मुख्य खबर

राजदूत सिफारिस खारेजको माग गर्दै सर्वोच्चमा रिट

११ फागुन, काठमाडौं । सरकारले हालै गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । रक्षाराम हरिजनले प्रधानमन्त्री कार्यालय, संसद र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सरकारको निर्णय संविधानको भावना विपरित भएको दाबी गरिएको छ । सरकारको निर्णयले संविधान प्रदत्त मौलिक र संवैधानिक हकमा गम्भीर आघात पुगेको भन्दै मुद्दाको टुंगो नलागेसम्म राजदूत नियुक्तिसम्वन्धी काम नगर्न अन्तरिम आदेशको माग गरिएको छ । साथै सरकारको ...


सर्वोच्चमा प्रहरी प्रमुखको बहस

११ फागुन, काठमाडौं । जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालको दुबै रिटमाथि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा निवेदकको तर्फबाट बहस भएको छ । निवेदकको तर्फबाट ओमप्रकाश अर्याल, भिमार्जुन आचार्य, शम्भु थापा लगायतले बहस गरेका छन् । निवेदकको तर्फबाट नै थप बहस हुन बाँकी छ । त्यसपछि विपक्षीको तर्फबाट बहस हुनेछ । बहस नसकिएपछि हेर्दाहर् ...


महाशिवरात्रिः पशुपति दर्शनमा विशेष पासको व्यवस्था हटाइयो

काठमाडौं, फागुन ११ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा हजार रुपैयाँको टिकट काटेर छिटो दर्शन गर्ने व्यवस्था हटाएको छ । कोषले बुधबार राधजानीमा पत्रकार सम्मेलन गरी हजार रुपैयाँको टिकट र विशेष पासको व्यवस्था हटाइएको जनाएको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले टिकट र विशेष पासले भगवानको दर्शनमा विभेद गरिएको आभास भएको भन्दै त्यस्तो व्यवस्था खारेज गरिएको बताए । यसैगरी, यसपटक महाशिवरात्रिमा विशेष पूजाको व्यवस्था पनि स्थगित गरिएको छ भने ...


पोलिक्लिनिकमा आगालागी

११ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्। स्थानीय वेलकम हेल्थ पोलिक्लिनिकमा दिउँसो १ बजेतिर आगालागी भएको सशस्त्र प्रहरी बल खाडिचौर गुल्मका इन्स्पेक्टर हरिकृष्ण खड्काले बताए। उनका अनुसार पोलिक्लिनिकको स्टोरमा चलाइएको जेनेरेटर सर्ट हुँदा आगालागी भएको थियो । बिजुली बत्तीको लाइन गएपछि बिकल्पमा जेनेरेटर चलाइएको थियो। स्टोरमा रहेका सबै औषधि जलेर तथा आग ...


नेपाल प्रहरीका २० डीआईजीहरुका सरुवाको सूची सार्बजनिक

११ फागुन । काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुका सरुवाको सूची सार्बजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार मात्र डीआईजीहरुका सरुवा सहितको सूची सार्बजनिक गरेको हो । अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्यस्तै, पंकज श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । ट्राफिक प्रहरी महाशाखामा रहेका ...


संसद् बैठक बिहीबार तीन बजे सम्मका लागि स्थगित

११ फागुन । व्यवस्थापिका संसद्को बैठक बिहीबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । संविधान संशोधनमा आफ्नो पुरानो अडान कायम राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ९ दलको गठबन्धनले बैठक अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर स्थगित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ९ फागुनमा बसेको सर्वदलिय बैठकमा आज संसद्मा संविधान संशोधन विधयक पेस हुने बताएका थिए । बैठक आज दिउँसो २ बजे बोलाइएको थियो ।  ...


निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग

काठमाडौँ, फागुन ११ । नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ। पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमाङ्कनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न सरकारसँग माग गरे। स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन ग ...


एमाले नेता नेपालले गरे सरकारको प्रशंसा

काठमाडौं, फागुन १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् ।  उनले भने–‘स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसदको निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।’ व्यवस्थापिका–संसद परिसर नयाँबानेश्वरमा सन्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भने–‘सरकारले स्थानीय तहको निर्व ...


कञ्चनपुर सीमा विवादबारे जिल्लास्तरीय वार्ता जारी

१० फागुन, कैलाली । भारतले नेपाली भूमिमा दाबी गरेपछि चर्किएको सीमा विवाद समाधान गर्न अहिले जिल्ला स्तरीय वार्ता जारी छ । हिजो सोमबार सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरले भारतीय एसडियम. सादा अस्लामसँग गरेको वार्ता निश्कर्षबिहीन बनेपछि आज पुनः वार्ता भएको हो । अहिले बसहीस्थित भारतीय एसएसबीको क्याम्पमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरको टोलीले वार्ता गरिरहेको छ । सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी कु ...


नेपालको विकासमा जापानले सक्दो सहयोग गर्छः जापानी राजदूत

काठमाडौं, फागुन १० । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले सक्दो सहयोग गर्ने बताएका छन् । मंगलबार राजधानीमा भएको जाइका अल्मुनाई एसोसियसन अफ नेपालको ४३औं वार्षिक साधारणसभामा बोल्दै राजदूत ओगावाले नेपालमा गएको विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा जापानले सक्दो सहयोग गर्दै आएको बताए । भूकम्पले भत्काएका पूर्वाधारहरुका साथै सामाजिक जीवनलाई पूर्ववतरुपमा फर्काउन जापानले सहयोग गर्ने उनको भनाइ थियो । राजदूत ...


एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षमः प्रमुख आयुक्त

काठमाडौं, फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा गरिएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम रहेको बताए । निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गराउने कामलाई आयोगले तीव्रता दिएको उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले निर् ...


संसद बैठक स्थगित

काठमाडौं, फागुन १० । व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । सरकारले सोमबार संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेपछि विपक्षी दलले त्यसमा अघि बढ्न नदिने अडान राखेकाले मंगलबारको बैठक स्थगित गरिएको हो । सूचना टाँसेर संसद बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगबलार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि संविधान संशोधनको विषय कार्यसूचीमा राख्ने वा नराख्ने विवाद भएको थियो । ...


फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको ज्यान गयो

१० माघ, एजेन्सी । फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् । मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् । मृतकमध्ये १० जना विद्य ...


निर्वाचन सफल पार्न सबैलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनाव सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनावपछि देशको मुहार बदलिने भन्दै चुनाव सफल पार्न सबैलाई आग्रह गर्नुभएको हो । यस्तै उहाँले संविधानले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएको भन्दै चुनावपछि आम नागरिकले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार ...


आईजिपीको नियुक्तिको ४८ घण्टे राजनैतिक चक्रव्य

१० फागुन । आईजिपीको नियुक्तिको ४८ घण्टे राजनैतिक चक्रव्युलाई हामीले नजिकबाट हेरिरहेका थियौं । आईजिपीको नियुक्ति प्रकरणमा कसरी भयो राजनैतिक हस्तक्षेप भन्ने सिंगो देशलाई नै थाहा भएको अबस्था हो ।कुनै दलको शिर्ष नेताले आईजीपी बढुवामा जेष्ठता, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनको विशेष महत्व र प्रहरीको नियम र विधानलाई कुल्चिदै क्षेत्रियताको आधारमा आईजिपी नियुक्तिले देशमा एउटा दलाल राजनैतिक सुरु भएको छ । ...


प्याब्सनमा नयाँ नेतृत्वका लागि निर्वाचन आज

काठमाडौं, १० फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सनको नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुँदैछ। निर्वाचन प्रक्रिया बिहान ११ बजे सुरु हुने र मतदान दिउँसो ३ बजेपछि हुने प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिए। आगामी नेतृत्वका लागि एमालेनिकट टिकाराम पुरी र माओवादी निकट विजय सम्बाहाम्फे प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पुरी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, उपाध्यक्षहरूमा हिरा चन्द, ईश्वर ...


आइतबार रातिदेखि अबरुद्ध बीपी राजमार्ग खुल्यो

फाल्गुन १०, काठमाण्डौ । सिन्धुली सडक धसिएर पहिरो गएका कारण दुइ दिनदेखि अबरुद्ध बीपी राजमार्गमा मंगलबार बिहानबाट साना सवारी चल्न थालेका छन् । खुर्कोट, नेपालथोक खण्डकको सितलपाटी गाविस-९ त्रिवणीघाट नजिक कालोपत्रे सहित सडक आइतबार राती पौने ११ बजे धसिएर पहिरो गएपछि अबरुद्ध बनेको थियो । अचानक सडक खसेपछि सवारीसाधन वारपार गर्ने अवस्था सोमबार दिनभर रहेन । ३७ मिटर लम्बाइ सडक सुनकोसीमा भासिएर झरेको छ । पाँचवर्ष अघि सडक निर्माण गर्दा खोलिएको ट्र्याकलाई नै अह ...


१५ दिनपछि व्यवसथापिका संसद बैठक आजः संसोधन विद्येयक अगाडि बढ्ला ?

फागुन १०, काठमाडौं । व्यबस्थापिका संसदको बैठक आज बस्दैछ । स्थगित भएको १५ दिनपछि आज बस्ने बैठकमा सम्भवत सरकारले संविधान संशोधनसम्बन्धी विधेयक अगाडी बढाउने छ । संसद बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । निर्वाचनको मिति घोषणा भएसँगै यसअघि एमालेका तर्फबाट हुदै आएको संसदको अवरोध अव भने नहुने भएको छ । सभामुख ओनसरी घर्ती मगरले आजै केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने र आजको व्यवस्थापिका–संसद् बैठकका एजेन्डा तय गर्ने बत ...


बिपी राजमार्ग सुचारु गर्न बैकल्पिक सडक बनाइँदै

सिन्धुली, फागनु ९ । सिन्धुलीको सित्तलपाटी गाविस-९ त्रिबेणीधाममा सडक भत्किएर अवरुद्ध बनेको बिपी राजमार्गमा यातायात सुचारु गर्न बैकल्पिक सडक निर्माण सुरु गरिएको छ । त्रिबेणीधाममा आइतबार राति ११ बजेतिर ३० मिटरजति सडक भासिएर सुनकोसी नदीमा खसेको र अहिले त्यहाँ झण्डै डेढ किलोमिटर अस्थायी ट्रयाक सडक निर्माण गरि बेलुकासम्म यातायात खुलाउने प्रयास भई रहेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो । बिपी राजमार्गमा यातायात सुचारु गर्न आयोजन ...


हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन २ लाख ४३ हजार डलरमा बिक्यो

काठमाडौं, फागुन ९ । अमेरिकामा जर्मन तानाशाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा बिक्री भएको छ । म्यारिल्यान्डको चिसापिकमा भएको लिलाम बढाबढमा २ लाख ४३ हजार डलरमा फोन बिक्री भएको थियो । लिलाम बढाबढमा १ लाख डलरबाट बोलकबोल सुरु भएको थियो । हिलटरको फोन किन्नेको पहिचान भने खुलाइएको छैन । रातो रंङको उक्त टेलिफोनमा नाजी नेता हिटलरको नाम लेखिएको छ । बर्लिनको बंकरमा सन् १९४५ मा उक्त टेलिफोन फेलापरेको थियो । जर्मनीले आत्मसमर्प ...


राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस र सुन्तली तराई प्रवेश

९ फागुन, पर्सा । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभिुनयानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गरेका छन् । भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस)ले विनाशक ...


ट्रक दुर्घटना, ८ जना घाइते , चालकको अवस्था गम्भीर

इलाम फागुन ९ – इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । झापाबाट इलाम आउँदै गरेको ना ३ ख ६०६० नम्बरको ट्रक सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको पशुपतिनगर इलाका प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक रुखका ...


मेरो पुरै जीवन खुकुरीको धार र आगोको रापमा खेलेरै बितेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आजै) स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १३औं महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनको विकल्प नभएकाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए । राजनीतिक परिवर्तन संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेकाले एकै चरणमा स्थानीय तहको निर्वाचन गरिने उनको भन ...


खानेपानीको विवादमा खुकुरी हान्दा एकजनाको ज्यान गयो

डडेल्धुरा, फागुन ९ । खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि २४ वर्षका भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै ज्या ...


संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

९ फागुन, काठमाण्डौ ।  निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रीत भएको बताइएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ। सो कार्यदलले एक हप्ताभित्र पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझाव पेस गर्नेछ। तराईका विवादीत जिल्लामा हचुवाको भरमा सीमांकन निर्धारण गरेको भन्दै ...


नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी

९ फागुन, काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ७५ जना कर्मचारीको लागि खुला दरखास्त मागेको छ । विभिन्न पदमा पूर्तिका लागि थप ५२ जनालाई करारमा बरिष्ठ अधिकृतमा भर्ना गर्न लागिएको छ । आज एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पददमा दरखास्त मागेको हो ।करारको छुट्टै सूचना पनि प्राधिकरणले निकालेको छ । विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर खुलाएको छ । इलेक्ट्रिकल इञ्जिनियर, एयर ट्राफिक ...


आजदेखि पेट्रोल सहजः आयल निगम

काठमाडौं, फाल्गुन ९ । आयल निगमले सोमबारदेखि पेट्रोलका लागि लाइन बस्न नपर्ने जनाएको छ । दैनिक मागभन्दा आइतबार दोब्बर पेट्रोल वितरण भएकाले लाइन बस्न नपर्ने निगमले दाबी गरेको छ । ‘सामान्य अवस्थामा ४ सयदेखि ४ सय ५० किलोलिटर पेट्रोल वितरण हुन्छ । आइतबार ८ सय २० किलोलिटर पेट्रोल वितरण गरेका छौं । सोमबार पनि सोहीअनुसार वितरण हुन्छ,’ निगमका प्रवक्ता भानु खनालले भने, ‘सोमबारदेखि लाइन बस्नु पर्दैन ।’ निगमले संशोधन गरेको ‘पेट्र ...


सरकारले सोमबार बेलुकी स्थानीय चुनावको मिति घोषणा गर्ने

काठमाडौं, फाल्गुन ९ । सरकारले सोमबार बेलुकी स्थानीय चुनावको मिति घोषणा गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकमा चुनावको मितिबारे छलफल भएपनि मिति तोक्न भने सकेन । वन मन्त्री शंकर भण्डारीका अनुसार सोमबार बेलुकी बस्ने मन्त्रिपरिषद्को अर्को बैठकले चुनाव मिति घोषणा गर्ने छ । बैठकबाट निस्किएका मन्त्री भण्डारीले भने, चुनावको मितिबारे व्यापक छलफल भयो । तर अहिले नै टुंगो भने लागेको छैन । आज नै मन्त्रिपरिषद्को बैठक बेलुकी पनि बस्छ । त्यही ब ...


अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

चितवन, फागुन ९ । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधि ...


प्याब्सनको महाधिवेशन सुरु, नेतृत्वको भिडन्त

९ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रज्ञाभवन कमलादीमा महाधिवेशन उदघाटन गरे । महाधिवेशनमा मुलकभरबाट १ हजार ८ सय ५० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले दुई वर्षे कार्यकालका लागि नया ...


त्रिशुलीमा बोलेरो जीप दुर्घटना, दुई बेपत्ता

९ फागुन, धादिङ । त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास(४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बेपत्ता हुनेमा गोर्खा ताकुका विष्णुमायाँ गुरुङ र उनका नाति कविन गुरुङ ...


फास्ट ट्रयाक निर्माणको काम केही दिनमै सुरु हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले जतिसक्दो छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताउनुभएको छ । सोमबार बिहान काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिको सुझाव प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले जतिसक्दो छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताउनुभएको हो । केही दिनअघि आफूले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गरेको भन्दै नेपालले आफैले बनाउन सकिने देखिएको पनि उहाँले बताउनुभयो । गएको पुस ७ गतेको मन्त्रीपरिषद बैठकल ...


तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेता पौडेल

८ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।  डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “मुलुकमा निर्वाचन गरेर विकासको बाटोमा लैजानु अहिलेको मुख्य आवश्यकता हो ।” वरिष्ठ नेता पौडेलले निर्वाचनको विरुद्धमा जा ...


सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिनेः प्रम दाहाल

सिरहा, फागुन ८ । संविधान संशोधन गरेर चुनावमा जानु आफ्नो मुख्य दायित्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सोमबारको क्याविनेटबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताउनुभयो । शान्ति, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएको भन्दै उहाँले संविधान संशोधन गर ...


मुसहर समुदायको प्रदर्शन

सप्तरी, फागुन ८ । सप्तरीको सदरमुकाम राजविराजमा आज मुसहर समुदायले प्रदर्शन गरेका छन् । देशभरीका मुसहर समुदायले वर्षौदेखि घर बनाई भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् । गाउँरगाउँवाट राजविराजमा जम्मा भएका हजारौं मुसहरहरुले मुसहर आयोग गठन, जनता आवासको ग्यारेन्टी, शैक्षिक वेरोजगारीलाई भत्ता दिनुपर्ने लगायतका माग राखेका छन् । नेपाल राष्ट्रिय मुसहर संघको अगुवाईमा आजै जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र ...


जन्डिसको विरामीले ‘आकाशवेली’को रस खाएपछि...

बैतडी, ८ फागुन । बैतडीको थलाकाँडा–१ बजाडामा घरायसी जडीबुटी ‘आकाशबेली’को रस खाँदा एक जनाको ज्यान गएको छ । अर्का एक जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । जन्डिसको विरामी थलाकाँडा–१ का २३ वर्षका दिपेन्द्र रोकायाको शनिबार साझ ज्यान गएको हो । जन्डिसको औषधि भनेर दिपेन्द्र रोकाया र लक्ष्मण रोकायाले आकाशबेलीको रस खाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आकाशवेलीको रस खाएलगत्तै दुवै जना बेहोस भएको प्रहरीले जनाएको छ बेहोस भ ...


मृत्युपछि मस्तिष्क दान गर्न वैज्ञानिकहरुको आग्रह

८ फागुन, काठमाडौं । मान्छेले आफ्नो मृत्युपछि अनुसन्धानका लागि मस्तिष्क दान गनुपर्नेमा वैज्ञानिकहरुले जोड दिएका छन् । वैज्ञानिकहरुका अनुसार उनीहरुसँग डिप्रेसन र आघातबाट मुक्त भएका बिरामीहरुको मस्तिष्क छैन जसले गर्दा अनुसन्धान प्रभावित भइरहेको छ । उनीहरुले यस्तो मस्तिष्कको कुरा गरेका हुन् जो ‘पोस्ट ट्रम्याटिक डिसअर्डर’ को शिकार भएका छन् । वैज्ञानिकहरुका अनुसार मानिसहरुले यो बुझ्न सक्दैनन् कि यस प्रकारको बिमारी ब्रेन वायरिङ अर्थात मस्तिष ...


लेनदेन गरेको भेटिए मूल्य चुकाउन तयार छुः मन्त्री थापा

८ फागुन, चितवन । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो मन्त्रालयमार्फत हुने नियुक्ति लगायतका काममा कसैले पैसा लिएको पाइए त्यसको नैतिक जिम्मेवारी लिने बताएका छन् । उनले भनेका छन्, ‘मेरो मन्त्रालय मार्फत भएको कुनै पनि नियुक्ति लगायतको कुरामा पैसामात्र के एक गिलास पानी पनि लेनदेन भएको रहेछ भने पनि त्यसको नैतिक जिम्मेवारी मैले लिने हो, जतिसुकै मूल्य चुकाउन तयार छु ।’ साथै उनले त्यसमा संलग्न कोही छ भने उसले मूल्य चुकाउन तयार हुनुपर्ने बताए । च ...


रुपन्देही प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीको हतियार लुटियो

८ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको उनले बताए । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन (हतियार) लु ...


प्रदूषण नियन्त्रण गर्न प्रभावकारी नीतिको खाँचो

काठमाडौँ, ८ फागुन । काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीतिको खाँचो औल्याइएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको संयोजन तथा काठमाडौँ उपत्यकाका सांसदको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्, वातावरण समितिका सदस्य मानबहादुर विश्वकर्माले नीति बनाउने तर क ...


स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

८ फागुन, काठमाडौं । युरोपियन युनियनका लक्जमबर्ग र बेल्जियमको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई स्पेनमा नेपाली राजदूतावास खोल्न त्यहाँ रहेका नेपालीहरुले दबाव दिएका छन्। भ्रमणमका क्रममा मन्त्री महत्तसँग ब्रसेल्सम भेट गरी उनीहरुले यस्तो दबाब दिएका हुन्। गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा स्पेनका लागि पर्यटन दूत एकराज गिरी, नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटन दूत चिन्तामणि सापकोटा तथा ...


आईजीपी विवादमा सर्वोच्चमा बहस हुन सकेन

८ फागुन, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन । अब आजै म्याद तामेली हुने र मंगलबार बहस हुने रिट निवेदक कपिलदेव ढकालले बताए । ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर् ...


१७ सडक र महाकाली पुलका लागि भारतले दियो ‘नो अब्जेक्सन लेटर’

८ फागुन, काठमाडौं । भारतले आफ्नो ऋण सहयोगमा बन्ने १७ वटा सडक र महाकाली पुलका लागि टेण्डार गर्न ‘नो अब्जेक्शन लेटर’ दिएको छ । नेपाल भ्रमणमा रहेका भारतका केन्द्रिय रेलमन्त्री सुरेश प्रभुले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई भारतीय विदेश मन्त्रालयबाट आएको ‘नो अब्जेक्सन लेटर’ हस्तान्तरण गरे । अब भारतको आयात-निर्यात एक्जिम बैंकमार्फत प्राप्त हुने ३४ अर्ब लगानी गर्ने बाटो खोलेको छ । भारतले सडकको दोस्रो चरणको ...


सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्ने

८ फागुन, काठमाडौं । सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । र, भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गर्दै छन ...


सर्वश्रेष्ठ लोक कलाकार सोमबार चयन हुँदै

काठमाडौं, फागुन ८ । लोकगीत भीरपाखा र कुना कन्दराको सुस्केराको संयोजन हो । सहरभन्दा गाउँको परिवेशले लोकगीतलाई फुल्न र पक्रन अलि बढी योगदान दिएको हुन्छ । गाउँघरमा लोकगीतको कमी हुँदैन । नत त्यसलाई भाकामा उतार्ने कलाकारको नै कमी हुन्छ । कमी हुन्छ त केवल अवसरको । सबैले अवसर पाएका हुँदैनन् । स्थापनाकालदेखि नै गीत संगीतको प्रवद्र्धन र प्रचारप्रसारमा आफ्नो योगदान गर्दै आएको इमेज च्यानलले गाउँघरमा छरिएर रहेका लोकभाका र कलाकारलाई प्रष्फुटन गराउने उद्देश्यक ...


राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापाको मात्र उम्मेद्वारी

काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापाको मात्र उम्मेद्वारी पर्ने भएको छ। आइतबार दिउँसो २ बजेसम्म तोकिएको अध्यक्ष उम्मेद्वारी दर्ताका लागि थापाको मात्र उम्मेद्वारी परेको राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। ‘अहिलेसम्म कमल थापाको मात्र अध्यक्षमा उम्मेद्वारी परेको छ। प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेद्वारी दिनुहुन्न,’ श्रेष्ठले भने। फागुन ४ गते राप्रपा व ...


टेलिकमले एकैपटक माग्यो १५५ कर्मचारी

८ फागुन, काटमाडौं । नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ । टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासीरजनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटम ...


वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।वैदेशिक रोजगारका क्रममा हुने ठगीलाई न्युनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको अभिमुखिकरणमा जिल्ला प्रहरी कार्यालय मन्थली साथै प्रहरी चौकी सेलेघाट, प्रहरी चौकी सालु, प्रहरी चौकी रामेछापडाँडा र इलाका प्रहरी कार्यालय धोवीडाँडाका मुद ...


चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता

काठमाडौं, फागुन ८ । इंग्लिश एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । प्रिमियर क्लव चेल्सीले च्याम्पियनसिप क्लव वुल्भर ह्याम्पटनलाई २–० ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो र डिएगो कोष्टाले एक–एक गोल गरे । जितसँगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । एफए कप अन्तर्गतकै अर्को खेलमा हडर्सफिल्ड टाउनले म्यान्चेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको छ । यसैगरी मिलवालले लेष्टर सिटीलाई १–० ले परा ...


आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा...

८ फागुन, काठमाडौं । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।  यो खबर हामीले आजको राजधानीबाट लिएका हौ । सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । महान ...


नागरिक अधिकारको सम्मानका लागि चुनाव गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, फागुन ७ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार चुनाव गरी नागरिक अधिकारको सम्मान गर्नुपर्ने बताउनुभएको छ । प्रथम निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले दलहरुले चुनावबाटै लोकतान्त्रिक अभ्यासलाई अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो । लोकतन्त्रलाई समृद्ध र सुदृढ बनाउन राजनीतिक दलले महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै उहाँले यसका लागि दलहरु परिपक्क रहेको उल्लेख गर्नुभयो । संविधानले ...


नेपालमा मानवअधिकारको अवस्थामा सुधारः इन्सेक

काठमाडौं, फागुन ७ । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यस वर्ष नेपालमा मानवअधिकारको अवस्थामा निकै सुधार आएको जनाएको छ । इन्सेकले शनिबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक’मा राज्य तहबाट हुने मानवअधिकार हनन्को अवस्थामा निकै सुधार आएको उल्लेख छ । इन्सेकले यस वर्ष गैरराज्यपक्षबाट ३ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको र राज्यपक्षबाट ३०० को हाराहारीमामात्र यस्ता घटना भएको जन ...


सरकार–मोर्चा बैठक निष्कर्षविहीन, निर्वाचन घोषणा गरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, फागुन ७ । स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन सरकार र मधेसी मोर्चाबीच शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सरकार र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको हो । बैठकका प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन घोषणा र संविध ...


पर्खालमा च्यापिएर एक जनाको ज्यान गयो, तीन घाइते

पर्सा, फागुन ७ । वीरगन्जको आदर्शनगरमा शनिबार बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको ज्यान गएको छ । वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको ज्यान गएको हो । घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प ...


वैशाखको अन्त्यसम्ममा चुनावः प्रम दाहाल

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाखको अन्त्यसम्म स्थानीय तहको चुनाव गरिसक्ने गरी तयारी भइरहेको बताउनुभएको छ । वैशाखभित्रै चुनाव गरिसक्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चुनाव हुदैन कि भनेर आशंका नगर्न आग्रह गर्नुभयो । ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुंडिखेलमा भएको विशेष समारोहमा प्रधानमन्त्री दाहालले निर्वाचन आयुक्तको पदपूर्ति भइसकेको र नयाँ संविधान ...


नेपालमा पहिलो पटक आज निर्वाचन दिवस मनाईंदै

काठमाडौं, फागुन ७ । पहिलो पटक आज निर्वाचन दिवस मनाईंदैछ । नेपालमा पहिलो आमचुनाव गरिएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो । अबदेखि वर्षेनी फागुन ७ गते निर्वाचन दिवस मनाइने निर्वाचन आयोगले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव गरिएको थियो । यस अवसरमा आयोगले दिउँसो कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र सबै दलका शीर्ष नेताको उपस्थितिमा कार्यक्रम गरिने आयोगका प्रवक्ता सू ...


पृथ्वीमा फेला पर्यो अर्को पनि महाद्वीप

एजेन्सी, प्रशान्त महासागरको मुनी एक नयाँ महाद्वीप फेलापरेको छ । न्युजिल्यान्डको नजिक रहेको उक्त महाद्वीप ‘जिलएण्डिया’ को नामबाट मान्यता दिन माग उठेको छ । अस्ट्रेलिया र न्युजिल्यान्ड अनुसन्धानकर्ताले उक्त महाद्वीप पता लगाएका हुन । दक्षिण पश्चिम प्रशान्त महासागरको ४९ लाख किलोमिटरको क्षेत्र महाद्वीपीय पत्रले बनेको उक्त महाद्वीप अस्ट्रेलियाबाट अलग र व्यापक भूक्षेत्र भएका कारण यसलाई ‘जिलएन्डिया’ नाम दिनुपर्ने अनुसन्धानकर्ताको म ...


प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, फागुन ७ । प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताए ...


निर्वाचन हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पमकमल दाहालले जेठमा स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । नयाँ संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन हुनेमा कसैलाई पनि शंका नगर्न आग्रह गरेका हुन् । ६७औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार् ...


संसारभरीका नेताका ‘हास्यास्पद’ पल, जो खुबै भाईरल बने (हेर्नुहोस् ११ तस्बीर)

६ फागुन, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांकाको एक फोटोले पूरा संसारभरी बबाल मच्चिएको छ । यो फोटोमा इभांका ओभल अफिसमा राष्ट्रपतिको कुर्सीमा बसिरहेको देखिएकी छिन् जसका कारण ट्रम्प एक पटक पुनः विरोधीको निशानामा परेका छन् । यद्यपी, नेताहरुको फोटोले संसारको ध्यान आकृष्ट गरेको यो पह ...


प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको शुभकाना सन्देश

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गरेका छन् । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा उनले एक शुभकामना सन्देश जारी गरेका हुन् । उनले शुभकाना सन्देशमा हरेक वर्ग र पेशाका नागरिकले सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र भएको भन्दै अहिले भोगिएको व्यवस्थाले जनता खुसी नभएको संकेत गरेका छन् । ‘किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा,  सेवाग्राहीले प्रशासनिक निकायमा, पिड ...


शिक्षा नियमावली ल्याउन मन्त्रालयले चासो देखाएन

काठमाडौं, फागुन ६ । सरोकारवालाहरुले शिक्षा ऐन पारित भएको लामो समयसम्म पनि शिक्षा नियमावली आउन नसक्दा शैक्षिक क्षेत्रको काम–कारबाही प्रभावित भएको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ (हिसान) ले शुक्रबार राजधानीमा गरेको राष्ट्रिय भेलामा सरोकारवालाहरुले अर्थ मन्त्रालयले आर्थिक सहयोग गरिसकेको अवस्थामा पनि नियमावली आउन ढिलाइ हुनु दुखद् भएको टिप्पणी गरे । संसदको महिला बालबालिका र ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ...


राप्रपा नयाँ शक्तिको रुपमा आउनुपर्नेः अध्यक्ष ओली

६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नयाँ शक्तिको रुपमा आउनुपर्ने बताए । राप्रपाको एकता महाधिवेशनको शुक्रबार भएको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै उनले राप्रपा पुरानो शक्तिका रुपमा होइन, नयाँ शक्तिका रुपमा आउनुपर्ने बताएका हुन् ।  उनले नयाँ शक्ति भन्ने अर्को पार्टीको कुरा नगरेको र राष्ट्रियताको सवालमा राप्रपा कुनै दुविधामा नरही स्पष्ट रुपमा उभिन समेत सुझाव दिए । ओलीले राप्रपाले एमाले बाहेकका अरु ...


भारत र चीन दुबै देशसँग भएका सहमतिलाई कार्यान्वयनमा लैजानुपर्छः उपराष्ट्रपति पुन

काठमाडौं, फागुन ६ । उपराष्ट्रपति नन्दबहादुर पुनले आन्तरिक स्थायित्वबिना परराष्ट्र सम्बन्धहरु सुदृढ हुन नसक्ने बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ६९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले परराष्ट्रनीतिलाई प्रभावकारी बनाउन आन्तरिक स्थायित्व आवश्यक भएको उल्लेख गरे । उनले छिमेकीराष्ट्र भारत र चीनसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिएको भन्दै दुबै देशसँग भएका सहमतिलाई तीव्रताका साथ कार्यान्वयनमा लै ...


सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

बैतडी, फागुन ६ । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा द ...


अपराधीलाई राजनीतिक दलको संरक्षणः महान्यायाधिवक्ता

सुनसरी, फागुन ६ । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्ने गरेका कारण दन्डहीनता बढेको आरोप लगाएका छन् । जिल्ला सरकारी कार्यालय सुनसरीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महान्यायाधिवक्ता श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्न नछाडेसम्म नेपालको न्या ...


औद्योगिक क्षेत्र बनाउने निर्णयपछि व्यवसायी उत्साहित

५ फागुन, चितवन । शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताए । यस्तै ...


नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवर्द्धन कार्यशाला गोष्ठी’ हुने

६ फागुन, काठमाडौं। वनको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउ नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवर्द्धन कार्यशाला गोष्ठी’ हुने भएको छ । वन विभागले वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ‘दिगो वन व्यवस्थापनका लागि वन संवर्द्धन’ भन्ने नाराका साथ सो गोष्ठी गर्न लागेको जनाएको हो । गोष्ठीमा हालसम्म वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापनमा भएका अभ्यास तथा सिकाइलाई अभिलेखीकरण गरी विश्लेषण गर्ने, दिगो वन व्यवस ...


नेपालको शान्ति प्रक्रियाको सफल सन्देश विश्वमा फैलाउन आवश्यकः कोलम्बियन राष्ट्रपति

अमेरिका, फाल्गुन ६ । लामो द्वन्द्वपछि शान्ति उन्मुख कोलम्बियाले नेपालको शान्ति प्रक्रियालाई एक सफल मोडल भनेको छ । यो मोडलबारे विश्वभर चर्चा हुनपर्ने कोलम्वियन धारणा छ । नेपालको ‘होमग्रोन’ शान्ति प्रक्रिया विश्वकै लागि एक उदाहरण रहेकोले यो उपलब्धिलाई नेपालले उपयोग गर्न सक्नुपर्ने सुझाव कोलम्बियाको छ । माओवादीहरु हतियार बिसाएर शान्ति प्रक्रियामा आएपछि दुईपटक संविधानसभाको निर्वाचन भएर संविधानसमेत जारी भइसकेको अवस्थामा नेपाल सफल मोडलको रु ...


राप्रपा अध्यक्षमा लोहनीले पनि उम्मेदवारी दिने

६ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले भने, एकतन्त्रीय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ। राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हुँद ...


निर्वाचन नगराउने भए पद छाड्न प्रधानमन्त्रीलाई एमाले सचिवको सुझाव

६ फागुन, भक्तपुर । नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले निर्वाचन नसक्ने भए पदमा बस्नुको औचित्य नभएको बताएका छन् । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार न ...


ट्रकले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै २ जनाको ज्यान गयो

६ फागुन, काठमाडौं । आज दिउँसो बालाजुको पुष्प डेरी नजिकै दुर्घटना भएको छ । बा ५ ख ८४६५को ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरमा रहेका दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । यसरी बालाजुमा दुर्घटना भएपछि त्यस क्षेत्र तनाब ग्रस्त बनेको छ । पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढिरहेको छ । ...


नेपाल प्रेस युनियन र पत्रकार महासंघबीच सहमति

६ फागुन, काठमाडौं । सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल प्रेस युनियन र पत्रकार महासंघबीच सहमति भएको छ । महासंघ र युनियनका अदाधिकारीहरुको वार्ताले दुई बुँदे सहमति गरेपछि फागुन २ गतेदेखि महासंघ केन्द्रिय कार्यालयमा लागेको ताला खुलेको छ । दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले अर्को बिज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको युनियनका अध्यक्ष बद्री सिग्देल र महासंघ सभापति डा। महेन्द्र ...


विद्यार्थी संख्या नपुगेपछि स्ववियु निर्वाचन स्थगित

हुम्ला, फागुन ६ । सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन नहुने भएको छ । विद्यार्थी भर्ना संख्या न्युन रहेकोले स्ववियु चुनाव नहुने भएको हो । मानविकी र शिक्षाशास्त्र संकाय विषयमा अध्यापन हुँदै आएको यस क्याम्पसमा निर्वाचनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले निर्वाचन नहुने क्याम्पस प्रमुख बसन्त रोकायाले बताउनुभयो । स्नातक तहको तीनै तहमा भर्ना संख्या न्युन रहेकोले जिल्लाको एक ...


मंगल ग्रहमा मानव बस्ती बनाउने युएईको महत्वाकांक्षी योजना

युएई, फागुन ६ । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना तयार पारेको छ । युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७ परियोजना’ घोषणा गरेका हुन् । यो परियोजना अन्तर्गत आगामी सय वर्षमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ । ‘मंगल ग्रहमा पुग्नु मानवको दीर्घकालिन सपना बनेको छ,’ उनले भने, ‘युएईले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्दै यो सपनालाई सा ...


रेखा थापाको हिजोआज शैली फेरियो

६ फागुन, काठमाण्डौ । नायिका रेखा थापाको हिजोआज शैली फेरिएको छ । महोत्सवमा पुग्दा छोटा पहिरनमा पुग्ने रेखा अहिले सारी लगाएर पुग्न थालेकी छिन् । महोत्सव हेर्न पुगेका दर्शकलाई दुई हात जोडेर नमस्कार गर्दै उनी अभिवादन गर्छिन् । रेखा अब नायिकाबाट नेतृ बन्ने तयारीमा छिन् । आजबाट सुरु भएको राप्रपाको महाधिवेशनमा रेखा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् । यसैले पनि अहिले रेखालाई केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी गराऔं भन्ने खालका तस्बिरहर ...


आज प्रधानमन्त्रीले दुई महोत्सव उद्घाटन गर्ने

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रम उद्घाटनमा व्यस्त हुन थालेका छन् । राजनीतिक सहमति कायम गरी निर्धारित समायवधि भित्र निर्वाचन सम्पन्न गरेर मुलुकमा संवैधानिक संकट टार्न दलीय छलफल गराउनु पर्ने बेलामा काठमाडौं बाहिर हुने महोत्सव उद्घाटनदेखि विभिन्न विकास निर्माणका शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड व्यस्त देखिएका हुन् । यसैक्रममा शुक्रबार प्रधानमन्त्री प्रचण्ड रोल्पा र नवलपरासीमा आयोजित महोत्सव उद्घाटनमा व्य ...


सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढ्यो

काठमाडौं, फागुन ६ । सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार अन्तिम दिन ५५ हजार ८ सय रुपैयाँ पुगेको छ । शुक्रबारको भाउ बिहीबारको भन्दा २ सय रुपैयाँले बढी हो । बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले भाउ अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनु ...


बैतडीको मल्लादेहीमा फलाम खानी रहेको पुष्टि

बैतडी, फागुन ६ । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले जानकारी दिए । ‘सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्,’ उनले भने, ‘रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।’ सयौँ वर्ष पह ...


राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ । यद्यपि, अध्यक्षमा कमल थापा सर्वसम्मत बनाउने सहमति शीर्ष नेताहरुले गरिसकेका छन् । काठमाडौं हुने महाधिवेशनले पार्टीका अरु पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि चयन गर्नेछ । पार्टीलाई सम्बर्धनवादी दलका रुपमा उभ्याउने र आगामी निर्वाचनमा राम्रो उपस्थिति देखाउने गरी दुई पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता ...


पाकिस्तानमा आइएसको हमला, ७० जनाको ज्यान गयो

इस्लामावाद, फागुन ६ । पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ । दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् । सेहवन शहरस्थित सूफी सन्त लाल शाहबाज कलन्दरका दरगाहमा भक्तजनको भीड भएको स्थानमा आक्रमणकारीले आफैंमाथि विष्फोट गराएको प्रहरीले जनाएको छ । सो घटनाको प्रधानमन्त्री नवाज शरीफले निन्दा गर ...


बुद्धको मूर्तिसहित चारजना पक्राउ

काठमाडौं, फागुन ५ । प्राचीन पुरातात्विक महत्व राख्ने बुद्धको मूर्ति र विभिन्न वन्यजन्तुका अंगसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा ओसार–पसार तथा बिक्री–वितरण गर्न लागेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको कागेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका अर्जुन मगर, रामशरण मगर, चितवनका काले गुरूङ र इन्दु गुरुङ रहेका छन् । उनीहरुको साथबाट बुद्धको एउटा मूर्ति र वन्यजन्तुका अं ...


बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

५ फागुन, बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन् । उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ ...


फोरमको अध्यक्ष पदमा फेरि यादव निर्वाचित

राजविराज, ५ फागुन । सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । गएराति अबेर सम्पन्न मतगणना परिणामअनुसार उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद यादवलाई १५७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । सुरेन्द्रप्रसाद यादवले २८२ मत प्राप्त गरेका थिए । यसअघि पनि पार्टीका जिल्ला अध्यक्ष पदमा दिनेशकुमार यादव नै हुनुहुन्थ्यो । यसैगरी आदिवासी जनजातितर्फ ...


चितवन सुधार मार्गचित्र २०७३ घोषणा

चितवन, फागुन ५ । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्गचित्र २०७३ घोषणा गरिएको छ ।  भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्गचित्र घोषणा गरेका हुन् । नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी ...


चितुवाको आक्रमणबाट चार जना गम्भीर

मोरङ, फागुन ५ । मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्। घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल छन्। राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी क ...


फौजदारी कसुरसम्बन्धी संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौं, फागुन ५ । व्यवस्थापिका–संसदअन्तर्गतको विधायन समितिले फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि विहीबारदेखि छलफल प्रारम्भ गरेको छ । सिंहदरबारमा विहीबार बसेको बैठकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि दफाबार छलफल सुरु गरिएको हो । समितिका सदस्यहरुले संविधानको मूलमर्म र भावनाअनुसार प्रतिवेदनलाई पूर्णता दिन सुझाव दिएका छन् । समितिले सरोकारवालाहरुसँगको दफावार छलफल सकिएपछि विधेयक पारित गर्ने निर्णय गरेक ...


जुम्लामा मिनी ट्रक दुर्घटना, ३ जनाको ज्यान गयो

जुम्ला, फागुन ५ । जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना। च। ख। ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए । दुर्घटनामा एक जना ...


स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

५ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको ...


निर्वाचन आयोगले बल्ल पूर्णता पायो

५ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । यसागै आयोगले पूर्णता पाएको छ । संबैधानिक परिषदको सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेका हुन् । नवनियुक्ति निर्वाचन आयुक्तहरुमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह छन् । उनीहरुको सपथ विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ । लगत्तै जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग ...


प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

चितवन, फागुन ४ । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन बेलुका फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षका विकल चौधरीले आत्महत्या गरेका हुन् । ‘कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गर ...


स्थानीय तहको चुनाव जेठ १ र २१ मा १ !

४ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ । चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । ब ...


स्ववियु निर्वाचन कुनैपनि हालतमा फागुन १४ गते गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौं, फागुन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कुनैपनि हालतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते गराउनुपर्नेमा जोड दिएका छन् । एमाले मुख्यालय धुम्बाराहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा उनले ‘स्ववियु निर्वाचन फागुन १४ गते गर्नुपर्ने र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिमसम्ममा गर्नुपर्छ’–भने । एमालेविरुद्ध भ्रम फैलाउने कार्य भइरहेको भन्दै उनले राष्ट्रिय एकताका लागि आगामी फागुन २१ देखि ...


१ लाख बराबरको हजारको बन्डलमा एउटै नम्बरको तीनओटा नोट

महोत्तरी, फागुन ४ । महोत्तरीको गौशालामा एक हजारदरका त्रुटिपूर्ण नोट फेलापरेका छन् । फाइल फोटो महोत्तरीको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजारदरको बन्डलमा तीनओटा नोट एउटै नम्बरको फेलापरेको हो । राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मंगलबार एक सेवाग्र ...


दाङमा एक किशोरी आफ्नै बाबुबाट बलात्कृत

तुलसीपुर, फागुन ४ । दाङमा एक किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । पश्चिम दाङको पुन्धारा–१ सुन्दरखालका रामकुमार रोका ९नाम परिवर्तन० ले १३ वर्षिया छोरी रीतु रोका (नाम परिवर्तन) लाई माघ १५ गते घरमै बलात्कार गरेका हुन् । रीतुले बाबुले बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राऊ गरेको छ । बलात्कृत किशोरीले भान्सामा बेलुकीको खाना पकाइरहेको बेला मदिरा सेवनगरी आएर आफूलाई बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छन् । रोकाकी श्रीमती दुई वर्ष अघ ...


राप्रपा महाधिवेशनमा झण्डै डेढ करोड खर्च हुने

काठमाडौं, फागुन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा झण्डै एक करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि एक करोड ५० लाख रुपैयाँ खर्च गर्न लागिएको हो । रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । पार्टीले यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसपटक सूचना प्रव ...


मोर्चाले गरे स्थानीय तह पुनर्संरचना अध्ययन कार्यदलको छलफल बहिस्कार

२ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन अध्ययन कार्यदलको छलफल बहिस्कार गरेका छन् । सरकारले आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको छ । र, कार्यदलले जिल्लागत रुपमा प्रदेश नम्बर २ का सांसदहरुसँग छलफल गरिरहेको छ । तर, कार्यदलले बोलाएको सबै छलफलमा मधेसी मोर्चाका सांसदहरु अनुपस्थित छन् । कार्यदलले सोमबार सिराहाका सांसदहरुसँग छलफल गरेको थि ...


कुनैपनि हालतमा निर्वाचन हुन्छः सभापती देउवा

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुँदैन कि भनेर शंका नगरी चुनावमा जुट्न आग्रह गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले कीर्तिपुरमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरे । सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भन्दै देउवाले निर्वाचनबाटै मुलुकले निकास पाउने बताए । केही शक्तिले अहिले पनि निर्वाचन ...


संविधान संशोधनमा एमाले पनि सघाउने माओवादी प्रवक्ताको दावी

२ फागुन, भक्तपुर । सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रमुख प्रतिपक्षी नेकपा एमाले संविधान संशोधनको प्रक्रियामा सहभागी हुने दावी गरेकी छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा बोल्दै प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएको, संविधान निर्माणमा उसको भूमिका महत्वपूर्ण हुनुका नातालेसंविधान संशोधनमा सहभागी भई संविधान कार्यान्वयनमा अग्रसर भइरहेको बताइन् । एमालेले प्रधानमन्त्री पाउनको निम्ति मात्रै संविधान नलेखेको र ...


१५ वर्षकी छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सिरहा, फागुन २ । इलाका प्रहरी कार्यालय गोलबजारले छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षका बुवालाई पक्रेको छ । उनले १५ वर्षकी छोरीमाथि पटक पटक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले बताउनु भयो । आरोपितले पछिल्लो पटक फेरी बलात्कार प्रयास गरेपछि छोरीले आ ...


डिएसपीलाई गाली गर्दा प्रहरी फन्दामा

खोटाङ, फागुन २ । डिएसपीलाई गालीगलौज गर्दा खोटाङका एक युवक प्रहरीको फन्दामा परेका छन् । तीन जना बोकेर बाइक चलाइरहेका अवस्थामा सोधपुछ गरेका डिएसपी नबिनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रबिण राई प्रहरीको फन्दामा परेका हुन् । मादक पदार्थ सेवन गरेको अवस्थामा राईले र्आतबार फोक्सिङटारमा प्रहरी पोश ...


थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

२ फागुन, काठमाण्डौ । थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन्। नेपाल, थाइल्याण्ड र बर्मा लगायतका अन्य ठाउँमा जन्मेर थाइल्याडमा बसोबास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो। कार्कीले आफ्नो कार्यकालको मुख्य काम भनेको नेपालीहरुको धर्म,संस्कृतिको प्रचार गर्ने भएको बताए। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कार्की पूर्व अध्यक्ष जयन्ती पाण्डेको प्रस्तावमा सर्वसम्वत अध्यक्षमा चयन भएका हुन्। संघमा दुई लाख नेपाली ...


स्थानीय तहको चुनाव माग गर्दै सर्वोच्चको रिट दायर

२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । र, भोलिका लागि पेशी तोकिएको छ । अधिवक्ता चिरञ्जीवी नेपाल लगायतले दायर गरेको रिटमा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने र त्यस अनुसार नै चुनाव गर्नु पर्ने माग गरिएको छ । ‘वैशाखरचुनावमा गर्ने भनिएको छ । तर, तह कि निकाय भनिएको छैन’ अधिवक्ता रिजालले भने, ‘आयोगको प्रतिवेदन अनुसार चुनाव हुनुपर्छ भनेर रिट हालि ...


आइजिपी बढुवा सम्बन्धी दुईवटा रिटको निर्णय एकैसाथ हुने

काठमाडौं, फागुन २ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी दुईवटा रिटमा एकैसाथ निर्णय गर्ने भएको छ । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने दाबी गर्दै आइतबार दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएकै रिटसँगै राखेर सुनुवाई गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णयबारे आउँदो आइतबार सुनुवाई गर्ने फैसला गरेको हो ...


निर्वाचनमा सघाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नु ...


ज्येष्ठ नागरिकलाई सिटी बसको यात्रा निःशुल्क

२ फागुन, चितवन । ग्लोबल मेट्रो सिटी बस प्रालि भरतपुरले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप निःशुल्क यात्रु कार्ड वितरण गरेको छ । विगत तीन महिनादेखि भरतपुर उपमहानगरपालिका तथा नवलपरासीको गैंडाकोटका विभिन्न क्षेत्रमा ग्लोबल मेट्रो सिटीले बस सेवा दिँदै आएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ग्लोबल मेट्रो सिटी बस प्रालिले २६ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क यात्रु कार्ड वितरण गरेको हो । ग्लोबल मेट्रो सिटी बस प्राल ...


राष्ट्रपतिले आज प्रमुख १० दलका शीर्ष नेताहरुसँग छलफल गर्ने

काठमाडौं, फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजनीतिक दलका नेताहरुसँग आज सामूहिक छलफल गर्ने भएकी छन् । मुलुकको राजनीतिक गतिरोध लम्बिँदै गएपछि राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरुसँग परामर्श गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका १० दलका शीर्ष नेताहरुलाई बोलाएकी हुन् । त्यस क्रममा उनले समसामयिक राजनीतिक ...


नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि ठप्प

२ फागुन, कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख ९ फागुन ४ गते० राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने छन् । यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छ ...


ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्ने सरकारको तयारीमा भारतीय अधिकारीले तगारो हाले

२ फागुन, काठमाण्डौ । खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्ने सरकारको तयारीमा भारतीय अधिकारीले तगारो हालेका छन्। नेपाल आयल निगमले सबै प्रक्रिया पूरा गरेर नेपाली ग्यास बुलेटलाई ढुवानी अनुमति दिन गरेको आग्रहलाई भारतले तीन महिनादेखि अल्झाएर राखेको छ। सरकारले ग्यास ढुवानी गर्ने बुलेटमा ६६ प्रतिशत भन्सार छुट दिएपछि उद्योगीले नेपाली नम्बर प्लेटका बुलेटआयात गरेर सञ्चालनमा ल्याउने तयारी गरेका थिए। भारतीय दूतावासदेखि नेपालका सबै कानुनी प्रक ...


आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

२ फागुन, काठमाडौ । आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेद ...


आईजिपी प्रकरणः देउवाले तयार पारे यस्तो ‘काउन्टर अट्याक’ रणनीति

२ फागुन, काठमाडौं । नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजिपीमा नियुक्त गरेको चार घण्टामै सर्वोच्च अदालतले ‘तत्काल निर्णय कार्यान्वयन नगर्न’ अन्तरिम आदेश दियो । अदालतले चन्दलाई आईजिपी हुनबाट रोक्न सक्ने डरले नै सरकारलै ‘अफिस आवर’ शुरु हुनुअघि नै चन्दलाई आईजिपी नियुक्त गरेको थियो । आईतबारका यी दुई घट्ना, नियुक्ती र तत्काल आएको अन्तरिम आदेशसँगै ‘अब के हुन्छ ?’ भन्ने जिज्ञासा जताततै ब्याप्त छ । जयबहादु ...


नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक

१ फागुन, काठमाण्डौ । नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा निखिल प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् । डन र प्रहरीविचको भिडन्तको कथालाई चलचित्रमा प्रस्तुत गरिएको ट्रेलरले पनि स्पष्ट पारेको छ । चलचित्रमा देविप्रसाद पाण्डेको लगानी छ ...


रेडक्रसद्वारा २३ लाखको सामग्री हस्तान्तरण

१ फागुन, बर्दिया । विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ । जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गरे । बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्ग ...


नेताहरुको बोलीमा संयमता नभएको पूर्वराष्ट्रपति यादवको गुनासो

काठमाडौं, फागुन १ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले कुनै पनि नेताहरुको बोलीमा संयमता नभएको गुनासो गरेका छन् । आइतबार राधजानीमा टोटल राष्ट्रिय मासिक पत्रिका सार्वजनिक गर्दै उनले अप्ठेरो अवस्थामा नेपाली जनताले एकजुट भएर साथ दिए पनि नेताहरुकै कारण परिवर्तनहरु संस्थागत हुन नसकेको बताए । संविधानको रक्षा गर्न सकेमात्र देशमा शान्ति आउने भन्दै उनले त्यति दुःख गरेर बनाएको संविधान कार्यान्वनयमा कसैको ध्यान नगएको पनि बताए । कार्यक्रममा पूर्वसञ्चारमन्त्री ...


८० वर्षको उमेरमा लिइन यी आम्मैले नागरिकता

बैतडी, फागुन १ । बैतडीको मेलौली–८ खोचाका द्रोपती चन्दले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । घुम्ती शिविरमार्फत घरमै बुढेसकालमा नागरिकता लिन पाउँदा उहाँ निकै खुसी हुनुभयो । नागरिकता पाएपछि चन्दले डाडाँपारीको सूर्य जस्तै आफूले अस्ताउने बेलामा नागरिकता पाएको नागरिकताले खुसी दिएको उहाँले बताउनुभयो । नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ताबाट वञ्चित हुनुभएकी चन्दले नागरिताका प्राप्त गरेसँगै नेपाल सरक ...


प्रहरी प्रमुख नियुक्तिमा मेरो संलग्नता छैनः सभापती देउवा

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले आइतबार विहान डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि देउवाले मौनता तोडेका हुन् । जबकी चन्दलाई आईजीपी बनाउन देउवाले दबाव दिए ...


काठमाडौंमा विप्लव माओवादीको शक्ति प्रदर्शन (फोटोफिचर)

१ फागुन, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ । राजधानीको खुलामञ्चमा अहिले उदघाटनसत्र चलिरहेको छ । माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ । उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो । उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्‍याली शहिदगेटमा एकीकृत भएको थ ...


विद्यालय भवन हस्तान्तरण गर्न गोहोरेमा पुगे नायक राजेश हमाल

काठमाडौं, फागुन १ । पछिल्लो समयमा कलाकारहरुको सामाजिक सेवा एवम् पुनर्निर्माणमा सक्रियता बढ्दो छ । धुर्मुस सुन्तलीले विभिन्न स्थानमा बस्ती बसाएर उदाहरणीय काम गरिसकेका छन् भने सामाजिक काममा रेखा थापा, स्वेता खड्का, कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) लगायतका कलाकारहरु आ–आफ्नो स्थानबाट सामाजिक सेवामा लागेका छन् । यसैबिच महानायक राजेश हमाल पनि देशका विभिन्न स्थानमा विद्यालय स्थापनाको लागि अगाडि सरेका छन् । महानायकको सक्रियतामा हालै २० ...


प्रचण्डले कुर्सी छोडे हुन्छः एमाले सचिव भट्टराई

१ फागुन, काठमाण्डौ । एमाले सचिव योगेश भट्टराईले स्थानीय तहको चुनाव गर्न नसके प्रचण्डले कुर्सी छोड्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनको पहिलो चुनौती नै स्थानीय तहको चुनाव भएकोले यो सरकारले नसकेमा अर्को सहमतिको सरकार आवश्यक भएको भट्टराईले बताए । ‘यदि चुनाव नगर्ने हो भने ठाउँमात्रै ओगटेर बस्ने कुनै काम छैन’ भट्टराईले भने, ‘अर्को समीकरण बन्छ त्यसले चुनाव गराउँछ । हामीलाई सत्ता लडाउने र टिकाउने खेल हामी गर्दैनौँ । हाम्रो चाहना ...


स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

पाल्पा, १ फागुन । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै आएको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत गत पुस ११ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । पाल्पामा सात हजार नागरिकले स्वास्थ्य बिमा गरेका छन् । हालसम्मको तथ्याङ्कअनुसार दुई हजार ५४९ महिला र दुई हजार ...


आइजी बनाई पाउँ भन्दै नवराज सिलवालले दायर गरे रिट

काठमाडौं, फागुन १ । आफूलाई आइजी अर्थात प्रहरी महानिरीक्षक बनाउन माग गर्दै डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । रिटमा बरियतामा क्रममा आफू पहिलो भएपनि रोल क्रम मिचेर सरकारले तेस्रो बरियताका जय बहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गरिएकाले उक्त निर्णय बदर गरेर आफूलाई महानिरीक्षक बनाउन माग गरिएको छ । सिलवालको दायर रिट सोमबारलाई पेशी तोकिएको छ । ...


स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा

१ फागुन, कञ्चनपुर । कञ्चनपुरका स्थानीय निकायका कर्मचारीले आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका काम ...


इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट २३ लाख हरायो

धनगढी, १ फागुन । धनगढी स्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको ...


चन्दको बढुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन १ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने मन्त्रीपरिषदको आइतबार बिहानको निर्णय तत्काल कार्यान्वय नगर्न आदेश दिएको हो । सरकारले बरियता मिचेर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने तयारी गरेको भन्दै अधिवक्ता कपिल ढकाललले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । ...


सरकार चुनाव गराउने पक्षमा देखिएन्ः एमाले सचिव भट्टराई

सोलुखुम्बु, १ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मङ्सिरभित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताएका छन् । आज प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको विचार व्यक्त गरे । उनले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावक ...


राष्ट्रलाई बचाउन चुनाव आवश्यकः नेता कोइराला

दाङ, फागुन १ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. ४ दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गरे । उनले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताए । कोइरालाले त्यसको ...


माओवादी घटकले आज जनयुद्ध दिवस मनाउँदै

काठमाडौं, फागुन १ । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाउँदैछन् । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै जनयुद्ध दिवस मनाउन लागेका हुन् । ...


ट्रयाक्टरबाट खसेर एक जनाको ज्यान गयो

डोटी, फागुन १ । डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का वर्ष १८ का भक्तबहादुर रावतको ज्यान गएको हो । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...


चुनाव नलडेको नयाँ शक्ति भोलीबाट संसदमा

काठमाडौं,फागुन १ । चुनावै नलडेको नयाँ शक्ति पार्टी नेपाल भोलिबाट संसदमा सहभागी हुने भएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकारीणी सदस्य तथा प्रचार विभाग सह-संयोजक अरुणा रायमाझीले नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच सोमवार एकता भेला हुन थालेको बताइन् । उनका अनुसार भोली दिउँसो दुई बजे पार्टी मुख्यालय बबरमहलमा एकता भेला हुनेछ । थरुहट तराई पार्टी लोकतान्त्रिबाट गंगा चौधरी सांसद छिन् । उनी नयाँ शक्तिमा आएपछि पार्टी स्वत संसद सचिवालयमा दर्ता ह ...


सरकारद्वारा दुबै प्रहरी संगठनमा नयाँ महानिरीक्षक नियुक्त

१ फागुन, काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो । नेपाल प्रहरीका प्रमुख प्रहर ...


महाधिवेशनपछि राजसंस्थालाई बोक्ने कमल थापाको घोषणा

काठमाडौं, माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले आउँदो ६ गतेदेखि हुन लागेको पार्टीको एकता महाधिवेशनले हिन्दूराष्ट्र र राजसंस्थाबारे टुंगो लगाउने बताउनुभएको छ । रिपोर्टस् क्लब नेपालले गरेको साक्षात्कारमा उहाँले हिन्दूराष्ट्र बनाउनेबारे कुनै विवाद नभएको भन्दै वैदिक सनातन हिन्दूराष्ट्रको एजेण्डा अब सशक्त रुपमा अघि बढाउने घोषणा गर्नुभएको हो । त्यस्तै उहाँले देशको राष्ट्रिय एकतालाई बलियो बनाउन, राष्ट्रियता र स्वाधिनताको र ...


करेन्ट लागेर एक जनाको ज्यान गयो

नुवाकोट, माघ २९ । नुवाकोटको तादीखोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको ज्यान गएको छ । गाउखर्क–७ का ७० वर्षे चतुरमान तामाङको करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो ज्यान गएको हो । बालकुमारी–१ घ्याम्ले स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङ ज्यान गएको जिल्ला ...


मानव बेचबिखन रोक्न रसुवागढी नाकामा हेल्प डेक्स

रसुवा, माघ २९ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरिने भएको छ । चीनसँगको एक मात्र व्यापारीक नाका रसुवागढीबाट हुनसक्ने मानव बेचबिखन तथा ओसारपसारलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रसुवाले हेल्प डेक्स स्थापना गर्न लागेको हो । रसुवाका प्रहरी नायव उपरी ...


संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिकाः स्वास्थ्य मन्त्री थापा

२९ माघ, पोखरा । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बएका छन्। नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको शनिबार विमोचन गर्दै उनले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई नयाँ संविधान दिन नेतृत्व गरेको काँग्रेसले यसको कार्यान्वयनलाई पनि आफ्नो प्राथमिकतामा ...


अनलाइनबाटै श्रम स्वीकृति लिने प्रक्रिया थाहा पाउनुहोस्

काठमाडौं, माघ २९ । वैदेशिक रोजगार विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिन थालेको छ । यो सँगै श्रम स्वीकृतिका नाममा हुने ठगी र लापरबाही रोकिने छ । कामका लागि विदेश जाने नेपालीले अव घरैबाट अनलाइन मार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने छन् । माघ १९ गतेदेखी पूर्व तथा अन्तिम श्रम स ...


एक महिनाभित्र ‘फास्ट ट्रयाक’ निर्माणको काम सुरु हुन्छः प्रधानमन्त्री

वीरगन्ज, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौं–निजगढ द्रुतमार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताए । ...


झापामा निर्माण हुने बुद्धको प्रतिमा विश्वकै अग्लो हुनेछः अध्यक्ष ओली

काठमाडौं, माघ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा निर्माण हुन लागेको बुद्धको प्रतिमा विश्वकै अग्लो हुने बताएका छन् । बुद्ध मूर्ति तथा बुद्ध पार्क निर्माणसम्बन्धी परियोजनाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्माण गर्न लागिएको बुद्धको मूर्तिले विश्व शान्तिको सन्देश दिने विश्वास व्यक्त गरे । उनले पर्यटकीय दृष्टिकोणले पनि बुद्धको प्रतिमा निर्माण महत्वपूर्ण हुने भन्दै यसले नेपालको एकतामा पनि सहयोग पुग्ने विश्व ...


बसन्तपुरमा ६० लाख रुपैयाँ लागतमा खेलमैदान बन्यो

तेह्रथुम, माघ २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा जिल्लाकै नमुना खेलमैदान निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा बसन्तपुर नयाँ शहरी विकास आयोजनाको ६० लाख रुपैयाँ लागतमा खेलमैदान निर्माणको काम भइरहेको छ । यो वर्ष कटिङ, ग्याभिङ र जाली लगाउने काम भइरहेको छ । १२० लम्बाई र ९० मिटरको चौडाई भएको खेल मैदान निर्माणको काम आगामी वैशाखसम्ममा पुरा हुने निर्माण कम्पनीले जनाएको छ । प्याराफिड, शौचालय, ड्रेसिङ तथा चेन्जिङ रुम, स्टेजलगायत पूर्वा ...


बुटवलमा एक घर धारा नीति लागू हुँदै

२९ माघ, रुपन्देही । पाल्पाको दोभान गाविस– २ र कोलडाँडा गाविस –९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ । स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभन्दा ठूलो क्षमताका रुपमा बुटवलमा ल्याउने तयारी सुरु भएको छ । बहुचर्चित झुम्सा आयोजनाको अधिकांश काम पूरा भए पनि विभिन्न कारणले रोकिएको अवस्थामा सो आयोजनाको क्षमता ठूलो बनाएर बुटवलवासीको पानीको माग पूर्ति गर्ने उद्देश्यसहित बुटवल खानेपानी संस्थानले का ...


नेपालीको लगानीमा देश लोडसेडिङ मुक्त हुन्छः उर्जामन्त्री शर्मा

कञ्चनपुर, माघ, २९ । निजी कम्पनी र स्थानीयको लगानीमा नेपालमा भएको जलस्रोतबाट उर्जा निकालिने उर्जा मन्त्री जनार्दन शर्माले बताउनुभएको छ । प्रेस सेन्टर नेपालले कञ्चनपरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले नेपालको पानी नेपालीको लगानी अनुसार नागरिकलाई नै प्रत्यक्ष लाभ हुने गरी मन्त्रालयले पश्चिम सेतीको काम अगाडि बढाइरहेको बताउनुभएको हो । उहाँले जलविद्युत उत्पादन गर्न मन्त्रालयले कर्णाली चिसा पानीमा समेत कार्यालय खोल्ने तयारी गरिरहेको बताउँदै चाडै ...


भक्तपुर महादेव मन्दिरबाट मुकुट चोरी

भक्तपुर, माघ २८ । सूर्यविनायक नगरपालिका-१३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । झण्डै पाँच लाख रुपैयाँ बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । रासस ...


बैतडीमा ट्रक दुर्घटना एक जनाको मृत्यु , दुई जना गम्भिर

२८ माघ, बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट ३ का अन्दाजी १९ बर्षिय किशोर सिंह ऐरी रहेको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिनुभयो । गम्भिर घाईते भएका ऐरीको उपचारका लागी धनगढी लैजादै गर्दा बैतडीको सवबाझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।यस्तै ट्रक चालक बै ...


सरकार गम्भीर नभए मजदुरसहित आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं, माघ २८ । उद्योगीहरुले मुलुक आयातमुखी हुँदा स्वदेशी उत्पादन धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले शुक्रबार राजधानीमा गरेको मजदुर भेलामा उद्योगी–व्यवसायीहरुले मुलुकमा उत्पादन वृद्धि गर्न सरकार उदासीन भएको आरोप लगाए । व्यवसायीहरुले स्वदेशी उद्योगलाई प्राथमिकता दिन पटक–पटक माग गरेर सरकारको ध्यानाकर्षण गराइरहे पनि उदासीन भएको गुनासो गरेका हुन् । सरकार गम्भीर नभए अब मजदुर ...


देवानी मुद्दाको कार्यविधिसम्बन्धी विधेयक विधायन समितिबाट पारित

काठमाडौं, माघ २८ । व्यवस्थापिका–संसदअन्तर्गतको विधायन समितिको बैठकले देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । समितिले सरोकारवालाहरुसँग दफावार छलफल गरी विधेयक पारित गरेको हो । समितिले उक्त विधेयक संसदमा छलफलका लागि पेस गर्ने जनाएको छ । ...


नेपाली र पाकिस्तानी केन्द्रीय बैंकले सुपरिवेक्षणमा सहकार्य गर्ने

२८ माघ, काठमाडौं । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान र नेपाल राष्ट्र बैंकबीच नियमनको क्षेत्रका सहकार्य गर्ने र सुपरिवेक्षकीय सुचना आदान प्रदान गर्ने सम्झौता भएको छ ।२८ माघ, काठमाडौं । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान र नेपाल राष्ट्र बैंकबीच नियमनको क्षेत्रका सहकार्य गर्ने र सुपरिवेक्षकीय सुचना आदान प्रदान ग पाकिस्तानी वेब पत्रिका डेलि टाइम्समा शुक्रबार प्रकाशित समाचारका अनुसार सम्झौतामा राष्ट्र बैंकका तफबाट कार् ...


महानायक हमालपछि तेश्रो लिङ्गी बन्दै नायिका थापा

माघ २८, काठमाण्डौ । समय–समयमा आफ्नो अभिनय र विभिन्न हर्कतका कारण चर्चामा आइरहने नायिका शुुभेच्छा थापा अब तेश्रो लिङ्गी बन्ने भएकी छन् ।दामोदर ढकाल (दीपक) को उपन्यास रत्नपार्ककी रञ्जुको कथावस्तुलाई लिएर बनाउन लागिएको उक्त फिल्मलाई हरि उदासीले निर्देशन गर्ने भएका छन् । शुभेच्छा थापाको प्रस्तुतीमा शुभेच्छा इन्टरटेनमेन्टबाट बन्न लागेको उक्त फिल्म आगामी फागुनबाट फ्लोरमा जाने भएको छ भने अन्य कलाकारहरू चैँ फिक्स हुन बाँकी नै रहेको नायिका थापा बताउ ...


मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

२८ मा सप्तरी । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्। राजविराजस्थित शिव मन्दिर प्रांगनमा संघको सम्मेलन सुरु हुनैलाग्दा शुक्रबार मोर्चाका कार्यकर्ताले नारावाजी गर्दे कार्यक्रममा अवरोध पुरयाएका थिए। मोर्चाका नेता कार्यकर्ताहरुले नेपाल मजदुर किसान पार्टी संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रेको बताए। ...


मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

२८ मा सप्तरी । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्। राजविराजस्थित शिव मन्दिर प्रांगनमा संघको सम्मेलन सुरु हुनैलाग्दा शुक्रबार मोर्चाका कार्यकर्ताले नारावाजी गर्द ...


भूकम्पको धक्का महसुस

२८ माघ, बैतडी । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खन ...


अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जलि अर्पण

२८ माघ, काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरेका छन् । धुम्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ओलीले आज श्रद्धाञ्जलि दिएका हुन । सडक दुर्घटनामा परी उपचारका क्रममा वीर अस्पतालमा निधन भ ...


सीमानाका भएर चेलीबेटी ओसारपसार बढ्दो

माघ २८ कञ्चनपुर । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन) लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्‍याए। मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन्। अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो। रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका ...


नारायणकाजी निवासमा प्रचण्ड र ओलीको वार्ता

२८ माघ, काठमाडौं । लामो समयदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वार्ता भएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा करीव एक घण्टा छलफल भएको हो । उपाध्यक्ष भीम रावलसहित नारायणकाजी निवास पुगेका ओलीले प्रचण्डलाई तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतालाई चुनाव हुन्छ भन्ने विश्वास दिलाउन आग्रह गरेका थिए । प्रचण्डले भने चुनाव गराउने नै हो भन्दै त् ...


जनकपुरमा पाँचदिने योग विज्ञान शिविर सुरु

जनकपुरधाम माघ २८ । स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ । राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइनेछ । केन्द्रका योगगुरु विनय भ ...


प्रधानमन्त्री कार्यालयबाट १४ कर्मचारी गायव

२८ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एकैपटक सहसचिव, उपसचिवदेखि ड्राइभरसहित गरि १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरु गत आइतबारदेखि कुनै जानकारीविना अनुपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ठूलो संख्यामा जिम्मेवार तहका कर्मचारीहरु एकैपटक कार्यालयमा अनुपस्थित भएपछि प्रधानमन्त्री कार्यालयले उनीहरुबारे सूचना संकलन थालेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसरी अनुपस्थित हुने कर्मचारीहरुमा आर्थिक प ...


प्रधानमन्त्रीको निरीक्षणपछि चमेलियाको भौतिक प्रगति बढ्यो

२७ माघ, काठमाडौँ। लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । फाइल तस्बिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो । आयोजना सन् २०१७ को अन्त्यम ...


निर्वाचनको मिति घोषणा नगरे एमालेले आन्दोलन गर्छः एमाले नेता खनाल

२७ माघ, ईलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले बिहीबार बिहान आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन्। ९० प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको उनले बताए। उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर् ...


नेपालमै बनेको भोटिङ मेसिन प्रयोग गर्नुपर्ने आवाजः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, माघ २७ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउनसक्ने बताएका छन् । विहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पारे । स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत मेसिन मगाउनुपर्ने अवस्था रहेको बताए । सरकारले बेल ...


सुनकान्डमा पक्राउ परेका एसएसपी खत्री अरु १० दिन हिरासतमै

काठमाडौं, माघ २७ । सुनकान्डमा पक्राउ परेर पाँच दिनदेखि प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई अरु १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।  हिरासतमै राखेर अनुसन्धानका गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले विहीबार समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले नै अनुसन्धानका लागि चार दिन म्याद दिएको थियो । उक् ...


मन्त्रिपरिषद बैठक नबस्दा सत्य निरुपण आयोग म्याद सकियो

काठमाडौं, माघ २७ । सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद बुधबार सकिएको छ। म्याद सकिएपछि बिहीबार बिहानै आयोगका कर्मचारीले कार्यालयभित्र रहेका पदाधिकारीका बोर्डहरू हटाइदिएका छन्। सरकारले २०७१ माघ २७मा द्वन्द्वकालका मुद्धा हेरी पीडितलाई राहत तथा दोषिलाई कारबाहीको सिफारिस गर्न यो आयोग गठन गरेको थियो। संविधानको प्रावधान अनुसार आयोग गठन गरेको थियो। आयोगकी सदस्य माधवी भट्टले म्याद सकिए पनि आयोगमा पिडितहरू आइरहेको बताइन्। पिडितहरू आज पनि आउनुभएको छ, उनले ...


विप्लवका विद्यार्थीद्वारा पाँच क्याम्पसमा तालाबन्दी

२७ माघ, नवलपरासी । स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्न माग गर्दै विप्वल माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीका पाँच क्याम्पसमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारी नवलरासीका संयोजक शिव डुम्रेका अनुसार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस, सुनवलको महाकवि देवकोटा बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर् ...


हिल्टनुमाथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो

२७ माघ, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन हिल्टनु होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो। अख्तियारले हिल्टन होटलको फाइल काठमडौं महागरपालिकालाई उपलब्ध गराइदिन आग्रह गरेको थियो। जसअनुसार महानगरपालिकाले मंगलबार उक्त फाइल अख्तियारको जिम्मा लगाएको थियो। ‘राजधानीको नक्सालमा निर्माणाधीन अन्तर्राष्ट्रिस्तरको हिल्टन होटलको फाइल पठाइदिन अख्तियारले दुई ...


सगुनको मिनि आइपीओ आजदेखि खुल्ला

काठमाडौं, माघ २७ । सामाजिक सञ्जाल सगुन डटकमको मिनि आइपीओ खुल्ला भएको छ । सगुन डटकमले बिहीबार कार्यक्रम गर्दै मिनि आइपीओ खुल्ला भएको औपचारीक जानकारी गराएको हो । योसँगै सामाजिक सञ्जाल सगनु डटकम विदेशमा मिनि आइपीओ खोल्ने पहिलो नेपालीले खोलेको पहिलोे कम्पनी भएको सगुन डटकमले जनाएको छ । अमेरिकी जब्स एक्ट ...


भारतबाट घर फर्कंदै गरेका एक नेपाली बेपत्ता

कैलाली, माघ २७ । भारतको मुम्बईबाट घर फर्कनेक्रममा अछाम जिल्ला पायल गाविस घर भइ हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् । यही माघ २१ गते खत्री घर फर्कनेक्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू ‘घर आउँदै छु’ भन्ने जानकारी दिउँसो फोनमा ...


स्ववियु निर्वाचनका लागि एकजुट भए विद्यार्थी संगठन

पोखरा, माघ २७ । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् । निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताए। ...


सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगर्ने संकेत

२७ माघ, काठमाण्डौ । सरकारले संविधान संशोधन र स्थानीय तह पुनर्संरचना आयोग प्रतिवेदनको सम्बन्धमा अध्ययन गरि सुझाव दिन गठित कार्यदलको काम पूरा नगरेसम्म स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने संकेत दिएको छ । एमालेले भने संविधान संशोधन र आयोगले तयार पारेको प्रतिवेदनको सुझाव संकलन गर्न गठित कार्यदलको नामम ...


काँग्रेस नेता पौडेल लन्डनमा

२७ माघ, लण्डन । काँग्रेस नेता पौडेल लन्डनमा लन्डन—नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लन्डन आइपुगेका छन्। पौडेल नेपाली जनसम्पर्क समितिडेनमाको अधिवेशनमा भाग लिन जानेक्रममा बेलायत आइपुगेका हुन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआदर्श पण्डितका अनुसार पौडेल शुक्रवार डेनमार ...


न्यायाधीश नियुक्तिको विरोध गर्दै २ नम्बर प्रदेशका दुई सय वकिलद्वारा सामुहिक राजीनामा

२७ माघ, काठमाडौं । न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपाल बार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् । उनीहरुले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् । नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले जानकारी दिए । हालै न्यायप ...


माछा मार्न जाँदा डुबेर बालकको ज्यान गयो

डोल्पा, माघ २७ । यहाँका एक बालकको ठूलो भेरीमा डुबेर ज्यान गएको छ । नर्क–३ निवासी ९ वर्षीय हिमाल शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर ज्यान गएको प्रहरीको भनाई छ । शाहीको शव प्रहरी र ...


फोनबाट गुनासो टिपाउँदै महिला र बालबालिका

रोल्पा, माघ २७ । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल) मा विभिन्न खालका गुनासा आउने गरेका छन् । नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहे ...


सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति घोषणा गर्न नचाहेकोः नेता खनाल

इलाम, माघ २७ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन्। नब्बे प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु अस ...


खानेपानी गुणस्तर सुधारसम्बन्धी एकचालिस आयोजना सञ्चालन

काठमाडौँ, माघ २७ । खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्ने भएको छ। सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले ३१ जिल्लामा गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्न लागेको हो। विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३१ जिल्लामा प ...


गोरु काटेर खाएकोे आरोपमा ५ जना पक्राउ

पर्वत, माघ २७ । गोरु काटेर खाएको आरोप पर्वतको धाइरिङ–८ बाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गोरु काटेर खाएको सूचनाका आधारमा प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले धाइरिङ–८ का झिल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दर्जी र नरबहादुर दमाई लाई नियन्त्रणमा लिएको हो । उ ...


स्थानीय तहको प्रतिवेदन फेरि आयोगमा पठाईने

२७ माघ, काठमाडौं । सर्बदलीय सहमति विपरित भएका तथा प्रदेश नम्बर २ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाइने भएको छ । प्रतिवेदन अध्ययन गर्न सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ । तर, विपक्षी एमालेले सरकारले आफैंले प्रतिवेदन हेरफेर गर्न नसक्ने र यो चुनाव नगर्ने खेल भएको बताएको छ । बिहीबार सिंहदवारमा भएको सर्बदलीय छलफलमा एमाले र राप्रपाका नेताहरुले सरकारी कार्यदलले स्थानीय तह पुनर्संरचना प ...


चुनावको तयारीबारे दलहरुबिचको छलफल बिना निष्कर्ष सकियो

काठमाडौं, माघ २७ । स्थानीय निेकाय पुनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन गठित मन्त्रीस्तरीय समितिले बिहीबार मुख्य दलहरुसँग छलफल गरेको छ । सिंहदरबारमा भएको छलफलमा चुनावको तयारीबारे कुराकानी भएपनि ठोस निष्कर्ष भने ननिस्केको नेताहरुले बताएका छन् । छलफलमा आफूहरुले समितिको काम छिटो टुंग्याएर चुनावको ...


जनकपुरमा आमरण अनसनमा बसेकाहरुको स्वास्थ्यस्थिति गम्भीर

जनकपुर, माघ २७ । आधुनिक जनकपुर निर्माणसहितका माग राख्दै आठ दिनदेखि आमरण अनसनमा बसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका नेता कलामुदिन राइनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । स्वास्थ्यस्थिति गम्भीर हुँदै गए पछि उनीहरुलाई स्लाइन दिएर राखिएको छ । शर्मा र राइन जनकपुरको जनकचोकमा सात सूत्रीय मागसहित आमरण अनसनमा बसिरहे पनि उनीहरुका माग सुनुवाई भएको छैन । जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैयाको बनाउनुपर ...


महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दुई करोड

२७ माघ, बेनी (म्याग्दी) । सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा दुई करोड सङ्कलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो । अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतः ...


कांग्रेस पुरानै निकायको निर्वाचन हुनुपर्ने पक्षमा

काठमाडौं, माघ २६ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका(संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य ...


संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्तः डा. भट्टरार्इ

हेटौंडा, माघ २६ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले तीन ठूला दलको स्वार्थले स्थानीय तहको चुनावबारे अन्योल बढेको बताएका छन् । बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्त हुने पनि बताए । आफ्नो नेतृत्वमा चुनाव गर्ने तीन ठूला दलको स्वार्थका कारण नै संविधान संशोधन र चुनावबारे अन्योल बढेको उनको भनाइ थियो ।  ...


महाभियोग प्रस्तावमा लोकमानविरुद्ध लगाइएका अधिकांश आरोप पुष्टि

काठमाडौं, माघ २६ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ । व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सर्वोच्च अदालतबाट कार्की अयोग्य ठहर भई पदमुक्तसमेत भइसकेको हुँदा महाभियोग प्रस्तावमा उल्लिखित विषयला ...


सरकार आत्महत्याको बाटोमा जादैछः पूर्वमन्त्री पण्डित

२६ माघ, भक्तपुर । पूर्वमन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयन गर्ने काममा नलागेर आत्महत्याको बाटोमा हिँडेको आरोप लगाएका छन् । भत्तपुरस्थित रफत सञ्चार क्लवमा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको आरोप लगाएका हुन् । ‘सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेका छन्,’ उनले भने, ‘सत्तारुढ दलको व्यवहारले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको छ उनले चु ...


पाकिस्तानमा भूकम्प गयो

पाकीस्तान, माघ २६ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगोर्विक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । तर, भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दू दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ । सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ म्याग्न ...


माओवादीलेमात्रै राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सक्छः प्रम दाहाल

चितवन, माघ २६ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्न नसके देशमा ठूलो दुर्घटना हुने बताएका छन् ।नेकपा माओवादी केन्द्र चितवनले बुधबार चितवनमा आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अहिलेको परिवर्तन माओवादीकै कारण सम्भव भएको हो । यसलाई अपनत्व गर्ने र संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै काँधमा रहेको छ’–भने । माओवादी कमजोर होस् भनेर एउटा शक्ति लागिरहे ...


अपांगमैत्री स्रोत तथा सूचना केन्द्र’ निर्माण

काठमाडौं, माघ २६ । अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सूचना तथा विभिन्न स्रोतहरु सहजरुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको जोरपाटीमा ‘अपांगमैत्री स्रोत तथा सूचना केन्द्र’ निर्माण गरिएको छ । नेपाल अपांग मानवअधिकार केन्द्रले निर्माण गरेको केन्द्रको बुधबार वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा उद्घाटन गरे । अपांगता अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, स्थानीयबासीलगायतको आर्थिक सहयोगमा १ ...


लोकमानमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षा दिने सरकारको निर्णय

२६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्की सर्वोच्चको आदेशबाट पदमुक्त भए लगत्तै सरकारले उनीमाथि आक्रमण हुन सक्ने विश्लेषण गरेको खुलेको छ । मन्त्रिपरिषदको गत पुस २७ को बैठकले प्रतिशोधको भावले कार्कीमाथि आपराधिक व्यक्ति वा समूहबाट आक्रमण हुन सक्ने विश्लेषण गर्दै सुरक्षा दिने निर्णय गरेको हो । त्यसको तीन दिन अघि पुस २४ गते मात्र सर्वोच्चले कार्कीको नियुक्ती बदर गरिदिएको थियो र, लोकमान सिंह अख्तियार प्रमु ...


चितवनका १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

२६ माघ, चितवन । सरकारले चितवनको मंगलपुरमा १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार चितवनका सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन् । लालपूर्जा वितरण गर्दैमा समस्या समाधान नहुने भन्दै उनले खानेपानी र रोजगारीको व्यवस्था पनि गर्ने आश्वासन दिए । सुकुम्बासी समस्या संवेदनशील समस्या हो भन्दै उनले केही दिनभित्रै सरकारबाट दिगो र स्थायी समाधानका लाग ...


आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद

सल्यान, माघ २६ । आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको आरोप लागेका सल्यानको चादेकरन्जी–२ का २६ वर्षका शिक्षक सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्लाको चाँदेकरञ्जी गाविसमा रहेको एक विद्यालयमा आफैले पढाउने छात्रालाई डर त्रास देखाई पटक–पटक बल ...


राजधानीमा ‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं...

काठमाडौं, माघ २६ । काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने भएको छ । मुलुकको पूर्वाधार र भौगोलिक यथार्थता अनुसार स्काई रेलको सम्भावना बढी सहज हुने भएकाले अध्ययन थालिएको काठमाडौं महानगरपालिकाले जनाएको हो । सम्बन्धित विशेषज्ञहरुबाट तीन महिनापछि सम्भाव्यता अध्ययन प्रतिवेदन आउने र त्यसपछि कुन मोडल र कस्तो रेल सञ्चालन गर्ने भन्ने निर्णय लिइने काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिङ तामाङले जानकारी गराए । काठमाडौं ...


घरमा पसेको चितुवा नियन्त्रणमा आयो

काठमाडौं, माघ २६ । काठमाडौंको कीर्तिपुरमा श्रीकृष्ण महर्जनको घरमा पसेको चितुवा झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । कीर्तिपुरको ढोकासी टोलमा रहेको महर्जनको घरमा बुधबार बिहान परेको चितुवा जिल्ला वन कार्यालय र सदर चिडियाखानाको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको हो । टोलिले बिहान साढे ९ बजेदेखि चितुवा नियन्त्रणको प्रयास गरेको थियो । नियन्त्रणमा लिएको पोथी चितुवा विरामी भएर वा आहाराको खोजीमा गाउँ पसेको अनुमान गरिएको छ । चितुवालाई लठ्याएर चिडियाखा ...


देश चुनावमा गैसक्योः कांग्रेस सभापति देउवा

काठमाडौं, माघ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश चुनावमा गैसकेको दाबी गर्नुभएको छ । पार्टीका पूर्व सभापति सुशील कोइरालाको पहिलो स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देश चुनावमा गइसकेको दाबी गर्दै संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव गर्नुपर्नेमा जोड दिनुभएको हो । कोइराला प्रधानमन्त्री भएका बेला संविधान जारी गरिएको भन्दै देउवाले संविधानको सम्मान गर्न पनि चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । ...


चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा, २६ माघ । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकाल ...


सुन चोर समातियो

धनकुटा, माघ २६ । धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए। गत माघ २२ गते राति करिब २ बजे रेजिन धमलाको सुन पसलको ढिक फोरेर तीन लाख ५० हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको ख ...


खुकुरी प्रहार गरी बाबुले गरे छोराको हत्या

२६ माघ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ...


गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

रुकुम, माघ २६ । रुकुममा पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै तकसेरा सरोकार समितिले मङ्गलबार रुकुम सदरमुकाममा प्रदर्शन गरेको छ। तकसेरा सरोकार समितिले बिहानैदेखि रुकुम सदरमुकाम बजार परिक्रमा गरी जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकै साथ धर्नासमेत दि ...


गैर पत्रकारलाई सदस्यता वितरण गरिएकोमा प्रेस युनियनद्वारा विरोध

काठमाडौं, माघ २६ । नेपाल पत्रकार महासंघको शाखा अधिवेशनको पूर्वसन्ध्यामा नयाँ सदस्यता वितरणमा मनपरी भएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका तर्फबाट बुधबार एक बिज्ञप्ती जारी गर्दै महासंघको विधी र प्रक्रियालाई वेवास्ता गर्दै गैर पत्रकारलाई सदस्यता दिएको विषयमा युनियनले आपत्ति जनाएको हो । युनियनका महासचिब अजयबाबु शिवाकोटीद्धारा जारी विज्ञप्तीमा सदस्यता कसलाई दिइयो र कस्ले प्राप्त गरिरहेको छ भन्ने सामान्य ...


पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज प्रथम स्मृति दिवस

काठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको बुधबार प्रथम स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी उनको स्मरण गरिँदैछ । कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार कांग्रेस तथा उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । वि।सं। १९९५ सालमा विराटनगरमा जन्मिएका कोइरालाको २०७२ साल माघ २६ गते काठमाडौंको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसलाई संसद्को ...


स्कुल बसको ठक्करबाट पाल्पामा एक बालिकाको ज्यान गयो

पाल्पा, माघ २६ – पाल्पामा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बुधबार बिहान कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वषकी सविना बगाले मगरको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गएको बसले ...


सरकारलाई दिएको समर्थन फिर्ता लिने गच्छदारको चेतावनी

विराटनगर, माघ २५ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको बताएका छन् । मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजनीतिक सहमति गरी संविधान कार्यान्वयन र निर्वाचन गर्न सरकार असफल हुँदै गएकाले आफ्नो दलले दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको बताए । उनले सरकारले तत्काल प्रभावकारी काम गर्न नसके आफ्नो दलले दिएको समर्थन फिर्ता लिने चेतावनी पनि दि ...


स्वास्थ्य क्षेत्रको संरचना नै परिवर्तन गर्छुः स्वास्थ्यमन्त्री थापा

काठमाडौं, माघ २५ । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको विकास गर्न संरचना नै परिवर्तन गरिने बताएका छन् । स्वास्थ्य क्षेत्रको संयुक्त वार्षिक समीक्षा गोष्ठीको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री थापाले हालको संरचनाअनुसार गए स्वास्थ्य क्षेत्रमा सुधार गर्न ५० वर्ष लाग्ने भन्दै अब संरचना नै परिवर्तन गराएर ५ वर्षभित्रै सुधार गरिने बताए । संघीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको संरचना पनि बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ थियो । कार ...


काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छः नेता बस्नेत

जाजरकोट, माघ २५ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्नेमा जोड दिएका छन्। आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उनले भने, ुबजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाही गर्न सक्नुपर्छ। नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकासको अनुभूति प्राप्त गर्ने बताउँदै विकासको काममा अवरोध ...


पत्रकार महासंघले सदस्यता वितरण पारदर्शी नबनाएको भन्दै ३ केन्द्रिय सदस्यको आपत्ती

काठमाडौं, माघ २५ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणलाई पारदर्शी नबनाएको भन्दै तीन जना केन्द्रिय सदस्यले आपत्ती जनाएका छन् । गैर पत्रकारले पनि महासंघको सदस्यता लिएको, ठाउँठाउँमा सदस्यता विवाद चर्किए पनि छानविन गर्नुपर्नेमा महासंघले नै भागबन्डाका आधारमा सदस्यता वितरण गरेको भन्दै केन्द्रिय सदस्यहरु दिपेन्द्र कुँवर, माधव दुलाल, र रोशन पुरीले विज्ञप्ती निकालेर आपत्ति जनाएका हुन् । केन्द्रिय सदस्यलाई नै थाहा नदिइकिन नयाँ सदस्यता सिफारिस गरिएको, पदा ...


नेपाल र भारतमा अपराधिक गतिविधीमा संलग्न होदालाई दुबईबाट झिकाएर पक्राउ

वीरगन्ज, माघ २४ । नेपाल र भारत दुई देशको प्रहरीले खोजिरहेको समसुल होदासहित चार अपराधीलाई आज बारा प्रहरीले सार्वजनिक गरेको छ। दुबई बसेर भारत विरोधी गतिविधि गर्दै आएका होदालाई नेपाल प्रहरीको सिआइबीले केही दिनअघि दुबईबाट झिकाएर पक्राउ गरेका हुन्। होदा र अरु तीनजनामाथि ज्यान मार्ने तथा अपराधिक गिरोह संचालन गरेको मुद्दा चलाइएको छ। दुबई प्रहरीको सहयोगमा नेपाल प्रहरीको सिआइबी र बिशेष टोलीले होदालाई दुबईबाट झिकाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाटै नियन ...


मुसहर बस्ती बनाउन धुर्मुस-सुन्तलीलाई अष्ट्रेलियाबाट ६५ लाख सहयोग

७ फेब्रुअरी, सिड्नी । मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले करिब तीन हप्ता लामो अष्ट्रेलिया भ्रमण पूरा गरी सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) मंगलबार नेपाल फर्किएका छन् । अष्ट्रेलियाबासीले उनीहरुले झण्डै ६५ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । सो रकम महोत्तरीको मुसहर बस्ती निर्माणमा खर्च गरिने धुर्मुस-सुन्तली फाउण्डेसनले जनाएको छ । ...


डिजे हेर्न गएका बालकको अचानक लडेर ज्यान गयो

२५ माघ, महोत्तरी । चर्को आवाजमा डिजे बजाउँदा महोत्तरीमा एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका १५ सुगामा सोमबार राति आएको जन्तीमा चर्को आवाजमा डिजे बजाउँदा सोही ठाउँका १२ वर्षीय वालक अमिरुल अंसारीको मृत्यु भएको छ। जन्तीमा आएको डिजे बाजा गाउँमा घुम्ने क्रममा सडक छेउमै रहेका बालक अंसारी हेर्न पुग् ...


चुनाव हुनेमा शंका नगरौंः प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन हुने र गर्नैपर्ने बताएका छन्। मंगलबार निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनमा कुनै शंका नगर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसम्बन्धी ऐन पारित भइसकेका छन्। सरकार निर्वाचनको तयारीमा लागिरहेको छ। अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ।’ प्रध ...


राप्रपाको जिल्ला अधिवेशन आज हुँदै

काठमाडौं, माघ २५ । एकता महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन आज भइरहेको छ । आसन्न महाधिवेशनको लागि आज देशका ७५ वटै जिल्लामा एक साथ अधिवेशन भइरहेको छ । सोमबारसम्म सबै २ सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको राप्रपाले जनाएको छ । यसअघि २ सय २२ क्षेत्रमा अधिवेशन सकिएको थियो भने बाँकी रहेको १८ क्षेत्रमा सोमबार अधिवेशन गरिएको हो । आगामी फागुन ६ देखि ९ गतेसम्म हुन लागेको पार्टीको एकता महाधिवेशनका लागि ...


विभिन्न स्थानमा एक महिलासहित चार जनाको शव फेला

२४ माघ । काठमाडौं देशका विभिन्न स्थानमा तीन पुरुष र एक महिला मृत फेला परेका छन्। कास्कीको पोखरा उपमहानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कमा करिब ४६ वर्षीय पुरुष मृत फेला परेका हुन्। उनको पहिचान खुल्न नसकेको पोखरा प्रहरीले जनाएको छ। त्यस्तै सर्लाहीको हरिवन-११ स्थित सडकमा ३२ वर्षीय रङ्गेबहादुर भुजेल मृत ...


जेठ १० गतेभित्र स्थानीय चुनाव गर्नुपर्छः डा. कोइराला

भक्तपुर, माघ २४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले निर्णय गरेअनुसार आगामी जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले कुनै पनि हालतमा निर्वाचन हुने भन्दै निर्वाचनमा होमिन आम नागरिकलाई आग्रह गर्नुभयो । ‘पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले ०७४ माघ ७ गते भित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नस ...


प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिव बीच भेट

काठमाडौं, माघ २४ । बिम्स्टेकका महासचिव सुमिथ नाकान्दालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा बिम्स्टेकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले भेटमा महासचिव नाकान्दालाले बिम्स्टेक सदस्य राष्ट्रहरुको आर्थिक उन्नति, सडक सञ्जाल विस्तारलगायतका विषयमा छलफल भएको बताए । उनकाअनुसार श्रीलंकाली महासचिव नाकान्दालाले श्रीलंका र नेपालब ...


चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

काठमाडौँ, माघ २४ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन्। मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँ लिएको सङ्घीय मामिला त ...


हिमाखोला पक्की पुल निर्माण कार्य अलपत्र

जुम्ला, माघ २४ । यहाँको सिंजा भेकमा पर्ने शनिगाउँ गाविसस्थित हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको छ। यो पक्की पुल निर्माणका लागि २०१३ अक्टोबर ३१ तारिखमा शान्तिराम जेभी कौशलटारसँग सम्झौता भएको थियो। दुई करोड २४ लाख ६९ हजार रुपैयाँ बजेटमा निर्माणका लागि सम्झौता भएको पुलको निर्माण क ...


महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा नेविसंघको तालाबन्दी

दाङ, माघ २३ – क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयबाट पठाइएको सूचना लुकाएको भन्दै नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा तालाबन्दी गरेको छ । पूर्व जानकारी बिनै त्रिविबाट प्राप्त पत्र लुकाएर विद्यार्थी भर्ना बन्द गरिएकाले त्यसको बिरोधमा तालाबन्दी गरेको नेविसंघ क्याम् ...


मोर्चाका नेताहरुले पुनर्संरचना आयोगको प्रतिवेदन जलाए

कपिलवस्तु, माघ २३ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवेदन तौलिहवामा जलाएका छन् । मोर्चाका नेता कार्यकर्ताहरु तौलिहवा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएर प्रतिवेदन मधेस विरोधी भएको भन्दै जलाएका हुन् । जनसंख्याको आधारमा स्थानीय निकाय गठन गरिनु पर्ने आफूहरुको मागलाई वेवास्ता गरी प्रतिवेदन तयार पारिएको हुँदा आफूहरु बाध्य भएर प्रतिवेदन जलाउन सडकमा उत् ...


दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी खत्री पक्राउ

२३ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ। खत्रीलाई आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको हो । खत्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सुन प्रकरण पछि उनलाई हेडक्वार्टर तानिएको थियो। सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ । ...


चोरी भएको शिशु दुई दिनपछि भेटियो, चोरी गर्ने पक्राउ

पर्सा, माघ २३ – वीरगन्जको नारायणी अस्पतालबाट शुक्रबार चोरी भएको नवजात शिशु पर्साको बेलवा गाविस–९ भेटिएको छ । नवजात शिशुु चोरी गर्ने पर्सा सिक्टाकी लालसादेवी शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिशु चोरी गर्ने लासलदेवी शाहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बच्चाको ...


दृष्टिविहीन क्रिकेटः श्रीलंकासँग नेपाल १३१ रनले पराजित

काठमाडौं, माघ २३ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालको खराब प्रदर्शन जारी छ । आइतबार भएको खेलमा नेपाललाई श्रीलंकाले १ सय ३१ रनले हराएको छ । खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ७४ रन बनायो । श्रीलंकाको लागि सुरंगा सम्पथले रिटायर्ड हर्ट लिुनुपूर्व १ सय ११ रन जोडे भने रुवन बसन्थाले ७६ रनको योगदान दिए । जवाफमा २ सय ७५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट ...


राजविराजमा आजदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

सप्तरी, माघ २३ । सप्तरीको तिलाठीमा सरस्वती पूजा समिति तिलाठीले आयोजना गरेको तीन दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । २०४२ सालको राजदरबार बम काण्डका सहिद सांकेन्द्रचन्द्र मिश्रको सम्झना स्वरुप आयोजना गरिएको यस प्रतियोगितामा नेपाल र भारतका ८० जना कुस्ती खेलाडीको सहभागिता छ । खेलमा भारत बिहारको बिहार केसरी, चन्द्रदेव यादवलगायत चन्ढीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा गरी कूल ८० जना कुस्तीवाज खेला ...


मन्दिरभित्र दलित पसेको भन्दै पाँच हजार तिराइयो

रामेछाप, माघ २३ । रामेछापको बेताली–३ मा रहेको शेराकाली मन्दिर पूजा गर्न मन्दिरभित्र छिर्नुभएका स्थानीय कृष्णकुमार विश्वकर्मालाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ । मन्दिरभित्र पसेको भन्दै मन्दिरका पूजारी छत्रबहादुर बुढाथोकीलगायतका गाउँका केही व्यक्तिले ५ हजार रुपैयाँ जरिवाना तिराएका हुन् । ...


निःशुल्क भिसारटिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

२३ माघ, चितवन । चितवन—श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्। कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको उनले बताए। चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह सक्रिय रहेको बताए। कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो। कसले धम्की दिएको हो भनेर उनले खुलाएनन्। धम्की दिनेविरुद्ध मन्त्रालयले के कारवाही अघि बढायो भन्नेब ...


रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

२३ माघ, मोरङ । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजे ...


सत्य निरुपण आयोगको म्याद थप्न प्रस्ताव

२३ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो । यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो । सशस्त्र द्वन्द्वकालीन घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत सिफारिस गर्न गठन भएको आयोगको म्याद यही माघ २७ गते सकिँदै छ । वेपत्ता छानबिन आयोगले भने यसअघि नै एक वर्ष ...


कालीगण्डकी करिडोरकोे १ सय ३६ किलोमिटर ट्र्याक खोलियो

मुस्ताङ, माघ २३ । राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मुस्ताङ खण्डको ट्र्याक खोलिएको छ । दक्षिण सीमा सुनौलीदेखि उत्तरी लोमान्थाङको कोरला जोड्ने ३ सय ५२ किलोमिटर लामो सडक मध्ये मुस्ताङ खण्डमा पर्ने १ सय ३६ किलोमिटर सडकको ट्रयाक बनाइएको हो । मुस्ताङको घाँसादेखि कोरलासम्म सडकको ट्रयाक खुलेपछि यातायातका साधन सञ्चालन हुन थालेको जिल्ला विकास समिति मुस्ताङले जनाएको छ । मुस्ताङको कागबेनीदेखि झैते खण्डको ४५ किलोमिटर ...


माओवादीले ध्वस्त बनाएको प्रहरी चौकी पुनस्र्थापना गरियो

पर्वत, माघ २३ । पर्वतको विकट कार्किनेटा गाविसमा सशस्त्र द्वन्द्वका समयमा तत्कालिन माओवादीले ध्वस्त बनाएको प्रहरी चौकी भवन पुनस्र्थापना गरिएको छ । कार्किनेटा, थापाठाना र शंकरपोखरी गाविसवासीलाई सेवा दिंदै आएको प्रहरी चौकीको अत्याधुनिक भवन निर्माण सम्पन्न गरिएको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा निर्मित भवनको पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले उदघाटन गरे । करीब ८४ लाख रुपैयाँमा निर्मित भवनभित्र का ...


बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

काठमाडौं, माघ २३। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज यहाँ प्रारम्भ भएको छ । बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि ...


कांग्रेस–माओवादी हार्ने डरले चुनावको मिति घोषणामा ढिलाइः अध्यक्ष ओली

सुनसरी, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पराजित हुने डरले सरकारले निर्वाचनको मिति घोषणामा आनाकानी गरिरहेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र नेपाली कांग्रेसले पराजित हुने डरले चुनावको मिति घोषणामा अनावश्यक ढिलाइ गरिरहेको आरोप लगाए । अहिलेको सरकार स्वतन्त्र ढंगले चल्न नसकेको भन्दै उनले अरुकै निर्देशनमा चल्नेहरुले देशको हित नगर्ने पनि बताए । ओलीले आगामी हुने तीनै तहको निर्वा ...


बहुला कुकुरको बिगबिगी

धनकुटा, माघ २२ । धनकुटामा केही दिनयता बहुला कुकुरको टोकाइबाट ४५ जना घाइते भएका छन् । जिल्ला अस्पताल धनकुटाको रेकर्ड अनुसार धनकुटा नगरपालिकाको वडा नं। १३ र १४ का बासिन्दालाई बौलाह कुकुरले टोकेपछि रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । शुक्रबार मात्रै १६ जनालाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको छ। बौलाह ...


निर्वाचन गरेर राष्ट्रिय दायित्व पुरा गर्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाब

काठमाडौं, माघ २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन गरेर राष्ट्रिय दायित्व पुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको आज राजधानीमा उद्घाटन गर्दै नेता नेपालले निर्वाचन नै अहिलेको प्राथमिकता भएकाले तत्काल मिति घोषणा गर्न सुझाव दिए । मुलुकका लागि उच्च राजनीतिक संस्कार आवश्यक रहेकाले सरकार निर्वाचन गर्न बाधक बन्न नहुने उनको भनाई थियो । वरिष्ठ नेता नेपालले निर्वाचन घोषणा गर ...


क्रसर मेसिनमा च्यापिएर एकजनाको मृत्यु

कालिकोट, माघ २२ । रोडा लोड गर्ने क्रममा क्रसर मेसिनमा च्यापिएर दाहा-१ आगतडी बस्ने ५० वर्षका ददि गोरालको ज्यान गएको छ । छारेगाडमा क्रसर मेसिनमा रोडा लोड गर्न लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गोरालका दुई छोरा, दुई छोरी र श्रीमती रहेको स्थानीय हर्ष सुनारले बताउनुभयो । ...


परराष्ट्रको पत्र गृहबाट गायव

काठमाडौं, माघ २२ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परिक्षणका नाममा लिइरहेको अवैध शुल्क रोक्न गृह मन्त्रालयले आनाकानी गरेको छ । पराराष्ट्र, श्रम तथा रोजगार र गृह मन्त्रालयका अधिकारीको छलफलपछि अवैध रकम उठाउनेलाई कारबाही गर्ने निर्णय भएको थियो । निर्णय लगतै गृह मन्त्रालयल ...


तीन वर्षभित्र सबै ठाउँमा विद्युतसेवा पुग्छः ऊर्जामन्त्री शर्मा

ताप्लेजुङ, माघ २२ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाउँमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पुग्ने बताउनुभएको छ । ‘समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्’ ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत ...


सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको छः अध्यक्ष ओली

विराटनगर, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल मोरङले आज विराटनगरमा गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहे पनि आफूहरुले त्यसको प्रतिकार गर्ने बताए । उनले एमालेले जसरी पनि चुनाव गराउने पक्षमा रहेकाले सरकारलाई दबाब दिइरहेको बताए । चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट उत्पन्न गराउन सर ...


अपहरण मुद्दाका आरोपित छ बर्षपछि पक्राउ

राजविराज, माघ २२ । अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा ...


चुनावको मिति घोषणा नगरे सरकार ढल्छः एमाले अध्यक्ष ओली

२२ माघ, मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकार तत्काल चुनवको मिति घोषणा नगरे ढल्ने चेतावनी दिएका छन् । चुनाव नगराए एमालेले सरकार ढालिदिने लाक्षणिक अभिव्यक्ति दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् । एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण ...


अष्ट्रेलियाली महिलाहरुद्वारा सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्ष घोषणा

४ फेब्रुअरी, क्यानबेरा । अष्ट्रेलियाली महिलाहरुको संस्था ‘कन्ट्री विमेन एसोसिएसन अफ एनएसडब्ल्यु अष्ट्रेलिया’ले सन् २०१७ लाई नेपाल पर्यटन प्रर्बद्धन बर्ष घोषणा गर्दै नेपाल चिनाउने अभियान थालेका छन् । अष्ट्रेलियाभर झण्डै चार हजार सदस्य रहेको यो संस्थाले हरेक बर्ष एउटा देशको प्रर्बद्धन कार्यक्रम गर्दै आएको छ । जसअनुसार सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्षको रुपमा मनाउन लागिएको संस्थाकी अध्यक्ष जोय ग्रेङगरले अनलाइनखबरलाई जानकारी दिइन। भूकम् ...


आजदेखि प्रिपेड मोबाइलमा पनि फोर-जी सुरू

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड ग्राहकलाई फोर-जी सेवा सुरू गर्दैछ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिन लागेको हो । गत पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वार्षिक उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो । टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर-जी ...


राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अत्याधुनिक बनाइने्

काठमाडौं, माघ २१ । गृह मन्त्रालयले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अत्याधुनिक बनाउने भएको छ। उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई अत्याधुनिक बनाउने तयारी भइरहेको जानकारी एका छन्। विपद जोखिम न्यूनिकरण राष्ट्रिय कार्यमञ्चको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा गएको भूकम्पको अनुभवलाई ध्यानमा राखेर सरकारले विपद व्यवस्थापनका लागि उचित संयन्त्रहरुको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि ...


मलेसिया जाने कामदारलाई आर्थिक भार पर्ने संस्था खारेज गर्न म्यानपावर व्यवसायीको माग

काठमाडौं, माघ २१ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बायोमेट्रिक, माइग्राम्स, ओएस्सी, आइएस्सीलगायतका संस्थाहरुलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरेको छ । ती संस्थाहरुका कारण कामदारलाई आर्थिक भार परेको भन्दै आउँदो फागुन ३० गतेसम्ममा मलेसिया सरकारसँग कुटनीतिक पहल गरेर समस्या समाधान ग ...


तीन महिनामा १ सय ८६ भारतीयलाई बैवाहिक अंगीकृत नागरिकता प्रदान

नेपालगन्ज, माघ २१ । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा १ सय ८६ जनालाई बैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । नेपाली नागरिकसँग बिवाह गरेकी भारतीय चेलीले बैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । पन्थका अनुसार कात्तिकदेखि प ...


उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरे परिणाम नराम्रो हुने अमेरिकी चेतावनी

काठमाडौं, माघ २१ । उत्तर कोरियाले कुनैपनि प्रकारको परमाणु हतियार प्रयोग गरेमा त्यसको परिणाम नराम्रो हुने चेतावनी अमेरिकाले दिएको छ । दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले हालसम्म गर्दै आएको परमाणु परीक्षण अवैध रहेको भन्दै तत्काल रोक्न उत्तर कोरियालाई सुझाव ...


निर्वाचन पर धकेल्ने गलत कार्यविरुद्ध जाइलाग्ने ओलीको चेतावनी

दमक, माघ २१ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर–१ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्दै उनले एमाले कुनैपनि हालतमा निर्व ...


कर्णाली विकासको ठोस योजना ल्याउन प्रमको निर्देशन

काठमाडौं, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। परम्परागत तबरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने, मानव विकास प्रक्रियासमेत प्रभावकारी रुपमा अगाडि बढ्न नसक्ने तथा राष्ट्रिय आवश्यकता पूरा नहुने भएकाले कार्ययोजना, लागतसहितको योजना ल्याउन निर्देशन दि ...


बढ्न थाल्यो चुनावको सरगर्मी, दल दर्ता तीव्र रुपमा

काठमाडौँ २१ माघ । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की स् जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख ...


सडक कालोपत्रे नहुँदा धुलोले स्थानीय आजित

धादिङ, माघ २१ । धादिङको नीलकण्ठ नगरपालिका क्षेत्रभित्रका सडक कालोपत्रे नहुँदा स्थानीय हैरान भएका छन् । कच्ची सडकमा गुड्ने यातायातका साधनले उडाउने धुलो र धुँवाका कारण स्थानीय हैरान भएका हुन् । धुलोकै कारण दम, रुघा, खोकी, छाला चिलाउनेजस्ता रोगसमेत देखा पर्न थालेको गुनासो स्थानीयको छ । नीलकण्ठ नगरपालिका क्षेत्रको साङ्कोष, मुरलीभञ्ज्याङ, सुनोला बजारका स्थानीय धुलोले बढी प्रभावित छन् । सडकको धुलो घरमा पसेर खाने कुरा, ओढ्ने र ओछउने समेत धुलाम्य हुने गर ...


कुलमानजीलाई प्रमुख बनाउँदा ठूलो संघर्ष गर्नुपर्‍योः प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोलखाको खिम्तीमा पुगेर बिहीबार २ सय २० केभीको खिम्ती ढल्केबर प्रसारण लाइनको उद्घाटन गर्दै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउँदा आफूले ठूलो संघर्ष गुर्नपरेको बताउनुभएको छ । ‘कुलमानजीलाई कार्यकारी निर्देशक बनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सही जिम्मा दिँदा ठूलो उपलब्धि हुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता दे ...


स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत, राज्य विप्लवको मुद्दा लगाउने तयारी

२० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सिराहा स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थ ...


खिम्ती-ढल्केबर प्रशारण लाइन सञ्चालनमा, प्राधिकरणको वार्षिक १ अर्ब बचत हुने

२० माघ, काठमाडौं । खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले बिहीबार दोलखाको खिम्तीमा एक समाहरोहका बीच प्रशारण लाइनको उद्घाटन गरेका हुन् । अब भारतबाट आयात भएको विद्युत् काठमाडौं भित्राउन सुरु भएको छ । यो प्रशारण लाइनले माघ १ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको थियो । झण्डै ११ वर्ष लगाएर यो आयोजना सम्पन्न भएको हो । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा ...


निर्वाचन मिति तत्काल घोषणा नहुने

काठमाडौं, २० माघ । सरकारले निर्वाचनको मिति तत्काल घोषणा नगर्ने भएको छ । आज अपरान्ह ४ बजे बस्ने मन्त्री परिषद्को बैठकले स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएपनि आजको मन्त्री परिषद्ले यसबारे कुनै निर्णय नगर्ने भएको हो । यद्यपी निर्वाचनको तयारीका लागि भने निर्वाचन आयोगलाई पत्रकार गर्ने निर्णय ...


मिनी आइपिओ स्वीकृतसँगै सगुनप्रति बिश्वभरको चासो

काठमाडौं, माघ २० । नेपालीले स्थापना गरेको सगुनले अमेरिकी सेयर बजारमा आफ्नो मिनी आइपिओ स्वीकृतसँगै निस्कासनको तयारी थालेको छ । सगुनमा विश्वभरबाट लगानीकर्ताहरुले कसरी लगानी गर्ने भनेर चासो देखाएका छन् । स्टार्ट अप चरणमा रहेको यस कम्पनीले थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्न लागेको हो । सन् २०१२ मा आएको अमेरिकी जब्स एक्टले स्टार्ट अप कम्पनीलाई थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्ने अबसर दिएसगै सर्वसाधारणले बिश्वभरीबाट लगानी अवसर पाउने भएका छन् । सगुन ...


दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

काठमाण्डौ, माघ २० । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् । प्रतीकात्मक तस्वीर भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत–नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल स ...


नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७५ पैसा र विक्रिदर २८ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३६ पैसा र विक्रिदर २९ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३४ पैसा र विक्रिदर २४ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुप ...


गाविस सचिव आन्दोलनमा उत्रिए, कामकाज ठप्प हुदा सेवाग्राही मार्कामा

काठमाडौं, माघ २० – भत्ता नपाएको भन्दै देशभरिका गाविस सचिवले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । गाविस सचिवको आन्दोलनका कारण सेवाग्राहीलाई भने सास्ती भएको हो । धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुगेका सेवाग्राहीलाई समस्या भएको हो । कतिपय जिल्लामा ...


तनहुँमा बस दुर्घटना १ जनाको ज्यान गयो

तनहुँ, माघ २० – पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा बिहीबार बिहान बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३२८८ नम्बरको बस व्यास नगरपालिका र जामुने गाविसको सिमानामा रहेको बोटानिक होटल नजिकै दुघर्टना भएको हो । दुर्घटनामा ज्य ...


ट्रयाक्टरको ठक्करबाट एक युवकको मृत्यु

कञ्चनपुर, माघ २० । ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा आज एक युवकको मृत्यु भएको छ । ढुंगा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका धर्मानन्द भट्टको मृत्यु भएको हो । ट्रयाक्टरको ठक्करबाट गम्भीर ...


प्रधानमन्त्री निर्वाचन घोषणाबारे तीव्र छलफलमा

काठमाडौं, २० माघ । निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पूचण्डले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरेका छन् । कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको बालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति र संविधान संशोधन विधेयकबारे परामर्श गरेका हुन् । आज अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानम ...


नेपाली विद्यार्थीलाई ‘ट्रम्प समर्थक’को धम्की आयो

१९ माघ, काठमाडौं । अमेरिकामा रहेका आप्रवासीहरुमा ट्रम्प ‘आतंक’ छ । राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनले दिएका कार्यकारी आदेशहरु आप्रवासीप्रति लक्षित छन् । पछिल्लो पटक मात्र उनले एन १ बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन्, जसले हजारौं भारतीयका साथै अमेरिकामा रहेका नेपालीहरु प्रभावित हुनेछन् । राष्ट्रपति ट्रम्पलाई लिएर आप्रवासीमा त्रास फैलिरहेका बेला अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई भने अनौठो सन्देश आएको छ । जोर्जिया राज्यको ...


जलेर एक बृद्धको ज्यान गयो

ताप्लेजुङ, माघ १९ । ताप्लेजुङमा एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक बृद्धको मृत्यु भएको छ । तेल्लोक-२ निवासी ७२ वर्षीय रामबहादुर लिम्बुको घरमा आगो ताप्दै चुह्लो नजिकै सुतेको बेलामा मंगलबार राति करीब साँढे दश बजे आगलागी हुँदा घरसँगै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मृतक लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइने प्रहरीले जनाएको छ ।  ...


छुरा प्रहार गरी सँगै बस्ने साथको हत्या

रुकुम, माघ १९ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । ६ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए । कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल प ...


राजदुत नियुक्तिका लागी संसदीय समितिले दियो निर्देशन

१८ माघ , काठमाडौँ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलकमा रिक्त राजदुत तत्कालि नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार संसद सचिवालयमा बसेको समितिको बैठकले परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतलाई तत्काल राजदुत नियुक्त गर्न निर्देशन दिएको हो । समितिको बैठकम ...


पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडकखन्ड अवरुद्ध

दमौली, माघ १८ । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडकखन्डमा पर्ने तनहुँको जामुने गाविस–३ रानाभाट बस्तीनजिकै मंगलबार बिहान सवारी–साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय संगम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी–साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग ...


थ्रेस होल्ड राख्ने बिषयमा दलहरुबिच सहमति

काठमाडौं, माघ १८ – चुनावमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न न्युनतम मत पाउनु पर्ने अर्थात थ्रेस होल्ड राख्न तीन ठूला दल सहमत भएका छन् । राजनीतिक दल सम्बन्धी विधेयकमाथि छलफल गर्दै संसदको राज्य व्यवस्था समितिको उपसमितिले ३ प्रतिशत थ्रेस होल्ड राख्ने निर्णय गर्न लागेको छ । यो निर्णयलाई औपचारिकता ...


बाबुलाई छुरा प्रहार गरी फरार युवक पक्राउ

सुनसरी, माघ १८ । सुनसरीको धरान–१५ पतन्जली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान–८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ ग ...


चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दै

काठमाडौं, माघ १८ । भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन् तर अब यो अवस्थाबाट मुक्ति पाइने भएको छ । चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ । भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ । उक्त ...


हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

पर्सा, १८ माघ । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । गाविसको वडा नं ९मा पर्ने चरभयौ सेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो । श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित द ...


डोटीको जोराइलबाट अवैध काठ र कागजात नियन्त्रणमा

डोटी, माघ १८ – डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वनबाट अवैध रुपमा काटिएको सल्लाका काठ तथा त्यससँग सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालय डोटीले नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न भएको आरोपमा दुई जना वन कर्मचारीलाई समेत सदरमुकाम झिकाइएको छ । वन रक्षक नरबहादुर साहु र अर्का एक कर्मचारीलाई ...


‘छक्का पन्जा’ले पुरा गर्‍यो दीपाको नयाँ गाडी चढ्ने सपना

१८ माघ, काठमाण्डौ । चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गरेको समाचार अब नयाँ रहेन । किनकी, भदौ २४ गतेपछि यदि नेपाली चलचित्र बजारमा कुनै चलचित्रको चर्चा भयो त, त्यो ‘छक्का पन्जा’को नै भयो । चलचित्रकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र हिट भयो भने एउटा नयाँ गाडी भएपनि चढ्छु भन्ने चाहना राखेकी थिइन् । अन्ततः चलचित्रले उनको यो चाहना पुरा गरिदियो । उनले सोमबार आफूले चढ्दै गरेको ‘सेन्ट्रो’ छाडेर & ...


दुई ट्रक एकआपसमा ठोक्किँदा तीनजना घाइते

चितवन, माघ १८ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६ ...


नवलपरासीमा सबै क्रसर उद्योग बन्द गर्न निर्देशन

नवलपरासी, माघ १८ । नदीजन्य पदार्थको स्रोत नखुलाएको भन्दै जिल्ला विकास समिति नवलपरासीले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लास्तरीय अनुगमन समन्वय समितिको निर्णयअनुसार जिविसले क्रसर उद्योगमा रहेका नदीजन्य पदार्थको स्रोत खुलाउन माघ १७ सम्मको म्याद दिएको थियो । सो समयभित्र व्यवसायीले स्रोत नखुलाएपछि आजदेखि पूर्ण रुपमा उद्योग बन्द गर्न निर्देशन दिइएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिए । व्यवसायीले भने सामग्रीको ना ...


तीनवटा बाख्रा चोरेर १६ हजारमा बिक्री, आरोपमा एकजना पक्राउ

म्याग्दी, माघ १७ – बाख्रा चोरेको आरोपमा सोमबार म्याग्दीमा एकजना पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका(१० काउलेगौंडाका ४५ वर्षका रत्ने भन्ने बिमल सार्कीलाई बेनपा-१० की मनकुमारी विकको खोरबाट बाख्रा चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विकको खोरबाट यही म ...


महानगरीय प्रहरी परिसर काठमाडौंले डेढ महिनापछि प्रमुख पायो

काठमाडौं, माघ १७ – महानगरीय प्रहरी परिसर काठमाडौंले डेढ महिनापछि प्रमुख पाएको छ । गएको पुस १ गते ३० वर्षे सेवा अवधि पूरा गरेर परिसरका प्रमुख विक्रमसिंह थापाले अवकाश पाएको डेढ मपहनापछि सोमबार परिसर प्रमुखको जिम्मेवारी एसएसपी छविलाल जोशीले सम्हाल्नुभएको हो । एसएसपी जोशीले जोशीले आफू मातहतका वृत्त, प्रभाग, चौकीहरुका प्रमुखलाई परिसर बोलाई सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन समेत दिनुभएको छ । ...


धनकुटामा गोली प्रहार गरी युवकको हत्या

धनकुटा, १७ माघ । धनकुटामा भरुवा बन्दुक प्रहार गरी एक युवकको हत्या भएको छ । धनकुटा महाभारत–९ मा भरुवा बन्दुक प्रहार गरी स्थानीय ३० बर्षीय सविन राईको हत्या भएको हो । फरार बन्दुक प्रहार गर्ने दीपक राईको खोजी भइरहेको प्रहरीले जनाएको छ । ...


निर्माण कार्यमा श्रमदान गर्दै वृद्ध

गोरखा, माघ १७ । गोरखाको सिम्जुङमा खेत सिँचाइ गर्न, कुलो निर्माण गर्न गिटी कुटेर श्रमदान गर्दै वृद्ध । गाउँका युवा बैदेशिक रोजगारीमा गएपछि घरलगायत संरचना निर्माणमा कामदारको अभाव भएको छ । तस्बिर:रासस ...


संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ, १७ माघ । पर्यटन क्षेत्रमा जनशक्तिको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरले मानव संसाधन विकाससम्बन्धी तालिम आयोजना गरेको छ । पाटाले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा आजदेखि काठमाडौँमा ‘स्मार्ट प्राक्टिसेस इन रेस्टुरेन्ट विजनेस’ शीर्षकमा दुईदिने प्रशिक्षण आयोजना गरेको हो । तालिममा विशेष प्रशिक्षणका रुपमा हङ्कङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा मुरे ...


बैतडीमा स्थानीय निर्वाचनका लागि १२ दल दर्ता

बैतडी, माघ १७ । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका छन्। निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बैतडीमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर् ...


शून्य समयमा स्थानीय समस्याबारे ध्यानाकर्षण

काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद्को आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ–आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराए । उहाँहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी नियन्त्रण, भूकम्पपीडितलाई गृह निर्माणको रकम तत्काल उपलब्ध गराउनुपर्ने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए । एक मिनेटभित्रमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुपर्ने नियम पालना गर ...


दूरसञ्चार कम्पनी बेच्नुअघि सरकारी स्वीकृति अनिवार्य गरिँदै

१७ माघ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेलिकमसम्बद्ध सेवा प्रदायक कम्पनीको खरिद बिक्री गर्दा सरकारको अनिवार्य स्वीकृति लिनुपर्ने ब्यवस्था गर्न निर्देशन दिएको छ । यस्ता सेवा प्रदायकको सेयर तथा कम्पनी खरिद बिक्री प्रक्रियामा कर छलीको विवाद आएपछि सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएरमात्रै प्रक्रिया अघि बढाउन सक्ने प्रावधान राख्ने निर्णय गरेको छ । त्यसैअनुसार कानुन बनाएर लागू गर्न सञ्चार मन्त्रालयले प्राधिकरणला ...


बस पल्टँदा १० घाइते

१७ माघ, चितवन। पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना५ख ११२१ नंको बस बिहान ९ः३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी ...


केपी ओलीका स्वकीय सचिवलाई प्रदेश संयोजकको जिम्मेवारी

१७ माघ,काठमाडौं । नेकपा एमालेले प्रादेशिक संरचनामा सबै पार्टी कमिटीहरुलाई पुनगर्ठन गर्ने क्रममा १४ ओटा अञ्चल सम्पर्क कमिटीहरु विघटन गरेको छ । केन्द्रीय सम्पर्क विभागका इन्चार्ज छबिलाल विश्वकर्माका अनुसार अब उपत्यकाका तीन जिल्ला बाहेक ७२ जिल्ला सम्पर्क मञ्च समेटेर ७ ओटा प्रादेशिक सम्पर्क कमिटी गठन गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले प्रदेश नम्बर ४ बाहेक अन्य ६ ओटा प्रदेशक सम्पर्क कमिटीलाई पूर्णता दिएको हो । प्रदेश नम्बर ४ को ...


प्रवासी युवा मञ्चद्धारा चेपाङ विद्यार्थीहरुलाई झोला र स्टेसनरी सामाग्री वितरण

१७ माघ, चितवन । प्रवासी युवा मञ्च चण्डिभञ्जाङ-दोहा कतारले चण्डिभञ्ज्याङका ५३ जना चेपाङ विद्यार्थीहरुलाई झोला र स्टेसनरी सामाग्री वितरण गरेको छ । मञ्चले चण्डिभञ्ज्याङको कालिखोलामा एक कार्यक्रम गरी ल्यामधार प्रावि र ठाडो खोला प्राविका विद्यार्थीलाई उक्त सामाग्री वितरण गरेको हो । वैदेशिक रोजगारीको सिरसिलामा कतारमा रहेका चण्डिभञ्ज्याङका युवाहरु मिलेर स्थापना गरेको मञ्चले आफ्नो गाविसका गरिब विद्यार्थीहरुलाई थोरै भएपनि राहत पुर्‍याउने उद्देश्यले झो ...


औषधिको अभावमा स्वास्थ्य संस्थाहरू सुनसान

गौशाला, १७ माघ । महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । ...


सत्य निरुपण र बेपत्ता आयोगको म्याद थप्ने सरकारको गृहकार्य

१७ माघ, काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले १० वर्षे सशस्त्र द्वन्द्व व्यवस्थापनका लागि गठन गरिएका वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने गृहकार्य थालेको छ । मन्त्रालयले दुवै आयोगको म्याद थपको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गर्न आन्तरिक तयारी गरेको मन्त्रालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको अवस्थामा जे आवश्यकता हो, त्यसका लागि काम गरिरहेका छौँ ।’ यस्तै ...


भारतीय अन्डा अवैध रुपमा भित्रिदै, बर्ड फ्लुको सन्त्रास

वीरगञ्ज, माघ १७ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ । बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् । बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि रा ...


५० किलो चरेस बरामद, एकजना पक्राउ

१६ माघ, कैलाली । धनगढी उपमहानगरपालिका-१८ फूलबारीबाट ५० किलोभन्दा बढी चरेस बरामद भएको छ । पाँच ओटा बोरामा प्याक गरेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले आइतबार दिउँसो चरेस बरामद गरेको हो । क्षेत्रिय अनुसन्धान समूह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरबाट चरेस बरामद भएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विजय भट्टले जानकारी दिए । प्रहरीले अनुसन्धानका लागि सिंहलाई हिरासतमा लिएको छ ...


नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ता सम्मानित

काठमाडौँ, १६ माघ । नेपाल पंक्षी संरक्षण सङ्घले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ । सङ्घको ३४ अौँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ प्रजातिका चरा ‘रुफस टेल्ड रक थ्रस’ पत्ता लगाउने नरेश कुसी, ‘ग्रे साइडेड थ ...


निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाउने

काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई ...


अव कसैले सहिद बन्नु नपर्ने गरी लोकतन्त्र संस्थागत गरौँः राष्ट्रपति भण्डारी

काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताउनुभएको छ । सहिद दिवसका अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आज गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।” राष्ट्रपति भण्डारीले “अब कसैले ...


माइतीघरमा फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसर पारेर माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । नेपाल देशभक्त युवा समाजले १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा बनाएको छ र झण्डाको वजन करिव ८ किलो छ । राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् । ...


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरे कडा आन्दोलन

काठमाडौं, माघ १६ । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न सरकारले परिपत्र गरेकोमा आपत्ति जनाएको छ । महासंघले सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। सरकारले संवैधानिक व्यवस्था अनुसार विभिन ...


मधेसी मोर्चालाई बालुवाटार बोलाइयो, चुनाव घोषणा गर्ने तयारी

१६ माघ, काठमाडौं । स्थानीय चुनावको मिति घोषणालाई लिएर दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा फेरि बोलाएका छन् । अघिल्लो मंगलबार पनि बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो । सरकारको प्रमुखघटक नेपाली कांग्रेसले छिटो स्थानीय चुनाव घोषणा गर्न प्रधानमन्त्री प्रचण्डमाथि दबाव दिइरहेको छ । संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख विपक्षी एमालेले पनि चुनाव घोषणाको माग गर्दै आएको छ । तर, सरकारलाई समर ...


सामुदायिक वन धमाधम फडानी हुन थालेपछि राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

डोटी, माघ १६ – डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वन धमाधम फडानी हुन थालेपछि राष्ट्रिय जनमोर्चा डोटीले आफनो ध्यानाकर्षण भएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जनमोर्चाले पत्रकारले सार्वजनिक गरेका समाचारबाट सत्यतथ्य बाहिर आएको भन्दै वन फडानीमा संलग्नलाई कारबाहीको माग गरेको छ । ‘प ...


मधेसकेन्द्रित दलहरुका मुद्दा वार्ताकै माध्यमबाट समाधान गरिनेः देउवा

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको म्याद बढाउने चाहना नभएको बताएका छन् । एक वर्षभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले मधेसकेन्द्रित दलहरुका मुद्दा पनि वार्ताकै माध्यमबाट समाधान गरिने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराईबीच एकता बढाउनुपर्नेमा जोड दिए । मधेसी दलहरुले आन्दोलनको धम्की दिएको भन्दै उनले उनीहरुको माग वार्ताबाट सम्बोधन हुने पनि बताए । ...


नयाँ शक्ति पार्टी सहजकर्ताको भूमिका निर्वाह गर्छः नेता देवकोटा

१६ माघ, म्याग्दी । नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ । आज म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताउनुभएको छ । प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन ...


डोल्पाका चार बालबालिका बिचल्लीमा

जाजरकोट, माघ १६ । जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकल ...


संविधान कार्यान्वयन अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता होः गृहमन्त्री निधि

पर्वत, १६ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाउनुभएको छ । पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आज यहाँ आयोजित रजतजयन्ती समारोहमा उहाँले भन्नुभयो “एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।”  उपप्रधानमन्त्री निधीले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमा ...


​जाजरकोटका एक जना पाँच दिनदेखि त्रिशुलीमा बेपत्ता

जाजरकोट, माघ १६ – जाजरकोट डाँडागाउँ–३ चिउरीका १७ वर्षे नरबहादुर चनारा ५ दिनदेखि त्रिशुली नदीमा बेपत्ता भएको परिवारले जनाएको छ । मजदुरीको शिलशिलामा चितवनको फिस्लिङ पुगेका नरबहादुर माघ १२ गते नुहाउन त्रिशुलीमा गएका थिए । नदीमा नुहाउदै गर्दा नरबहादुर डुबेर बेपत्ता भएकोले खोजी कार्य भइरहेको ...


निर्वाचन आयुक्तको सरकारसँग आग्रहः चाँडो चुनावको मिति घोषणा गर्नुस्

काठमाडौं, माघ १६ – प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चाँडो स्थानीय तहको चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवर्तामा प्रमुख आयुक्त यादवले वर्खाअघि चुनाव गर्न छिटो मिति तय गर्न आग्रह गर्नुभएको हो । जवाफमा प्रधानमन्त्री दाहालले वैशाख अन्तिमसम्म जसरी पनि चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दि ...


एमाले संघीयता विरोधीः गृहमन्त्री निधी

१६ माघ, पर्वत । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । एमालेको आवरण राष्ट्रवादका कारण अस्थीर राजनीतिले बढावा पाएको उनले टिप्पणी गरे । आइतबार पर्वतमा आयोजित एक कार्यक्रममा मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको मन्त्री निधिको आरो ...


प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदय मोहन श्रेष्ठ निर्वाचित

१६ माघ, काठमाडौं । प्राइम कमर्सियल बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैंठकले उदय मोहन श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ । श्रेष्ठ बैंकमा विगत ९ वर्षदेखि सञ्चालकको रुपमा रहदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकले उनको राजिनामा स्विकृत गरेको छ । सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियूक्ति गरेको छ । ...


स्कुलबाट घर फर्कदै गरेकी बालिका बलात्कृत

१६ माघ, उदयपुर । बाह्र वर्षीय बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ। स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई स्कुलबाट घर फर्कदै गरेको बेला बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई श ...


एप्पलका सीईओ र फेसबुकका संस्थापक जुकरवर्गले गरे ट्रम्पको आप्रवासन नीतिको आलोचना

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको कठोर आप्रवासन नीतिको आलोचना गर्नेहरुको समूहमा एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि थपिएका छन् । आप्रवासन बिना आफ्नो कम्पनीको अस्तित्व नरहने भन्दै उनले ट्रम्पको नीतिलाई समर्थन नगर्ने बताए । आफ्ना कर्मचारीहरुलाई पठाएको साझा इमे ...


अझै केहि दिन चिसो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाको भनाई

१६ माघ, काठमाडौँ । पानी परेर जमिन चिसो भएकाले एकदुई दिन चिसो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंको न्युनतम तापक्रम आज २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार पानी पर्नुअघि काठमाडौंको न्युनतम तापक्रम बढेर ११ डिग्री सेल्सियससम्म पुगेको थियो । तर जमिन चिसिएकाले अबको एक द ...


अन्तर्राष्ट्रिय मान्यता मिच्यो भारतले दशगजामा बनायो पक्की बाटो

काठमाडौं, माघ १६ – अन्तर्राष्ट्रिय मान्यता र सम्झौताविपरित भारतले महोत्तरीको मटिहानीसँग जोडिएको भारतीय शहर मधवापुरमा दशजगामै पक्की सडक र नाला निर्माण गरेको छ । दशगजाबाट दुवैतिर ३० मिटरसम्म कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतले मटिहानी र मधवापुरको बिचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो । भारतीय पक्षले मटिहानी गाविस–८ म ...


शहीद स्मारक पुगेर प्रधानमन्त्रीद्वारा श्रद्धान्जली अर्पण

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसरमा प्रधामन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाले अयोजना गरेको श्रद्धान्जली सभामा सभामुख ओनसरी घर्ती मगरसँगै मन्त्रीहरु, सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतले शहीदप्रति श्रद्धान्जली अर्पण गरेका थिए । शहीद सप्ताहको सातौं दिन देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । देश र ...


युएईमा जनजाति पत्रकार महासंघ (फोनिज) को तदर्थ समिती गठन

माघ १६ । युएईमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा गठन गरिएको छ । शुक्रबार दुवईमा भएको भेलाले नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपसंयोजक तिलक साम्पाङ राई, सचिव धनेन्द्र मास्के राना, कोषाध्यक्ष सोनिया इ ...


ट्रम्प र पुटिनबिचको पहिलो टेलिफोन वार्ता

माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका नेतासँग टेलिफोन वार्ता गरिरहनु भएको छ । यही क्रममा ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ । ट्रम्प र पुटिनबिच अन्तर्राष्ट्रिय आतंकवाद विरुद्ध एक भएर लड्ने विषयमा कुराकानी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प र पुटिनबिचको टेलिफोन वार्ता मूख्य गरी बिद्रोही संगठन इस्लामिक स्टेट आइएससहितका अरु बिद्रोही संगठन विरुद्धको कारवाही अभियानमा सहकार्य गर्ने ...


शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, माघ १६ । शहीद दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीदको त्याग र बलिदानको परिणाम हुन् भनेकी छिन् । उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सके मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरेकी छिन् । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर् ...


आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, माघ १६ । आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मन ...


गैंडाको आक्रमणबाट सौराहामा महिलाको मृत्यु

चितवन, माघ १५ । चितवनको रत्ननगरस्थित सौराहामा गैंडाको आक्रमणबाट शनिबार एक महिलाको मृत्यु भएको छ । फाइल फोटो रत्ननगर नगरपालिका–१९ स्थित जनकौली वनमा घाँस काट्न जानेक्रममा गैंडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार दिउँसो ...


हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

काठमाडौँ, १५ माघ । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आजदेखि सञ्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै ...


आहा रारा गोल्ड कपको उपाधी मनाङले उचाल्यो

पोखरा, माघ १५ । पोखरामा सम्पन्न १५औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फेरि पनि मनाङ–मर्स्याङ्दी क्लबले नै जितेको छ । साविक विजेतासमेत रहेको मनाङले लगातार दोस्रोपटक उपाधि जित्नेक्रममा शनिबार भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्‍यो । खेलको ७०औं मिनेटमा कमल श्रेष्ठले गरेको एकमात्र गोल नै मनाङलाई जिताउन पर्याप्त भयो । योसँगै मनाङले १२औं संस्करणमा फाइनलमा सहारासँग भोगेको १–० को हारकोसमेत बदला लिएको छ ...


माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्ने पक्षमा छौँः अध्यक्ष ओली

चितवन, माघ १५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताउनुभयो । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय स ...


संविधान कार्यान्वयन सबैको साझा सवाल बन्नुपर्छः उपाध्यक्ष ज्ञवाली

१५ माघ, नेपालगन्ज । नेकपा एमाले का उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले छिटो स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने — “संविधान संशोधन प्रक्रियालाई रोकेर भए पनि स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।”  उपाध्यक्ष ज्ञवालीले सबै दलसँग सहमति गरेर निर्वाचन गर्नुपर्नेमा जोड दिँदै एकाध दलले निर्वाचन मान्दैनन् भने पनि सरकार त्यसबाट पछि हटनु हुद ...


अष्ट्रेलियन ओपनः उपाधिका लागि दिदी बहिनी भिड्ने

१५ माघ, काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधिका लागि अमेरिकी दिदी बहिनी सेरेना र भेनस विलियम्स भिड्ने भएकी छन् । ३५ वर्षीया सेरेना कीर्तिमानी २३ औं ग्राण्डस्लामको खोजीमा छिन् भने दिदी भेनस आठौं र २००८ को विम्बल्डनपछि पहिलो उपाधि जित्ने प्रयासमा छिन् । अमेरिकी दिदीबहिनी एक आपसमा भिड्न लागेको यो पहिलो भने होइन । उनीहरुबीच ग्राण्डस्लामको आठ फाइनल भिडन्त भएको छ, जसमध्ये ६ मा सेरेनाले जितेकी छन् । समग्र प्रतियोगितामा भने उनीरुको यो २८ औ ...


प्रमुख नदीबाट उन्नाइस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १५ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थि ...


चितवनमा दुर्लभ एकसिंगे गैंडाको चोरी–सिकार नभएको एक हजार दिन पूरा

चितवन, माघ १५ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडाको तस्करबाट चोरी–सिकार नभएको एक हजार दिन पुगेको छ । २०७१ साल वैशाख २० गतेदेखि ०७३ माघ १४ गतेसम्म १ हजार दिन शून्य चोरी–सिकार अवधि रहेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । शून्य चोरी–सिकार वर्षको सुनौलो एक हजार दिनको अवसर पारेर वनमन्त्री शंकर भण्डारीले सौरहामा एक हजार दिन अंकित बोर्डको अनावरण गरेका छन् । पछिल्लो गैंड ...


टेलिकमको २० हजार थान रिचार्ज कार्ड गायब, खरिद बिक्री नगर्न अपील

१५ माघ, काठमाडौं । नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो । यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रह ...


राष्ट्रवादी र राष्ट्रघातीको आरोप प्रत्यारोप गर्ने समय होइनः नेता सिहं

काठमाडौं, माघ १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि एकजुट भएका दलहरुबीचको झगडाले उपलब्धीहरु गुम्न सक्ने भएकाले सावधानी रहन आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेतान सिंहले राजनीतिक शक्तिहरु झगडा गरेर बसेमा अहिलेसम्म प्राप्त गरेका उपलब्धी गुम्ने चेतावनी दिए । नेता सिंहले राष्ट्रवादी र राष्ट्रघातीको आरोपप्रत्यारोपमा भाषण गरेर समय खर्चिनु भन्दा संविधानलाई सर्वस्वीका ...


बिरुवाबारे नयाँ अध्ययन, खाद्यान्नको विकासमा सहयोग

माघ १५ । घरेलु बनाइएका खाद्यन्न तथा अन्य बालीका बिरुवा उनीहरुका जंगली प्रजाति भन्दा ठूलो आकारको हुने एक अध्ययनले देखाएको छ । स्पेनका अनुसन्धानकर्ताले कुनै पनि खाद्यान्न बाली तथा बिरुवाको आकार उनीहरुको जंगली प्रजाति भन्दा फरक किन हुन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । यसको प्रमुख कारण बायोमासमा हुने वृद्धि हुन सक्नेमा अनुसन्धानकर्ता सहमत भएका छन् । बायोमासमा हुने वृद्धिले उत्पादन बढी हुने र त्यसले आकार पनि जंगली प्रजातिको भन्दा ठूलो हुने अनुस ...


एचएच बजाजको नयाँ शोरुम महेन्द्रनगरमा

१५ माघ, काठमाडौं । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ शोरुम केएम इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी-२ मा संचालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । ‘नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका ...


न्यायसम्बन्धी सम्मेलन सुरु

काठमाडौं माघ १५, । अपराध पीडितलाई प्रभावकारी रूपमा न्याय दिलाउनका लागि फौजदारी मुद्दालाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकिलको संयुक्त सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन आफूले सहयोग गर्ने बताए । केही व ...


संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः एमाले अध्यक्ष ओली

१५ माघ, चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै उहाँ ...


पर्सीसम्ममा विधेयक पारित भएर निर्वाचन मिति घोषणा हुन्छः सभामुख घर्ती

१५ माघ, विराटनगर । सभामुख ओनसरी घर्तीमगरले पर्सी सोमबारसम्ममा निर्वाचनसम्बन्धी सबै बिधेयक पारित भएर निर्वाचनको मिति घोषणा हुने बताएकी छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख मगरले विधेयक पास भएलगत्तै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताइन् । ‘अहिले जे आशंकाहरु भइरहेको छ त्यो स्वाभाविक हो तर धैर्य गर्नुस् सोमबारपछि स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ’, उनले भनिन्, ‘मधेसी मोर्चाको ...


यौन उत्तेजना बढाउने विज्ञापन छाप्नेलाई काउन्सिलले कार्वाही गर्ने

१५ माघ, काठमाडौं । यौन उत्तेजनासँग सम्बन्धित विज्ञापन छाप्ने सञ्चार माध्यमलाई अब प्रेस काउन्सिलले कार्वाही गर्ने भएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले यसबारे निर्देशिका तयार भइरहेको बताए । जनतामा अनावश्यक भ्रम सिर्जना गर्नेखालका विज्ञापन कुनै पनि सञ्चार माध्यमले प्रकाशन वा प्रसारण गर्न नहुने कार्कीले बताए । अहिले नेपालबाट प्रकाशित पत्रपत्रिकाले यौन शक्तिबर्द्धक औषधि, यौनशक्ति बर्द्धक तेल, तालिमपछि यति हजार तलब ग्यारेन्टी, हाड जोर्नी, न ...


निर्वाचन घोषणा भए संशोधनमा छलफल गर्न सकिन्छः नेम्वाङ

१५ माघ, विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् । निर्वाचनको मिति घोषणा गरे संविधान संशोधनका विषयमा छलफल गरेर अघि बढ्न सकिने भन्दै नेम्वाङले सरकारलाई छिटो निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका छन् । शनिबार विराटनगरमा संचारकर्मीसँगको भेटमा नेम्वाङले निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए । संसदबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित भए पनि ...


चुनावको मिति तोक्न सभामुखको आग्रह

१५ माघ, विराटनगर । सभामुख ओनसरी घर्तीमगरले निर्वाचनसम्बन्धी बाँकी चार वटा विधेयक एकसाताभित्रै पारित हुने बताएकी छन् । साथै उनले निर्वाचनको मिति तोक्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेकी छन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै सभामुख घर्तीमगरले निर्वाचनका लागि अबको केही दिनपछि कानुनी अड्चन नरहने दाबी गरिन् । उनले निर्वाचनको मिति घोषणा गर्न दलहरुबीच सहमतिको खाँचो भएकोमा जोड दिइन् । उनले सहमतिका आधारमा निर्वाचनको मिति तोक्नु पर्न ...


भारतीय गणतन्त्र दिवसमा खुसी साटासाट, सर्वसाधारणलाई मिठाइ वितरण

बुटवल, माघ १५ । मित्र राष्ट्र भारतको ६८औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल-भारत सीमा क्षेत्र बेलहियामा नेपाल र भारतका नागरिकले खुसी साटासाट गरेका छन् । उक्त कार्यक्रममा दुवै देशका नागरिक, सांसद, उद्योग वाणिज्य सङ्घका नेता तथा पत्रकारले खुसी साटासाट गरेका हुन् । नेपाल-भारत मैत्री सङ्घ बेलहिया उपशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालको व्यवस्थापिका-संसद्का सांसद इस्तियाक अहमद खानले मित्रराष्ट्र भारतको गणतन्त्र दिवसले अवसरमा दुबै मुलुकका सीम ...


राष्ट्रपतिद्धारा सोनाम ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौं, माघ १५ । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्व आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । यस वर्ष बौद्ध स्तुपको ...


सीपयुक्त जनशक्तिको अभावमा धादिङमा पुनर्निर्माणको काम प्रभावित

धादिङ, माघ १५ । धादिङका भूकम्प पीडितले पहिलो किस्ता बापतको रकम लिएर घर बनाउन थाले पनि गाउँमा काम गर्ने जनशक्ति अभाव हुँदा समस्या भएको छ । अधिकांश युवा रोजगारीका लागि विदेश गएको तथा गाउँमै भएका पनि आयआर्जन र ज्यालामा काम गर्न गाउँभन्दा शहर बजारमा जान थालेपछि यस्तो समस्या भएको ग्रामीण भेकका स्थानीयले गुनासो गरेका छन् । ग्रामिण भेकमा बसोवास गर्नेहरु दिनभरी बजारमै ज्याला गर्ने तथा उनीहरुसँग घर बनाउने सीपसमेत नहुँदा समस्या निम्तिएको स्थानीय बताउँछन् । ...


पुनर्संरचनाप्रतिको असन्तुष्टिले नुवाकोट जिल्ला बन्द

नुवाकोट माघ १४ । स्थानीय तह पुनर्संरचना आयोगले गाउँपालिका र नगरपालिका फेरबदल गरेको विषयलाई लिएर जिल्ला बन्द भएको छ । बेलकोटगढी नगरपालिका माग गर्दै जिलिङ, बेलकोट, रातोमाटे, दुई पिपल लगायतका गाविसका स्थानीयवासीले गल्छी-त्रिशूली सडक खण्डको जिलिङको कासीटार, दुई पिपलको कोल्पुटार, मदानपुरको बाराही र बेलको ...


आकस्मिक कोष विधेयक सर्वसम्मतरुपमा पारित

काठमाडौं, माघ १४ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकले संघीय आकस्मिक कोष विधेयक, २०७३ लाई सर्वसम्मतरुपमा पारित गरेको छ । यसैगरी, बोनससम्बन्धी विधेयक पनि पारित भएको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संसदको बैठकमा पेस गरेको प्रस्तावका केही सैद्धान्तिक विषयमा उठेका जिज्ञासाको जवाफ दिएपछि पारित गरिएको हो । त्यसक्रममा अर्थमन्त्री महराले विधेयकमाथि नसमेटिएका कतिपय विषयवस्तु नियममार्फत् सम्बोधन हुने भन्दै सबै राजनीतिक दलले विधेयकको ...


आठ किलोको राष्ट्रिय झण्डा, १० मिटर लामो र साढे ७ मिटर चौडा

काठमाडौं, माघ १४ – नेपाली देशभक्त युवा समाजले झण्डै आठ किलोको नेपालको झण्डा सार्वजनिक गरेको छ । समाजका अनुसार यो अहिलेसम्मकै ठूलो नेपालको झण्डा हो । रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा शुक्रबार झण्डा सार्वजनिक गरिएको हो । समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, रिपोर्टर्स क्लबका सभापति ऋषि धमला, समाजका उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, राधिका सापकोटा लगायतले १० मिटर लामो र साढे ७ मिटर चौडाई भएको नेपालको रा ...


निर्वाचन आयोगमा तीनजना आयुक्तहरु नियुक्तिको सिफारिस

काठमाडौं, माघ १४ । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा आयुक्तहरु नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले निर्वाचन आयोगमा तीनजना आयुक्तहरु नियुक्तिको सिफारिस गरेको हो । सिफारिस हुनेमा झापाका नरेन्द्र दाहाल, स्याङ्जाका ईश्वरी पौडेल र रुकुमका सुधीरकुमार शाह छन् । संसदीय सुनुवाइपछि निर्वाचन आयोगमा आयुक्तहरुको औपचारिक नियुक्ति हुनेछ । यो नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ । ...


धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमै अवतरण

काठमाडौँ, माघ ।१४  कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ । राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छन्। मौसम ...


मौसमको खराबीले आकाशमा जहाजको जाम

काठमाडौं, माघ १४ – मौसममा खराबी आएपछि काठमाडौं विमानस्थलमा अवतरण गर्न लागेका जहाजलाई समस्या भएको छ । बिहान पौने ११ बजेसम्म जहाज अवतरण हुन नसकेको र अहिले पालैसँग अवतरण हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विभानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान दोहाबाट आएको हिमालयन एयरलाइन्सको जहाज एक घण्टासम्म आकाशमा होल्ड भएको थियो । अहिले मौसम केही सफा भएकाले जहाज धमाधम अवतरण हुने क्रममा छन् । पालैसँग अवतरण गर्नुुपर्ने भएकाले १० म ...


प्यूठानसहित चार जिल्लामा सवारी दुर्घटना, ६ को मृत्यु, ३१ जना घाइते

काठमाडौं माघ १४ । स्थानीय सडक खन्न गएको जेसीबी डोजर पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बिहीबार बेलुका ९ बजे ना १ ख ३३१९ नम्बरको जेसीबी दुर्घटना हुँदा दाङबाङ­६ का २० वर्षीय शेषकान्त आचार्य, १२ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगर र दाङबाङ­८ का १७ वर्षीय जेसीबी सहचालक दिपक गाहामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । गम्भीर घाइते ६ जनालाई बिहीबार राती नै उपचारको लागि भैरहवा मेडिक ...


स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा राजनीतिक सहमति खोजिने

१४ माघ, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे राजनीतिक तहमै सहमति खोजिने भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकमा आयोगको प्रतिवेदनबारे छलफल भएको छ । तर, राजनीतिक तहमा छलफल आवश्यक रहेको भन्दै बैठकले स्वीकार गरेन । प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । ...


कालीकोटमा भारी हिमपात, जनजीवन प्रभावित

कालीकोट, माघ १४ । कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् । बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको ...


जिप दुर्घटनामा एकको मृत्यु, १७ घाइते

नवलपरासी, १४ माघ । तीर्थालु बोकेको जिप शुक्रबार नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम ...


राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै आयोगको प्रतिवेदन अघि बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, माघ १४ । जेठभित्र स्थानीय निकायको निर्वाचनलाई असम्भव बनाउँदै सरकारले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने मन्त्रिपरिदले निर्णय गरेको छ। आवश्यक परिमार्जन र छलफल गरेर मात्र प्रतिवेदनलाई अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री राम कार्कीले बताए।आयोग प्रतिवेदनमा मधेसी मोर्चाको चर्को विरोध एवं सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसमेत असन ...


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक

१४ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक गरिएको छ । आज, १४ माघमा काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा ओली प्रधानमन्त्री छँदा गरेका सम्बोधनहरुको संगालो छ । यसको सम्पादन ओली प्रधानमन्त्री पदमा रहँदा उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल र शार्दुल भट्टराईले गरेका हुन् । पुस्तकमाथि लेखक तथा विश्लेषकहरु वि ...


घर बसीबसी इन्टरनेटको सदुपयोग यसरी गर्नुस

सूचना प्रविधिको विकाससँगै घर-घरमा इन्टरनेटको पहुँच पुग्न थालेको छ । यद्यपि यसको सही सदुपयोग भएको छ कि छैन भन्ने चाहिँ बहसको विषय हो । नेपालमा धेरै मानिसहरु इन्टरनेटमा फेसबुक र यूट्युव हेर्नमै सीमित छन् । जबकि इन्टरनेटमा हामीलाई काम लाग्ने अनगिन्ति चिजहरु पाइन्छन् । यहाँ हामी तपाईंलाई घरमा बसी-बसी इन्टरनेटको माध्यमबाट सिक्न सकिने कुराहरुको बारेमा अवगत गराउँदैछौ । डान्सअहिलेको जमानामा डान्सको ठूलो क्रेज छ । डान्स सिक्नका लागि धेरै ट्रेनिङ सेन्टरहरु ...


विद्युतभार कटौतीमुक्त घोषणा गरिएको पर्वतमा प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि !

१४ माघ, पर्वत । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो ।पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र ...


सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाडौं, १४ माघ । रुपन्देही र सुर्खेतमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना नै घाइते भएका छन् । रुपन्देहीको धकधई–६ मा शुक्रबार बिहान ३ जना सवार लु ६ प ३९०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडकमा पल्टिंदा चालक राम किसान कुर्मीको मृत्यु भएको हो । उनको उपचाका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । उता सुर्खेतको गढ ...


आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं, माघ १४ – काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा भैरहेको छ भने दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । पूर्वमा पनि आज पानी पर्नेछ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविद विभूती प ...


संवैधानिक परिषदको बैठक बस्दै

१४ माघ, काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुक्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेका लागि परिषदको बैठक बोलाएका छन् । निर्वाचन आयोगका आयुक्तहरु नियुक्तिको विषय बैठकको प्रमुख एजेण्डा छ । संविधानमा निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ५ जना आयुक्तहरु रहने उल्लेख छ । तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मामात् ...


एक्साभेटर पल्टिदा तीन जनाको ज्यान गयो

१४ माघ, प्युठान । प्युठानमा एक्साभेटर पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् । दुर्घटनामा सोहि स्थानका २० वर्षिय शेषकान्त आचार्य, १२ वर्षका गेहेन्द्रबहादुर गाह र १७ वर्षका एक्साभेटरका सहयोगी दिपक गाहको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्युठानको दाङ्गवाङ्ग ६ कोलवोटमा अर्घाखाँची जोड्ने सडकको मर्मत गरिरहेको एक्साभेटर पल्टिएको प्रहरीले जनाएको छ । ना १ क ३३१९ नम्बरको एक्साभेटर पल्टिएर घाईते भएका ६ जनाको भ ...


अस्पतालमा डिजेल प्रयोग गरेर शल्यक्रिया

जुम्ला, माघ १३ । विद्युत अपुग भएका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डिजेल प्रयोग गरेर शल्यक्रिया गर्नुपरेको छ । जुम्लाको विद्युतले शल्यक्रिया जस्तो संवेदनशील कामका लागि भ्याउन नसक्ने भएकाले सबै शल्यक्रियाको समयमा डिजेल प्रयोग गर्नु परेको प्रतिष्ठानका हाडजोर्नी विशेषज ...


संशोधन प्रस्ताव अघि सारेर निर्वाचन विथोल्ने षड्यन्त्र भइरहेको छः सचिव भट्टराई

काठमाडौं, माघ १३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको आरोप पनि लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठ ...


सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा बिहीबारको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ ल ...


दोस्रो किस्ता अनुदानका लागि १२ अर्ब निकासा

१३ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि झण्डै १२ अर्ब निकासा गरेको छ । ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिइएको प्राधिकरणले बताएको छ । यो रकम संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यन्वयन इकाई र भूकम्पीय आवास पुननिर्माण आयोजनालाई बिहिवार अख्तियारी दिइएको प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले बताए । यो निर् ...


४४ वटा पासपोर्टसहित एक चिनियाँ नागरिक विमानस्थलमा पक्राउ

काठमाडौं, माघ १३ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना चिनियाँ नागरिक ४४ वटा चिनियाँ पासपोर्टसहित पक्राउ परेका छन् । बुधबार राति हङकङ जान लागेका ओइबिन ही विमानस्थल चेकिङमा पक्राउ परेका हुन् । उनी ड्रागन एयरको विमानबाट हङकङ जान लागेका थिए । उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको ...


राष्ट्रिय स्वार्थमा केन्द्रित भई समाधान खोजौँः अध्यक्ष यादव

काठमाडौँ, १३ माघ । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखी समस्याको समाधान खोजिनुपर्ने बताएका छन् । निषेधको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर द्वन्द्व समाधान गर्नेगरी समाधानको बाटो खोजिनुपर्ने खाँचो औँल्याए । रिपोर्टर्स क्लबको बिहीबार काठमाडौँ आयोजित साक्षात्कारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले संसद्मा दर्ता भएको संशोधन विधेयक अपूर्ण रहेको भन्दै आवश्यक ...


भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला

काठमाडौं, माघ १३ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको इन्फोटेक मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले उदघाटन गर्नुभयो । मेलामा कम्प्युटर हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत २ सय १२ स्टल राखिएका छन् । मेलामा कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले छुट योज ...


छिमेकी राष्ट्रसंगको सम्बन्ध सुधारः परराष्ट्रमन्त्री महत

राष्ट्रिय दाङ, १३ माघ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले छिमेकी राष्ट्रसंगको सम्बन्ध सुधार भएको बताउनु भएकोछ । प्रेस युनियन दाङले हिजो दाङ्को चखौरामा गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महतले मित्रराष्ट्र भारत, चिनसंगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको र यसले राम्रो परिणाम दिएको बता ...


तरुण दल कार्यसमितिले पूर्णता पाएन

काठमाडौँ १३ माघ । नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन् । महाधिवेशनमा मतदान नगराई शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान् गुरुङ चयन भएका थिए । त्यसपछि समितिका अन्य पदमा सहमतिका आधारमा पूर्णता दिने भनिए पनि हालसम्म त्यस सम्बन्धमा कुनै काम भएको छैन् । स ...


उमेर हद नहटाए स्ववियु निर्वाचनमा नेविसंघ भाग नलिने, जबरजस्ती गरे प्रतिकार गर्ने चेतावनी

काठमाडौं, माघ १३ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो । नेविसंघका उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने र जबरजस्ती गर्न खोजे त्यसको प्रतिक ...


तीनै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन

पोखरा, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताउनुभयो । सूचना तथा सञ्चार क्षेत्रको वि ...


पूर्वराजपरिवारको दश कट्ठा जग्गा फेला

काठमाडौं, माघ १३ – पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको जग्गा का ...


स्थानीय तहको निर्वाचनपछि संविधान संशोधनः कांग्रेस महामन्त्री कोइराला

चितवन, माघ १३ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनक ...


७६ वर्षमा १२ कक्षा पास

सोलुखुम्बु, माघ १३ । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन्। गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा ...


भवन नहुँदा सरकारी कार्यालयको सेवा प्रवाहमा समस्या

तेह्रथुम, माघ १३ । भवन नहुँदा फाक्चामारा इलाका वन कार्यालय बन्द भएको दुई वर्ष भयो। कार्यालय सञ्चालनमा रहेको भवन भूकम्पले जीर्ण बनेपछि कर्मचारीले फाक्चामारा छाडेर शुक्रबारे इलाका वन कार्यालयबाट सेवा प्रवाह गर्दै आएका छन्। यता ओख्रे स्वास्थ्य चौकीको पनि भूकम्पले भवन जीर्ण बनाएपछि बिरामीको उपचारमा समस् ...


चुनावसम्बन्धी बाँकी विधेयकलाई भोलिसम्म अन्तिम रुप दिने तयारी

काठमाडौं, माघ १३ – स्थानीय चुनावका लागि चाहिने बाँकी तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र पारेको छ । शुक्रबारसम्म विधेयकलाई अन्तिम रुप दिएर संसदमा पेश गर्ने तयारीका साथ उपसमितिमा राजनीतिक दल, स्थानीय तहको चुनाव र निर्वाचन कसुर तथा सजायसम्ब ...


सवारीसाधनबाट ट्राफिक जनचेतना

काठमाडौँ, १३ माघ । सडक सुरक्षालाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्र्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ । ओबल इन्टरनेसनल प्रालिको सहयोगमा महाशाखाले सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्सेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसल ...


ट्र्याक्टरले थिच्दा बालिकाको ज्यान गयो

सिन्धुली, १३ माघ । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा आज बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्र्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको हो । प्रहरी चौकी ...


शहीद सप्ताहको आज चौथो दिन, धर्मभक्त माथेमाको स्मरण

काठमाडौँ, १३ माघ । शहिद सप्ताहको चौथो दिन बिहीबार शहीद धर्मभक्त माथेमाको स्मरण गरिँदैछ ।हरेक बर्ष माघ १० गतेदेखि शहीद सप्ताह मनाउने गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको भन्दै १९९७ को माघमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । वि.सं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा उनीहरुको सम्झनामा हरेक बर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप ...


एक हप्ताभित्र पार्टी पदाधिकारी चयन गर्छुः सभापती देउवा

दाङ, माघ १३ – नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनले दाङको तुलसीपुरमा बिहीबार बिहान गरको पत्रकार सम्मेलनमा उहाँले एक हप्ता भित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताउनुभएको हो । पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभावति देउवाको भनाई छ । आउँदो वर्षको माघसम्ममा तीन तहको चुनाव गरिसक्नु पर्ने भएकाले सहमतिको प्रयास भइरहेको देउवाले बताउनु ...


उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

जुम्ला, १३ माघ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्न ...


क्यान इन्फोटेक आजदेखि

काठमाडौं, माघ १३ – काठमाडौंमा बिहीबारदेखि सुबिसु क्यान इन्फोटेक–२०१७ सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको इन्फोटेक मेलामा दुई सय २२ स्टल छ । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत स्टल रहनेछन् । मेला अवलोकनका लागिएक सय रुपैयाँको टिकटको व्यवस् ...


माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

काठमाडौं, माघ १३ । माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारतमा बेचिएका मह ...


नेपालमा हवाई सुरक्षाका लागि ८८ वटा स्वचालित मौसम सूचना केन्द्र बन्ने

१३ माघ, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ । नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका रूपमा देखाएको छ । सरकारले देशका संवेदनशील स्थानको पहिचान गरी ती स्थानमा स्वचालित मौसम सूचना केन्द्र स्थाप ...


४२ विघा जलाधार क्षेत्र व्यक्तिको कब्जामा

१३ माघ, काठमाडौं । पहिल्यै सट्टाभर्ना पाए पनि सुनसरीको साबिक बाँझगरास्थित सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा अढाई दशकदेखि विभिन्न व्यक्तिले कब्जा गरी भोगचलन गर्दै आएको खुलेको छ । जलाधार क्षेत्र संरक्षणका लागि सरकारले स्थानीयलाई २०३४ सालमा सट्टाभर्ना दिएर मोरङको बयरवन स्थानान्तरण गरे पनि फर्केर सोही जग्गा कब्जा जमाएको मालपोत कार्यालय बेलबारीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ । ‘जलाधार आसपासका बासिन्दालाई सरकारले बयरवनमा सट्टाभर्ना ...


आजका दैनिक पत्रपत्रिकाको पहिलो पृष्ठः विद्युत अप्रेसनमा २५ सय कर्मचारी सरुवा

१३ माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । नयाँ पत्रिका दैनिकले विद्युत अप्रेसनमा झण्डै २५ सय कर्मचारीको सरुवा भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै, चुनाव घोषणाको सर्तमा एमाले संविधान संशोधनका लागि लचिलो बनेको समाचार र भ्रष्टाचारमा नेपाल दक्षिण एसियाका तेस्रो स्थानमा परेको समाचार नयाँ पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । अन्नपूर्ण पोस्ट् दैनिकले सरकारी वकिल र न ...


भारतले भविष्यमा नेपालको सुरक्षा व्यवस्था नै कब्जा गर्छः बिजुक्छे

भक्तपुर, माघ १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एअर मार्सललाई काठमाडौंमा बास माग्ने भारतीय खेल नेपालको सुरक्षा नीति कब्जा गर्नु भएको दाबी गरेका छन् । बुधबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले अहिले सादा पोसाकमा एअर मार्सलहरु विमान सुरक्षाको बहानामा पठाउने भारतले भविष्यमा नेपालको सुरक्षा व्यवस्था नै कब्जा गर्ने दाबी गरे । नेपाली राजनीतिमा ‘थ्रेसहोल्ड’को विषय निकै चर्चामा रहेको भन्दै उनले &lsq ...


कलैया मालपोत कार्यालयका सहायक प्रमुखमाथि कालोमोसो

बारा, माघ १२ – कलैया मालपोत कार्यालय बाराका सहायक प्रमुख सुमन चौधरीलाई नचिनेका समूहले बुधबार कालोमोसो दलेको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा बुधबार अनुहार छोपेर आएको एक समूहले कालो मोसो दलेका हुन् । कालोमोसो दल्नेहरुले निजगढ, डुमरवाना र सिमराका सुकुम्बासीहरुको जग्गा भूमाफियाहरुको नाममा पास ...


संसदबाट चुनाव सम्बन्धी दुई वटा विधेयक पारित

काठमाडौं, माघ १२ – चुनाव सम्बन्धी दुई वटा विधेयक संसदबाट पारित भएको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकले निर्वाचन आयोगको काम कर्तव्य तथा अधिकार र मतदाता नामावली विधेयक पारित गरेको हो । संसदको राज्य व्यवस्था समितिले चुनावको मिति तोक्ने अधिकार फेरि पनि सरकारमै रहने गरी निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको थियो । यस्तै, निर्वाचन आयोगको सम्पर्क मन्त्रालय गृह मन्त्रालय नै रहने भएको ...


युवा परिषद्मा सबैलाई समेट्न तरुण दलको माग

काठमाडौँ, माघ १२ । नेपाल तरुण दलले युवा परिषद्मा सबै दलको सहभागिता गराउन माग गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई ज्ञापनपत्र बुझाएको छ। दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा आज मन्त्रालय पुगेको टोलीले राज्य तहले केन्द्रदेखि जिल्लासम्म गठन गरेको युवा परिषद्मा सबै दलका प्रतिनिधि समेट्न माग गरेको हो। दलले ६० जिल्लामा गठन भएका जिल्ला समितिमा नेकपा ९एमाले०ले आफ्ना कार्यकर्ता मात्र भर्ती गरेको भन्दै यसलाई तत्काल भङ्ग गरी सबै दललाई समेट ...


सुन्दरीजलमै खानेपानीको अभाव

काठमाडौँ, १२ माघ । उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको स्थानीय रामकुमार श्रेष्ठले बताए । “यहाँबाट उपत्यकामा ठूलाठूला पाइपमा पानी वितरणका लागि लगिएको छ, यो क्षेत्रमा भने हामी बेला ...


देउवाले गरे बबई नदीमा पुलको शिलान्यास

दाङ, १२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस ६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरेका छन् । २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई दुई सय मिटर रहेका छन् । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् । सो अवसरमा सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् । पुल निर्माण भएसँ ...


‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

काठमाडौँ, १२ माघ । सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा उनीहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर अघि बढ्न सकिन्छ भन्नेबारेमा अनुभव आदानप्रदान भएको थियो । भेटका अवसरमा सभामुख घर्तीले नेपालको संविधानका प्रमुख विशेषताकाबारेमा ...


युवतीलाई ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ

राजविराज, माघ १२ । सप्तरीको कन्चनरुप नगरपालिकामा एक युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेका छन् । जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुबै युवकले वीरेन्द्रबजारसम्म पुर्‍याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरि ...


मोरङमा गोली चल्यो, एक जना घाइते

मोरङ, १२ माघ । मोरङमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एक जना घाइते भएका छन् । मोरङको सोराहाभाग–१ कर्सियामा बुधबार अज्ञात समूहको गोली लागेर जीवन विकास समाजका कर्मचारी घनश्याम बाहादर घाइते भएका छन् । उनको तिघ्रामा चोट लागेको र अहिले विराट नरसिंहहोममा उपचार भइरहेको छ । सो घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका र एउटा भारतीय नम्बरको मोटर साइकल बरामद गरिएको बताइएको छ । उक्त गोली प्रहारमा संलग्न भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । ...


मानवअधिकार संरक्षणका लागि आयोग र प्रहरीले सहकार्य गर्नुपर्ने

काठमाडौं, माघ १२ । राष्ट्रिय मानवअधिकार आयोगले व्यक्तिको मानवअधिकार संरक्षणका लागि आफूहरुसँग सहकार्य गरेर अघि बढ्न प्रहरी संगठनलाई आग्रह गरेको छ । काठमाडौंमा आज भएको ‘मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका’ विषयक गोष्ठीमा आयोगका पदाधिकारीहरुले राजनीतिक संरक्षणका कारण गम्भिर मानवअधिकार उल्लंघनका घटनाका दोषीले समेत उन्मुक्ति पाउने गरेको भन्दै आफूहरुसँग सहकार्य गरेर काम गर्न प्रहरी संगठनलाई आग्रह गरेका हुन् । उनीहरुले कुनै पनि दोषीले ...


छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको छ: परराष्टमन्त्री डा. महत

दाङ, १२ माघ । परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ । प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हँुदै गएको बताउनुभयो । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उहाँले भन्नुभयो । विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्यय ...


अब छिटै दलहरुबीच सहमति हुन्छः रक्षामन्त्री खाँड

१२ माघ, दाङ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालका राजनीतिक दलहरु अन्तिम समयमा मिलेको उदाहरण पेस गर्दै अहिलेको राजनीतिक गतिरोध पनि सहमतिमै समाधान हुने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खाँडले सबै दललाई सहमतिमा ल्याई संबिधान संसोधन गरेर स्थानीय निकायको निर्वाचन गर्न दलहरु छिटै सहमत हुने बताएका हुन् । संविधान कार्यान्वयनसँगै मुलुकमा आर्थिक समृद्धिका लागि दलहरु मिल्नुको विकल्प नभएको भ ...


मर्मत नहुँदा रोल्पामा खानेपानीको चरम अभाव

१२ माघ, रोल्पा । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की याम ...


ओस्कार अवार्ड मनोनयन सूची सार्वजनिक

ओस्कार अवार्डको मनोनय सूची सार्वजनिक भएको छ । वेष्ट फिल्मको क्याटवरीमा एमा स्टोन र रायन गसलिंग अभिनित चलचित्र ‘ला ला ल्याड’ १४ विधामा मनोनयनमा परेको छ । उक्त फिल्मले गोल्डेल ग्लोब अवार्डमा ७ विधामा अवार्ड हात पारको थियो । ८९ औ ओस्कार अवार्ड २६ फेब्रुअरिमा हुने भएको छ । हेरौं ओस्कार अवार्डमा अन्य कुन-कुन कलाकार र फिल्म परेको रहेछः सर्वोत्कृष्ट फिल्मः ला ला ल्याण्ड, मुनलाइट, म्यानचेस्टर बाय द सी, अराइवल , फेन्सेस, लायन, हिडेन फिगर्स, हे ...


सोह्रखुट्टेमा दुर्घटना हुँदा ट्याक्सी चालकको ज्यान गयो

काठमाडौंको सोह्रखुट्टेमा आज बिहान भएको सडक दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान करिब २ बजेतिर बा ३ ख ४५७९ नंको टिपर पल्टेर बा १ ज ७८८३ नंको ट्याक्सीलाई च्यापेपछि ट्याक्सी चालक प्रधान गम्भीर घाइते भएका थिए । काभ्रे स्थायी घर भएका प्र ...


नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

१२ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको छ । बुधबार सार्वजनिक सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो । नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । ...


राप्रपा ७ नम्बर प्रदेश संयोजकमा लख्खाभाइ

बैतडी, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त हुनुभएको छ । राप्रपा केन्द्रीय सचिवालयका अनुसार अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल (भारत) मा छात्र सङ्घका अध्यक्षसमेत रहिसक्नु भएको छ । उहाँ उक्त विश्वविद्यालयमा छात्र सङ्घको अध्यक्ष हुने पहिलो नेपालीसमेत हुनुहुन्छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतड ...


अमला र रिठ्ठा निर्यात

बझाङ, माघ १२ – बझाङ जिल्लामा पाइने अमला र रिठ्ठा कैलाली, नेपालगञ्ज लगायतका ठाँउमा निर्यात हुन थालेको छ । जंगलमा खेर जाने गरेको अमला केही समय यता धनगडी, नेपालगञ्जसहितका बजारमा निर्यात हुन थालेको हो । अहिले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका तथा कँडेल गाविस लगायत आसपासका गाविसका बासिन्दाले अमला र रिठ्ठा बिक्री गर्न थालेको स्थानीय मदन रेग्मीले बताउनुभयो । रिठ्ठाबाट नुहाउन तथा कपडा धुनका लागि प्रयोग गरिने साबुन, सोडा, स्याम्पु लगायतका सामग्री बन् ...


आजदेखि सरकारी वकिल काममा

उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् सरकारी वकिल आजदेखि काममा फर्कन सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, कानुन तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, महान्याधिवक्ता रमणकुमार श्रेष्ठ, न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौला र पदम वैदीकबीच हिजो ११ माघमा छुट्टाछुट्टै वार्तापछि न्यायाधीश नियुक्त गर्दा सरकारी वकिललाई प्राथमिकता दिनेलगायतका सहमतिपछि उनीहरु काममा फर्कन सहमत भएका हुन् । ...


पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

१२ माघ, मोरङ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छीको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय ...


कसले सम्हाला अब सशस्त्रको नेतृत्व ?

१२ माघ, काठमाडौं । नेपाल प्रहरीले आगामी फागुनमा नयाँ नेतृत्व पाउने विषय निकै चर्चामा छ । त्यही मितिमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि नेतृत्व फेरिँदैछ । सशस्त्रमा नयाँ आइजीपीका लागि भैरहेको खेल भने खासै चर्चामा छैन । नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँगै सशस्त्र प्रहरीमा महानिरीक्षक दुर्जकुमार राईले पनि आगामी फागुनमा अवकाश पाउँदै छन् । अर्याल र राई नेपाल प्रहरीका समकालीन हुन् । त्यसैले राई पनि ३० वर्षे सेवाअवधिका कारण अर्यालस ...


संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न सरकारलाई मधेसी मोर्चाको दबाव

११ माघ, काठमाडौं । मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराहृन ४ बजे कांग्रेस, माओवादी र मधेसी मोचर्ँको बैठक बोलाएका छन् । मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् । मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम् ...


प्रहरी कार्यालयमै आत्महत्याको प्रयास

सप्तरी, माघ ११ – प्रेमीसँग जवरजस्ती छुटाउन खोज्दा एक प्रेमिकाले जिल्ला प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् । सप्तरीको शम्भुनाथ नगरपालिका-१० रामपुर जमुवा गाउँ बस्ने १८ वर्षकी ती किशोरीले कार्यालयको शौचालयमा गएर विष सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन् । अभिभावकको असहमतिका वावजुत सोही गाविस निवासी २० वर्षका युवकसँग प्रेम विवाह गरेका जोडीलाई मंगलबार सोधपुछका लागि प्रहरी कार्यालयमा झिकाइएको थियो । दुवै पक्षका अभि ...


निर्वाचन आयुक्तहरु सिफारिस गर्न संवैधानिक परिषदको बैठक आहृवान

११ माघ, काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुत्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको कार्यालयले आगामी शुक्रबार माघ १४ गते दिउँसो २ बजे संवैधानिक परिषदको बैठक बोलाइएको जानकारी सदस्यहरुलाई गराइएको छ । संवैधानिक परिषदका सदस्यहरुलाई मंगलबार नै पत्र पठाएर बैठकबारे जानकारी दिइएको हो । दलहरुबीच केहीदिन अघि चाँडै निर्वाचन आयोगको रित्त पद पूर्ति गर्ने र निर्वाचन ...


अब रोजगारीका लागि भारत जान पनि अनुमति पत्र आवश्यक

११ माघ, काठमाडौं । रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ । मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् । अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर ...


एक वर्षभित्र तीन तहको निर्वाचन गराउन सरकार तयारः अर्थमन्त्री महरा

काठमाडौँ, ११ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकार एक वर्षभित्र तीनवटै तहको निर्वाचन गरिसक्ने तयारीमा अगाडि बढेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको मंगलबार भएको भेटमा उनले संविधानको कार्यान्वयनका क्रममा निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका हुन् । अर्थमन्त्री महरा र पार्मलीबीच नेपाल र बेलायतबीच रहँदै आएको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन ...


नेकपा एमाले केन्द्रीय मोर्चा सङ्गठनद्वारा २० बुँदे घोषणापत्र जारी

पोखरा, ११ माघ । नेकपा एमालेको केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँँदै संविधानको रक्षा, संवद्र्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताए । घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिबद्ध छ भन्दै यसको संशोधन भन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ । विसं २०७४ माघ ७ गतेभित्र ...


एमालेलाई बहुमतसहित पहिलो पार्टी बनाउने पोखरा भेलाको घोषणा

११ माघ, काठमाडौं । आगामी निर्वाचनमा पार्टीलाई बहुमतसहित पहिलो शक्ति बनाउने घोषणा गर्दै नेकपा एमालेका जनवर्गीय संगठन र जातीय तथा पेशागत मोर्चाहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । ४ नम्बर प्रदेशको सम्भावित राजधानी पोखरामा तीन दिनसम्म चलेको राष्ट्रिय भेलाले सम्पूर्ण शक्ति निर्वाचन जित्न खर्च गर्ने निर्णय गरेको हो । एमालेका २० वटा जनवर्गीय तथा जातीय क्षेत्रीय र पेशागत संगठनहरुका पदाधिकारीलाई पार्टीका शीर्ष नेताहरुले चुनाव केन्द्रित अभियानमा लाग्न नि ...


अढाई वर्षकी छोरीसहित श्रीमती वेपत्ता, विदेशमा रहेका श्रीमान् तनावमा

जनकपुर, माघ १० – धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् । ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाईसँगै लिएर घरभन्दा केही पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारी ...


मधेसी समुदायलाई अल्झाउने कामले समस्याको समाधान हुँदैनः डा. भट्टराई

बनेपा, माघ १० । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् ।  बनेपामा सोमबार राष्ट्रिय युवा अभियान, काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा उनले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । संयोजक भट्टराईले भने–‘मधेसी समुदायलाई अल्झाउने कामले समस्याको समाधान हुँदैन ।’ उनले संविधान का ...


वकिलहरुलाई सक्षम र योग्य बनाउन सरकारले ध्यान दिनुपर्ने

राष्ट्रिय काठमाडौँ, १० माघ । महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले सरकारको प्रतिरक्षा गर्ने वकिलहरुलाई सक्षम र योग्य बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाडौमा हिजो गरेको साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलहरुको आन्दोलनमा आफ्नो पूर्ण एक्यबक्तता एव ...


संविधान कार्यान्वयन भए छुवाछूत प्रथाको अन्त्यः मन्त्री पाण्डे

काठमाडौँ, माघ १० । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन भएमात्र छुवाछूत प्रथाको अन्त्य हुने बताएका छन्। वादी समुदाय उत्थान विकास समितिले आज यहाँ आयोजना गरेको ‘वादी समुदायको सन्दर्भमा राज्यले अवलम्बन गरेका नीतिगत व्यवस्था र कार्यान्वयन तथा परिमार्जनका पक्ष विषयक’ कार्यक्रममा मन्त्री पाण्डेले संविधानले दलित जातिको अधिकार प्रशस्त दिएको भन्दै यसको कार्यान्वयन आवश्यक रहको उल्लेख गरे। उनले भने, “व ...


आइजीपी बन्ने अन्तिम कसरतमा चार डीआइजी

१० माघ, काठमाडौं । ०६२र६३ को आन्दोलनपछि सबैभन्दा लामो समय नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाएका उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गते घर जाँदै छन् । अवकाशको एक महिनाअघि विवाद बस्ने परम्परा भए पनि अर्याल विदा बसेका छैनन् । करिब ३९ महिना नेपाल प्रहरीको नेतृत्व सम्हालेका अर्यालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । आइजीपी अर्यालले अवकाश पाउन २० दिन मात्रै बाँकी हुँदा अब नेपाल प्रहरीको कमाण्ड कसले सम्हाल्ला भन्ने सबैको चासोको वि ...


छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

काठमाडौँ, १० माघ । पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेश सभा र संसद्को निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद् र राजनीतिक दललाई सुझाव दिएको छ । अब केही दिनभित्रै निर्वाचनसम्बन्धी कानुन नआउने हो र चुनावको मिति घोषणा नहुने हो भने आगामी जेठभित्र चुनाव गराउने स ...


प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु

१० माघ, पोखरा । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक बिदेशी नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो प्याराग्लाइडिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा बेलायती नागरिक ६८ वर्षीय मिचेल पिटर ब्ल्यानचार्डको ज्यान गएको हो । उनी सोलो प्याराग्लाइडर हुन् । कास्कीको सराङकोटबाट उडेका उनी उड्ने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनको तत्कालै उद्धार गरेर पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका लागि ल्याइए पनि उपच ...


झुलाघाटमा पक्की पूल बनाउन भारत तयार

बैतडी, माघ १० – बैतडीको झुलाघाटमा पक्की पूल निर्माणका लागि भारत तयार भएको छ । भारतको पिथौरागढमा आइतबार सम्पन्न भएको सीमा सुरक्षा समन्वय समितिको बैठकमा भारतीय अधिकारीहरुले पुल निर्माणका लागि सहमत भएको कुरा आफूलाई बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो । भारत सरकारले उत्तराखण्ड सरकारलाई यो बिषयमा जानकारी गराएको बारेमा भारतीय डिएमले आफूसँग कुरा गरेको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो । झुलाघाटमा पुल निर् ...


बालविवाह गरे ३ पुस्ते नामावली टाँस्ने

बैतडी, माघ १० – बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ । बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रमहरु तय गरिएका हाट स्वास्थ्यचौकी ...


राप्रपा महाधिवेशन स्थानीय भृकुटीमण्डपमा हुने

काठमाडौँ, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको भए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले उक्त महाधिवेशनका लागि स्थान चार दिनका लागि बुकिङ भइसकेको जानकारी दिँदै उद्घाटनसत्र प्रदर्शनी मार्ग तथा बन्दसत्र प्रदर्शनी हलमा हुने बताए । उनका अनुसार महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट ग ...


मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गयो

सप्तरी, माघ १० – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान ज्ञानदेव यादवको ज्यान गएको छ । यादवले चलाएको को २६ प ३००१ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनाबाट ...


आजदेखि सहिद सप्ताह सुरु

१० माघ, काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रे ...


दक्षिण अमेरिकामा आँधीका कारण १८ को ज्यान , सात स्थानमा आपतकाल घोषणा

१० माघ, काठमाडौं । अमेरिकाको दक्षिण क्षेत्रमा तुफानको कारण १८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । जर्जियाका सात स्थानमा आपतकालीन अवस्था घोषणा गरिएको छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको छ । मिसीसिपीमा चार जनाको मृत्यु भएको बताइएको छ । फ्लोरिडाको सीमा क्षेत्रमा रहेको ट्रेलर पार्कमा पनि केही व्यक्तिको मृत्यु भएको खबर छ । कैयौंका घरहरु भत्किएका छन् भने रुखहरु ढलेका छन् । अधिकारीहरुले अलबामा र फ्लोरिडाको उत्तर क्षेत्रमा मौसम अझै खराब ...


सरकारी वकिलद्वारा देशभरकै अदालतमा बहस ठप्प

काठमाडौं, माघ ९ । उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै सरकारी वकिलहरुले आइतबारदेखि देशभरका अदालतहरुमा बहस ठप्प पारेका छन् । महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका चारवटा ट्रेड युनियन र सरकारी वकिलले निर्णय नसच्याएसम्म बहस ठप्प पार्ने बताएका छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिमा भेद्भाव र पक्षपात भएको आरोप पनि लगाएका छन् । सरकारी वकिलहरुले न्यायलयबिरुद्ध हुने असहयोग आन्दोलनमा सहभागी हुनसमेत सबैसँग आग्रह गरेका छन् । सरकारी ...


काठमाडौंको चोक–चोकबाट आन्दोलन थाल्ने विप्लवको चेतावनी

काठमाडौं, माघ ९ । माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्दले ठूला पार्टीका शीर्ष नेताहरुले जनतालाई कार्ड बनाएर अवैध धन्दा चलाईरहेको आरोप लगाएका छन् । अनेरास्ववियु क्रान्तिकारीले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले ठूला दलहरुका शीर्ष नेताहरुले अवैध धन्दा चलाईरहेको आरोप लगाए । यतिखेर राज्यसत्ता नै जनताको विरुद्धमा रहेको टिप्पणी गर्दै चन्दले राज्यसत्तालाई जनताको पक्षमा ल्याउन काठमाडौंका चोक चोकबाट आन्दोलन थालिने पनि बताए ।  ...


लोडसेडिङ बढाउन मद्दत गरेको भन्दै प्राधिकरणका सुपरभाइजरसहित १४ जना पक्राउ

काठमाडौं, माघ १० । उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्‍याएको आरोप, पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, बाँकी अवकाश प्राप्त तबतब व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादे ...


साढे ६ सय गाडी ट्राफिक कारबाहीमा

जुम्ला, माघ ९ – जुम्लामा ट्राफिक उलङ्घन गर्ने झण्डै साढे ६ सय गाडी ट्राफिक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०७३र७४ को ६ महिनामा ट्राफिक उलङ्घन गर्ने ६ सय ४६ गाडी कारबाहीमा परेका हुन । २०७३ साउन महिनामा ६५ वटा, भदौ महिनामा ८५ वटा, असोज महिनामा १ सय ६१ वटा, कात्तिकमा १ सय ३९, मंसिरमा १ सय ...


२२ जिल्लामा अल्लो प्रशोधन मेसिन जडान गर्दै उद्योग मन्त्रालय

९ माघ, काठमाडौं । उद्योग मन्त्रालयले स्थानिय क्षेत्रमै अल्लो प्रशोधन गर्न २२ जिल्लामा मेसिन जडान गर्ने भएको छ । अल्लो प्रशोधन जडान गर्ने ११ जिल्लाको टुङ्गो लगाइसकेको छ भने ११ जिल्ला छनौटका क्रममा छन् । मन्त्रालयका अनुसार डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, पर्वत, दाङ, रोल्पा, सोलुखुम्बु, संखुवासभा र सुर्खेतमा अल्लो प्रशोधन मेसीन जडान गर्न लागिएको छ । यस्तो मेसिन एउटाको ९ लाख पर्छ । यसअघि ३० लाख खर्च लाग्ने बताइएको थियो । नेपाली इन्जिनियरहरुले नै ...


अदालतको आन्दोलनमा महान्यायाधिवक्ता श्रेष्ठको पनि समर्थन

९ माघ, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति असन्तुष्टी जनाउँदै सरकारी वकिलहरु र ट्रेड युनियनले सुरु गरेको आन्दोलनमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पनि समर्थन जनाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलहरुको आन्दोलनमा पूर्ण ऐक्यबद्धता एवम् समर्थन रहेको बताए । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनहरुले नियुक्ति सच्चाउन माग गर्दै आइतब ...


मधेसमा २५ लाख मान्छे परिचालन गर्ने एमालेको दाबी

९ माघ, काठमाडौं । सरकारले मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन गर्दै स्थानीय चुनावको मिति घोषणा गर्न खोजिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले भने तराई मधेसमा २५ लाख मान्छे परिचालन गर्ने योजना बनाएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले फागुन २१ देखि शुरु हुने मधेस जनपरिचालन अभियानको कार्ययोजना बनाइरहेको छ । संविधान संशोधनबिना मधेसले संविधान स्वीकार नगर्ने मधेस केन्द्रित दलहरुले भनिरहेका बेला ए ...


‘मध्यवर्ती क्षेत्रका जनताले उठाएको क्षतिपूर्तिको माग विधेयकमा समेटिएन’

काठमाडौँ, माघ ९ । व्यवस्थापिका–संसद्, वातावरण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचाँै संशोधन) विधेयक, २०७३ को प्रतिवेदन पारित गरेको छ। प्रस्तावित विधेयकले मध्यवर्ती क्षेत्रका जनतालाई स्थानीय स्रोतसाधनमा बढी अधिकार दिनाका साथै त्यसबाट वन्यजन्तु संरक्षणमा विशेष योगदान पुग्ने विश ...


राँगााको आक्रमणबाट मृत्यु

सप्तरी, माघ ९ । कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहुँ खेतमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनाराय ...


पत्रकारलाई लाग्यो चुनावको चटारो (कार्यतालिकासहित)

९ माघ, काठमाडौं । मुलुकभरका पत्रकारहरुलाई चुनाबी चटारोले छोएको छ । हरेक तीन वर्षको मे थर्ड (वैशाख २०, २१) मा पत्रकार महासंघ केन्द्रीय समितिको चुनाव हुने भएकाले आगामी फागुन र चैत पत्रकारहरुका चुनावी चटारोको महिना बनेको हो । पत्रकार महासंघ केन्द्रले जनाएअनुसार काठमाडौंमा रहेका जिल्ला, प्रतिष्ठान, एशोसिएट र काठमाडौं बाहिरका ७५ वटै जिल्लाले फागुनभित्र आ-आफ्नो शाखाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । गत २६ र २७ पुसमा बसेको महासंघको केन्द्रीय समितिको १ ...


जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ, माघ ९ । प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँँ जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते यहाँ गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफ ...


तेरिया जन्मिदा खुशी थिए दुःखी थियो परिवार

काठमाडौं, माघ ९ – सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् । त्यस्तै उनको परिवार पनि तेरिया जस्तो सन्तान पाएर निकै खुशी छ । तेरियासँगै झलकमा पुगेकी उनकी आमा अनिताले जीवनमा तेरिया जस्तो छोरी पाएर आफूलाई निकै भाग्यमानी ठानेको बताइन् । उनले त ...


बाटो धुलाम्मे भएको भन्दै बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

काभ्रेपलाञ्चोक, ९ माघ । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद् ...


खलासी बालक भन्छन्ः गाँस, बास दुवै गाडी हो

जुम्ला, माघ ९ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो फुच्चे केटो यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने – काठमाडौँ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओँठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी थिए, कालीकोट ...


नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर

काठमाडौं, माघ ९ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ०४ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४६ पैसा र विक्रिदर २४ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपै ...


देश विरुद्धको बाजा बजाउन छाडेर निर्वाचनको मिति घोषणा गर्नुस्ः एमाले अध्यक्ष ओली

भक्तपुर, माघ ८ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा बजेको संविधान संशोधनको बाजा देशकैे लागि अशुभको बाजा भएको टिप्पणी गर्नुभएको छ । नेकपा एमाले भक्तपुरले शुनिबार आयोजना गरेको पार्टीका नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले यतिबेला विभिन्न प्रकारका शक्तिहरु देशलाई गलत बाटोमा धकेल्न खोजिरहेको बेलामा देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्न सत्तापक्षले संविधान संशोधनको बाजा ब ...


नेपाल भारत सीमा ४८ घण्टाका लागि बन्द हुने

बर्दिया, माघ ८ – भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा विद्यायक चुनाव हुन लागेकाले माघ १२ गते अर्थात जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल भारत सीमा ४८ घण्टाका लागि बन्द हुने भएको बर्दियाका प्रहरी ...


परिवर्तनका लागि योगदान गर्नेलाई सम्मान दिन सकिनः प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई राज्यले सम्मान दिन नसकेको स्वीकार गरेका छन् । निरंकुशताविरुद्धको आन्दोलनका अगुवा रामप्रसाद राईको जीवनीमा आधारित पुस्तक ‘जननायक रामप्रसाद राई’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले क्रान्तिकारी र परिवर्तनकारीलाई राज्यले सम्मान दिन नसकेको बताएका हुन् । उनले २००८ साल माघ ८ गते निरंकुशताकाविरुद्ध सिंहदरबार घेराउ गर्न पुगेका राईला ...


बसको ठक्करबाट श्रीमानको ज्यान गयो, श्रीमती गम्भीर घाइते

झापा, माघ ८ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको गाडी दुर्घटनामा परि एक व्यक्तिको ज्यान गएको छ । अर्का एक जना महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नम्बरको बसले मे ...


संविधान संशोधन प्रस्ताव कोमामा गैसक्यो, अब चुनावको मिति घोषणा गर्नुपर्छः रायमाझी

काठमाडौं, माघ ८ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझ ...


परिमार्जन विना संशोधन विधेयक अस्वीकार्यः फोरम नेपाल

काठमाडौं, ८ माघ । संघीय समाजवादी फोरम नेपालले परिर्माजन विना संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । मधेसी मोर्चा-संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई संविधान संशोधन विधेयकले बेवास्ता गरेको भन्दै फोरम नेपालले आफ्नो सहमतिमा परिमार्जन गरे मात्र स्वीकार गर्ने निर्णय गरेको हो । फोरम राजनीतिक समितिको बैठकले राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन हुने गरी परिमार्जनको माग गरेको। छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संघीय ...


हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने छः संचारमन्त्री कार्की

हेटौँडा, ८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले जनतालाई सूसुचीत गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने उल्लेख गरे । उनले हुलाक सेवा हालको सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै यसलाई सरकारले सूचनाको क्षेत्र ...


राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौं, माघ ८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच समसामयीक राजनीतिक विषयमा छलफल भएको हो । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई स्थानीय चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराउनुभएको थियो । यस्तै चुनावको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री दाहालले शनिबार नेपाली कांग्रेस, नेक ...


ट्रयाक्टर दुर्घटनामा एक बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

खोटाङ, माघ ८ – ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा शुक्रबारराति ना ४ च ५३६७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आठ वर्षकी बालिका आशा तामाङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा साढे दुई वर्षका आ ...


११ हजार इन्डक्सन चुलो गोदाममै बिग्रने अवस्थामा

८ माघ, काठमाडौं । सरकारी अकर्मण्याताले कसरी उपलब्ध स्रोतसाधन पनि प्रयोगबिहीन हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ, चीनले सित्तमैमा दिएका ‘इन्डक्सन चुल्हो’ । नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो । अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । तर, यो अब वितरण नगर्दै बिग्रने अवस्थामा पुगेको छ । नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय ...


चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते

बैतडी, माघ ८ – अछामको घुघुरकोट गाविसमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा गएका बेला घुघुरकोट–६ का ध्वजे आउजीलाई चितुवाले आक्रमण गरेको हो । आउजीको खुट्टा र शरीरका विभिन्न भागमा चितुवाले आक्रमण गरेको प्रहरी प्रमुख प्रहरी प्रहरी नावय उपरिक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । उहाँको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । बाब्ला, खप्तड, देविस्थान, बुढाकोट र आसपासका गाविसहरुमा अहिले चितुवाले ...


धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

महोत्तरी, माघ ८ – महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराईको कठ्यांग्रिँदो जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लागि बिहान ७ बजेदेखि बेलुकासम्म खट्ने गरेका छन् । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा गंगा सागर पोखरी जनकपुरका सरसफाई अभियन्ता रामआशिष यादवले संयुक्त रुपमा ...


संशोधन थाती राखे मात्रै सहमति सम्भवः एमाले सचिव ज्ञवाली

८ माघ, म्याग्दी । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । प्रेस चौतारी म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए । “सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदा ...


प्याब्सकले नयाँ कार्यसमिति शनिबार चयन गर्दै

काठमाडौं, माघ ७ – संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सकले यहि शनिबार नयाँ कार्य समिति चयन गर्ने भएको छ ।काठमाडौँ जिल्लाको पुर्ब भेगमा रहेका विशेष गरी कपन, चाबहिल, जोरपाटीका सस्थागत विद्यालयहरुको उक्त संगठन प्याब्सकले फैका स्थित रामनगर पार्टी प्यालेसमा एक कार्यक्रमका विच दिउसो २ बजेबाट अधिवेशन हुने छ ।२०६१ सालबाट सुरु भएको उक्त संगठनको संस्थापक अध्यक्ष हुन केदार पुडासैनी । त्यस पछीको अध्यक्षता सम्भु अधिकारी, भुपेन्द्र खत्रि हुँदै यो बर् ...


सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने

काठमाडौं, माघ ७ – काठमाडौं सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वागमतीको सेवा बिस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन् ...


चुनाव खर्च पारदर्शी बनाउन अनुदानको व्यवस्था गर्नुपर्ने

काठमाडौं, माघ ६ – निर्वाचन आयोगले चुनावका बेला हुने खर्च पारदर्शी बनाउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकी दूतावासले काठमाडौंमा गरेको चुनाव, सञ्चार र शान्तिपूर्ण सत्ता हस्तान्तरण सम्बन्धी अन्तक्र्रियामा निर्वाचन आयोगकी आयुक्त इला शर्माले चुनावका बेला कालो धन खर्च हुनसक्ने भन्दै दलहरुलाई सरकारी अनुदान दिएमा चुनावी खर्च पारदर्शी बनाउन सकिने बताउनुभयो । चुनावका बेला उम्मेद्वारले गर्न पाउने खर्चको सीमा भए पनि त्यसको उलं ...


‘स्क्रिन सट’ गरेर प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्नेहरुलाई युएईबाट निकाला गर्ने तयारी

७ माघ, काठमाण्डौ । युएईको औपचारिक भ्रमणका समयमा खिचिएको भिडियोबाट ‘स्क्रिन सट’ गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर गलत रुपमा प्रचार गर्नेहरुलाई कारबाही गरिने भएको छ । तस्बिर बनाएर सामाजिक सञ्जालमा गलत रुपमा गरिएको प्रचारप्रति युएईस्थित नेपाली दूतावासले खेदसमेत व्यक्त गरेको ...


काठमाण्डौमा सम्पन्न ईन्टरपोल सम्मेलनले केके निर्णयहरु गर्यो ?

काठमाडौ, ७ माघ । पाँच बुँदे घोषणापत्र जारी गर्दै प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको काठमाडौमा भएको एसिया प्यासिफिक सम्मेलन सकिएको छ । काठमाडौंको हायत होटलमा तीन दिनसम्म चलेको सम्मेलनमा ५० सदस्य राष्ट्र र ३ पर्यवेक्षकहरुले सहभागिता जनाएका थिए । सम्मेलनको तेस्रो तथा अन्तिम दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले सम्मेलनको पाँच बुँदे घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा, इन्टरपोलले एसिया क्षेत्रमा ...


रेलवे लाइनको रुट परिवर्तनका लागि भारतसँग कुरा गर्छुः प्रम दाहाल

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि सरकारले कुरा गर्ने बताएका छन् । धनुषा क्षेत्र नं।–७ को सर्वदलीयप्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रचण्डले भने,‘रेलवे लाइन बिस्तार गर्दा साविकका बस्ती बिस्थापित हुन्छ र मुआब्जापनि बढी लाग्छ भने त्यसको बैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ । त्यसका ल ...


सात लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

भक्तपुर, ७ माघ । भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप ...


२२ जनाको ज्यान लिने चितुवा मार्न माग

बैतडी, माघ ७ – बैतडीको तल्लोसोराडमा बारम्बार मानिसमाथि आक्रमण गर्ने चितुवा मार्न स्थानीयबासिन्दाले माग गरेका छन् । दिउँसै घर घरमा चितुवा आउन थालेपछि घर बाहिर निस्कन पननि समस्या भएको भन्दै चितुवा मार्न स्थानीयबासिन्दाले माग गरेका हुन् । गएको चार वर्ष यता मात्रै यस क्षेत्रमा चितुवाको आक्रमणबाट २२ जनाको ज्यान गइसकेको छ । गत भदौमा मात्रै दुई जनाको चितुवाले ज्यान लिएको थियो । चितुवाले बारम्बार त्रास मच्चाउन थालेपछि चितुवा मार्नका लागि आफूहरुले म ...


नाइजेरियामा यस हप्ता ९० जनाको ज्यानको गयो

जेनेभा, ७ माघ । नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ । बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स ९एमएसएफ० ले शुक्रबार जनाएको छ । देशको उत्तरी क्षेत्रमा बिहीबार भएको आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको एमएसएफले उल्लेख गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रा ...


बीउ बैंक स्थापना

महोत्तरी, माघ ७ – महोत्तरीको सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन् । बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापन गरेका हुन् । नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउ उपलब्ध गराएको जढीमाई स ...


चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल

दाङ, ७ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताएका छन्। सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उनको थियो । सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार स ...


विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

जाजरकोट, माघ ७ । छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ। जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ। प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन्। रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ्चित नहुन् ...


नयाँ शक्तिले फेर्यो चुनाव चिन्ह र पार्टीको झण्डा

७ माघ, काठमाण्डौ । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ । हालै बसेको सो पार्टीले बैठकले नयाँ चुनाव चिन्ह ‘आँखा’ र पार्टीको झण्डा ‘रातो पृष्ठभूमिमा पाँच वटा तारा’ राख्ने निर्णय गरेको हो । यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातोपृष्ठ भूमिमा एउटा तारा रहेको थियो । यो झण्डा र चुनावमा चिन्हमा विवाद आएपछि नयाँ शक्तिले झण्डा र चुनाव चिन्ह फेरेको हो । ...


ट्रम्प, ह्वाइटहाउस र विश्व सम्बन्धको चश्मा

काठमाडौं, माघ ७ – अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले शुक्रबारदेखि कार्यभार सम्हाल्दै हुनुहुन्छ । राष्ट्रपतिको उम्मेदवार बन्ने क्रममा प्रारम्भिक चरणबाटै बाहिरिने अनुमान गरेका ट्रम्पले राष्ट्रपतीय चुनावमा नाटकीय जित निकालेको क्षण संसारकै लागि अविस्मरणीय बन्यो । लामो राजनीतिक अनुभव भएकी र निकै लोकप्रिय मानिने प्रतिस्पर्धी हिलारी क्लीन्टनलाई हराएर संसारकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पको कार्यकाल सुरु भएसँगै अब ...


आगलागीबाट सत्र लाख बराबरको क्षती

७ माघ, सप्तरी । जिल्लाको भारदह गाविस–३ मा बिहीबार साँझ आगलागी हुँदा रु १७ लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय कपलेश्वर माझीको गाईगोठबाट अचानक सल्केको आगोले निजको एउटा घर तथा छिमेकी गजेन्द्र माझीको गाईगोठ गरी दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागीबाट गाई गोठभित्र रहेको एक थान ट्र्याक्टर, एक थान थे्रसर तथा एक थान साइकल, अन्नपात, भाडावर्तनसहित नगद जिन्सी गरी रु १७ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।& ...


एउटै डोरीमा झुण्डिएर अन्तरजातिय प्रेम जोडीले गरे आत्महत्या

७ माघ, झापा । समाज र परिवारले हेला गरेपछि एक अन्तरजातिय जोडीले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् । झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी ९सार्की० र सोही ठाउँका ईश्वर भट्टराईले आत्महत्या गरेका हुन् । उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । कनकाई नगरपाल ...


मर्यादाक्रममा कुरा नमिलेपछि थापा-गच्छदार सरकारबाहिरै

७ माघ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए। उनले दुईरतीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ । स्रोतका अनुसार नेपाली कांग्रेसका सभ ...


आजका पत्रिकामा आर्थिक समाचारः लुगाधुने साबुन गुणस्तरहीन

७ माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकामा विभिन्न समाचारले स्थान पाएका छन् । नयाँ पत्रिका दैनिकले ‘तौलमा एकरुपता नभएका लुगाधुने साबुन बजारमा निर्बाध पाइने’ शीर्षकमा मुख्य समाचार बनाएको छ । खोल र प्याकेजिङबिनाका साबुनको तौल कम हुने गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक कामको जिम्मा सेनालाई दिने समाचारलाई पनि नयाँ पत्रिका दैनिकले स्थान दिएको छ । विद्युत ब्यापार प्रक्षेपणको सन्दर ...


भारतीय राजदूत रेलाई कालो झण्डा

७ माघ, माठमाडौं । निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीयले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा देखाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले भारतीय राजदूत रञ्जित रेलाई कालोझण्डा देखाएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ । हुलाकी सडकको जिरो प्वाइन्ट रहेको धनगढीको क्याम्पस चोकमा बिहीबार हुलाकी सडकको उद्घाटनका लागि कैलाली पुगेका ...


आहा रारा गोल्डकपः अमेरिकी क्लबलाई हराउँदै झापा ११ क्वाटरफाइनलमा, कर्ण लिम्बुले गरे ह्याट्रिक

पोखरा, माघ ६ – पोखरामा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकपमा रमपम झापा ११ क्वाटरफाइलनमा प्रवेश गरेको छ । बिहीवार भएको खेलमा झापाले अमेरिकी फुटबल टिम एएनएलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो । झापाको लागि कर्ण लिम्बुले ह्याट्रिक गरे । उनले खेलको २४, ३० र ९० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । झापाको लागि अर्को गोल कर्ण लिम्बुको पासमा ७४ औं मिनेटमा बुद्ध चेम्जोङ्गले गरेका थिए । अमेरिकी ...


चीनसँगको सम्बन्ध थप मजबुत बनाएर अघि बढ्न चाहान्छुः प्रधानमन्त्री

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी मुलुक चीनसँगको सम्बन्ध थप मजबुत बनाएर आफू अघि बढ्न चाहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार इन्टरपोलका अध्यक्ष तथा चिनियाँ नागरिक मेङ्ग होङ्ग्वीसँग भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले पुरानो असल छिमेकीको रुपमा रहेको चीन र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाएर नेपाल अघि बढ्न चाहेको बताएका हुन् । उनले नेपाल र चीनबीच सडक, रेल र हवाई कनेक्टिभिटी बढाउ ...


नेपाली कामदारको हकहितका लागि विदेशी नियोगसँग छलफल जारी छः परराष्ट्रमन्त्री डा. महत

चितवन, माघ ६ – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले सरकारले ध्यान पुग्न नसकेका महत्वपूर्ण देशहरुसँगको सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागिपरेको बताउनुभएको छ । बिहीबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारको ध्यान नपुगेका तर विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताउनुभयो । विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका ...


कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते

काभ्रे, माघ ६ । काभ्रेको डाँडापारि गोकुलेमा आज बिहान गाडी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। बा१झ ५४०८ नंको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव इन ...


डलर साटिदिन्छु भन्दै ४० लाख ठग्ने महिला पक्राउ

काठमाडौं, माघ ६ – चालिस लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको नवलपुर घर भएकी सुस्मिता पोख्रेललाई ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा माघ ५ गते पक्राउ गरेको हो । गत असारमा रामेछाप कठजोर–१ घर भएका एक बहादुर दमाईलाई डलर सटही गरी दिन्छु भनि न ...


पश्चिम सेती आयोजनाः स्थानीयबासीलाई १० प्रतिशत सेयर

काठमाडौं माघ ६ – पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबिच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेल्धुरा, ...


जलविद्युत् आयोजना लिजमा दिने सम्भावना

६ माघ, काठमाडौं । जलविद्युत् कम्पनीको सेयर सरकारलाई नजाने तर आयोजना सरकारको स्वामित्वमा जाने व्यवस्थामा पनि सरकार लचिलो हुने सम्भावना देखिएको छ । जलविद्युत् बिकास नीति २०५८ ले जलविद्युत् कम्पनीको अनुमती कायम रहने अवधि ५० वर्षसम्म उल्लेख गरेको छ । यही व्यवस्थालाई आधार मानेर जलविद्युत् कम्पनी सरकारले चलाउन नसक्ने देखिएमा निजी क्षेत्रलाई नै सञ्चालनको जिम्मा दिने सम्भावना रहेको छ । ‘यसरी दिदा सरकारले प्रिमियम लिएर आयोजना चलाइरहेकालाई लिजमा दिने ...


संघीयतामा कर्मचारी समायोजनः काज खारेज, तोकिएको कार्यालय नजानेलाई अवकाश

६ माघ, काठमाडौं । सरकारले संघीयतामा कर्मचारीहरुको समायोजनसँगै काज खारेज गर्ने तयारी गरेको छ । हाल कर्मचारीहरुलाई निश्चित अवधिका लागि काजमा खटाउने व्यवस्था छ । तर, यसको दुरुपयोग गर्दै कतिपय कर्मचारी वर्षौंसम्म ‘मालदार’ कार्यालयमा बस्ने र आफ्नो दरबन्दीमा नफर्किने गरेका छन् । काजको नाममा हुने गलत प्रवृत्तिलाई रोक्न सरकारले संघीयतामा कर्मचारीहरुको समायोजन गर्ने विधेयकमा काजलाई हटाएको छ । मन्त्रिपरिषदले विधेयक स्वीकृत गरेर परामर्शका लागि ल ...


जिविसको ‘मिलेमतो’मै भक्तपुरमा माटो तस्करी

भक्तपुर, माघ ६ । जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ । यसरी माटो तस्करी हुँदा जिविसले करोडौं राजस्व गुमाएको छ । वि।सं। २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँ सन्चालित खानीसम्बन्धी फाइल लगेपछि रोकिएको स्वीकृतवाला खानी सन्चालनमा आउन नसकेपछि जिविसले रु १४ करोडभन्दा बढी राजस्व गुमाएको छ । जिविसले अख्तियारले फाइल कब्जामा लिएको देखाउँदै नियमितरुपमा सन्चालनको स्वीकृति ...


भवनसंहिता मिचेर घर निर्माण

जाजरकोट, माघ ६ । जाजरकोटको सदरमुकामस्थित भेरीमालिका नगरपालिका क्षेत्रभित्र भवनसंहिता मिचेर धमाधम घर निर्माण भइरहेका छन्। नयाँ नगरपालिकामा कर्मचारी पठाउन ढिलाइ गरेकाले स्थानीयवासीले भवनसंहिता पालन नगरी धमाधम आफूखुशी घर निर्माण गरेका हुन्। नगरपालिकाको बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधा ...


मन्त्रिमन्डल चौथोपटक विस्तार, दुई मन्त्रीले लिए शपथ

काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक मन्त्रिमन्डल विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन् । नवनियुक्त मन्त्रीहरुमा समाजवादी पार्टीका अध्यक्ष एवं सांसद प्रेमबहादुर ...


न्याय सेवाका ५ जना सचिवको बढुवा र पदस्थापन

काठमाडौँ, माघ ६ । मन्त्रिपरिषद्ले न्यायसेवाको सचिवमा बढुवा गरेका नृपध्वज निरौला सर्वोच्च अदालतको रजिष्ट्रार र नहकुल सुवेदी न्यायपरिषद्मा नियुक्त भएका छन्। सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, कानुन मन्त्रालयका सहसचिव राजिव गौतम र परिषद्सचिव कृष्ण गिरी उच्च अदालतका न्यायाधीशमा नियुक्त भएपछि य ...


मड्रिडलाई पछ्याउदै म्यानचेस्टर युनाइटेड बन्यो धनी क्लब

रियल मड्रिडको ११ बर्षे यात्रा तोड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब बनेको छ । डेलोइटद्वारा प्रकाशित तथ्यांक अनुसार म्यानचेस्टर युनाइटेडले सन् २०१५र१६ को सिजनमा ६८९ मिलियन युरो राजश्व उत्पादन गरेको छ । यो त्यसअघिको सिजनको भन्दा १०० मिलियन युरोले बढी हो । राजश्व उत्पादनको हिसावले शीर्ष २० क्लवले त्यसअघिका सिजनभन्दा १२ प्रतिशतले बृद्धि गर्दै ७.४ विलियन युरोको नयाँ कीर्तिमान समेत बनाएको छ । डेलोइट फुटबल मनी लिगमा म्यानचेस्टर युनाइ ...


पुरै कर्मचारी फेरेर भए पनि, भन्सार सुधार्नुः अर्थमन्त्री महरा

काठमाडौं, माघ ६ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भए पनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्। ‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौदेखि बसेको भन्ने मैले सुनेको छु। त्यो हुनुभएन,’ अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर भने,‘एउटा कर्मचारी एक वर्ष भन्दा बढी त्यहाँ राख्न भएन।’ वर्षौदेखि एउटै कर्मचारी ...


नेपाल इन्डोनेसियासँग सहकार्य गरेर अघि बढ्न इन्छुकः प्रधानमन्त्री

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभएको छ । सो अवसरमा दाहालले गत वर्षको भूकम्पको विपत्तिका बेला इन्डोनेसिया सरकारले नेपाली जनतालाई सहयोग गरेकोमा राजदूत र इन्डोनेसिया सरकारलाई धन्यवाद दिनुभएको थियो । भूकम्पपश्चात् इन्डोनेसिया सरकारका तर्फबाट आफ्ना ...


अफ्रिका कप: क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो

काठमाडौं, माघ ६ । अफ्रिकी महादेशको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेशन्स अन्तर्गत बुधबार राती भएको खेलमा क्यामरुन विजयी भएको छ । गाबोनमा जारी प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो । खेलमा क्यामरुनलाई विजयी गराउन सेबास्टिन सियानी र मिचेल गाद्जुईले एक एक गोल गरे । क्यामरुनले समुहको पहिलो खेलमा बुर्कीना फासोसँग १-१ गोलको बराबरी खेलेको थियो । प्रतियोगिता अन्तर्गत राती भएको अर्को खेलमा गाबोन र बुर्कीन ...


करिब साढे चारलाख साधारण सदस्यता वितरण

काठमाडौँ, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन् ...


मृगलाई गोली हान्दा साथीको ज्यान गयो

भोजपुर, माघ ५ – भोजपुरको उत्तरी दोभाने गाविसमा भरुवा बन्दुकले लागेर एकको ज्यान भएको छ । जंगलमा काठ काट्न गएका २७ वर्षे योगेन्द्र राईको भरुवा बन्दुकको गोली लागेर घटना स्थलमै ज्यान गएको हो ।दोभाने–८ को पेश्जा जंगलमा शिकार खेल्न गएका मदनबहादुर राईले मृग भनेर गोली चलाउँदा योगेन्द्र राईको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । योगेन्द्रको ज्यान गएपछि फरार रहेका मदनबहादुर राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर ...


सूचनाको गहिराइसम्म पुगेर समाचार दिनोस्ः सन्चारमन्त्री कार्की

दाङ, माघ ५ । सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचनाको गहिराइसम्म पुगेर समाचार प्रकाशनरप्रसारण गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । बुधबार राष्ट्रिय समाचार समिति (रासस) राप्तीको कार्यालय भवनको दाङमा शिलान्यास गर्दै मन्त्री कार्कीले वास्तविक सूचना प्रकाशनरप्रसारणले नै समाजलाई सही दिशा दिनसक्ने बताए । संक्रमणकालीन राजनीतिको व्यवस्थापनका लागिसमेत सन्चारकर्मी र सन्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।  ...


सातवटा उच्च अदालतका ८० जना न्यायाधीशहरुलाई शपथग्रहण

काठमाडौं, माघ ५ । सातओटा उच्च अदालतहरुमा नियुक्त गरिएका ८० जना न्यायाधीशहरुलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । न्यायपरिषद्ले गत पुस २८ गते गरेको सिफारिसबमोजिम सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा उनीहरुलाई न्यायाधीश नियुक्त गरी शपथ गराइएको हो । विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशले उनीह ...


सरकार जिम्मेवार भए निर्वाचनको मिति घोषणा गर्नुपर्छः एमाले उपाध्यक्ष रावल

काठमाडौँ, ५ माघ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । । रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा बुधबार आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताए । उनले भने, “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा एमाले पूर्णरुपमा सहयोग गर्न तयार छ ।” उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भ ...


३ अर्ब ३४ करोड राजस्व सङ्कलन

पोखरा, ५ माघ । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु दुई अर्ब ६५ करोड १९ लाख राजस्व सङ्कलन गर्ने लक्ष लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ रु एक अर्ब ६० करोड ५६ लाख, आयकरतर्फ रु ९९ करोड ...


मन्त्रीपरिषद भोलि विस्तार हुने

काठमाडौं, माघ ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा २ जना मन्त्री थप्न लाग्नु भएको छ । उहाँले अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री नियुक्त गर्न लाग्नु भएको छ । खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री र सिंहले खानेपानी तथा सरसफाई मन्त् ...


फोर जी सेवालाई देशभर बिस्तार गर्न विकास समितिको निर्देशन

५ माघ, काठमाडौं । विकास समितिले फोर जी सेवालाई देशभर नै उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले असोज मसान्तभित्र देशभर फोर जी सेवा उपलब्ध गराउन बुधबार निर्देशन दिएको हो । टेलिकमले हालै सुरु गरेको फोर जी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ । चौथो पुस्ताको (फोर जी) सेवा सीमित क्षेत्रमा मात्र उपलब्ध भएको र उपभोक्ताको ठूलो हिस्सा यस सेवाको उपभोगबाट बञ्चित भएको भन्दै समितिले चासो व्यक्त गरेको छ । समितिको ...


परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

काठमाडौँ, ५ माघ । परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत भारतको नयाँ दिल्लीमा आयोजित ‘राइसिना डाइलग’को दोस्रो संस्करणमा भाग लिई स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री श्रीमती सुष्मा स्वराजको निमन्त्रणामा उक्त कार्यक्रम भाग लिई आज स्वदेश फर्किका मन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भारत भ्रमण फलदायी भएको बताए । कार्यक्रममा उनले ‘बृहत् राजनीति र नयाँ चुनौती’ विषयमा मन्तव्य दिँदै व ...


लुटेराले सिसी क्यामेरानै लुटेपछि !

सुनसरी, माघ ५ – हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा मोबाइल र एउटा सिसी क्यामेरा लुटपाट गरेका छन् । दुहवी भलुवा नगरपालिका–४ को अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट हतियारधारी समूहले लुटपाट गरेका हुन् । माक्स लगाएर आएका चार जनाको समूहले उद्योगमा पसेर पेस्तो देखाइ लुटपाट गरेको उद्योगका प्रबन्धक जीतु अग्रहरीले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । ...


अन्तरदेशीय र संगठित अपराध अहिलेको चुनौतिः प्रधानमन्त्री

५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन् । त्यसैगरी गृहमन्त्री विमलेन्द्र निधीले अपराध र आतंकवादको कुनै सीमाना नहुने बताएका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसिया प्यासिफिक सम्मेलनको काठमाडौंमा बुधबार उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । तीन पर्यवेक्षकसहित एसिया प्यासिफिक क्षेत्रका इन्टरपोल प्रमुखहरुको उपस्थिति ...


त्रिशुली नदीमा ट्यांकर खस्दा चालकको मृत्यु, सहचालक घाइते

५ माघ, चितवन । त्रिशुली नदीमा ट्यांकर खस्दा चालकको मृत्यु भएको छ । काठमाडौंबाट बारा जाँदै गरेको रित्तो पेट्रोल ट्यांकर मुग्लिन-नारायणगढ सडकखण्डको चण्डिभञ्याङ ५ कालिखोला नजिक दुर्घटना भएको थियो । रातभर खोज्दा पनि फेला नपरेको ट्यांकर र त्यसको चालक बुधबार बिहान दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा ट्यांकर चालक बारा अम्लेखगञ्जका २६ वर्षीय उमेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिप ...


म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की

५ माघ, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता सुबास कार्की यतिखेर लण्डनमा छन् । सुबास नेपालमा भद्रगोल बन्द भएपछि आफ्नो परिवारलाई भेट्न लण्डन पुगेका हुन् । यसैबिच भद्रगोल बन्द भएसँगै कलाकारलाई पैसा नदिएर सुबास सम्पर्कबिहिन भएको भन्दै केहि अनलाईनहरुमा समाचार आएको प्रति खेद प्रकट गरेका छन् । उनले आँफु कतै नहराएको र भद्रगोल बन्द भएको बेला परिवारलाई भेट्नका लागी लण्डन आएको र छिट्टै नेपाल आउने जानकारी दिएका छन् । “म हराएको छैन, किन यस् ...


आगलागीबाट पाँच लाखको क्षति

सप्तरी, माघ ५ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ। स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए। कम्बल वितरण, यसैबीच, धर्मी हल्फा ...


एओसीले बनायो अर्को इतिहाँस, सिपिटीमा उत्कृष्ट नतिजा

५ माघ, काठमाडौ । एकेडेमी अफ कमर्श (एओसी) ले अर्को इतिहाँस बनाएको छ । विगतमा आइसिआइ टप गरेर इतिहाँस रचेको एओसीले यो पटक पनि सिटिपीको रिजल्टले नयाँ इतिहाँस बनाइदिएको छ । मंंगलबार भएको सिपिटीको रिजल्टमा एओसीमा अध्ययनरत रस्मी पटुवारले ९६.५ प्रतिशत अंक ल्याएर एसोसीको इतिहाँस रचेकी हुन । उनले आइसिआइमा टप गरेका प्रविण भन्दा पनि बढि अंक ल्याएर नयाँ इतिहाँस बनाएकी छन् । यति मात्र होइन एओसीमा अध्ययन गरेका अरु ११ जनाले पनि ९० प्रतिशत भन्दा माथी अंक ल्याएका ...


पेट्रोल बोक्ने ट्यांकर त्रिशुलीमा खस्यो, चालकसहित ट्यांकर बेपत्ता, खोजी कार्य सुरु

५ माघ, चितवन । त्रिशुली नदीमा ट्यांकर खस्दा चालकसहित ट्यांकर बेपत्ता भएको छ । काठमाडौँबाट बाराका लागि हिँडेको रित्तो पेट्रोल ट्यांकर मंगलबार राति साडे ११ बजे मुग्लिन-नारायणगढ सडक खण्डको चण्डिभञ्याङ्ग, ५ कालिखोलानबाट त्रिशुली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाका अनुसार बेपत्ता भएका चालक बारा अम्लेगञ्जका उमेश तामाङ हुन् । ट्यांकरका सहचालक प्रदिप लामालाई चितवन प्रहरीले उद्दार गरेको छ । लामाको दुवै खुट्टा भँचिएकोले भरत ...


प्रधानमन्त्री प्रचण्ड आफैं कुचो लिएर सडक बढार्न निस्कने तयारीमा

सांकेतीक तस्वीर: ५ माघ, काठमाडौं । राजधानीका सडकमा धुलो अत्यधिक बढेको र नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेकोे जनगुनासो बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्ड आफैं कुचो लिएर सडक बढार्न निस्कने तयारीमा जुटेका छन् । राजधानीमा धुलो र धुँवा मास्कले छेक्न नसक्ने अवस्थामा पुगिसक्यो । पछिल्लो समय मेलम्चीको पाइप बिछ्याउने काम भइरहेको र रिङरोड विस्तारका कारणले गर्दा उडेको धुलोले वायु प्रदुषण उच्च स्तरमा पुगेको छ । सरकारले भने आफ्नो एक्लो प्रयासले वायु ...


साना सवारीसाधनलाई विस्थापित गरिने

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा उपलब्ध ग ...


भूकम्प पीडितलाई आजबाट दोस्रो किस्ताको डेढ लाख दिइने

५ माघ, काठमाडौं । सरकारले आजबाट भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्दैछ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गर्दैछ । दुई जिल्लाबाट दोस्रो किस्ताका लागि करिव ३०० पीडितको नाम सिफारिस भएको छ । घर निर्माण अघि ...


तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

दार ए सलाम, तान्जानिया । एक बर्षदेखि तलब रोकेर टिकट र पासपोर्ट समेत फिर्ता नदिई राखिएका पाँच जना नेपाली कामदारको गैरआबासीय नेपाली संघ तान्जानियाले उद्दार गरेको छ । तान्जानियाको दार ए सलामदेखि पाँच सय किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिजसम्बन्धी उद्योग( कंगारु मिनरल्समा अलपत्र परेका नृप बहादुर टमट्टा, जगत बहादुर कँवर, अमराज सार्की, लोगे टमट्टा र भुवन कुँवरको उद्दार भएको हो । उनीहरु भारतको मुम्बईहुँदै दुई बर्षअघि रोजगारी त्यहाँ पुगेका थिए । एक म ...


इन्टरपोल सम्मेलनः ५५ देशका प्रहरी प्रमुख काठमाडौंमा

५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंस्थित हायात होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्दै छन् । सम्मेलनमा सहभागी हुन ५५ देशका प्रहरी प्रमुख काठमाडौं आइसकेका छन् । सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यस्तै ...


युएइको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, माघ ४ – संयुक्त अरब इमिरेट्स (युएइ) को तीनदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ । शनिबार युएइ गएका प्रधानमन्त्री दाहालले सोमबार दशौं विश्व ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको थियो । युएइमा रहँदा उहाँले प्रवासी नेपालीको समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको थियो । उहाँले युएइसँग आपसी हितका विषयमा कुराकानी गर्नुभएको प्रधानमन ...


आठ किलो चरेससहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं, माघ ४ – आठ किलो ३ सय ३४ ग्राम चरेससहित बाग्लुङका जुद्ध वन काठमाडौंको नागढुंगाबाट पक्राउ परेका छन्। पोखराबाट काठमाडौंका लागि छुटेको ग १ ख ३६ ७८ नम्बरको बसमा रहेका जुद्धको साथबाट चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । ...


प्रचण्डलाई झड्का,सत्ता पक्षकै पाँच सांसद ओलीको पक्षमा

४ माघ, काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउने गृहकार्यमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झड्का लागेको छ । सत्तारुढ दल काँग्र्रेस र माओवादीका पाँच सांसदले विधेयको विपक्षमा मतदान गर्ने तयारी गरेपछि प्रचण्ड तनाबमा परेका छन् । सरकारलाई दुईतिहाईको सकस, यस्तो छ संसद्को गणित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गैर संवैधानिक रुपमा ल्याएको संविधान संशोधन विधेयक कुनै पनि हालतम पारित नहुने निष्कर्षमा पुगेक ...


‘माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन’

काठमाडौँ, ४ माघ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा। यादवले भने, ‘निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।’ प्रमुख आयुक्त यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्र ...


मलेसियामा गैह्रकानूनी कामदारले ‘वर्कपास’ लिएर वैधानिक सरह काम गर्न पाउने

काठमाडौं, माघ ४ – मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले ...


प्राविधिक समस्या देखिएपछि अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृति स्थगित

काठमाडौं, माघ ४ – आउँदो फेब्रुवरी १ अर्थात माघ १९ गतेदेखि मात्रै अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन दिन सकिने भएको छ । सोमबारदेखी व्यक्तिगत श्रमस्वीकृतिका लागि अनलाइनमार्फत आवेदन लिने भनिएपनि प्राविधिक समस्या आएपछि तत्काल आवेदन लिन रोकिएको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जा ...


करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

बेनी, माघ ४ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन। शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ। म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित ...


लोकमानविरुद्धको महाअभियोगः सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिने अघि बढ्ने

४ माघ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर मात्र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउने भएको छ । समितिले मंगलबार छलफलका लागि बोलाएका विज्ञहरुले दिएको सुझावअनुसार महान्यायाधिवक्ताको सुझाव लिएर मात्रै कार्की विरुद्धको महाअभियोग प्रस्तावको टुंगो लगाउने निर्णय गरेको हो । छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानालाई बोलाइएको ...


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,माघ ४  मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो। बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा परी मोटरसाइक ...


क्षमताभन्दा बढी कैदीबन्दी भएपछि बैतडी कारागारमा कैदीबन्दीको बिचल्ली

४ माघ, बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए । २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेकोे छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ । यस्तै, कारागारमा खानेपानी न हुँदा झनै स ...


जबरजस्ती सुकुम्बासी बनाउन खोजेको भन्दै हेटौंडाका घरधनी आन्दोलनमा

हेटौंडा, माघ ४ । सडक डिभिजन कार्यालयले जबरजस्ती सडक विस्तार गर्न लागेको भन्दै मकवानपुरको हेटौंडा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । सडक डिभिजन कार्यालय मकवानपुरले हेटौंडाको मