागि चुनावी मैदानमा संघर्ष गर्छ ।’ यादवले शक्ति सञ्चय ग ...


अब पीएचडी र एमफिलमा अंकुश !

काठमाडौं, जेठ २९ । न्यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि ९पीएचडी० र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ। आयोगले यी दुवै उपाधि प्राप्त गर्नुअघि सम्बन्धित व्यक्ति र उपाधि दिने संस्थाले पालना गर्नुपर्ने मापदण्डसहितको कार्यविधि बनाएको छ। आयोग बोर्डले कार्यविधि पारित गरिसकेको छ। कार्यान्वयनका लागि सबै विश्वविद्यालयमा पत्राचार गर्ने तयारी भइरहेको आयोगका सदस्यसचिव देवराज अधिकारील ...


शोभराजलाई बचाउन निहिताको रगत

काठमाडौं, जेठ २९ । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चार्ल्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो । शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए । १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक् ...


पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय सर्वोच्चले उल्टायो

काठमाडौं, जेठ २९ । नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति सच्याएर विवादमा परेको रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाइदिएको छ । सर्वोच्चको फैसलापछि कार्कीको निर्णयले अवकाशप्राप्त उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको पुनर्वहाली भएको छ । विनाप्रमाण हचुवाका भरमा जन्ममिति सच्याएका कारण मानवअधिकार, सामाजिक मर्यादा र सेवामा आघात पुगेक ...


‘म त १२ घण्टा मरेछु’: शेर्पा गाइड

काठमाडौं, जेठ २९ । सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी हिँड्नै सकेनन् । ‘उनी हिँड्न सकेनन्, मैले बोक्न पनि सकिनँ,’ शेर्पाले सम्झिए । त्यसपछि उनीहरू दुवै जनाले ८ हजार ६ सय मिटरको बालकोनीनजिकै रात बिताउनुप¥यो । ‘म सहजै झर्न सक्थें तर ...


जेल सजाय तोकिएका पूर्व प्रहरी प्रमुख घरमै निर्धक्क सरकारी सुविधा लिदैँ

काठमाडौं, जेठ २९ । सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्व प्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एक÷एक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । उल्टै सरकारी सुविधा प्रयोग गरिरहेका छन् । स्रोतका अनुसार पूर्व प् ...


बेल्जियम उड्नका लागि दिल्ली पुगेका चार नेपाली युवा अलपत्र !

काठमाडौं, जेठ २८ । विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय (राभा डिकोस्टा) लाई करिब २१ लाख भारतीय रुपैयाँ (३३ लाख नेरु) बुझाइसकेपछि ठगिएको चाल पाए । घरबाट बिदाबारी भइ बेल्जियम उड्नका लागि दिल्ली आइपुगेका यी नेपाली पैसा लिएर एजेन्ट सम्पर्कविहीन भएपछि झल्याँस्स भए । ठगिएक ...


बाँदरको टोकाइले संक्रमण भएको भन्ने कुनै सूचना फेला परेन

काठमाडौं, जेठ २८ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित भएको, एड्स, क्यान्सर रोग लागेका बाँदरबाट त्रसित हुनुपर्ने अवस्था आएको भन्दै गत वर्षको चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो । सो रिट खारेजीको मागसहित कोषल ...


अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट वारपार !

काठमाडौं, जेठ २८ । विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११ महिनासम्म नतिजा आउन सकेको छैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहका नौवटा विषयमा ९० दिनभित्रै परीक्षाको नतिजा स ...


पत्रपत्रिकाका हेडलाइनः चुनावमा राजपा ल्याउने प्रयास असफल

२८ जेठ, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा राष्ट्रिय सहमति निर्माण गर्न असन्तुष्ट मधेसकेन्द्रित दललाई सहभागी गराउन चाहे पनि यो प्रयास असफल बन्ने संकेत देखिएको छ । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले राष्ट्रिय जनता पार्टीले निर्वाचन सार्न प्रस्ताव गरेको र सरकार र दलहरुले अस्वीकार गरेको लेखेका छन् । दोस्रो चरण निर्वाचन हुने क्षेत्रमा चहलपहल बढेको खबरलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् । सत्तारुढ दल र राजपाबीचको वार्ता सहमतिमा पुग्न नसकेको विष ...


ट्राफिक प्रहरीः जरिवानाबाट पाउने भत्ता खारेज !

काठमाडौं, जेठ २७ । व्यवस्थापिका संसद्को विकास समितिले ट्राफिक नियम उल्लंघन जरिवानाबाट ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। भत्ताको लोभमा ट्राफिक प्रहरीले सवारीचालकलाई अनावश्यक दुःख दिएको गुनासो बढेको भन्दै शुक्रबार बसेको विकास समिति बैठकले सरकारलाई सो निर्देशन दिएको हो। सरकारले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको रकमको १५ प्रतिशत ट्राफिक प्रहरीलाई दिँदै आएको छ। ट्राफ ...


कतारमा नेपालीलाई नो-प्रोब्लम !

काठमाडौं, जेठ २७ । खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् । ‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरुले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को& ...


प्रचण्ड नेतृत्वको सरकारः विदेश नीतिको निरन्तरतामा भारत र अमेरिका यसो भन्छन्

काठमाडौं, जेठ २७ । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन् । शुक्रबार दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त् ...


कोरियन भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं, जेठ २७ । रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । ईपिएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ । पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका ...


अर्थद्धारा जनप्रतिनिधिको तलब, सुविधा ठप्प !

२६ जेठ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ । जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले तत्कालका लागि तलब सुविधानको प्रस्ताव रोकिएको बताए । ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा ३५÷३६ हजार जनप्रतिनिधि लोकसेवा आयोगले जागिरका लागि ...


किन धमाधम पक्राउ पर्दैछन् विप्लवका नेता–कार्यकर्ता ?

२६ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेटियो त्यहीँ पक्राउ गर्न थालेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । ...


राजपा चुनावमा जाला कि नजाला ? कानुनी बाधा फुक्यो !

२६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । संसद्को बिहीबारको बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा १८ संशोधन गर्न सरकारले ल्याएको ेप्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै दफा १८ मा रहेको दलको तर्फबाट उम्मेदवारी मनोनयनको टिकट वितरण गर्ने व्यक्तिको नमूना हस्ताक्षर दर्ता हुने औपचारिक मितिभन्दा १५ दिनअघि आयोगलाई बुझाउनुपर्ने व्यवस्था संशोधन गर् ...


भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !

२६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर, त्यतिले नपुगेर ढाडे बिरालोलाई समेत मतपत्र सुरक्षामा प्रयोग गरिएको छ । भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर, भवनभित्र रहेका मतपत्रलाई जोगाउन बिरालाले सहयोग गरिरहेको आजको राजधानी दैनिकमा खबर छ । बिरालाकै ...


राप्रपाले माग्यो उपप्रधानमन्त्रीसहित चार मन्त्रालय !

जेठ २५, काठमाडौं । संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ । ‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुप¥यो भनेका छौँ,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित रा ...


कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, बाँकी अरूलाई

जेठ २५, काठमाडौं – सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ । गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ । आजको नयाँ पत्रिकामा खबर छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयको भागबन्डा टुंगो लगाउन बाँकी छ । मन्त्रालय भागबन्डाको टुंगो लगाउन कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रबाट कृष्णबहादुर ...


अमेरिकाबाट सात नेपाली निष्कासित

काठमाडौं, जेठ २५ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुन मगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपु ...


११ हजार किलोमिटर छिचोल्दै काठमाडौंबाट कारमा जर्मनी फर्कने तयारी

काठमाडौं, जेठ २५ । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढेर होइन, कार चढेर सुदूरपश्चिमको महेन्द्रनगर नाकाबाट बिदा हुनेछन् । गाडी चढेर स्वदेश फर्केका सम्भवतः उनी पहिलो राजदूत हुन् । उनले कूटनीतिक सेवाबाट पनि अवकाश पाएका छन् । ३७ वर्षे कूटनीतिक सेवाअवधि सकेर यी कूटनीतिज्ञ शनिबार झिसमिसेमा थानकोट छाड्दै छन् । त्यो दिन लुम्बिनी बास बसेर आइतबा ...


गाउँ गाउँमा निःशुल्क इन्टरनेट

काठमाडौं, जेठ २५ । सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने भएको हो । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए । ग्रामीण क्षेत्रमा इन्टरनेट पुगे ...


चुनौतीको चाङमा प्रधानमन्त्री देउवा

२४ जेठ, काठमाडौं । चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनौतीका चाङ छन् । आगामी ७ माघसम्म बाँकी सबै निर्वाचनसहित संविधान कार्यान्वयनका चुनौती छन् । प्रदेश १, २, ५ र ७ नम्बर प्रदेशमा १४ असारमा स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनुपर्ने पहिलो चुनौती देउवासामु छ । संविधान संशोधन गरेर मधेसकेन्द्रित दलहरूलाई सहमतिमा ल्याउनुपर्ने अर्को चुनौती छ । राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिनेदेखि प्रमुख प्र ...


गलत हल्लाले म्यादी प्रहरी आन्दोलनमा

२४ जेठ, काठमाडौं । थोरै तलब पाएको भन्दै ललितपुरका म्यादी प्रहरीले नाराबाजी गरेका छन् । प्रहरीले गलत हल्लाको पछि लागेर आचरणविपरीतको काम गरेको भन्दै उनीहरुमाथि कारबाही गरिने जनाएको छ । ‘गलत हल्लाकै भरमा उनीहरुले आन्दोलन गर्न खोजेका रहेछन्,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘गलत समाचारको पछि लागेर उनीहरुले तलब बुझ्न नमानेका रहेछन् ।’ ललितपुर प्रहरीले म्यादी प्रहरीलाई ५५ दिनको तलबभक्ता प्रतिव्यक्ति ५४ हजार ...


कम बोल्छु, बढी गर्छुः प्रधानमन्त्री देउवा

२४ जेठ, काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए । आरोप–प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तर ...


यस्तो छ प्रमुख तीन दल सहमति

२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर–१९ को निर्वाचनका विषयमा २८ जेठसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि एमाले संसद् खोल्न लचिलो भएको छ । प्रमुख तीन दलबीच चार बुँदे सहमति नै बनेको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच स्थानीय तह दोस्रो चरणको निर्वाचन १४ असारमै गर्ने सहमति भएको छ । संविधान कार्यान्वयनका लागि आगामी ७ माघभित्रै प्रदेश र केन्द्रको निर्वाचन गराउने विषयमा पनि तीन दलल ...


राजपा द्धिविधामा !

२३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफू अनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन् । मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकट स्रोतकै दाबी छ । ‘मधेस आन्दोलनका एक शहीदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा ...


जेब्रा क्रसमै यसरी मारिए पैदलयात्रु...

२३ जेठ, काठमाडौं । सुनसरीकी २३ वर्षीया रविना चौधरी बसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्रै जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उप ...


मेलम्ची सुरुङ निर्माण कछुवा गतिमा

२३ जेठ, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको नयाँ पत्रिका दैनिकले लेखेको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार, अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७।५८४ किमिमध्ये २४।३४९ किमि सुरुङ मात्र सकिएको छ । ३।१६६ ...


१४ बर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किदै देउवा

२३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति ज ...


जेब्रा क्रसमै मारिए पैदलयात्रु, यी हुन् ‘ब्ल्याक स्पट’

२३ जेठ, काठमाडौं । सुनसरीकी २३ वर्षीया रविना चौधरी बसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्रै जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उप ...


तत्कालीन राजा वीरेन्द्रको ४० रोपनी जग्गाको मासिक भाडा १ रुपैयाँ !

२१ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि ०५६ सालमा काठमाडौंको गोकर्णस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । त्यसमध्ये स्कुल ...


विवाह नै नगरी विधवा !

२१ जेठ, काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा त पाएँ तर उनीसँग एक सेक ...


देउवालाई आफ्नै पार्टीका वरिष्ठ नेता पौडेलले यस्ता प्रश्न तेर्साएपछि...

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए । कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलको चासो र चिन्ता भएको जनाउँदै पौडेलले भने, ...


प्रधानमन्त्री निर्वाचन अन्योलमा

२१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको पुनः मतगणनाको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको एमालेका कारण नयाँ प्रधानमन्त्रीको निर्वाचन अन्योलमा परेको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले प्रधानमन्त्री निर्वाचनबारे लेखेका छन् । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने भनेर गरेको निर्णयलाई पनि पत्रपत्रिकाहरुले विभिन्न कोणबाट छापेका छन् । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको खबरलाई गोरखापत्रले मुख्य ख ...


पिआरको पछि लाग्दा ५१ लाख रकम स्वाहा...

काठमाडौं, जेठ २० । महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोक ...


प्रधानमन्त्री नचुनिदैं देउवाले थाले सरकार गठनको गृहकार्य

काठमाडौं, जेठ २० । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् । देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन् । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै रहेका दलहरुलाई ...


यी हुन् पहुँचवाला तर फरार दोषी, जो पक्राउ पर्दैनन्

काठमाडौं, जेठ २० । ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरू एक महिना कैद कटिसक्थ्यो । तर उनीहरू जेलमा होइन, अझै स्वतन्त्र छन् । सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यलाई बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एक महिना अगाडि दोषी प्रमाणित गरेको थिय ...


परराष्ट्रमन्त्री मन्त्रीले किन गरे सरकारी गाडी दुरुपयोग ?

काठमाडौं, जेठ १९ । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट ९सेतो० मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोज ...


३४ हजार हतियारको अत्तोपत्तो छैन !

काठमाडौं, जेठ १९ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन । गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार सर्वसाधारणको नाममा छ । गृहले लाइसेन्स प्राप्त हतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको थियो । गृहको निर्देशनमा भनिएको थियो, ‘निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियार जिल्ला प्रसाशनमा राख्ने ।&rsq ...


किन हुदैँछ १५ दिनपछि देशैभरि औषधिको अभाव ?

१९ जेठ, काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएको नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक औषधिको अभा ...


प्रधानमन्त्री निर्वाचन अन्योलमा, कारण यस्तो !

१९ जेठ, काठमाडौं । चितवनको भरतपुरमा स्थगित मतगणना पुनः सुरु हुनुपर्ने माग राख्दै एमालेले व्यवस्थापिका संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रभावित बनेको छ । आज प्रकाशित अधिकांश पत्रपत्रिकहरुले यो विषयलाई पहिलो पृष्ठमा लेखेका छन् । पत्रपत्रिकाहरुले भारतीय डिएसपीसहितको टोलीले डोटीमा एक नेपालीको अपहरण प्रयास गरेको खबरलाई पनि उत्तिकै स्थान दिएर छापेका छन् । जनप्रतिनिधिको तलबभत्ता अझै टुंगो नलागेको, १५ दिनपघि देशैभर औषधि अभाव हुनेलग ...


दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा, यस्तो बनाइँदैछ घटनास्थल

१९ जेठ, काठमाडौं । दरबार हत्याकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् । त्यसपछिका सरकारहरुले नारायणहिटी प्रवेश गर्दा भनेका थिए – दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं ।’ तर दर्जनपटक सरकार परिवर्तन भए तर घटना अहिले पनि रहस्यकै गर्भमा छ । नेपाली जनताले सधैं भन्ने गरेका छन् – राजा वीरेन्द्रको वंशनाश हुनेगरी गराइएको दरबार हत ...


यी हुन केन्द्रमा प्रस्तावित १८ मन्त्रालय

काठमाडौं, जेठ १८ । मन्त्रिपरिषद्को आकार चाहिने भन्दा ठूलो भएर राज्यलाई आर्थिक भार परेको भनी हुँदै आएको आलोचनालाई दृष्टिगत गरी अधिकार सम्पन्न एक समितिले केन्द्रमा १८ मन्त्रालयमात्र कायम गर्न सुझाव दिएको छ । अधिकारसम्पन्न संघीय पुनःसंरचना समितिले बुधबार संसदको राज्य व्यवस्था समितिमा पेस गरेको प्रारम्भिक प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय प्रस्ताव गरिएको छ । सरकारले गत बैशाख २१ गते सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत ...


खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन, महिला प्रहरीलाई र्‍याप गरेको आरोप

लहान, जेठ १८ । सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् । आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरुले प्रदर्शन गरेका थिए । सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ । उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्ल ...


बहसमा नआउने वकिलमाथि कडा कारबाही !

काठमाडौं, जेठ १८ । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ । वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ । मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ । मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ । सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्द ...


जमिन बाँझो राखे जरिवानाः गाउँपालिका प्रमुख

१७ जेठ, काठमाडौं । कास्कीको मादी गाउँपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया पौडेलसहित वडाध्यक्षहरुको पहिलो बैठकले मंगलबार यस्तो निर्णय गरेको हो । ‘गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, जमिन बाँझो राख्नु हुँदैन भनेर यस्तो निर्णय गरेका हौं,’ अध्यक्ष वेदबहादुर गुरुङले भने । सिँचाइ सुविधा पुगेका जमिन बाँझो राखे दण्ड जरिवाना गर्ने निर्णय भएको उनले बताए । आफूहरुको कार ...


स्थानीय तहको बजेट सिधै बैंक खातामा...

१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएसँगै अब स्थानीय तहको खातामा अर्थ मन्त्रालयले सिधै बजेट पठाउने भएको छ । अर्थ मन्त्रालयले अब केही दिनभित्रै सम्बन्धित महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको खातामा विनियोजित बजेट पठाउनेछ । सरकारले स्थानीय तहको खातामा सिधै बजेट पठाएसँगै यसअघि जस्तो स्थानीय निकायले अनुमानित बजेटमा योजना निर्माण गर्नुपर्ने परम्परा भने अब अन्त्य भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको १२ ...


बाजुरामा भएको विमान दुर्घटनाको नालीबेली

१७ जेठ, काठमाडौं । सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो । यसमा मानसरोवरका लागि उ ...


भरतपुर महानगरः पुनः मतदान कि मतगणना, के होला ?

१७ जेठ, काठमाडौं । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिने भन्ने अन्योल छाएको छ । माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थि ...


रोचक समाचारः तीन दलका वडा अध्यक्ष उम्मेदवारको नाम थर एउटै

अछाम, १६ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा वडा अध्यक्ष उम्मेदवारमा तीन वटा दलले एउटै नाम भएका वयक्तिलाई अघि सारेका छन् । मेल्लोख गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारमा कांग्रेस, एमाले र माओवादी केन्द्रले खगेन्द्र साउद नाम गरेका व्यक्तिहरूलाई अघि सारेका हुन् । अचम्मको कुरा के भने तीनैजना खगेन्द्र दाजुभाइ हुन् । तीन उम्मेदवारमध्ये एमलेबाट टिकट पाउने खगेन्द्र सबैभन्दा जेठा हुन् भने माओवादी केन्द्रबाट टिकट पाउने माइलो तथा कांग्रेसबाट ...


चुनाव सरेपछि आयोगः दल दर्ता सम्भव, चिह्न असम्भव

१६ जेठ, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयमा निर्वाचन आयोग समारात्मक देखिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमतिको वातावरण बनेपछि आयोग सबैलाई समेटेर अघि बढ्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘दलहरुबीच सबैलाई समेट्ने गरी निर्णय हुँदा आयोगको फरक दृष्टिकोण हुँदैन, सबैलाई समेटेर विर्नाचनमा अघि बढ्ने पक्षमा आयोग सकारात्मक छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले भन ...


माग पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मातः राजपा

१६ जेठ, काठमाडौं । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ ।’ चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने य ...


चुनावी तालमेल उपलब्धीहीन भएको एमाले निष्कर्ष, दोस्रोमा एक्लै भिड्ने

१६ जेठ, काठमाडौं । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको आजको नागरिक दैनिकमा खबर छ । नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो । ‘पहिलो चरणको गठबन्धन प्रभावकारी बन्न सकेन, त्यसको विभिन्न कारण होलान । स ...


यसकारण च्यातियो भरतपुरमा मतपत्रः मतगणना कि फेरि मतदान ?

१६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो । सोमबार गणतन्त्र दिवससँगै भरतपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो । यही आसमा आइतबार सुतेका भरतपुरवासीलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो । मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भइसकेको थियो । मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरवासी मात्रै नभएर देशविदेशक ...


चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया– माग पूरा भए मात्रै भाग लिन्छौं

१६ जेठ, काठमाडौं । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ ।’ चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने य ...


देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

१६ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् । संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । देउवाले सर्वदलीय बैठक बोलाए पनि एमाले भने सहभागी नहुने भएको छ ...


काठमाडौंको चुनावः माओवादी जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।मेयर उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको हो । डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ । उता, महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै ...


चुनाव सर्यो, आयोग भन्छ – दल दर्ता सम्भव, चिह्न असम्भव

१६ जेठ, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयमा निर्वाचन आयोग समारात्मक देखिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमतिको वातावरण बनेपछि आयोग सबैलाई समेटेर अघि बढ्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘दलहरुबीच सबैलाई समेट्ने गरी निर्णय हुँदा आयोगको फरक दृष्टिकोण हुँदैन, सबैलाई समेटेर विर्नाचनमा अघि बढ्ने पक्षमा आयोग सकारात्मक छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले भन ...


बजेटको उच्च प्राथमिकतामा स्थानीय तह, सिंहदरबार अब गाउँ–गाउँमा

१६ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ । यस हिसाबमा सोमबार ...


चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन

काठमाडौं – मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता दस दिन सारेर भए पनि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्नुभएपछि एमाले अध्यक्ष केपी ओलीले मौन समर्थन गर्नुभएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार राति बसेको ...


द्रुतमार्गः फास्ट ट्रयाक अव कति बर्षमा ?

काठमाडौं – गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुर्तमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे । कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो, यो खबर आजको कान्तिपुरमा छ । ...


२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बजेटको अन्तिम तयारीबारे आइतबार जानकारी गराएका छन्, गोरखापत्रमा खबर छ । अर्थमन्त्रीको ...


राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी

काठमाडौँ, १५ जेठ – दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस् ...


पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा ९८ हजार ८४८ मिटर अग्लो०मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ।न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलत ...


चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

काठमाडौँ, जेठ १५-निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् । संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेसमेत लचिलो देखिएपछि निर्वाचन सार्ने तयारी सुरु भएको हो, राजधानीमा खबर छ । शनिबार अबेरसम्म च ...


आजका कार्टुन

आजको अन्नपुर्ण पोष्ट, नागरिक दैनिक र कारोवारमा छापिएको कार्टुन :


तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

१४ जेठ, काठमाडौं । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।’ मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्यु ...


लुक्लामा बारबार किन हुन्छ विमान दुर्घटना ?

१४ जेठ, काठमाडौं । प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन÷अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ । तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयर (गोमा एयर) ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० जहाज दुर्घटनाले फेरि एकपटक प ...


पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

१४ जेठ, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यति मात्रै होयन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । अधिकतम ८ घन्टा काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश ...


राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...

काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक राजपालाई आग्रह गरेका छन् । राजपा नेता महन्थ ठाकुरको सानो ठिमीस्थित निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले मधेसी माग बमोजिम संविधान संशोधन गर्न सरकारले आफ्नो तर्फबाट सबै शक्ति लगाए पनि मतदान हुने घडीमा दुई तिहाई बहुमत पुग्न नदिन चल ...


बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, जेठ १२ । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक ९सम्बन्ध–विच्छेद० दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह ९विवाह० सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक ९म ...


सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !

काठमाडौं, जेठ १२ । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । संविधान कार्यान्वयनका लागि जग बसाएका प्रचण्डको भन्दा झन् धेरै काम गर्नुपर्ने अवस्था उनीसामू छ । निर्वाचन अघि नै आफ्नो नेतृत्वमा सरकार गठन भए मधेसी दललाई निर्वाचनमा ल्याउनु देउवाको पहिलो चुनौती हो । त्यस्तै, आगामी मंसिरसम्म प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने अर्का दुई ठूला चुनौती छन् । प्रदेशको निर्वाचन अघि सीमांकन, नामांकन र ...


कश्मिरमा तीन गोर्खा सैनिकले ज्यान गुमाए

काठमाडौं, जेठ ११ । भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो । मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छ ...


उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व कायमै

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ । प्रतिशतका आधारमा यो संख्या ५२।६ हो । उसले ११ स्थानमा उपप्रमुख जितेको छ, जुन घोषणा भएका तहमध्ये ५७.८९ प्रतिशतले अघि हो ।अर्थात् एमालेले उपत्यकाभित्र प्रमुखमा ५२।६ र उपप्रमुखमा ५७.८९ प्रतिशत वर्चश ...


यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल

११ जेठ, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसद्मा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका छन् । ‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रुपमा सभापतिले नयाँ सरकार गठनका लागि पहल थाल्नुहुनेछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । जेठ ३१ को दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने देउवाको विश्वास छ । राष्ट्रपतिले ...


गाईको भोट हलगोरुलाई ! बदर मतले वडाध्यक्ष गुम्यो

११ जेठ, काठमाडौं । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरु । सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरु चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् । हलगोरुसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा गाईलाई दिने भोट झुक्कएर मतदाताले हलगोरुमा हालेको राप्रपाको दाबी छ । यसपटक एकै खालको चुनाव चिह्नका कारण ...


यी हुन् प्रचण्ड सरकारका महत्त्वपूर्ण काम

११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही लोकप्रिय काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनदेखि अनेक लोकप्रिय काम गरेको नयाँ पत्रिका दैनिकले लेखेको छ । स्थानीय तह निर्वाचन प्रचण्डकै नेतृत्वमा ३१ वैशाखमा स्थानीय तहको पहिलो चरणको निर्वाचन भयो । उनी प्रधानमन्त्री बन्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । २० वर्षसम्म हुन नसकेको निर्वाचनमा मधेसी मोर्चाको एउटा घटक संघीय समाजवादी फोरम पनि सहभागी ...


अन्योल बढ्योः एमाले

११ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीइ चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो । यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ, आजको नागरिक दैनिकमा यो खबर छ । ...


भत्किए किल्ला, पछारिए हस्ती

जेठ ११, सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधार क्षेत्रमै पछारिएका छन् । उनी इन्द्रावती गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । एमालेको गड ठानिएकै क्षेत्रमा उनलाई हराउँदै कांग्रेस जिल्ला पूर्वसचिव वंशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भए । आजको नागरिकमा खबर छ । स्थानीय तह निर्वाचनमा पराजय भोग्ने नेपाल जिल्लाका वरिष्ठ नेता हुन् । गृहगाउँ इन्द्रावती १० नै उनले रक्षा गर्न सकेनन् । उनको वडाबाट कांग्रेस उम्मेद ...


श्राद्धमा खाना खाने ४१ विरामी

११ जेठ, धादिङ – सिद्धलेक गाउँपालिका अन्गर्तगत कम्पुर आदमटारमा श्राद्धको परिकार खाने ४१ जना विरामी परेका छन् । छिमेकीको घरमा मंगलबार खाना खाएका ४१ मध्ये गम्भीर अवस्थामा २१ जनाको स्थानीय गजुरी स्पतालमा उपचार भईरहेको छ । केही विरामीलाई राजधानी लगिएको अस्पतालले जनाएको छ यो खबर आजको कान्तिपुरमा छ । ...


फोहोर उठाउन थाले जनप्रतिनिधिले

११ जेठ, जुम्ला – विगत एक महिनादेखि खलंगा बजारमा थुप्रिएको फोहोर बुधबार जनप्रतिनिधिले उठाएका छन् । चन्दननाथ नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य सबै नागरसफाईमा उत्रिएका हुन् । बजार क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको चन्दननाथ नगरपालिकाले विगत एक महिनादेखि फोहोर नउठाउादा खलंगा बजार निकै दुर्गन्धित बनेको थियो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । ...


आजका कार्टुन

जेठ ११ – आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार, नागरिक र राजधानीमा छापिएका कार्टुनः


आन्दोलन कि निर्वाचन ?: राजपामा विवाद, आन्दोलनप्रति पार्टीमै शंका

जेठ ११, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० पार्टीभित्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा विवाद देखिएको छ । नेताहरूबीच दुईवटा बाटामध्ये कुन भन्ने विषयमा एकजुट हुन नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलको बैठक विनानिष्कर्ष सकिएको खबर आजको नयाँ पत्रिकामा छ । पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै निष्कर्ष ननिस ...


यी हुन् एमालेले संसद अवरोध गर्नुका चार कारण...

काठमाडौं, जेठ १० । सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार संसद्लाई विशेष सम्बोधन गरेर राजीनामा दिन ठिक्क परेका थिए । राजीनामापत्र बोकेरै उनी दिउँसो संसद् भवन पुगेका थिए । तर, तराईमा २२ वटा स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै एमालेले संसद् अवरोध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधनसमेत गर्न नदिने अडान लिएपछि उनको राजीनामा रोकियो । दलहरूबीचको विवादका कारण संसद् नै नचलेपछि राजीनामापत्र त्यत्तिकै बोेकेर ...


सम्बोधन गर्नै पाएनन् दाहालले !

काठमाडौं, जेठ १० । प्रमुख दलबीच सहमति र विश्वास जुट्न नसक्दा संसदलाई सम्बोधन गरी राजीनामा घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास अवरुद्ध भएको छ । चुनावी प्रक्रिया सुरु भएपछि स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयविरुद्ध प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार संसद बैठक बस्न सकेन । दलहरुबीच सहमति प्रयास चलिरहँदा सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेका लागि संसद डाकेको संसद बैठक ३ बजे, ५ बजे र ७ बजेका लागि सारेकी ...


आज के होला संसदमा ?

काठमाडौं, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योजना बनाएका छन् । ‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिए एमालेले बुधबारको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ । ‘ ...


चुनावबारे राजपा द्धविधामा

काठमाडौं, जेठ १० । मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि दोस्रो चरणको चुनावमा भाग लिनुपर्ने एकथरी नेताको अडान छ भने अर्काथरी यो निर्णय कार्यान्वयनमा आशंका गर्दै आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् । अध्यक्षमण्डलका ६ अध्यक्षमध्ये शरतसिंह भण्डारी र महेन्द्र राय यादवले संसदमा प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले मधेसी घटक मनाउन कोसिस जारी राख ...


पत्रपत्रिकाका फ्रन्टपेज: राजीनामाको ‘मुड’मा प्रधानमन्त्री, तराईमा थपिए २२ स्थानीय तह

९ जेठ, काठमाडौं । मधेसी मोर्चामा आबद्ध दलहरुले थप कुनै नयाँ माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमति अनुसार राजीनामा दिन लागेको खबर पत्रपत्रिकाहरुले ...


आजका पत्रपत्रिकाका सम्पादकीय : दोस्रो चरणमा ध्यान !

दोस्रो चरणमा ध्यान देशका तीन प्रदेशमा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन परिणाम आउने क्रमसंगै चार प्रदेशको निर्वाचनतर्फ मतदादेखि सम्भावित उम्मेदवारसम्मको ध्यान केन्द्रित भएको छ  । प्रदेश १ २, ५ र ७ का मतदातालाई पहिलो चरणमा बैशाख ३१ गते चुनाव भएको प्रदेश ३, ४ र ६ को मतपरिणामले पक्कै पन ...


जग्गाको अत्यधिक मुल्यले उधोग खोल्नै गाह्रो !

९ जेठ, काठमाडौं । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्याधिक मुल्यवृद्धिले चाहेर पनि लगानीकर्ताले उद्योग स्थापना गर्न सक्ने अवस्था छैन । पछिल्लो केही वर्ष संघीय राजधानी विराटनगर हुने चर्चासँगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको छ । जग्गाको मूल्यवृद्धिको प्रत्यक्ष मार लगानीकर्त ...


यसरी बन्दैछन् देउवा प्रधानमन्त्री...

९ जेठ, काठमाडौं । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता लाग्नेछ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । त्यसपछि देश ...


ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

जेठ ९ , भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएकोबताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै स ...


आजका कार्टुन

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक र राजधानीमा छापिएका कार्टुन :    


भूकम्पपीडितको ५० हजार बन्डल जस्तापाता अझै गोदाममा !

९ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता अझै वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको छ । भूकम्पपीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङ कर्पोरेसनले दुई वर्षअघि खरिद गरेको ५० हजार बन्डल जस्तापाता गोदाममै थन्किएको आजको राजधानी दैनिकमा खबर छ । दुई वर्षअघि भूकम्पपीडितलाई उपलब्ध गराउन सरकारले साल्ट ट्रेडिङलाई ५० हजार बन्डल जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार खरिद गरेर ल्याएको ५० हजार बन्ड ...


यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण कामहरु

९ जेठ, काठमाडौं । गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रिएको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो । सरकारले भारतसँग नेपालका समस्या र एजेन्डा प्रष्टसँग भनेको छ । प्रचण्ड सरकारकै पालामा वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर भयो । चीनसँग विगतमा ...


पुरानै संरचनामा बजेट, स्थानीय तह अनुदान एउटै बास्केटमा

९ जेठ, काठमाडौं । कांग्रेस चुनावअघि बजेट ल्याउन नहुने पक्षमा उभिएको छ । कामचलाउ बजेट ल्याएर चुनावपछि पूर्ण बजेट ल्याउनुपर्ने कांग्रेसको मत छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले दोस्रो चरणको निर्वाचन गर्नुअघि सरकारले नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को बजेटमा पुरानै संरचनाअ ...


दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ अबको प्रक्रिया

९ जेठ, काठमाडौं । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता लाग्नेछ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । त्यसपछि देश ...


आजका पत्रपत्रिकाः देश दोस्रो चरणको निर्वाचनमा होमियो

८ जेठ, काठमाडौं । वैशाख ३१ को पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै देश दोस्रो चरणको निर्वाचनमा होमिएको छ । दलहरु दोस्रो तह निर्वाचन तयारीमा जुट्न थालेका छन् । आजका पत्रपत्रिकाहरुले दोस्रो चरणमा निर्वाचनको तयारीमा दलहरु जुटेको लेखेका छन् । पत्रपत्रिकाहरुले सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुनेलगायतका विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ छापेका छन् । सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको ...


आजको कार्टुन

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार, नागरिक र राजधानीमा छापिएका कार्टुनः


११ मा अध्ययनरत धादिङकी कान्छी जनप्रतिनिधि

स्थानीय निर्वाचनमा गजुरी गाउँपालिकाबाट महिला सदस्यमा २२ वर्षीया युवती विजयी भएकी छिन् । गजुरी गाउँपालिका वडा नम्बर ८ बाट ५०६ मत प्राप्त गरी कविता बराल विजय भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ । बराललाई एमालेले महिला सदस्यमा टिकट दिएको थियो । उनी अहिले किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । ‘आफ्नो वडामा एमालेबाट एक्लै विजयी भएकाले थप जिम्मेवारीबोध गरिरहेकी छु, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिबद्धता पूरा गर्न ला ...


३४ जिल्लामा यस्तो देखियो दलहरुको उपस्थिति

जेठ ८, काठमाडौं – पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रदेश ३ : एमाले ५४, कांग्रेस ३३, माओवादी १६प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एम ...


बढुवा रोकिँदा प्रहरी स‌ंगठनभित्र वितृष्णा

जेठ ८, काठमाडौं – महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणसँगै नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिँदा संगठनभित्र वितृष्णा बढेको छ। पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले गत मंसिरमा प्रहरी उपरीक्षक (एसपी) को २३ पद रिक्त हुँदा पनि १५ जनाको मात्र बढुवा गरे। बाँकी आठ पदमा अझै पनि बढुवा भएको छैन। त्यसबेला अर्यालले ती पदमा बढुवा नगर्दाको प्रत्यक्ष असर अहिले पनि रहेको संगठनका वरिष्ठ अधिकृत बताउँछन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले प्रहरी अतिरिक्त ...


नवनिर्वाचितको पहिलो काम कर्मचारीलाई नियमित उपस्थित गराउने

ललितपुर – कोन्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुखले शपथग्रहणसंगै सरकारी कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणी भेकको यो दुर्गम पहाडी गाउँका बासिन्दालाई सेवा दिने उदेश्यले खोलिएका सरकारी कार्यालयमा कर्मचारी नियमित उपस्थित नभएको भन्दै यस्तो निर्णय गर ...


फोहोरबाट पैसा, दैनिक ५० हजार बढि आम्दानी

काठमाडौं – परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ ।योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ । उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ । यसबाट दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा। अमिरबाबु श्रेष्ठले बताए । ...


बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारितः योजना आयोगको यस्तो आपत्ति

जेठ ८, काठमाडौं – आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । यसअघि योजना आयोगले यस वर्षको बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा दिएको थियो । ‘सीमा ५० अर्ब थप्न योजना आयोगसँग मौखिक सहमति भएको छ’, अर्थको बजेट महाशाखासम्बद्ध स्रोतले भन्यो । ५० ...


भद्र सहमतिअनुसार प्रधानमन्त्रीको राजीनामा कहिले ?

जेठ ८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनाम ...


बाग्मतीका यातायात कार्यालय खुले

काठमाडौं – स्थानीय निकाय निर्वाचनको बेला बनद भएका बाग्मती अञ्चलका सबै यातायत कार्यलय आईतबारबाट खुलेका छन् । लगातार १२ दिनको बन्दपछि पहिलो दिन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो । यसअघि मतदान केन्द्रमाा कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी खटिएकाले सेवा अवरुद्ध भएको थियो, आजको नागरिक दैनिकमा यो खबर छ । ...


कुन महानगरपालिकाको मत परिणाम कहिले सकिन्छ ?

काठमाडौं महानगरः अझै ११ दिनआयोगले एक मिनेटमा सातवटा मात्रै मत गन्न सकेको छ । यही रफ्तारमा मत गनिए परिणाम आउन अझै ४ सय ७३ घन्टा लाग्नेछ । यो भनेको ११ दिन १३ घन्टा हो । किनकि महानगरपालिकामा अझै एक लाख ३३ हजार ३ सय ६५ मत गन्न बाँकी छ । महानगरपालिकामा एक लाख ९३ हजार मत खसेको थियो । ललितपुर महानगरःललितपुरको ललितपुर महानगरपालिकामा जम्मा ८९ हजार दुई सय १४ मत खस्यो । त्यसमध्ये ५९ हजार दुई सय १४ मत गन्न एक सय ३८ घन्टा लाग्यो । अर्थात् ललितपुरमा एक मिनटेमा ...


जहाज खरिद प्रक्रियामा लाग्यो ब्रेक

जेठ ७, काठमाडौं – नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी एयरबस (३३० – २०० जहाज खरिद प्रक्रियामा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले एकाएक ब्रेक लगाइदिएका छन् । आजको नेपाल साप्ताहिकमा यो खबर छ । सरकारी स्वामीत्वका यी दुई संस्थाले कतिपय कागजात भरपर्दो र विश्वसनीय नभएको भन्दै निगमलाई थप प्रस्ट पार्न र आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेपछि खरिद प्रक्रिया अवरुद्ध भएको छ । वैशख ७ को मन्त्रिपरिषदले जहाज खरिदका लागि सञ्चय कोष र नागरिक ...


मेयरका दाबेदार वडाध्यक्षमै पराजित

पोखरा – कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित हुनु भएको छ । पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उहाँलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाकौ थियो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । ६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो । ...


मधेसी शक्ति नजिकिएः उपप्रधानमन्त्री गच्छदारको यस्तो आग्रह

जेठ ७, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत सात दलहरूसँग साझा मत बनाउने प्रयास गरिरहेकै बेला उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गच्छदारले शनिबार राष्ट्रिय जनता पार्टीका नेता महन ...


कमल थापाकै गृहजिल्लामा राप्रपा शुन्य

हेटौडा – राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ । निर्वाचन पहिले निकै शक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानको देखिएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ । आफुहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने ...


महाअभियोग फिर्ता लिँदै सत्ता घटकः नयाँ सरकार कहिले ?

जेठ ७, काठमाडौं – आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्ततस् किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुरसँग कुराकानी गर्दै यसको खुलासा गरेका हुन् । ‘महाअभियोग प्रस्तावबारे समझदारीबाट जानुपर्छ भन्नेमा सरकार छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ । न्यायालयले पनि यो विषयलाई समझदारीबाटै टुंग्याउनुपर्छ भनी सोचे ...


नगरमा एमाले, गाउँमा माओवादी

नेपालगन्ज – नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् । प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ ।कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ । ५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गा ...


पहिलो निर्वाचनबाट पाठः दोस्रो चरणको निर्वाचनमा नयाँ सुरक्षा रणनीति

जेठ ७, काठमाडौं – निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग शनिबार छलफल गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । पहिलो निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उदेश्यले आयोगले चाडै प्रमुख दलका हिर्ष नेताहरुसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि तयार गरेका सुरक्षा योजनामा ...


अरु पार्टीलाई चुनावकै चिन्ता, विप्लव समूहको यस्तो धन्दा

जेठ ७, काठमाडौं – प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ । चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो । अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । जनपरिषदले ...


आजका कार्टुन !

आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, नागरिक र नेपाल साप्ताहिकमा छापिएका कार्टुन


सुमार्गीको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्ने कसरतमा प्रचण्ड

काठमाडौं, जेठ ६ । आफू निकट व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याएको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा अगाडि उनले यस्तो प्रयास गरेका हुन् । करिब चारबर्ष देखि सुमार्गीले बिदेशबाट ल्याएको रकमलाई नेपाल राष्ट्र बैंकले ‘कालो धन’ को आशंकामा रोक्का गरिदिएको छ । उनले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम भित्र्याएका थिए । रोकिएको रकमबाहेक थप ...


नेपाल वायु सेवा निगमद्धारा दुइ देशका उडान बन्द

काठमाडौं, जेठ ५ । नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहाको उडान बन्द गर्ने भएको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए । निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । नयाँ दिल्लीको उडान पनि प्रभावित हुने निगमको भनाइ छ । जहाजको प्रा ...


८ गते दाहालले राजीनामा दिदैँ

काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । बिहीबार या शुक्रबार यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोध ...


यी हुन् एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’, जो प्रधानमन्त्रीको दौडमा छन् !

काठमाडौं, जेठ ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसदमा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रुपम ...


काठमाडौं महानगरः मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

काठमाडौं, जेठ ४ । समृद्ध राजधानीको सपना बोकेर आउन लागेका मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने भएको छ । पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए ९जगदम्बा० कम्प्लेक्सको पाँचौं र छैठौं तलामा सञ्चालन हुँदै आएको छ । कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने भएको छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् । मेयर र उपमेयरका लागि तयारी गरि ...


चार जनाको हत्या गरी फरार ८० बर्षीय वृद्ध जेलमा

जेठ ४, बैतडी – कर्तव्य ज्यान मुद्दामा फरार एक ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको खबर आजको अन्न्पूर्ण पोस्टमा छ । महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २०४२ सालमा बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी र कलशा अवस्थीसहित चार जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको प्रहरीको भनाइ छ । ...


श्रीमान् वडा अध्यक्ष, श्रीमती उपमेयर

रुकुम – सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्न ...


कांग्रेस र एमालेको बराबरी जित

जेठ ४, ललितपुर – ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ। कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी भएको छ। आजको कान्तिपुरमा खबर छ । का‌ंग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन्। एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन्। महानगरको मेयरक ...


दलहरुबीचका तालमेल लगभग असफल

दलहरूको मिलन मैदानमा जोडदार, तर मतपत्रमा कमजोर जेठ ४, काठमाडौं – स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन । आजको नयाँ पत्रिक ...


मतदाताले तालमेल लत्याए

ललितपुर, जेठ २ । ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो, जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् । तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि ...


ढिलोमा जेठ ८ भित्र राजीनामा दिन्छुः प्रधानमन्त्री

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग भएको समझदारीअनुसार जेठको पहिलो साताभित्रै राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भएका छन् । दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो प्रतिबद्धता दोहो¥याएका हुन् । कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्नु अघि नै आलोपालो सरकारको नेतृत्व लिने समझदारी भएको थियो । आलोपालो सरकारको नेतृत्व लिने विषयसँग सम्बन्धित पाँचब ...


एक करोड सिमकार्ड प्रयोगविहीन अवस्थामा

काठमाडौं, जेठ २ । नेपालका अग्रणी मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ । नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहीन अर्थात निष्कृय छ । बजारमा वितरण भएका ३ करोड २४ लाख सिमकार्डमध्ये २ करोडमात्रै प्रयोगमा छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी सिमकार्ड प्रयोगविहीन हुनेमा नेपाल ...


आजका कार्टुन

आजको अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएका कार्टुनः


मतपत्र १, चिन्ह ३७४

जेठ १, काठमाडौं – मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको चिन्ह खोज्नै हम्मे पर्यो । आँखा तिरिमिरि भए । महानगरपालिकामा संसदमा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिन्ह थिए । आजको कान्तिपुरमा खबर छ । वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगत तर्फ दइटा उही चिन्हसमेत थ ...


चीसँग नेपालको प्रस्तावः ‘रेल लिंकमा काठमाडौं जोडौं’

१ जेठ, काठमाडौँ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको खबर आजको कान्तिपुरमा छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका हुन् । स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी ...


स्थानीय निर्वाचनप्रति चीनको यस्तो प्रतिक्रिया

१जेठ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गरे। चीनले यसअघि स्थानीय चुनावका लागि नब्बे लाख चिनियाँ युयान नेपाललाई सहय ...


४० प्रतिशत हिस्सा स्थानीय तहलाई

१ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ। स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयले पनि त्यसै अनुसार बजेट बिनियोजनको तयारी गरेको खबर आजको नयाँ पत्रिकामा छ। ‘यो वर्ष प्रदेश गठन नभएकाले स्थानीय तह र केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने आयोजनाका लागि बजेट बिनियोजन हुन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमध्ये ...


७३ प्रतिशत मतदान, पहिलो चरण उत्साहपूर्णः ३ केन्द्रमा मतदान स्थगित

१ जेठ, काठमाडौं – पहिलो चरणअन्तर्गत तीन प्रदेशमा आइतबार भएको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । २० वर्षपछि नागरिकले आफ्नो घरदैलोको सरकार छान्न मतदानमा उत्साहजनक सहभागिता जनाएका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानीय तहमा पहिलो चरणमा मतदान भएको हो । दुई वटा तहमा यसअघि नै प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका थिए । आइतबार दोलखा, काभ्रे र कालिकोटका एकएक स्थानमा मतदान स्थगित भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । निर ...


कहाँ खसे सबै भन्दा धेरै र कम भोट ?

१ जेठ, काठमाडौं – आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ, यो खबर आजको नागरिक दैनिकमा छ । भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ । भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् । ...


प्रहरीको गोलीले दुईको मृत्यु

१ जेठ, दोलखा – स्थानीय तहको निर्वाचनअन्र्तगत आईतबार मतदानका क्रममा दोलखामा झडप हुँदा सुरक्षाकारबाहीमा एकजनाको मृत्यु भएको छ, यो खबर आजको नागरिक दैनिकमा छ । मेलुङ गाउँपालिका १ पवटीस्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा तनाव बढडेपछि भएको झडपमा प्रहरीको गोली लागेर काांग्रे कार्यकर्ता नकुल भानिने डम्बरबहादुर भुजेलको मृत्यु भएको छ । यसैगरी सशस्त्र प्रहरीले गस्तिका क्रममा शनिवार राति गोली चलाउँदा काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथिनकोट सिद्धिव ...


११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्

१ जेठ, काठमाडौं – मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित हुने देखिएको खबर आजको कारोबारमा छ । आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ । नेपाल बाहिर हाल ४० लाख भन्दा बढी नेपाली रहेको र तीमध् ...


जनप्रतिनिधि आउने भए तर कसरी लिन्छन् सपथ ?

काठमाडौं – मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । आजको कारोबारमा यो खबर छ । स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नपाउँने निश्चित प्राय भएको छ । निर्वाचनको परिणाम क्रमश यसै साता सार्वजनिक हुनेछ । त्यसपछि ती प् ...


प्रचारमा मात्र साढे १२ अर्ब खर्च

बैंक तथा वित्तिय संस्थाहरूले तरलता अभाव झेलिरहेका बेला दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको अर्थतन्त्र चलायमान बनाएको छ। निर्वाचनमा दल तथा उम्मेद्वारले गरेको खर्च तथा सरकारको ठूलो बजेट प्रवाहका कारण अर्थतन्त्र एकै पटक चलायमान देखिएको हो। यो खबर हामीले आजको कारोबारबाट लिइएका हौ। निर्वाचन आयो ...


दुई दिन हिँडेर मतदान केन्द्रमा

भोट हाल्न शनिबारै मतदान केन्द्र आइपुगेका धादिङ नेवेरका मतदाता बासको व्यवस्था मिलाउँदै । तस्बिर सौजन्य : तिसमान तामाङ जिल्लाका दुर्गम गाउँका मतदाता मतदानको अघिल्लै दिन शनिबारै मतदान केन्द्र आइपुगेका छन्। रुबीभ्याली गाउँपालिका–५ नेवेरका मतदाता दुई दिन हिँडेर शनिबार दिउँसो सदाचेतस्थित लापा मावि मतदान केन्द्र आइपुगेका हुन्। मतदान केन्द्र गाउँबाट टाढा भएकाले मतदानको अघिल्लै दिन केन्द्र आसपास आएर बास बस्नुपरेको ती मतदाताले बताए। स्थानीय तहको पहि ...


ब्रेन डेथ भएका व्यक्तिको मृगौला दुई जनालाई

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक व्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ। यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा प्रकाशन गरेका छन्।  केन्द्रका अनिर्देशक एवम् बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको न ...


विश्वभर साइबर हमला : कूटनीतिक नियोगमा आक्रमणको आशङ्का

संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर आक्रमण भएको आशङ गरिएको छ।  यो खबर अजय शर्माले आजको गोरखापत्रमा लेखेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिएको जानकारीअनुसार औपचारिक रूपमा साइबर हमलाको पुष्टि भइनसकेको भए पनि नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर हमला भएको भन्ने आशङ्का रहेको छ।  &l ...


२० वर्षपछि स्थानीय चुनाव

मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आइतबार (आज) हुँदैछ। पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ। संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका ...


जसले पाउँदैनन् भोट हाल्न!

औंला गन्दागन्दै आइपुग्यो भोट खसाल्ने दिन। स्थानीय तहका जनप्रतिनिधि छान्ने अवसर। यस्तो अवसर प्रत्येक पाँचपाँच वर्षमा आउनुपर्ने हो। तर, राजनीतिक अस्थिरताले गर्दा २० वर्षपछि स्थानीय चुनावमा भाग लिँदैछन् नेपाली। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मतदान हरेक नागरिकको अधिकार तैपनि केही मतदाताले यो अवसर सदुपयोग गर्न नपाउने भएका छन्। मत दिन स्थानीय स्तरमै जानुपर्ने भएपछि हजारौं सरकारी कर्मचारी, म्यादी प्रहरी, वैदेशिक रोजगारमा रहेका नेपाली, कैदी ...


उत्साह छैन तेस्रोलिंगीमा चुनाबको

काठमाडौं – झन्डै दुई दसकपछि हुन लागेको स्थानीय निकाय निर्वाचनले धेरैलाई जागरुक बनाइरहेका बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भने उत्साह मरेको छ। नयाँ शक्तिबाहेक कुनै पनि राजनीतिक दलले चुनावी घोषणपत्रमा उनीहरूका मुद्दा नउठाएको र मतदानमा सहभागिताका लागि उपयुक्त वातावरण नपाएको भन्दै उक ...


मतदानका बेला के-के गर्न पाईंदैन ?

काठमाडौं, बैशाख ३० । कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर त्यसो पनि नगर्नुहोस । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यसतिमात्र होइन, सार्बजनिक गरिएको मतपत्र मतपटीकामा नखसाली छुट्टै राखिने छ, त्यो गणनामा समावेश गरिने छैन् । अर्थात तपाईंको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ । मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी ...


मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन् । तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘मतदानका द ...


आजका कार्टुन

आजको नागरिक, राजधानी र नेपाल साप्ताहिकमा छापिएका कार्टुन :


निर्वाचन आचारसंहिता सरकारबाटै उल्लंघन, १५ करोड बाँड्ने निर्णय

३० वैशाख, काठमाडौं । सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घन्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा प ...


एलईडी बल्ख खरिद प्रकरणः भारतभन्दा नेपाललाई आधै सस्तो

३० वैशाख, काठमाडौं । विद्युत्त प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् । नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स ब्रान्डको इलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिए । ‘हामीले फि ...


निर्वाचनले बढ्यो कारोबार, छापाखानामा मात्रै १५ देखि २० करोडको कारोबार

३० वैशाख, काठमाडौं । राजधानी काठमाडौंसहित तीन प्रदेशमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । निर्वाचनमा करिब ५० हजार उम्मेदवार छन् । निर्वाचन आयोगले उनीहरूले पद र तहअनुसार गर्न सक्ने खर्चको सीमा तोकिदिएको छ । तर, निर्वाचन प्रचार–प्रसार हेर्दा अधिकांश उम्मेदवारको खर्च आयोगले तोकिदिएको सीमाभन्दा बढी हुने देखिएको छ । यतिवेला जताततै पार्टी र चुनाव चिह्न अंकित झन्डा टाँगेको देखिन्छ । एउटै तहमा चुनाव चि ...


मतपत्र गन्जागोल, बदर मत बढ्ने खतरा

३० वैशाख काठमाडौं । काठमाडौं लगायत मुलुकका विभिन्न भागको मतपत्रको बनोट र ढाँचाले स्थानिय तह निर्वाचनमा अधिकांश मतदाता अलमलमा पर्ने देखिएको छ । जटिल मतपत्रका कारण यो निर्वाचनमा धेरै मत बदर हुने सम्भावना रहेको निर्वाचनका जानकारहरु बताउछन् । ‘मतपत्र जटिलताले मतदातालाई अप्ठ्यारो पर्ने देखिन्छ ।’ प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने । यसपालीको मत पत्र २ भाग, ६८ लहर र झन्डै पौने एक मिटर लम्बाई ५१ सेन्टिमिटर चौडाई रहेको छ । मतपत् ...


मतदानको दिन किन चल्दैनन् गाडी ?

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन् । तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘मतदानका द ...


के हो ‘वान बेल्ट वान रोड’ ?

३० वैशाख, काठमाडौं । चीनले ऐतिहासिक रेसममार्गलाई पुनरुत्थान र विकास गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई ‘वान बेल्ट वान रोड’का रूपमा अघि बढाइरहेको छ । चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा युरोप र एसियाका मुलुकसँग चीनको सम्पर्क र साझेदारी विस्तारका लागि ओबिओआरको अवधारणा अघि सारेका थिए । सीले भूपरिवेष्टित मुलुकहरूसँग सडक रेलमार्फत कनेक्टिभिटी बढाउन ‘सिल्ल्क रोड इकोनोमिक बेल्ट’ तथा समुद्र भएका मुलुकहरूसँग ‘म्यारिटाइम ...


फेसबुक प्रेमः इन्जिनियर ठानेर बिहे गरेको केटो १० कक्षा पास

काठमाडौं, वैशाख २९ । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अव ...


आजका कार्टुन

आजको कान्तिपुर अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुनः


निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने, यस्तो छ कारण

२९ वैशाख, काठमाडौं । पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् । दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिबाट गरी ३७ हजार ३ सय ३६ जनप्रतिनिधि निर्वाचित हुँदैछ ...


निर्वाचन अहिलेसम्मकै खर्चिलो, २० अर्ब नाघ्ने अर्थको अनुमान

२९ वैशाख, काठमाडौं । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अझै थप २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान सरकारको छ । ‘अहिलेसम्म १८ अर्ब रुपैयाँ निकासा भइसकेको छ,’ अर्थ मन्त्रालय बजेट व्यवस्थापन महाशाखाका उपसचिव ईश्वरी अर्याललल ...


इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि..

२९ वैशाख, काठमाडौं । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा ९नाम परिवर्तन० को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले । मिठा कुरा गर्ने तिमिल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोट ...


मौन अवधिः के गर्न पाइन्छ, के पाइँदैन ?

२९ वैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन । बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज ...


निर्वाचनलाई मौसमको चुनौती, ३१ गते पूर्वी नेपाल र उपत्यकामा पानी पर्ने

२९ वैशाख, काठमाडौं । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशामा पूवी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेका छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने । विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहि ...


चुनावका लागि २८ हजार बाहिरिए, करिब १ लाखले काठमाडौं छाड्ने

२९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ । ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणक ...


आर्थिक समाचारः स्थानीय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

३१ वैशाख, काठमाडौं । सेयर बजारले स्थानीय निर्वाचन ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ । पहिलो चरणको स्थानिय निकाय निर्वाचनअघिको अन्तिम कारोबारले हरियो संकेत दिएको हो । निर्वाचनअघिको अन्तिम कारोबारको दिन बिहिबार सेयर बजार मापक नेप्से करिब आठ बिन्दुले बढेर बन्द भएको छ । स्थानिय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । भौतिक प्रगति बढाउदै गौरवका आयोजनालाई लेखेको नागरिकले नेपालको आर्थिक व ...


कस्तो छ बैंकमा चुनावको असर ?

काठमाडौं – २० वर्षमा हुन लागेको स्थानीय निर्वाचनको असर बैंक तथा वित्तीय संस्थाले झेल्नु परेको छैन । केन्द्रीय स्तरको चुनावमा चन्दा आतंकले सताउने बैंकर्सलाई स्थानीय तहको चुनावमा भने रकम दिनु परेको छैन । ‘कुनै पनि नेता तथा कार्यकर्ता चन्दा माग्न आएकै छैेनन् र हामीसँग चन्दा दिने रकम पनि हुँ ...


आजका पत्रपत्रिकाको सम्पादकीय

आजका  पत्रपत्रिकाको सम्पादकीय सारांश: काम गर्ने उम्मेदवारलाई मतदान गरोँसंविधानले स्थानीय तहलाई विभिन्न अधिकार प्रत्याभुत गरेको छ । नगर प्रहरी, सञ्चार संस्था, स्थानीय कर, ब्यबस्थापन, जलविधुत आयोजना भााषा संस्कृति लगायत आदि सयौँ स्थानीय तहमार्फत नै हुन्छन् । त्यसैले पनि अहिलेको स्थानीय निकायको नि ...


आमा–छोरी बाढीले बगायो

२८ वैशाख, बैतडी । खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए । बुधबार साँझ ४ः३० बजे घरनजिकै रहेको पुरौडा खोलामा नुहाइरहेका बेला एक्कासि वर्षासँगै आएको बाढीले आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस ...


चुनावकै मुखमा सामूहिक पार्टी परित्याग

ओखलढुंगा – नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् । उनीहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ । ...


आजका चार कार्टुन

आजको कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएका कार्टुन:  


सामाजिक सञ्जालबाट करोडौं बाहिरियो

तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर' लेखिएको छ। ती ‘स्पोन्सर' लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन्। यसरी ‘स्पोन्सर'का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन्। यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राखिएका हुन्। यसका लागि विभिन्न राजनीतिक दलले नेपालबाट करोडौं रुपैयाँ बाहिर पठाइसकेका छन्। दैनिक लाखौं रुपैयाँ यसर ...


कर्णालीमा चुनावभन्दा यार्चा प्यारो

स्थानीय तहको निर्वाचन र यार्चागुम्बा टिप्ने मौसम एकैसाथ आएका कारण कर्णालीका अधिकांश गाउँमा चुनावको कुनै रौनक छैन। स्थानीयलाई चुनावभन्दा यार्चा टिप्ने हतारो छ। यो खबर रमेश रावलले आजको कारोबारमा लेखेका छन्। सिजनमा यार्चाको आम्दानीबाट वर्षैभरी खर्च धान्नुपर्ने कारण चुनावप्रति उनीहरूको आकर्षित छैनन्। बहुमूल्य जडिबुटी टिप्नका लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटका अधिकांश मानिस पाटनतिर लागेका छन्। यार्चा टिप्ने मौसम सुरू भएकाले युवाहर ...


एउटै डोरीमा झुन्डिएर आमा–छोराले गरे आत्महत्या

२८ वैशाख, गुल्मी । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जि ...


आर्थिक समाचार: बजेट जेठ १५ मै

२८ वैशाख, काठमाडौं । सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो । बजेट जेठ १५ मैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बैक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को कार्यान्वयन सुरु भएको सन्दर्भमा कारोबारले सञ्चालकबाटै बाफिया कार्यान्वयनलाई लेखेको छ । डलर तस्करीमा चिनियाँ सक्रियलाई उल्लेख गरेको कारोबारले कर्णालीम ...


निर्वाचनले रोकेन विदेश जाने युवालाई

२८ वैशाख, काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ । लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले होला, जताततै निर्वाचनकै चर्चा छ । निर्वाचनमाआफ्नो अमूल्य मत खसाल्न विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन् । तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै प ...


अन्तिम दिनको प्रचारमा शीर्ष नेताः को कहाँ ?

२८ वैशाख, काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका ...


बाग्लुङमा उम्मेदवारविनै मत माग्दै माओवादी कार्यकर्ता !

२८ वैशाख, काठमाडौं । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्त ...


स्थानीय तह निर्वाचनः को–को बन्दैछन् मतदानबाट बञ्चित ?

२८ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको ...


विवादमा फस्यो राजस्व अनुसन्धान विभाग

२७ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागको निर्णयको वैधानिकतामै चुनौती पेस भएको छ । बलिया कानुनी आधारसहित दिइएको चुनौतीमा न्यायालयले विभागको विपक्षमा फैसला गरे विभागले मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनअनुसार गरेका कामकारबाहीको वैधानिकता रहने छैन । विभागको मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनको अधिकार र प्रत्यायोजन पाएर प्रयोग गरिरहेको छ । अधिवक्ता रमण कर्णले ती ऐन कसले प्रत्यायोजन गरेर विभागले प्रयोग गरिरहेको हो भनेर राजस्व न्यायाधीकरणमार ...


उम्मेदवारको मुखैमा अहिले रेलैरेल !

२७ वैशाख, काठमाडौं । कांग्रेसले आफ्नो घोषणापत्रमा लेखेको छ – अबको १० वर्षमा ५ सय किमिभन्दा बढी रेल्वेलाइन र टनेलका सञ्जाल निर्माण हुनेछ । एमालेले आगामी १० वर्षभित्र सम्पन्न हुने गरी सरकारमा गएपछि सडक, रेल, हवाई, राजमार्ग, जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटोनिर्माण लगायत निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । वैशाख ३१ र जेठ ३१ मा हुन गइरहेको स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न ठूला दल कांग्रेस र एमालेले जारी गरेको घोषणापत्रमा काठमाडौ ...


घोषणापत्रको मूल्य १० रुपैयाँ, घोषणापत्र बेचेरै निर्वाचन खर्च !

२७ वैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ । दोस्रो संविधानसभा बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा –माओवादी पनि स्थान ...


उपचारका लागि धामीझाँक्री र वैद्यहरुको भर

२७ वैशाख, काठमाडौं । बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थय चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरु स्थानीय जनताको मनमा बस्न सफल भएका छन् । यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थय चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरुको भर पर्छन् । धामीझाँक्री र वैद्यहरुले गर्ने उपचार पद्धतिमा पनि उनीहरुको कुनै गुनासो छैन । समीकात्र्तिक गाउँपालिका २ की जनपुरा रावल दाँत दुखेपछि राजभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट स ...


गाउँमा मतदाता शिक्षाको अभाव, थुप्रै मतदातामा अन्यौलता

२७ वैशाख, काठमाडौं । भेरीगंगा नगरपालिका–६, घारीबनकी तुलसी खत्रीलाई भेट्ने जतिले आ–आफ्नो चुनाव चिह्नमा भोट हाल्न आग्रह गरे । तर, कसैले पनि बदर नहुने गरी मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् । ‘सबै आउँछन् माइकिङ गर्छन्, जान्छन्’, उनले भनिन्, ‘अहिलेसम्म कसैले पनि भोट हाल्ने तरिका सिकाएनन् ।’ तुलसी खत्रीजस्तालाई भोट हाल्ने तरिका सिकाउनुपर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो । तर, उनीहरु न ...


निर्वाचन आचारसंहिताः सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्‍यै

२७ वैशाख, काठमाडौं । स्थानीय तह चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्राए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्री र जितेन्द्र देवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्ति गरियो । त्यतिमात्रै होइन, ...


फेसबुकमा स्टाटस राखेपछि आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौं – आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ । नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा छ । त्यसैगरी, निर् ...


आजका पाँच कार्टुन

आजको नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुनः


स्थानीय निर्वाचनमा राष्ट्रिय स्तरको ‘चन्दा दबाब’, व्यवसायी हैरान

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको कूल खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् । यो रकम उम्मेदवार आफैंसँग हुँदैन । उनीहरुको चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायी हुने गरेका छन् । राजनीतिक दलले पनि केन्द्रीय स्तरबाट गर्ने चुनावी प्रचारको खर्च व्यवसायीबाटै उ ...


सात पद आठ चिह्न, विवेक पुर्‍याए बिग्रन्न

२६ वैशाख, काठमाडौं । वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्ने अन्योलमा देखिन्छन् । दलहरुले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरु मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् । ‘दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्त ...


१ जेठबाट मतगणना गर्ने आयोगको तयारी, एमाले असहमत

२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतमेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ । स्थानीय तह निर्वाचन ऐनमा तत्काल मनगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगक ...


कमल थापाको सत्तारोहणमा गच्छदार तगारो, अब के गर्लान् ?

२६ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस, माओवादी केन्द्र गठबन्धन सरकार प्रवेशमा फेरि तगारो तेर्सिएको छ । सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल हुन इच्छा व्यक्त गरेको राप्रपालाई अन्तिम समयमा सोमबार दिउँसो सत्ता गठबन्धन नेतृत्वद्वारा नकारात्मक संकेत प्राप्त भएको हो । सोमबार मन्त्रिपरिषद् विस ...


गृहको निर्देशन – विप्लव कार्यकर्ता भेट्नासाथ समात्नू

२६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ । निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो । आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानी ...


प्रधानन्यायाधीश कार्कीको निर्णयः मुद्दा नहेर्ने, बिदा पनि नलिने

२६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छन् । आगामी जेठ २५ गतेबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकास पाउनुअघि विदा नलिने सर्वोच्च अदालत स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ । प्रधानन्यायाधीबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयम ...


आर्थिक समाचारः चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा बढी

२६ वैशाख, काठमाडौं । आगामी आइतवार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौ रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३,४ र ६ अन्तरगत ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएको ४९ हजार ७१ उम्मेदवार प्रचारप्रसारमा अर्बौ खर्च हुने देखिएको छ । चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा माथीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरिनेलाई नागरिकले लेखेको छ ...


आजका कार्टुन !

आजको कान्तिपुर, अन्नपुर्ण पोस्ट र राजधानीमा छापिएका कार्टुनः


उपेक्षामा बजेटः जेठ १५ को समयसीमा के होला ?

२५ वैशाख, काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट पारेको छ । तर, यो जटिलताबारे प्रमुख दलहरुबीच गम्भीर छलफल नै भएको छैन । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटबारे चाडै प्रमुख दलहरुबीच छलफल गर्दैछन् । ‘अब एक द ...


नियमित काममा प्रधानन्यायाधीश, आइतबार के गरिन् ?

२५ वैशाख, काठमाडौं । महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाड गरिन् । न्यायाधीशहरुका लागि एकल र संयुक्त गरी नौवटा इजलास ताकेर उनी आफू भने कार्यकक्षमा फाइल ...


महाभियोग प्रकरणः तत्काललाई साम्य तर समाधान टाढै

२५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिष्परे पनि ध्रवीकृत राजनीतिक विभिन्न पक्षले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् । महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार सभामुख ओनसरी घर्तीमगरले गरेकी छन् भने सर्वोच्चको एकल इजलासद्वारा गरिएको अदालतमा उपस्थित हुने आदेश पालना गर्दै प्रधानन्यायाधीश सुशीला ...


जुम्लाका युवालाई चुनाव भन्दा यार्साकै चिन्ता, मतदान छाडेर यार्सा टिप्न पाटनतिर

२५ वैशाख, काठमाडौं । गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन् । दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि अधिकांश युवा प्रचारप्रसारका साथै नेतृत्वका लागि खटिएका छन् तर छुमेचौरका युवा भने निर्वाचनभन्दा पनि कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न प ...


दुईतिहाइ जुटाउन प्रधानन्त्रीको कसरत, सरकारमा फर्कंदै कमल थापा

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल थालेका छन् । थापाले पाँच दिनअघि मात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर सरकार त्यागेका थिए । प्रधानमन्त्रीले आइतबार थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा आउन आग्रह गरेको स्रोतको भनाइ छ । उनले शनिबार पनि गच्छदारसँग भेट गरेका थिए । स ...


निर्वाचन सुरक्षाः बुथमा हतियारसहित २८ प्रहरी

२५ वैशाख, काठमाडौं । आगामी आइतबार हुने पहिलोृ चरणको स्थानीय तह निर्वाचनको पत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार ९पेस्तोल० सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ३ स्थानीय तहका लागि निर्वाचन आयोगले १ ...


आर्थिक समाचारः कालो सूचीबाट कहिले हट्छ नेपाल ?

२६ वैशाख, काठमाडौं । जुलाई २०१३ यता नेपाल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा छ । आइकाओले वायुसेवा सञ्चालनका समग्र पक्षमा गम्भीर रुपमा हेर्ने विभिन्न आठ क्षेत्र मध्ये तीन क्षेत्रमा प्रश्न उठाउदै नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीमा राखेको नयाँ पत्रिकाले लेखेको छ । सन २०१६ वाटै यो सूचीवाट हटिसक्छ भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पनि हटेको छैन । सरकारले औषधि उत्पादन थाल्योलाई पनि नयाँ पत्रिकाले ल ...


अमेरिकी सिनेटर टोली नेपालमा

काठमाडौं, बैशाख २४ । अमेरिकी नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा अमेरिकी सिनेटको एक टोली शनिबार नेपाल भ्रमणमा आएको छ । तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनेसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुग ...


आजका पाँच कार्टुन !

आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, नेपाल साप्ताहिक कारोबार र राजधानीमा छापिएका कार्टुनः


महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

२४ वैशाख, काठमाडौं । सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला रु प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ । ‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । उह ...


सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन प्रचण् ...


सरकारी बेवास्तामा कालिकोटका विद्यालय, ९९ सरकारी विद्यालयमा शून्य दरबन्दी

२४ वैशाख, काठमाडौं । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीबिनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाटै कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ । केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौंसम्म शिक्षकको राहत कोटासमेत नपाएको जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले जानकारी दिए । ती विद्यालयमा अब छिट्टै दरबन्दी दिने कुरा भएको तर संघीयताको कुराले फेरि अन्योल ...


संघीयतामा यातायातः सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाट

२४ वैशाख, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन्। तर, अञ्चल कार्यालयबाट दिइँदै आएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० भने स्थानीय ९स्नाथीन तह० बाट दिने सम्बन्धमा छलफल भइरहेको छ। प्रदेश गठनपछि सवारी साधान दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। अञ्चल तथा केन्द्रबाट दिँदै आएको केन्द्रीकृत सेवा स्थानीय तहमै प ...


सिंहदरबारलाई पनि चुनाव लाग्यो, आउनै छाडे कर्मचारी–सेवाग्राही

२४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका कारण सिंहदरबार परिसर सुनसान देखिन थालेको छ । सिंहदरबारभित्र रहेका मन्त्रालयमा विभिन्न कामका लागि आउने सेवाग्राही र सेवा दिने कर्मचारी दुवैलाई चुनाव लागेका कारण यस्तो अवस्था देखिएको हो । बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुनसान देखिन्थ्यो । मन्त्रालयभित्र कर्मचारी थोरै देखिन्थे । उपस्थित कर्मचारी पनि फुर्सदमै देखिन्थे । मन्त्री कमल थापा सरकारबाट बाहिरिएपछि मन्त्रालय मन्त्रीविहीन छ । मन्त्रा ...


उपत्यकाको चुनावी सुरक्षाः सिसिटिभीबाट निगरानी, सादा पोसाकका पनि प्रशस्तै

२४ वैशाख, काठमाडौं । प्रहरीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले उपत्यकाकधा दुई महानगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकाको सुरक्षा व्यवस्था कडा पारेको हो । निर्वाचनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यका भित्रिने सबै नाकामा प्रहरी संख्या बढाएको छ भने सुरक्षा जाँचलाई पनि कडा बनाउँदै लगेको छ । सादा पोसाकमा पनि ठूलै संख्यामा प्रहरी परिचालन गरिएको आजको राजधानी दैनिकले लेखेको छ । उपत्यक ...


आर्थिक समाचारः १० वर्षमा २० हजार मेगावटसम्म

२४ वैशाख, काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा भोट तान्न राजनीतिक दलहरुले हजारौं मेगावाट बिजुली उत्पादन गर्ने ‘हावादारी सपना’ बाँडेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना चुनावी घोषणापत्रमा असम्भव परिणाममा बिजुली उत्पादन गर्ने दाबी सार्वजनिक गरेका छन् । १० वर्षमा २० हजार मेगावाटसम्मलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै प्रमुख तीनका तीनथरि योजनालाई पनि नागरिकले लेखेको छ । साउथ स्या ...


किम जोङ उनको ‘हत्या षड्यन्त्र’: हत्या गर्न तीन लाख डलर

२३ बैशाख, काठमाडौं । अमेरिकी र दक्षिण कोरियाली एजेन्टहरूले उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने षड्यन्त्र बुनिरहेको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाब चुलिएकै वेला शुक्रबार उत्तर कोरियाले सो दाबी गरेको हो । अमेरिकाले आतंककारी समूह पठायोकोरियाली नेताको हत्या गर्न अमेरिकाको केन्द्रीय गुप्तचर निकाय ९सिआइए० र दक्षिण कोरियाली गुप्तचर निकायको सहयोगमा ‘अतिवादीको एउटा समूह’ उत्तर कोरिया छिरिसकेको उत्तर कोरि ...


अदालत–संसदको झगडा नबढोस्ः राष्ट्रपति भण्डारी

बैशाख २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् । शुक्रबार उनीहरु शीतल निवासमा छलफल गर्दै गर्दा अदालतको अन्तरिम आदेश आएको थियो । राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक समस्या समाधान गर्नुपर्नेमा महाअभियोग प्रस्ताव थपिएको भन्दै चिन्ता जा ...


नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब कति ?

काठमाडौं – स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय ...


आजका कार्टुन !

आजको नागरिक, कान्तिपुर(कोशेली) र राजधानीमा छापिएका कार्टुनहरुः  


सर्वोच्चको पत्र संसद् पुग्यो, अब सभामुखले के गर्लिन् ?

२३ वैशाख, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ । सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी छैनन् । उनले अहिले आन्तरिक रुपमा परामर्श थालेकी छन् । ‘राजनीतिक दल, कानून व्यवसायी, संविधान, संसद् नियमावलीलगायतका विधि–विधान र प्रक्रियाका आधारमा सभामुखले सबै पक्षसँग परामर्श गरेर मात्र थप निर ...


दलित बस्तीको चुनावी नारास् मन्दिर छिर्ने, सहभोज गर्ने

२३ वैशाख, काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्रमा रेल, वाईफाई र स्मार्ट सिटीजस्ता विषय दलहरुको निर्वाचनको नारा बनिरहेका बेला सप्तरीका पाँचवटा दलित बस्तीका महिला उम्मेदवारहरु भने फरक नाराका साथ चुनावी मैदानमा होमिएका छन् । उनीहरुले मन्दिर छिर्ने, सहभोज गर्ने, जन्मदर्ता गराउने र केटाकेटीहरुलाई स्कुल पठाउनेजस्ता नारा बनाएको नयाँ पत्रिका दैनिकले छापेको छ । प्रत्येक वडामा एक दलित महिला अनिवार्य सदस्य हुनुपर्ने निर्वाचन ऐनको प्रावधानले स्थानीय निर्वा ...


१३१ ‘गुन्डा’ प्रहरी निगरानीमा, अधिकांश नयाँ

२३ वैशाख, काठमाडौं स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो । महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध शाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरुको भने ...


अब प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

२२ वैशाख, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अ ...


एनसेलले पायो फोरजी अनुमति

२२ बैशाख, काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि(फोरजी) सञ्चालन अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ। अघिल्लो साता संसदको विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई एनसेलको फोर ...


मेयर उम्मेदवारको घरमा बम

पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा भेटिएकोे संकास्पद बस्तु बम भएको पुष्टि भएको हो । जोशीको कार्यालय कोठाको कुनामा हरियो झोलामा राखिएको उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सकेट बम भएको पुष्टि भएको हो । नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले बम डिस् ...


आजका कार्टुन !

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका काुर्टनः


यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने

२२ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँगको सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामा असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हु ...


उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै

२२ वैशाख, काठमाडौं । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् । तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन मनी’ पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ । कांग्रेसले झन्डा, घोषणापत्र र टोकन मनी पठाउँदै छ । निर्वाचन खर्च व्यवस्थापनका लागि कांग्रेसले कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । एमालेले ...


अझै टुंगिएन मतगणना गर्ने मिति, आयोग सकिएलगत्तै गणना गर्ने पक्षमा

२२ वैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना कहिले गर्ने भन्ने अझै टुंगो लागेको छैन । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्नुपर्ने भए पनि राजनीतिक दलहरुले दोस्रो चरणको निर्वाचनलाई असर पर्ने भएकाले तत्काल मतगणना गर्न समस्या हुने बताइरहेका छन् । मतगणनाबारे राजनीतिक दलहरुको फरक–फरक धारणा देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो चरणको मतदानअगावै मतगणना पार्टीलाई अमान्य हुने प्रष्ट ...


अब प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

२२ वैशाख, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अ ...


छोराले अन्तरजातीय विवाह गर्दा बाबुलाई सार्वजनिक मुद्दा

२२ वैशाख, काठमाडौं । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ । पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको हो । कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ । प्रे ...


आकाशमा ट्राफिक जाम हुने कारण बन्यो काठमाण्डौको धुलो

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, आकाशमा ट्राफिक जाम बढुनुमा धेरै कारणले भूमिका खेलेको हुन्छ । त्यसमध्ये पछिल्लो ...


संशोधन विधेयकः सत्तापक्ष जबर्जस्त अघि बढाउने पक्षमा, विपक्षी एमाले अघि बढ्नै नदिने रणनीतिमा

२१ वैशाख, काठमाडौं । संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा संघीय समाजवादी फोरमले भाग लिए पनि ६ मधेसकेन्द्रित दल एक भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संशोधन विधेयक अघि बढाए मात्र निर्वाचनमा भाग लिने भन्दै सत्तापक्षलाई दबाब दिइरहेको ...


यस्तो छ उम्मेदवारी दर्ताको प्रारम्भिक तथ्यांक

२१ वैशाख, काठमाडौं । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ । दुई ...


दिनदहाडै ५ विद्यार्थी अपहरणमा

२१ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमा ...


म महाअभियोग प्रस्तावको पक्षमा छैनः पौडेल

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्। त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो। चुन ...


आजका कार्टुन

आजको नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबारमा छापिएका कार्टुनः


१३ हजार पदका लागि ४४ हजार उम्मेदवार, कुन पदमा कति परे ?

२१ वैशाख, काठमाडौं । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ । दुई ...


स्थानीय तह निर्वाचनमा भिड्दै छन् यी विद्यार्थी नेता

२१ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यैपानेलाई मेयरको उम ...


राजधानीकै विद्यालयबाट ५ विद्यार्थीको रहस्यमय अपहरण, कारण खुल्न सकेन

२१ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमा ...


संशोधनमा दाउ आ–आफ्नैः सरकार पेल्ने, एमाले रोक्ने

२१ वैशाख, काठमाडौं । संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा संघीय समाजवादी फोरमले भाग लिए पनि ६ मधेसकेन्द्रित दल एक भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संशोधन विधेयक अघि बढाए मात्र निर्वाचनमा भाग लिने भन्दै सत्तापक्षलाई दबाब दिइरहेको ...


धुलोले आकासमा हवाइजहाजको जाम !

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्न हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, आकाशमा ट्राफिक जाम बढुनुमा धेरै कारणले भूमिका खेलेको हुन्छ । त्यसमध्ये पछिल्लो ...


आर्थिक समाचारः सिमेन्टका कारण मेलम्चीमा ढिलाइ

२१ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले सिमेन्ट आपूर्तिमा समस्या भएको भन्दै मेलम्ची खानेपानी आयोजना समयमै पूर्ण नहुने अवस्था सिर्जना भएको जनाएको छ । भारतीय सिमेन्ट आयातमा उद्योग मन्त्रालयले कडाइ गरेको भन्दै त्यसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुने देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ । आयल निगमले नै तेल ठगेको पुष्टिलाई पनि नयाँ पत्रिकाले लेखेको छ । सुध्रिएन स्मार्ट लाइसेन्स वितरणलाई पनि नयाँ पत्रिकाले लेखे ...


४ वर्षमा फास्ट ट्याक सक्ने प्रस्ताव, निर्माणको जिम्मा सेनालाई

२१ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं तराई द्रूतमार्ग ९फास्ट ट्याक० ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । मन्त्रालयले आइतबार गरेको प्रस्तावमा आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेर एकैसाथ निर्माण कार्य अघि बढाउने उल्लेख छ । नयाँ पत्रिका दैनिकका अनुसार, फास्ट ट्याकको निर्माणको जिम्ममा नेपाली सेनाले पाउँदै छ । मन्त्रालयले गरेको प्रस्तावमा प्रमुख दुईवटा विषयलाई प्राथमिकता दिइएको छ । ...


रजश्वला भएका छात्रा मन्दिरको बाटो हिँड्दैनन्, किताब पनि छुँदैनन्

जुम्लाका कतिपय छात्राले रजश्वला हुँदा किताब नछुने र विद्यालय नै नजाने समस्या रहेको स्रोतव्यक्ति रामबहादुर चापागाईंले बताए। कतिपय छात्रा रजश्वला भएका वेला मन्दिर भएको बाटोबाट समेत हिँड्दैनन्। शिक्षिका भगवती श्रेष्ठले ‘छुइछाइ’ भएर काम्ने गरेको भन्ने चलनसमेत रहेको बताइन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धामीझाँक्रीलाई तालिम दिने र विद्यार्थीलाई परामर्श दिएमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ। जिल्ला शिक्षा अधिकारीको अध्यक ...


जोगियो सर्वोच्च अदालत

आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।माओवादी सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश भई प्रधानन्यायाधीशसम्म बन्न पुगेकी सुशीला कार्की माओवादी नेतृत्वको सरकार भएकै बेला महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बनमा परेकी छिन् । सर्वोच्च अदालतको इतिहासमा पहिलोपल्ट महाभियोग लाग्ने प्रधानन्यायाधीश क ...


आजका कार्टुन

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबारमा छापिएका कार्टुन :


हेलिकप्टरमा मेयरका उम्मेदवार

चितवन – उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए । आजको नागरिकमा यो खबर छ । सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए । सोमबार साँ ...


‘राजनीतिक हस्तक्षेपले फैसला प्रभावित’ : पूर्वन्यायाधीशहरूको यस्तो चिन्ता ।

काठमाडौं – पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूको राष्ट्रिय सञ्जालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता महाभियोगका विषयमा ध्यानाकर्षण गर्दै न्यायाधीश नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपका कारण अदालतका आदेश र फैसला प्रभावित हुन पुगेको निष्कर्ष निकालेको छ । आजको अन्नपू ...


विभाजित नवलपरासीः कहिँ सुनसान, कहिँ रौनक

२० वैशाख, काठमाडौं । दुई प्रदेशमा विभाजित नवलपरासी जिल्लाको नवलपुर क्षेत्र ९दाउन्ने पूर्व० प्रदेश ४ मा पर्छ भने परासी क्षेत्र ९दाउन्ने पश्चिम० प्रदेश ५ मा पर्छ । १५ स्थानीय तह रहेको नवलपरासीको नवलपुर क्षेत्रका ८ वटा स्थानीय तहमा ३१ गते पहिलो चरणमा निर्वाचन हुँदैछ । परासी क्षेत्रमा भने जेठ ३१ मा निर्वाचन हुनेछ ।पहिलो चरणमा निर्वाचन हुने नवलपुर क्षेत्रका ८ स्थानीय तहमा मंगलबार विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराए ।नवलपुर क्षेत्रमा रौनकदेखि प ...


३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी, तर प्रमुख दल उम्मेदवार छान्ने कसरतमै

१९ वैशाख, काठमाडौं । स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदैछ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भए पनि ...


दूधे बालकसहित दुई दिन हिँडेर उम्मेदवारी दर्ता, गाउँ विकास गर्ने छ ठूलो सपना

२० वैशाख, काठमाडौं । काखैको पाँचमहिने दूधे बालकलाई साथै लिएर मनाङको विकट बस्ती फू गाउँकी सोनाम सिची लामा सदरमुकाम चामे आइपुगेकी छन् । उनी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवारी दिने गरी फूदेखि दुई दिन लगाएर सदरमुकाम चामे आइपुगेकी हुन् । नार फू गाउँपालिकाकी लामाले विकट बस्तीमा विकासे योजना पुर्याउने लक्ष्यका साथ गाउँपालिकाको महिला सदस्यमा उठ्ने निर्णय गरेको बताइन् । तीनवटा वडा रहेको नार र दुई वडा रहेको फूमा हतपत सरकारी ...


छात्रा बेहोस हुँदा डाक्टर निधेष गरी धामीको भेला !

२० वैशाख, काठमाडौं । छात्राहरु बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयहरुमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरहरुबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् । तातोपानीस्थित हि ...


बाग्लुङमा एमाले, राप्रपा र राजमोबीच तालमेल

२० वैशाख, काठमाडौं । बाग्लुङमा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तालमेल गरेर मैदान उत्रिएका छन् । जिल्लामा ६० प्रतिशतभन्दा बढी वामपन्थी जनमत भएको दावीसहित वामएकता गर्ने अन्तिम कसरत गरिए पनि सहमति नजुटेपछि राप्रपासहित राष्ट्रिवादी प्यानल तयार गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । कांग्रेसले पनि बाग्लुङको बरेङ गाउँपालिकामा प्रमुख पद माओवादीलाई दिएर सत्ता गठबन्धनको एकतालाई निरन्तरता दिएको छ । यसका साथै ...


कडा पारियो सुरक्षा, ३३ हजारले बुझाएनन् अनुमतिका हतियार

२० वैशाख, काठमाडौं । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आआफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले ब ...


नौ घन्टापछि उम्मेदवार अपहरणमुक्त, पत्ता लागेन अपहरणकारी

२० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन् । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो । सोमबार साढे ११ बजेबाट भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उनी अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएका जानकारी गराएका थिए । कांग्रेस ...


आजका कार्टुन

आजको अन्नपूर्ण पोस्ट, कारोबार र नागरिकमा छापिएका कार्टुनः


राजपाले सरकारलाई फेरि समर्थन गर्ने

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले बदलिँदो परिस्थितिको आँकलन गर्दै’ सरकारलाई समर्थन गर्ने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। राजपाको सोमबार राजधानीमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्न सरकार फेरि तयार भएको तथा सप्तरी घटनाका सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत त्यसअघि गिरफ्तारलाई रिहाई आदिका लागि सहमत भएकाले यसअघिको समर्थन फिर्ताको निर्णय पुनर्विचार गरेको हो। राप्रपाको बहिर्गमनसँगै सरक ...


सरकारमा आउन गरेको आग्रह गच्छदारले मानेनन्, महाभियोग फिर्ता नलिए समर्थन फिर्ता गर्ने चेतावनी

काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। प्रधानमन्त्री दाहालसँग सोमबार साँझ भेटेका गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गरेक छन्। प्रधानमन्त्रीले ...


प्रधानमन्त्रीसँग भेट्न नमान्दा महाभियोग

काठमाडौँ । प्रधानन्यायाधिश सुशीला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन अस्वीकार गरेको खुलासा भएको छ । प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा भएको माओवादी केन्द्रका नेताहरुको बैठकमा प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको अधिकार माथि हस्तक्षेप गर्न थालेपछि आफूले भेटेर छलफल गर्न चाहेपनि भेटन अस्वीकार गरेको खुलासा गरेका हुन्। यो खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्। माओवादी केन्द्रका नेता बर्षमान पुनले भेटने प्रयास गरेपनि उनीसँग ...


राजनीतिक अस्थिरताले सुरक्षा चुनौतीः सेना

काठमाडौँ । नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले समेत राजीनामा दिएपछि आइतबार साँझ जंगी अड्डामा बसेको आकस्मिक पीएसओज बैठकले पछिल्ला राजनीतिक ...


आर्थिक वर्षको बजेट निर्माण अन्योलमा

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ। स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। दुई चरणको निर्वाचनका बीचमा आगामी आर्थिक वर्ष ०७४/७५ को बजेट र सरकारको नीति तथा कार्यक्रम ल्याउन नमिल्ने भन्दै आयोगले आइतबार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ। १६ वैशाखको आफ्नो निर्णय अ ...


महाअभियोगले चुनावलाई असर गर्दैन भन्दै प्रधानमन्त्री दिनभर दौडधुपमाः ओलीले दिए दाहाललाई जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावले निर्वाचनमा कुनै असर नपार्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा सोमबार विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन अपिल गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्रीको दिनभरको व्यस्तताप्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावपछि तरंगित राजनीतिका कारण प्रधा ...


नारायाण्काजीले भने-महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन

काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। नारायणकाजी श्रेष्ठसँगको कुराकानी आजको कान्तिपुरमा छ । । महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के हो ? मैले अरू बेलाजस्तै सामान्य हिसाबले भेटेको हुँ। अदालतमा कुनै मुद्दा विचाराधीन रहेको बेला सोही कारणले भेट्न मिल्दा पनि मिल्दैनथ्यो, मैले त्यसी भेट्ने कुरा आउँदैन पनि थियो ...


पत्नी उपप्रमुख, पति वडाध्यक्षः दुवै प्रचारप्रसारमा व्यस्त

जुम्ला – धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । आजको कान्तिपुरमा खबर छ । मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ । सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा उम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन् । गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाभिवेशन आयोजक ...


आरोपको सामना गर्न तयार छुः कार्की

काठमाडौं । महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । आजको कान्तिपुरमा खबर छ ।‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ । कार्कीले आफूसँग माओवादी केन्द्रका ...


अब बिभागमै ट्रायल

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपाङग्रे सवारीको ट्रायल (प्रदर्शन परिक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ । विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपाङग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो । यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो । आजको नागरिकमा खबर छ । ...


हेडक्वाटरमा आइजिपीले दिए यस्तो निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता भएको र गृहमन्त्रीले राजीनामा दिएसँगै बदलिएको राजनीतिक अवस्थाप्रति अर्यालले सोमबार हेडक्वाटरमा विभागीय प्रमुखहरुलाई डाकेर यस्तो निर्देशन दएको खबर आजको नागरिकमा छ । अर्यालले चुनावी सुरक्षामा नअल्मलिई जिम्मेवारीअनुसारको काम गर्न निर्देशन दिएका थिए । ...


अब छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको खबर आजको कारोबारमा छ। उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको हो । अर्धजलाशययुक्त आयोजना निर्माण गर् ...


सरकार र सिमेन्ट व्यवसायीले यसरी झुक्याए

काठमाडौं । बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् । आजको नागरिकमा खबर छ । उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन ...


स्थानीय तह निर्वाचन, जो उम्मेदवार बन्न पाउँदैनन्

१९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्धारण गरेको छ । निर्देशकाका अनुसार, कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा भएको, कानूनले अयोग्य नठहरिएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । सरकारले कुनै पनि निकायमा बसी पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई सजाय भोगिसकेको मितिले द ...


३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी, तर प्रमुख दल उम्मेदवार छान्ने कसरतमै

१९ वैशाख, काठमाडौं । स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदैछ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भए पनि ...


उपत्यका वरपर बनाइँदै छ चार नयाँ सहर, कहाँ–कहाँ बन्ने भो ?

१९ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई एक साताभित्र नयाँ सहर निर्माणका लागि आवश्यक लगानी, समय र लाभान्वितको संख्या र स्वरुपसहितको स्पष्ट खाका ल्याउन निर्देशन दिएको छ । बिहीबार सहरी विकास मन्त्रीको अध् ...


कांग्रेस उम्मेदवार अपहरणमा, सुरक्षा घेरामा एक सातादेखि मतपत्र

१९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतदानका लागि नुवाकोटमा आएको मतपत्र एक सातादेखि विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच राखिएको छ । सदरमुकाम विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच आएका मतपत्रको उचित अवस्थाका सम्बन्धमा गणना गरिसकेर मतदानस्थल पठाउने तयारी हुँदैछ । मतदान केन्द्रमा खटिने र कार्यालयमा रहने सम्पूर्ण कर्मचारीको नियुक्तिको दुई दिनपछि मतपत्र मतदान केन्द्रमा पठाइने मुख् ...


४ पूर्वप्रधानन्यायाधीशको ठहरः राजनीतिक स्वार्थमा महाभियोग

१९ वैशाख, काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले सोमबार संयुक्त विज्ञप्तिमार्फत लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्ना गरी स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि ...


सेनाको आकस्मिक बैठकः यस्तो छ सेनाको ‘निष्कर्ष र निर्णय’

काठमाडौं – सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । आजको नागरिकमा खबर छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको वि ...


दाजुलाई विदेश पठाउन राखेको पैसा लिएर भाइ बेपत्ता

कास्की – दाजुलाई विदेश पठाउन ठिक्क पारेको एक लाख रुपैयाँसहित एक बालक बेपत्ता भएका छन् । तनहुँको राइपुर घर भई आल बेलचौतारमा बस्दै आएका ११ बष्र्नीय विशाल दर्नाल पैसा लिएर हराएका हुन् । बाबु प्रेमबहादुरका अनुसार माइला छोराई कतार पठाउन बैंकबाट लिइएको ऋण घरमा ल्याएर राखिएको थियो । गत चैत २७ गते सोही रकम लिएर विशाल बेपत्ता भएका हुन् । आजको कान्तिपुरमा खबर छ । ...


देउवा र प्रधानमन्त्रीबीच यसरी जुट्यो महाभियोगमा सहमति

काठमाडौँ । जयबहादुर चन्द र नवराज सिलवालमध्ये कसलाई आइजिपी बनाउने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच सुरुदेखि खटपट थियो। सिलवाललाई आइजिपी बनाउनुपर्ने निधिको निरन्तर अडानबीच देउवाले आफ्नै गृहक्षेत्रका चन्दको पक्षमा अन्तिम निर्णय दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले मूख्य सत्ता साझेदारको सिफारिश सदर गर्ने नै भए, गृहमन्त्रीको क्षेत्राधिकार कुण्ठित भयो। यो खबर हामीले आजको कान्तिपुरमा बसन्त बस्नेतले लेखेको समाचारबाट ...


पार्टी फुटाउन करोडौंको खेलः ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुसरफूटाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् । पार्टी छाडे पनि केही हुँदैन । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। यति क ...


अब निर्वाचन अनिश्चित

काठमाडौँ । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको अवज्ञा का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्। संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची आउनुअघि नै सभामुख ओनसरी घर्तीमगरले आगामी २१ गतेसम्मका लागि बैठक स्थगित ...


असफल हुँदैथियो संविधान संशोधन विधेयक

काठमाडौँ । असन्तुष्ट दललाई मनाउन पेस गरिएको संविधान संशोधन असफल हुने लगभग निश्चित भएपछि सरकारले प्रक्रिया अघि बढाउन सकेन। प्रस्ताव पारित गराउन ५ मत यसै पनि कम भइरहेका बेला सरकारले पेस गरेको संशोधन प्रस्तावमा असहमति जनाउँदै फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम नेपालले अलग्गै संशोधन हालेका थिए। यो खबर प्रकाश तिमल्सिनाले आजको नागरिक दैनिकमा लेखेका छन्। त्यसपछि संशोधन प्रक्रिया अघि नबढाइएको हो। संसदमा १७ मत रहेको फोरम लोकतान्त्रिकको नेतृत्व विजय ग ...


‘ब्लड मनी’ बुझाउन दुई नेपाली युवालाई साउदी अदालतको आदेश

रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ । यो खबर रूद्र खड्काले आजको नागरिकमा खबर लेखेका छन्। यो खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या सिर्जना भएको छ। निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनीको व्यवस्था हुन नसके दुई युवाको ज्यानसमेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हार गुहार गरिरहेका छन् । साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला ...


प्रहरी संगठनको शिर निहुरिएको दिन

२०६८ जेठ २४। प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो। कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए। त्यो पनि द्धन्द्वग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामाग्रीमा। आजको नागरिकमा केपी ढुंगाना अगाडि लेख्छन्- संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक सुडानमा शान्ति स्थापनार्थ खटिएका प्रहरी ...


डाक्टरले उपहार लिए दर्ता खारेज

१८ बैशाख, काठमाडौँ । डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। डाक्टरले के लिनेरनलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो। स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम ...


पूर्वराजा माथि खनिए कमल थापा, भने – ज्ञानेन्द्रले पार्टी फुटाउन खोजे

१८ वैशाख, काठमाडौं । राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् । ‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागेका छन् । यो हामीलाई मान्य छैन ।’ राप्र ...


भ्रममा नपर्नुस्, निर्वाचन हुन्छः प्रधानमन्त्री

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव निर्धारित मितिमै हुने बताएका छन् । उनले वैशाख १९ मा उम्मेदवार मनोनयनपछि संशोधन पारित हुने बताए । ‘निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन हुन्छ । मनोनयनपछि संविधान संशोधन विधेयक पनि पारित हुन्छ ।’ उता, संविधानमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ पुर्याउन समस्या भएपछि सरकार संविधान संशोधन विधेयक आइतबार ...


महाभियोगपछि सुशीलाको प्रतिक्रिया – डराएकी छैन, डटेर सामना गर्छु

१८ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन् । सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ रु भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही फिल नै भएको छैन । ...


महाभियोग प्रस्तावको तयारी १५ दिनदेखि, सुशीलालाई पहिल्यै थाहा थियो

१८ वैशाख, काठमाडौं । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद् मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरुले विश्वकर्मा र टेकबहादुर बस्नेतलाई जिम्मेवारी दिएका थिए । कांग्रेस सांसद् अर्जुनप्रसाद जोशीका अनुसार कार् ...


प्रधानन्यायाधीशमाथि महाभियोगको विश्व इतिहासः श्रीलंकामा यस्तै घटना भएको थियो

१८ वैशाख, काठमाडौं । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोगको प्रस्ताव दर्ता गराए । प्रधानन्यायाधीशमाथि महाभियोगगको प्रस्ताव दर्ता भएको विश्वमा यो नै पहिलो घटना भने होइन । श्रीलंकामा सन् २०१३ मा त्यहाँका ४३ औं प्रधानन्यायाधीश सिरानी बन्दरानायकेमाथि महाभियोगको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उनी पनि त्यहाँकी पहिलो महिला प्रधानन्यायाधीश थिइन् । संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि सन् २०१ ...


निःशुल्क शिक्षा नारामात्रै, सरकारीले नै लिन्छन् शुल्क

१८ वैशाख, काठमाडौं । संविधानको मैलिक हक र कर्तव्य भाग तीनको धारा ३१ मा प्रत्येक नेपाली नागरिकले आधारभूत तह (कक्षा १–८) सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था छ । त्यसैगरी संशोधित शिक्षा ऐन आठौंको १६ (घ)मा सरकारले निःशुल्क शिक्षा घोषणा गरेकाले सामुदायिक विद्यालयले कुनै पनि नाममा विद्यार्थीसँग शुल्क लिन नपाउने व्यवस्था छ । तर सरकारले निःशुल्क भने पनि सरकारी स्कुलले भर्ना र मासिक शुल्क लिँदा विद् ...


आजका कार्टुन !

आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कारोबार, राजधानी र नेपाल साप्ताहिकमा छापिएका कार्टुनः


सरकारलाई एमालेका तीन सर्त

१७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटिको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि एमालेका एक नेताले भने, ‘सहमतिको वातावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ । तर, त्यसका लागि हामीले तीन सर्त राखेका छौं ।’ उनका अनुसार, एमालेले चुनाव मिति केही दिन सार्न सरकारले संविधान संशोधन व ...


आर्थिक समाचारः पूर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुग

१७ वैशाख, काठमाडौं । पुननिर्माणको लागि विनियोजित बजेटको आधा पनि खर्च गर्न नसकेको राष्ट्र्रिय पुर्ननिर्माण प्राधिकरणले तीन खर्ब रुपैंया बजेट अभाव भएको जनाएको छ । नागरिक दैनिकले पुर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुगलाई मुख्य समाचार बनाएको छ । चालु आर्थिक वर्ष सकिन दुइ महिना बाँकी रहँदा अर्थ मन्त्रालयबाट अख्तियार पाएको एक खर्ब नौ अर्ब रुपैंयाको ४५ प्रतिशतमात्र खर्च गरेको प्राधिकरणको तथ्यांक छ ।श्रम सम्झौतामा शून्य प्रगति सन्दर्भमा नेपालको प्रस्तावला ...


सिमकोटको छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

१७ बैशाख, काठमाडौं । साबिकको श्रीमिष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ । गत वर्ष दैनिक ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले मंसिरयता पूरा पेट खान पाएकी छैनन् । सदरमुकाम सिमकोटको बीच बजारमा ०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै ९ दिन भोकै विद्यालय जानुपरेको छ । सदरमुकाम सिमकोटको मानसरोवर उमाविमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी ग ...


काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

१७ बैशाख, काठमाडौं । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, महानगरपालिकाले एक सातादेखि काठमाडैंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक ...


जेठदेखि इन्धन ट्यांकरमै लकिङ

१७ बैशाख, काठमाडौं । इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चुहावट रोक्नका लागि ट्यांकरमा अनिवार्य रुपमा लकिङ प्रणाली लागू गर्न लागेको हो । कारोबार दैनिकका अनुसार, पछिल्लो समय ट्यांकरबाटै इन्धन हराउने गरेको फेला परेपछि निगमले कडाइ गर्दै लकिङ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो । निगम प्रवक्ता सीताराम पोखरेलले जेठदेखि लकिङ प्रणाली अनिवार्य गरिने बताए । ...


सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई देउवाको दबाब, बढ्यो दूरी

१७ बैशाख, काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारुढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो । संविधान संशोधन विकेयकलाई पारित गर्न विभिन्न विकल्पम ...


संशोधन विधेयकमाथि ५० संशोधनः के हुन्छ अबको प्रक्रिया ?

१७ बैशाख, काठमाडौं । सरकारले २९ चैतमा संसद्मा दर्ता गरेको संविधान संशोधनको दोस्रो विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । शनिबार बेलुकी १०ः३० बजेसम्म संशोधन दर्ता गराउन ७२ घन्टा समय दिइएको थियो । सत्तापक्ष र प्रतिपक्षले अलगअलग तथा केही दलहरुको तर्फबाट संयुक्त प्रस्ताव पनि दर्ता भएका छन् । संशोधन प्रस्ताव फास्ट ट्याकबाट अगाडि बढाउने सरकारी तयारी छ । आइतबार बिहान बस्ने संसद् बैठकमा दर्ता भएको संशोधनलाई पेस गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ । ...


३१ वैशाख टर्ने संकेत

काठमाडौं, वैशाख १६ । स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प ...


म्यादी युनिफर्ममा बजेट दुरुपयोग

स्थानीय निर्वाचनका लागि नियुक्त म्यादी प्रहरीको ‘युनिफर्म’ का लागि सरकारले दिएको बजेट बढी भएको पाइएको छ। यो खबर लोकेन्द्र प्रसाईले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन्। सरकारले प्रतिम्यादी प्रहरी युनिफर्मका लागि सात हजार एक सय रुपैयाँ दिए पनि उनीहरूले उपत्यकाका आपूर्तिकर्तासित दुई हजार चार सय ५० रुपैयाँमा खरिद गरेका छन्। यही हिसाबले देशभरका ७५ हजार म्याद प्रहरीको युनिफर्म र बन्दोबस्तीमा मात्र राज्यलाई ३४ करोड रुपैयाँभन्दा बढी व्ययभार परे ...


अब चिनियाँ रेल लुम्बिनीसम्म

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको 'वान बेल्ट वान रोड' अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन्। चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, 'प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्र ...


प्रहरीको संरक्षणमा बम : प्रहरी चौकी हुँदै एसपीको भान्सामा पुग्छ माछा

गोरखा – दरौदी नदीमा अवैध रुपमा बम पड्काएर, करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन । आजको कान्तिपुरमा खबर छ । स्थानीय तहको निर्वाचनमा ध्यानमा राखी प्रशासनले हतियार बुझाउन भनेपनि नदीमा बम पड्काउन नरोकिँदा प्रहरीकै मिलेमतोमा हुन सक्ने भन्दै स्थानीयले आरोप लगाएका छन् । गोरखा १३ आसपास ...


डिआइजी सिलवालका कागजात नक्कली

काठमाडौं – डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको खबर आजको नागरिकमा छ । महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटसंगै पेस ...


अन्तत: बन्ने भो बाहिरी चक्रपथ, कति बर्षमा सकिएला ?

काठमाडौं – उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । १३ बर्षअघिदेखि यस्को र्चा हुँदै आएके थियो । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहि ...


खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे

काठमाडौं – किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेको खबर आजको कान्तिपुरमा छ । उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् । हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्य ...


एमालेको घोषणापत्र तयार, वृद्धभत्ता ५ हजार : यस्तो छ मूल नारा

काठमाडौ – एमालेले घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए । ०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजारसम्म पुर्‍याउने उल्लेख छ । प्रतिव्यक्ति आयलाई ५ व ...


वैशाख ३१ को चुनाव सर्ने संकेत : सत्ता नेतृत्व र प्रतिपक्षबीच गोप्य परामर्श

काठमाडौं – स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानम ...


बाटो काट्दै हुनुहुन्छ ? होस गर्नुस्, समय र पैसा बर्बाद होला

काठमाडौं – तपाईं सडकमा जथाभाबी बाटो काट्दै हुनुहुन्छ ? होस गर्नुस्, ट्राफिक प्रहरीले केहीबेर नियन्त्रणमा लिएर दुई सय जरिबाना तिराउने तयारी गरेको छ । पैदलयात्रीमा नजिकै जेब्राक्रसिङ र आकासे पुल छँदाछँदै पनि सडकमा हातले इसारा गरेर बाटो काट्ने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरी कडा रूपमा उत्रन लागेक ...


जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

गोटिखेल (ललितपुर) – खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरे ...


आजका कार्टुन : बासुको बक्रोक्ति र कुरी-कुरी

आजको (अन्नपूर्ण पोस्टको) साप्ताहिक परिशष्टांक फुर्सदमा बासुको बक्रोक्ति शिर्षकमा छापिएको बासु क्षितिजको कार्टुन र कुरीकुरी शिर्षकमा  राजधानीमा छापिएको उत्तम नेपालको कार्टुन : ...


आजका पत्रपत्रिकाका पहिलो पृष्ठः संशोधनका पक्षमा दुई तिहाइ पुग्ने संकेत, मोर्चा लचिलो

१५ वैशाख, काठमाडौं । बुधबार आन्दोलनमा जाने घोषणा गरेका मधेसी दल बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि निर्वाचनमा जान सहमत भएका छन् । संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेत देखिएपछि मोर्चा लचिलो बनेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । संविधान संशोधनको विषयलाई मुख्य खबर बनाएर छापेका पत्रपत्रिकाहरुले संवैधानिक इजलास गठन भएकादेखि सेना परिचालन गर्ने बाटो खुलेकोसम्मका खबर प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल नेकपा एमा ...


आजका कार्टुन !

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, राजधानी र काठमाडौं पोस्टमा छापिएका कार्टुनः


सडक दुर्घटनामा मृत्यु हुनेमा पैदलयात्री धेरै

काठमाडौँ, वैशाख १५ – उपत्यका ट्राफिक महाशाखाले आर्थिक वर्ष २०६८/०६९ देखि ०७३/७४ चैत्र मसान्तसम्मको सवारी दुर्घटनाको तथ्याङकलाई केल्याउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४१ प्रतिशत पैदल यात्रु भएको देखिएको छ । यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीमध्ये २ सय ९६ जना पैदलयात्री छन् । आव ०६९/७० मा १ सय ४८ मृतकमध्ये ६३ जना पैदल यात्रु छन् भन् ०७०/७१ मा १ सय ४३ जना मध्ये ५३ जनालाई पैदल हिंडिराखेको बेला गाडीले ठक्कर दिएर मृत् ...


विमानस्थल स्तरोन्नतिका लागि नौ कम्पनीको रुचि

काठमाडौ, वैशाख १५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन् ।आजको अन्नपूर्ण पोष्टमा खबर छ । स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो । फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवट ...


संसोधनको पक्षमा दुई तिहाई पुर्याउन मुस्किल

१५ बेशाख, काठमाडौँ । एमाले नेतृत्वको ९ दलीय प्रतिपक्षी गठबन्धनले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई असफल पार्ने निर्णय गरेको छ। एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको गठबन्धन बैठकले संविधान संशोधन विधेयकका अन्तरवस्तु विगतको (एमालेको विरोध र मधेशी दलहरुकै असन्तुष्टिका कारण सरकारले संसदबाट फिर्ता लिएको) भन्दा पनि बढि राष्ट्रहित विपरित रहेको ठहर गरेको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। ‘सरकारले संसदमा ल्याएको संविधान संसो ...


कर्मचारीको पदपूर्ति एक वर्ष रोक्ने

१५ बैशाख, काठमाडौँ । सरकारले सङ्घीय संरचनाअनुसार तीन तहमा कर्मचारी समायोजन प्रक्रियाका लागि एक वर्षसम्म सरकारी कर्मचारी पदपूर्तिमा रोक लगाउने गरी समायोजन विधेयक संसद्मा दर्ता गरेको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। तीनै तहका लागि आवश्यक कर्मचारी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन प्राप्त नहुँदासम्म कम्तीमा एक वर्षका लागि कर्मचारी पदपूर्तिमा रोक लगाउने प्रस्ताव सरकारले गरेको हो। मन्त्रिपरिषद् बैठकबाट पारित कर्मचारी समायोजन सम्बन्धमा व्यवस्थ ...


‘वान बेल्ट वान रोड १३ मेमा हस्ताक्षर हुने, महरा नेतृत्वको टोली चीन जाँदै

१५ बैशाख । (ओबीओआर)’ परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ। नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा ...


मधेसमा स्थानीय तह थप्न नयाँ मापदण्ड आजै

१५ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ।सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको संख्या थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भएपछि मधेसी मोर्चाका नेताले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। ११ जिल्लामा स्थानीय तह थप्ने सरकारको प्रयासबाट क्षुब्ध एमालेले स ...


मिति गुज्रियो, ढुंगेल पक्राउ परेनन्

१५ बैशाख, काठमाडौँ । बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई लिखित निर्देशन दिएको शुक्रबार १५ दिन पुग्छ। तर प्रहरीले ढुंगेललाई पक्राउ गर्ने अदालतको आदेश कार्यान्वयन गरेको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। चैत ३१ मा सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको थियो। अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेलल ...


विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने तयारी

१५ बैशाख, काठमाडौँ । सरकारले असन्तुष्ट मधेसी घटकको चित्त बुझाउन मधेसका ११ जिल्लामा स्थानीय तह थप्नेबारे गृहकार्य थाल्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा राष्ट्रिय जनता पार्टी नेता र प्रमुख प्रतिपक्षी एमाले नेताहरुसँग छलफल गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारका तर्फबाट नयाँ प्रस्ताव राखेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। थापाले बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना समितिले प्रदे ...


म्यादी प्रहरीमा विप्लव र मोर्चाले कार्यकर्ता घुसपैठ गराएको आशंका !

१५ बैशाख, काठमाडौँ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि कडा निगरानी गर्न थालेको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधी घुसपैठ भएक ...


अर्थ मन्त्रालय मातहत निकायकै कर्मचारीको तलब मासिक ५ रुपैयाँ !

१५ वैशाख, काठमाडौं । मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला रु अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ ।कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार गर्छन् । यद्यपि यो पारिश्रमिक बढाउन भने कहिल्यै त ...


सेवा प्रभावकारी नभएपछि सिंहदरबारभित्रै अनुगमन तीव्र

१५ वैशाख, काठमाडौं । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनुगमन थालेको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो । अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको कामबारे अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव तथा अ ...


राष्ट्र बैंकले ८ करोडमा बेच्यो दुईवटा दरबार, विभाग रुष्ट

१५ वैशाख, काठमाडौं । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन ९ललितानिवास० र थापाथलीस्थित बैंकिङ कार्यालय भवन ९थापाथली दरबार–सिंहमहल०को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।&rsq ...


ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

१५ वैशाख, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए । व्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले ...


कृषिमा मनपरी, ३२८ कर्मचारी विदेश भ्रमणमा

१४ वैशाख, काठमाडौं । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था –आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३–७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् । कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवालाहर ...


आजका कार्टुन !

आजको अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुनः


आर्इजीपी नियुक्तिमा समितिले बुझायो योग्यताक्रम सिफारिस प्रतिवेदन

१४ बैशाख, काठमाडौँ । आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ। कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ। यो खबर आजको अन्नपूर्णमा यम बिरहीले लेखेका छन्। आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासब ...


दुई जिल्लामा दुबै चरणमा निर्वाचन

१४ बैशाख, काठमाडौँ । नवलपरासी र रुकुम जिल्लामा दुईरदुई चरणमा चुनाव हुने भएको छ। स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ। यो खबर राजेश मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैशाख ३१ मा र ५ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा दोस्रो चरणमा जेठ ३१ मा निर्वाचन हुनेछ । सं ...


कलिलै उमेरमा विवाह गर्दा पाठेघर गुमाउँदै महिला

काठमाडौँ । घुमखहरे निवासी टीका (नाम परिर्वन) ले १४ वर्षको उमेरमै विवाह गरिन्। विवाह भएको एक वर्षमा नै उनको पहिलो बच्चाको जन्म भयो । उमेर नपुग्दै बिहे गरेकी उनले उचित स्याहार पाइनन्। उनको (आङ) अर्थात् पाठेघर खस्यो। समयमा नै उपचार नपाउँदा उनको पाठेघर नै झिकेर फालियो। उनी भन्छिन्, ‘धेरै पीडा सहेँ, कतिबेला त मरेर पनि बाँचिरहे । डरले गर्दा परिवार र श्रीमान्लाई भनिन, समयमा नै उपचार नहुँदा धेरै दुःख पाएँ । गाउँमा पाठेघरसम्बन्धी उपचार शिविर सञ्चालन ...


राजपाले बुझाएन दस्तखत, दलगत चुनाव लड्न नपाउने

१४ बैशाख, काठमाडौँ । स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयनका लागि निर्वाचन आयोगले आधिकारिक दस्तखत बुझाउन दिएको दुई दिनको समयसीमा बुधबार सकिए पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले दस्तखत बुझाएको छैन । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। दस्तखत नबुझाएपछि अब राजपा नेपाललाई दलगत उम्मेदवारीमा समस्या आउने सम्भावना छ। दलहरूबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि आन्दोलनरत राजपा नेपाल लगायतका दललाई आधिकारिक दस्तखत बुझाउन वैशाख १२ र १३ गते ग ...


प्रेमिकाको तीन दिनअघि मृत्यु, प्रेमीको ५५ दिनपछि जीवितै उद्धार

१४ बैशाख, काठमाडौँ । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन्। ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्। उद्धार टोलीले उत्तरी धादिङको रूबिध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एक जना मृत अवस्थामा उनीहरुलाई फेला पारेको हो। बेपत्ता २१ ...


सहमतिको गोलचक्करमा देश

१४ बेशाख, काठमाडौँ । सरकार र मधेसी मोर्चाको सहमति लागू हुन नदिन एमालेले दुई दिनदेखि संसद् अवरुद्ध गरेपछि मधेसमा स्थानीय तहको संख्या थप्ने परिपत्र सरकारद्वारा फिर्ता लिएको छ। एमालेसँग सहमति गर्ने नाममा आफूलाई धोका दिएको भन्दै मधेसी मोर्चाद्वारा निर्वाचनमा होइन, आन्दोलनमा जाने धम्की दिएको छ। अब राजनीत ...


‘चर्को शुल्क लिएको आरोपमा ४५ निजी स्कुलमा तालाबन्दी

१४ बैशाख, काठमाडौँ । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए। उनका ...


खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

१४ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अबृ रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेक ...


शीर्ष बैठकमा प्रचण्ड, ओली र देउवाबीच भनाभन, प्रचण्ड-देउवा एकतिर, ओलि अर्कैतिर

१४ वैशाख, काठमाडौं । बुधबारको शीर्ष बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचर्की परेको नयाँ पत्रिका दैनिकले लेखेको छ । मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कडा प्रश्न गरेका थिए । ओलीः निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन रु देउवाजी आफैँले निर्वाचन एक चरणमा गर्ने, त्यो पनि वैशाखमै गर्ने भनेपछि ३१ वैशाखमा मिति घोषणा भएको होइन रु त्यो मिति हामीले घोषणा गरेको हो र रु त ...


स्थानीय निर्वाचन फेरि धरापमा, मोर्चाले अब आन्दोलन गर्ने

१४ वैशाख, काठमाडौं । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा नयाँ मापदण्डका आधारमा जनसंख्याको थ्रेसहोल्डको सीमा घटाएर स्थानीय तहको संख्या बढाउने सहमति गरेर जिल्ला समन्वय समितिलाई पत्र पठाएको थियो । जिल् ...


कृषिमा मनपरी, कार्यविधि मिच्दै ३२८ कर्मचारी विदेश भ्रमणमा

१४ वैशाख, काठमाडौं । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था –आइएनजिओ० को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३–७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् । कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवालाहर ...


ताकेतापछि सरकारी कार्यालयले तिरे महसुल

१४ वैशाख, काठमाडौं । पटक–पटकको ताकेतापछि ठूलाबडाले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाइ मन्त्रालयले पत्रै काटेर ताकेटा गरेपछि बक्यौता तिरेका हुन् । मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास, बालुवाटारले वैशाख १० गतेसम्मको पानी बक्यौता रकम २९ लाख २६ हजार एक सय ३० रुपैयाँ तिरेको छ । त्यसैगरी प्रधानन्यायाधीश निवास बालुवाटारले १५ लाख ६२ हजार ...


आर्थिक समाचार: आन्तरिक वचत १० प्रतिशत मात्रै

काठमाडौं १४ वैशाख । नेपालीहरुले प्रत्येक एकसय रुपैंया आम्दानीमा १० रुपैंया २५ पैसा मात्रै बचत गर्ने गरेको पाइएको छ । आम्दानीको अधिकांश हिस्सा बस्तु तथा सेवा उपभोगमा खर्च हुने गरेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ । आजको कारोबार दैनिकले आन्तरिक बचत १० प्रतिशत मात्रैलाई मुख्य समाचार बनाएको छ । त्यस्तै २५ हिमालमा ७२७ लाई आरोहण अनुमतिलाई पनि कारोबारले लेखेको छ । साना किसानले अझै पाएनन् राहतलाई लेखेको कारोबारले राप्रपा नेपालको घोषणापत्र सन्दर्भमा ...


गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउ ...


प्रचण्डमाथि ओलीका प्रश्नै प्रश्नको वर्षा

१३ वैशाख, काठमाडौं । बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै प्रश्नको वर्षा गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मित ...


१३ बर्षदेखि रोकिएको बाहिरी चक्रपथको काम सुरु

१३ बैशाख, काठमाडौँ । जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको खबर आजको कारोबारमा छ । चोभार – गाम्चा – सतुंगल खण्डको ६.६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो । चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रना ...


सित्तैमा हेर्न पाइने नेपाली वेबसाइटहरु

१३ बैशाख, काठमाडौँ । नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको खबर आजको नागरिकमा छ । बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो । सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । ...


हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिन्छन् ?

१३ बैशाख, काठमाडौँ । हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुइ चार सय वा हजार ? सरकारी तथ्यांक अनुसार हरेक दिन ६ हजार भन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् । आजको नागरिकमा खबर छ । नेपाल दुरसञ्चार प्राधिकरणले निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनको तुलनात्कम विश्लेषण गर्दा यस्तो तथ्य आएको हो । पछिल्लो दुई प्रतिवेदनलाई आधार मान्दा एक महिनाभित्र नेपालमा कुल १ लाख ८१ हजार ६ सय ८८ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । एक ...


पत्रपत्रिकामा छापिएका आजका कार्टुन !

१३ बैशाख, काठमाडौँ । आजको अन्नपूर्ण पोस्ट, कान्तिपुर र कारोबारमा छापिएका काुर्टनः    


दूरसञ्चार कम्पनी पनि मर्जरमा

१३ बैशाख, काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पनि मर्जरमा जानुपर्ने व्यवस्था गर्ने भएको छ। नेपालमा हाल विभिन्न ६ वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी छन्। यीमध्ये गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)बाट तीनवटामा झार्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो। सरकारले दूरसञ्चार सेवा प्रदायक गाभिने र प्राप्तिसम्बन्धी नियमावलीको खाका तयार पारिसकेको छ। यो खाकामा पहिलो चरणमा नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय र सबै सेव ...


यादव-गच्छदार तालमेलको तयारी

१३ बैशाख, काठमाडौँ । ६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी नबन्दासम्म नयाँ शक्ति पार्टीसित एकता गर्नेमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको ठिकठिकै जोड थियो। आफूले चाहेजस्तो संविधान संशोधन नभईसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिइहाल्ने पक्षमा थिएनन्। तर मधेसमा नयाँ ध्रुवीकरणले उनलाई एकाएक अर्को शक्तिशाली पार्टी निर्माणका लागि चुनौती थपिदिएको ...


यूएन पार्क त्रिवि गेटसम्म फैलिने

१३ बैशाख, काठमाडौँ । शङ्खमूल पुलदेखि टेकू दोभानसम्म फैलिएको संयुक्त राष्ट्रसङ्घीय (यूएन) पार्क विस्तार भएर बल्खु पुलदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गेटसम्म फैलिने भएको छ । यसअघि एक हजार ५७६ रोपनी जग्गामा फैलिएको सो पार्क विस्तारमा सरकारले स्वीकृति दिएपछि यसले थप ३० रोपनी जग्गा ओगट्ने भएको ...


काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी राखिने

१३ बैशाख, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ । यो खबर हामीले आजको नया ...


कांग्रेसको नजरमा: एमाले असहिष्णु र उग्रराष्ट्रवादी

१३ बैशाख, काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीति, कार्यक्रम र बजेटजस्तै छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। केन्द्रीय कार्यालय सानेपामा आयोजित क ...


५ सय र २ हजारका भारू नेपालमा गैरकानुनी

१३ बैशाख, काठमाडौँ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए। भारत सरकारले पुरानो भारू ५ सय र एक हजारको नोट खारेज गरेर ५ सय र दुई हजारको नोट चलनमा ल्याए पनि नेपालमा भने यी दुई नोटमाथि प्रतिबन्ध लाग्दै आएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ। नेपालमा एक सयभन्दा तलका नोट मात्र चलाउन व्यवसायीलाई ढुंगानाले सुझाव दिए। ...


आयल निगमबाटै ‘ठगी’, थानकोटबाट पम्पसम्म तेल पुर्याउँदा १० हजारको तेल गायब

१३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल ९डिजेल, पेट्रोल० दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो । गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालिमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो । चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको ...


चुनावबारे छलफल गर्न मधेसवादी नेता भारतीय दूतावासमा

१३ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ । स्रोतका अनुसार, नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरत्सिंह भण्डारी साँझ ६ बजे लैनचौर पुगेका हुन् । त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताक ...


पहिलो चरणको मतदान सकिएलगत्तै मतगणना

१३ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ । दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको नयाँ पत्रिका दैनिकले लेखेको छ । आयोगका प्रवक्ता ...


आर्थिक समाचारः २ दशककै उच्च आर्थिक वृद्धि

१३ वैशाख, काठमाडौं । भूकम्प र नाकाबन्दीले अघिल्लो वर्ष थलिएको अर्थतन्त्रमा यस वर्ष भने दुई दशककै उच्च आर्थिक वृद्धि हुने भएको छ । केन्द्रिय तथ्याङक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ६।९४ प्रतिशत हुने प्रक्षेपण मंगलवार सार्वजनिक गरेको कारोबार दैनिकले उल्लेख गरेको छ । २ दशककै उच्च आर्थिक वृद्धिलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । विदेशीसँग नेपाली मुद्रामा कारोबार गैरकानुनीलाइ पनि कारोबारले मुख्य समाचार बनाएको छ । त्यस्तै बाहिर ...


संविधानको धारा निलम्बन, बजेट असार ३० गतेमात्रै !

१३ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थका निष्कर्षमै प्रधानमन्त्रीलाई सहमत गराउने जिम्मा लिएका छन् । अन्नपूर्ण पोस्ट दैनिक ...


लेन अनुशासन टीठलाग्दो, बाटो काट्दा वर्षमै गयो ७५ को ज्यान

१३ वैशाख, काठमाडौं । राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । आइतबार बिहान प्रातभ्रमणबाट फर्किएका सुवेदीलाई पौने ९ बजे अनामनगरस्थित बाजेको सेकुवा अगाडिको सडकमा बाट ...


सरकारी क्याम्पसले विद्यार्थी पाउने छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !

१३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ । यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार ...


७ नम्बर प्रदेशमा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमती

काठमाडौं, वैशाख १२ । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो । प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि ...


संसद्मा अबको संशोधन प्रक्रिया के हुन्छ ?

काठमाडौं, वैशाख १२ । संशोधन विधेयकमाथि संसद्मा मंगलबारबाटै सैद्धान्तिक छलफल सुरु हुनेछ । सोमबार विधेयक पेस भएपछि सभामुख ओनसरी घर्तीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् । नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसद्ले गर्न सक्ने गरी संविधान संशोधन गर्न खोजेको छ । अहिले संविधानमा सीमांकन हेरफेरको प्रस्ताव प्रदेशसभाबाट स्वीकृत भएर आएपछि मात्र संघीय संसद्को दुई ...


भूकम्पको दुर्इ बर्षः ९० प्रतिशत भूकम्पपीडित टहरामै, सबै सरकार असफल

काठमाडौं, वैशाख १२ । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन्। चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर् ...


चुनावी ‘एजेन्डा’ मा परेनन् भूकम्पपीडित

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न आश्वासन बाँड्दै हिँडेका मकवानपुरका राजनीतिक दलले भूकम्पपीडितको एजेन्डा भने समावेश गरेका छैनन् । १२ वैशाख २०७२ मा गएको भूकम्पबाट अतिप्रभावितमध्ये मकवानपुर पनि हो । पीडितहरु हालसम्म अस्थायी टहरा र त्रिपालमै गुजारा गरिरहेका छन् । तर, राजनीतिक एजेन्डाकै भरमा राजनीतिक दलहरु मत माग्दै घरदैलो गरिरहेका छन् । २० हजार बढी भूकम्पपीडित रहेको जिल्लामा दलहरुले कुनै भूकम्पपीडितबारे केही नबोल्दा उनीहरु थप निराश ...


आजका कार्टुन !

१२, बैशाख, काठमाडौँ । आजको अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुनहरु निम्न हेर्न सकिन्छः  


यसकारण भाषा दिवस मनाउने घोषणा

काठमाडौं – नेपाली भाष अभियान अन्तराष्ट्रिय सञ्जालले चैत २ लाई भाषा दिवस मनाउने घोषणा गरेको छ । आजको कान्तिपुरमा खबर छ । केही बर्षयता खस ९नेपाली० भाषाको मानक परम्परा बिगारिएपछि शिक्षा मन्त्रालयले पुन सच्याइएको निर्णय गरेको उक्त दिनलाई दिवसकै रुपमा मनाउने निर्णय गरेको हो । मन्त्रालयले गत २०७३ चै ...


अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

न्यूयोर्क – अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थियो । लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए । ...


जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

काठमाडौं – झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए । घिमिरेसहि ...


शिक्षक तलबलाई मात्र ६२ अर्ब

काठमाडौं – शिक्षा विभागले आगामी आर्थिक बर्षमा शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो । आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी० र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ । ...


२२ वर्षीय अस्ट्रेलियन युवा भन्छन्ः नेपालीले जिन्दगीभर अरूको भरमा बाँच्नु नपरोस्

१२ बैशाख, काठमाडौँ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन्। तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक निक अब्राहिमु भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्। चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिएका निकल ...


भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन

१२ बैशाख, काठमाडौँ । भुकम्प गएको दुई वर्षसम्म पनि पुरै सरकारी अनुदान पाएर एकजना पिडितले पनि घर बनाउन पाएका छैनन्। दुई वर्षसम्म सबैले पहिलो किस्ताको अनुदान पनि पाएका छैनन् भने दोस्रा किस्ता पाउने जम्मा दुई प्रतिशत छ्न्। भूकम्प अतिप्रभावित ११ जिल्लामा ३ दशमलब ५३ प्रतिशत घर बनेका छन्। तर यी घरहरु आफ्नै स्रोत वा गैर सरकारी संस्थाको सहायोगमा बनेका हुन सरकारी सहयोगमा होइनन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अनुदान अन्तर्गत दोस्रो किस्ता पाउन य ...


यसरी चिन्न सकिन्छ नक्कली नोट !

१२ बैशाख, काठमाडौँ । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू। ५ सय र १ हजारका नोट छन्। आर्थिक अभियान दैनिकमा ममता थापा अगाडि लेख्छिन्(नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म ...


मधेसी दलहरु चुनावी तयारीमा, राजपाको चुनाव चिह्नका यस्तो विकल्प

काठमाडौँ । सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ। छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ। यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्& ...


प्रधानमन्त्रीले खुलेरै गरे स्वास्थ्यमन्त्रीको प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो समयमा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं वैठकमा सोमबार दाहालले स्वास्थ्य मन्त्री गगन थापाले छोटो समयमा जनताले प्रत्यक्ष अनुभूति पाउने गरी काम गरेको भन्दै थापाको खुलेर प्रशंसा गरे । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले केही महिनाको अन्तरालमै स्वास्थ्य क्षेत्रमा थुप्रै नयाँ आयाम भएको दाबी गर ...


भूकम्पको दुर्इ बर्ष, सबै सरकार असफल

काठमाडौँ । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन्। चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प् ...


काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

१२ वैशाख, काठमाडौं । भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएनन् । आजको नयाँ पत्रिका दैनिकका अनुसार, घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसबेला जोखिमयुक्त घर भत्काइ पाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन काार्यलय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन । का ...


पुनर्निर्माणमा सबै सरकार असफल, अधिकांश भूकम्पपीडित टहरामै

१२ वैशाख, काठमाडौं । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितका बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेका सरकारले पनुर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्म ...


प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता, अरुमा के होला ?

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो । प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न ...


राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

बनेपा, वैशाख ११ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन्। उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो। मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए। कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन्। यो खबर आजको राजधानीमा केशवराज पौडेलले लेखेका छन्। बन ...


पूरानै संशोधन प्रस्ताव सदनमा पेश हुने, कसरी आउदैछ नयाँ प्रस्ताव ?

काठमाडौं, वैशाख ११ । मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फ संशोधन प्रस्ताव राख्ने तयारी गरेको हो। कानुनमन्त्री अजयशंकर नायकका अनुसार संसद् सचिवालयमा यसअघि दर्ता भएको विधेयक सदनमा प्रस्तुत भएपछि त्यसमा संशोधनका लागि ...


जेठ १५ गते बजेट ल्याउन नदिने ओलीको चुनौतीपछि दाहाल सकसमा

काठमाडौं, वैशाख ११ । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन्। बजेट ल्याउन प्रतिपक्षको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको एजेन्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेको खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्। बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि ...


सेना खटाउने प्रस्ताव शीतलनिवासमा

काठमाडौं, वैशाख ११ .स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ। मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो। राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहु“दा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीले सुरक्षा ...


सर्वोच्च शिखर सगरमाथामा फोहोरैफोहोर : कसले गर्ने सफा ?

काठमाडौ – विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ । तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेक ...


आजका चार कार्टुन

आजको कारोबार, अन्नपूर्ण पोस्ट राजधानी र काठमान्डु पोस्टमा छापिएका कार्टुन :


एक्ली मुस्लिम रेफ्री : जसलाई मन पर्दैन उत्ताउलोपन

नेपालगन्नेज – नेपालमा ब्याड्मिन्टन खेलको एकमात्र मुस्लिम महिला अम्पायर हुन्, २३ वर्षीया समन एक्वाल । सानै उमेरमा ब्याड्मिन्टनको रेफ्री बनेर उनले अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलाइसकेकी छन् । नेपालगन्जकी समनले, अन्नपूर्ण पोस्ट्ले काठमाडौंमा आयोजना गरेको कर्पोरेट ब्याड्मिन्टन प्रतियोगितासमेत कुशलतापूर्वक खेलाएकी थिइन् । यतिबेला पनि उनी अन्नपूर्ण पोस्ट्ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करणमा ...


पाँच सयको नक्कली नोट बजारमा छ्याप्छ्याप्ती

पोखरा- पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। आजको नागरिकमा खबर छ । राष्ट् ...


लोकसेवाले निलम्बित कर्मचारी बढुवा गरेपछि...

१० वैशाख, काठमाडौं । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपू ...


सरकार–मोर्चाले एकलौटी निर्णय गरेको भन्दै एमालेद्धारा रोस प्रकट

१० वैशाख, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिप्रति एमालेले असन्तुष्टि जनाएको छ । एमालेले छलफल प्रक्रियामा सहभागी नगराई सरकार–मोर्चाले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको हो । एमाले उपनेता सुवास नेम्वाङले सरकारको कार्यशैली गैरजिम्मेवारपूर्ण भएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई सहमति भयो भन्ने पनि थाहा छैन । केमा सहमति भयो भन्ने पनि थाहा छैन,’ नेम्वाङले भने, ‘कुनै जानकारी पनि दिइएको छैन । देश चुनावम ...


हिमताल फुट्दा करोडौंको क्षति

१० वैशाख, काठमाडौं । मकालु हिम श्रङखलाअन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेका छन् । स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्क ...


आजका पत्रपत्रिकाको पहिलो पृष्ठः निर्वाचन दुई चरणमा गर्ने सहमति, एमाले बन्यो रुष्ट

१० वैशाख, काठमाडौं । आइतबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचनको विरोधमा रहेको मधेसी मोर्चा निर्वाचनमा आउने सहमति बनेको र निर्वाचन दुई चरणमा हुन लागेको लेखेका छन् । यद्यपि, सरकार र मधेसी दलबीच भएको सहमतिमा भने एमालेले असन्तुष्टि जनाएको छ । एमालेको असन्तुष्टि छलफल प्रक्रियामा सहभागी नगराइएकामा हो । गोरखापत्र दैनिकले सरकार र मोर्चाबीच भएको सहमतिलाई मुख्य खबर बनाउँदै निर्वाचन दुई चरणमा हुने लेखेको छ । गोरखापत्रमै प्रतिकूल प्रभाव पार्ने ग ...


उपेन्द्रले अध्यक्ष मागेपछि टर्यो नयाँ शक्ति–फोरम एकता

१० वैशाख, काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ । स्रोतका अनुसार, वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब–करिब सहमति जुटिसकेको थियो । तर, अध्यक्षको विषयमा सहमति जुट्न सकेन । स्रोतका अनुसार, एकता वार्तामा फोरम नेपालका दोस्रो तह ...


केन्द्रमा आइजिपी, प्रदेशमा एआइजी

१० वैशाख, काठमाडौं । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी) को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी)  प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० राख्ने प्रस्ताव गरिएको नयाँ पत्रिकाले लेखेको छ । गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदा टुंगो लगाएको हो । आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मल ...


कहाँ गयो पुनर्निर्माणमा आएको त्यत्रो सहयोग ?

काठमाडौं, वैशाख ९ । महाभूकम्पलगत्तै दाताहरूले करिब चार खर्ब रुपैयाँबराबर सहयोगको प्रतिबद्धता जनाएका थिए। यसले पुनर्निर्माणमा ठूलै भरथेग हुन्थ्यो। तर, त्यस अनुपातमा केही काम भएको देखिँदैन। त्यसो भए कहाँ गयो त त्यत्रो सहयोगरु यो खबर आजको कान्तिपुरमा छापिएको छ। ‘हामीले खर्च गर्न जानेनौं’, दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन संयोजन गरेका तत्कालीन अर्थमन्त्री रामशरण महत भन्छन्, ‘जुन तबरले आयोग बनाउने तयारी थियो, फरक तबरले सरकार अघि बढ् ...


ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिले तोके तेस्रो विश्वयुद्धको मिति

बैशाख ८ – डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने कुराको भविष्यवाणी गरिसकेका व्यक्तिले तेस्रो विश्वयुद्धको मिती तोकेका छन् । यो खबर अन्तर्राष्ट्रिय मिडियामा ठूलो चर्चाको विषय बनेको छ । क्लेयरवायन्ट हारोसिओ विलग्यास नामका भविष्यकर्ताले उक्त युद्ध मे महिनाको १३ तारिखदेखि हुने बताएको छ ।अहिले पनि ...


विश्व बैंकद्धारा नेपालको प्रशंसा, यस्तो छ कारण !

९ बैशाख । नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमए ...


गृहमन्त्री निधीले किन गरे संसद्को अपमान ?

काठमाडौं, वैशाख ९ । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ुअपमानजनकु व्यवहार प्रदर्शन गरेका छन्। संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग लिए। विपक्षी एमालेले सांसद सत्यनारायण ...


यसरी हुदैछ राजपा निवार्चन आयोगमा दर्ता

काठमाडौं, वैशाख ९ । विभिन्न ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। राजपाका नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको जानकारी गराएका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ । आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ । त्यसैले आयोगमा नयाँ पार्टीका रूपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् ।पार्टीको नामको अगाडि या पछाडि ...


मोर्चा चुनावमा जाँदै

काठमाडौं, वैशाख ९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश शीर्ष नेताको बैठकमा मधेसी नेताले परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता खोज्दै चुनावमा सहभागी हुन सह ...


गृहमन्त्रीको कारण प्रधानमन्त्रीय पद्धतिकै धज्जी

८ वैशाख, काठमाडौं । वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद् बहिष्कारले प्रधानमन्त्रीय (बेस्ट मिन्स्टिर) पद्धतिकै धज्जी उडेको छ । मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ ।प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन ...


पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज

८ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने व्यवस्था गरेको हो । प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्यान्डलाइन), मोबाइल र इन्टरन ...


सरकारले सगरमाथाको उचाई आफैँ नाप्ने

८ वैशाख, काठमाडौं । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरुपमा गर्ने भने पनि सरकारले आगामी साउनदेखि आफैं नाप्ने तयारी थालेको छ । त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो । विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयक्तरुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि ...


लोकमान गुमनाम

८ वैशाख, काठमाडौं । एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन । उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको पाइएको छ । अख्तियारको केन्द्रीय कार्यालयको ...


को हुन नचिनिएका ‘धुर्मुस’ ? जसले ५५ घरको नमुना बस्ती ठड्याए

८ वैशाख, काठमाडौं । गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ । नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गरे । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन् । आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पारेका छन् । ती घरमा ...


यसकारण सिलवाललाई कारवाहीको तयारी

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतमा विचारधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको किर्तेबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डिआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्यो, त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले आदेश दिएको हो । सिलवालले पेस गरिएको भनिएको कागजात किर्ते भएको भन्दै मन् ...


मधेसवादी पाँच दलबीच एकता हुँदै, आजै घोषणा हुने

७ बैशाख । मधेसी मोर्चामा आवद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच एकता भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज अपराह्न राजधानीमा एकता घोषणा कार्यक्रम हुने उच्च स्रोतले बतायो । सद्भावना पार्टी महासचिव मनिष सुमनले दिउँसो १ बजे अमृत भोग पाटीॅ प्यालेस कालिकास्थानमा एकता घोषणा कार्यक्रम हुने जानकारी दिएका छन् ।  एकीकृत नयाँ पार्टीको ना ...


भारतले कब्जा गरेको भूभाग नेपाललाई फिर्ता !

कपिलवस्तु, वैशाख ७ । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो । अर्ररा नदीपारिको वन क्षेत्र, नदी त ...


अनुशासन उल्लंघन गरेको आरोप डिआइजी सिलवालमाथि, स्पष्टीकरण माग

काठमाडौं, वैशाख ७ । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन्। ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघ ...


दश लाख रुपैयाँ तयार गर भन्दै सोनु निगमले कपाल खौरिएपछि...

एजेन्सी, वैशाख ७ । भारतीय गायक सोनु निगमले आफ्नो कपाल खौरिएका छन्। कपाल खौरिएसँगै उनलाई चुनौति दिन मौलवीलाई उनले १० लाख भारतीय रुपैयाँ तयार राख्न पनि भनेका छन्। सोनु निगमले मस्जिदसम्बन्धी एक ट्वीट गरेपछि विवादमा परेका हुन्। उनले गत सोमबार आफू मुस्लिम नभएको तर बिहानबिहानै मस्जिदमा हुने आजनको आवाजले ब्यूँझनु परेको बताउँदै यस्ता धार्मिक कुरा बन्द गर्नुपर्ने ट्वीट गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना हुन थालेको थियो। उनका आलोचकले उन ...


राप्रपाका पछिल्ला गतिविधि आपत्तिजनक किन ?

काठमाडौं, वैशाख ७ । निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ। राप्रपाको विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाउने आयोगको निर्णय जलाइनु र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाबाट आपत्तिजनक अभिव्यक्ति आउनु दुःखद रहेको आयोगले जनाएको छ। यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्। आयोगले विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाएपछि राप्रपाले मंगलबार देशभर निर्णयको प्रत ...


आधा मन्त्रालय घटे, १६ मात्रै हुने

काठमाडौं, वैशाख ७ । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ। आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक संख्या घटाउन लागिएको हो। यो खबर बालकृष्ण बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्। संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएको हो। सिफारिसमा अहिले ...


नेपाललाई भारतले दियो चेतावनीः भारतीय अखबार ( अखबारसहित हेर्नुहोस्)

काठमाडौं, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय राजनीतिक भेटवार्ताबारे नेपालका सबैजसो दैनिक पत्रिकाले मुख्य पृष्ठ मै समाचार प्रकाशित गरे पनि भारतीय पत्रिकाले उक्त समाचारलाई प्राथमिकता दिएका छैनन् । केही भारतीय अखबारले राष्ट्रपति भण्डारीको भारत भ्रमण र उच्चस्तरीय भेटवार्तामा भारतले नेपाललाई चेतावनी दिएको खुलासा गरेका छन् । नवोदय टाइम्सले दोस्रो पृष्ठमा ‘भारतले दियो नेपाललाई सचेत रहने चेत ...


रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइएपछि...

बैतडी, वैशाख ६ । विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’ यो खबर प्रकृति अधिकारी र गोकर्ण दयालले आजको गोरखापत्रमा ...


विमानस्थल समस्यै समस्याले घेरियो

काठमाडौं, वैशाख ६ । मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय (त्रिभुवन) विमानस्थल समस्यै समस्याले घेरिएको संसदीय समितिले निष्कर्ष निकालेको छ। विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको लापरवाहीले समग्र अवस्था नै समस्याग्रस्त देखिएको हो। यही कारण विमानस्थलबाट मानव, मुद्रा, लागुपदार्थ, सुनलगायत तस्करी, चोरी, निकासी र पैठारीलगायत दर्जनभन्दा बढी समस्या रहेको निष्कर्ष समितिको छ। यो खबर आजको कान्तिपुरमा जगदिश्वर पाण् ...


पशुपतिमा विद्युतीय शवदाह मेसिन थप्ने तयारी

काठमाडौं, वैशाख ६ । पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।अहिले गृहमा दुईवटा मेसिन छन् । शवदाह गर्न मेसिन अपर्याप्त भएकाले अर्को मेसिन खरिद गरी दैनिक दुईवटा मेसिन सञ्चालन गर्ने तयारी कोषले गर्न लागेको हो । कोषका सदस्यसचिव डा। गोविन्द टण्डनले विद्युतीय शवदाह गृहमा चाप बढेपछि नयाँ मेसिन थप्न लागेको जानकारी दिए। शवदाह गृह सुरु गर्नुअघि अनेक आशंका ...


‘हामी बराबर छौँ, कोही ठूलो–सानो छैनौँ: भारतीय प्रम मोदी

नयाँ दिल्ली, वैशाख ६ । – नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव छ– नेपालसँग हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध छ परराष्ट्रमन्त्री डा.। प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमान वा मेहमान नभएको भनाइ राखेका थिए । ‘हामी बराबर छौँ, कोही ठूलो–सानो छैनौँ,’ मोदीको भनाइ उद्धृत गर्दै महतले भने । यसअघि एउटा व ...


चुनावमा सेना खटाउने बारे निर्णय हुन सकेन

काठमाडौं, वैशाख ६ । स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन । बजेटसमेत विनियोजन भएको छैन।सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त ...


भारतीय गृहमन्त्रीले भने, सुपुर्दगी सन्धि गरौँ

काठमाडौं, वैशाख ६ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। यसबीचमा यो विषयमा मौन रहेको भारतले तीन वर्षपछि पुनः प्रस्ताव गरेको हो । ‘सुपुर् ...


स्कुल र स्टेसनरीको डरलाग्दो कनेक्सन, हैरान छन् अभिभावक

सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्। विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। राजधानीमा नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिड ...


स्कुल र स्टेसनरीको डरलाग्दो कनेक्सन, हैरान छन् अभिभावक

सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्। विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। राजधानीमा नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिड ...


सिंहदरबार जोगाउन सिंहदरबार नै बाधक !

काठमाडौं – दुई वर्षअघिको शक्तिशाली भूकम्पले धराशायी बनेको सिंहदरबारको मुख्य प्रशासनिक भवन जोगाउने कि भत्काउने भन्ने बहस सुरु भएको महिनौं हुँदा पनि संरक्षणसम्बन्धी कुनै निर्णय हुन सकेको छैन । सिंहदरबार पुनर्निर्माणको काम तत्काल थाल्न अढाई महिनाअघि गठित कार्यान्वयन उपसमितिले यसबीचमा दुईपटक बैठक ...


दावा लामालाई कसले हान्यो गोली ?: प्रहरीको निष्कर्ष यस्तो छ

काठमाडौं – चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने खुल्न सकेको छैन । घटना लगत्तै लोप्साङ राइको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । आजको नागरिकमा खबर छ । उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन । घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हत ...


महिनावारी भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

बैतडी – विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’  आजको गोरखापत्रमा खबर छ । विद्यालय परिसरमा रहेको ...


साउदी सरकारको क्षमादान : क्षमादान कार्यक्रममा सहभागी भए पुनः जान पाइने

काठमाडौँ – साउदी अरेबिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई ल्याएको क्षमादान कार्यक्रममा सहभागी भए पुनः रोजगारीमा जान पाउने बताएको छ । साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै यस्तो जानकारी दिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । दूतावासले सोमबार श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै साउदी अरब सरकारले क्षमादान कार्यक्रम ल्याएपछि हालसम्म गरिएका कार्यबारे सरकारलाई औपचारिक रूपमा ...


आजका कार्टुन

आजको कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएका कार्टुन:


आजका पत्रपत्रिकामा छापिएका पाँच कार्टुन हेर्नुहोस्

बैशाख ३  - आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कारोबार, राजधानी र नेपाल साप्ताहिकमा छापिएका काुर्टन:


सेनाका तीन पूर्वअधिकृतलाई जन्मकैद

काठमाडौं, वैशाख ५ । काभ्रेकी मैना सुनारलाई हिरासतभित्रै बलात्कारपछि हत्या गरेको अभियोगमा काभ्रे जिल्ला अदालतले नेपाली सेनाका तीन पूर्वअधिकृतलाई जन्मकैदको फैसला गरेको छ । यो खबर आजका सबै पत्र पत्रिकामा प्रमुखताका साथ छापिएको छ। हामीले केशवराज पौडेलले राजधानी दैनिकमा लेखेको समाचार लिएका हौ । जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आइतबार नेपाली सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको सजाय ...


विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

काठमाडौं, वैशाख ५ । महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो। नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्न ...


उम्मेदवार बन्न रिंकुदेवीले गरिन् सम्बन्धविच्छेद !

विराटनगर, वैशाख ५ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो। सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरि ...


नियम मिचेर संसद कर्मचारीलाई १२ करोड भत्ता

काठमाडौं, वैशाख ५ । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐन-कानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ। सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ। तर, ऐन-नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष ०७२-७३ मा अतिरिक्त समय काम गरेको भन्दै प्रतिदिन प्रोत्साहन भत्ता र खाजा तथा खाना भत्ता बु ...


राजधानीमा फेरि स्वाइनफ्लु !

काठमाडौं, वैशाख ५ । लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन रु लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ। यस्तै, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भए तत्कालै जाँच गराइहाल्न चिकित्सकहरूले आग्रह गरेका छन्। यस्तै, प्रकारको समस्या लिएर उपत्यकाका अस्पतालहरूमा बिरामी पुगेका छन्। उनीहरूको रगत परीक्षणले उपत्यकामा स्वाइनफ्लु देखिएको छ। यो खबर हामीले आजको राज ...


राष्ट्रपति भण्डारी आज भारत जादैँ, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं, वैशाख ४ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाँदैछिन्। पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्राु को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोली सहभागी हुनेछ । यो खबर आजको अन्नपूर्णमा सन्तोष घिमिरे र आशा थपलियाले लेखेका छन्। गत वर्ष अन्तिम समयमा केपी ओली सरकारले रद्द गरेको भ्रमण मुखर्जीको नेपालयात्राको करि ...


उपत्यकामा औषतभन्दा प्रदूषण  मात्रा  बढी, सास फेर्नै सकस

काठमाडौं, वैशाख ४ । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ। यो खबर आजको नागरिकमा खिलक बुढाथोकीले लेखेका छन्। तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ ।औषतभन्दा प्रदूषण मात्र बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस ...


अनुदानमा सरकारी कर्मचारीको रजार्इ

वैशाख ४ । सरकारले साना किसानलाई लक्षित गरी ग्रामीण कखुरा प्रवर्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ । जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३र७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो । यो खबर आजको अन्नपूर्णमा मनिष दवाडीले लेखेका छन ...


होसियार ! जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभरी प्रहरी कठघरामा

काठमाडौ, वैशाख ४ । काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए। नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार ...


आजका चार कार्टुन !

आजको यी चार कार्टुनः कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएका छन् ।  


नारायणकाजीले खोज्न थाले दाहाल सरकारको विकल्प

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्। संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरक ...


वैदेशिक रोजगारका नाममा मिर्गौलाको अवैध कारोबार

नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी)को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ । वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । जनअधिकार संरक्षण मञ्च नेप ...


कुन्दनको हत्या होइन, आत्महत्या नै होः प्रहरी

काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो। यो खबर हामीले आजको अन्नपूर्ण दैनिक ...


मैना सुनुवार हत्याः महासेनानी र सहसेनानीलाई जन्मकैद

काभ्रे – सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ बर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ । माओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जनाको सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो । आजको नेपाल सम ...


बेलायतको गार्जियनको पहिलो गन्तव्यमा नेपाल, अरु घुम्नैपर्ने देश कुनकुन हो ?

काठमाडौं – अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । आजको नागरिकमा खबर छ । बेलायतबाट १ सय ९५ बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘द गार्जियन’ले तयार पारेको २०१७ मा घुम्नै पर्ने संसा ...


टर्किस महिलाको ‘ब्रा’ र ‘पेन्टी’मा चरेस भेटिएपछि..

काठमाडौं – पर्यटक भिसामा नेपाल आएकी टर्किस नागरिक सुयस सेलेन स्वदेश फर्कन विमानस्थलमा पुगिन् । सोमबार दिउँसो ३ बजे प्रस्थान कक्षमा पुगकी उनको साथमा सानो झोला मात्रै थियो । प्रहरीले झोला जाँच गर्दा झोला पास भयो । शरीरमा रहेका फलामे बस्तु सबै निकालेर उनले एक्सरे वाकथ्रु गेट पार गरेपछि जाँचमा रहे ...


११ वर्ष मै डेब्यु !

काठमाडौ – त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’ चर्चित बनेको छ । भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी थिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । टोलीकी प्रमुख खेलाडी पनामिका राईको स्थानमा दोस्रो सेटमा मैदान प्रवेश गर ...


राष्ट्रपति भारत यात्रामा

काठमाडौंरनयाँदिल्ली – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोली सहभागी हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गत वर्ष अन्तिम समयमा केपी ओली सरकारले रद्द गरेको भ्रमण मुखर्जीको नेपालयात्राको करिब ६ महिनापछि ...


हर्न बजाउने कति परे कारबाहीमा ?

काठमाडौं – काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय ५१ पुगेको महानगरीय ट्रफिक प्रमुख मिङमार लामाले जानकारी दिए । उनले अनुमान गरेभन्दा थोरै सवारीचालक कारबाहीमा परेको बताए । ...


सीके राउत प्रहरी नियन्त्रणमा !

भैरहवा – रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट बिहीबार १० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका राउतलाई रुपन्देही मर्चवारमा भएको घटनालाई लिएर प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । उनीसँगै अ ...


२२ नगरमा ठूला र स्तरीय सार्वजनिक यातायात

काठमाडौं – संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले उपत्यकाका २२ नगरपालिकामा सार्वजनिक यातायात चलाउने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको छ । उपत्यकामा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न बस चलाउन मन्त्रालयले अन्तिम स्वीकृतिका लागि प्रस्ताव पठाएको खबर आजको कान्तिपुरमा छ । मन्त्रालयका सचिव केदार अधिकारीले भने, ‘निर्णय चाडै हुनसक्छ ।’ सार्वजनिक यातायात भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन उपत्यका नगर यातायात लिमिटेड कम्पनी दर्ता गरी ठूल ...


कामदारको रकमले दूतावासमा गाडी !

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ । रोजगारीका क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि व ...


१२० वर्षीया हजुरआमा भन्छिन् – जनताका मर्का बुझ्नेलाई भोट, नबुझ्नेलाई चोट

४ वैशाख, काठमाडौं । जाजरकोट भेरी नगरपालिका ६ भेरेकी एक सय २० वर्षीया भीमा वली वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर छिन् । यतिबेला उनको साथी बनेको रेडियो छ । रेडियोमा दैनिक समाचार सुन्छिन् । राजनीतिमा निकै चासो छ । उनी भन्छिन्, ‘जनताको पीरमर्का बुझ्ने इमान्दार नेतालाई भोट दिन्छु ।’ राणा शासनसमेत भोगेकी उनी प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा दंग छिन् । उनलाई पहिलेको भन्दा अहिलेको व्यवस्था ...


ह्वात्तै बढ्यो उपत्यकाको प्रदूषण, स्वास्थ्यका लागि चौबीसै घन्टा खतरा

४ वैशाख, काठमाडौं । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर, उपत्यकाको हावामा पार्टीकुलेट म्याटर ९पिएम० २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगेको तथ्यांक छ । औषतभन्दा प्रदूषण मात्रा बढी ९हानिकारक अवस्था० हुँदा सास फेर्नै सकस हुन्छ । पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकाबास ...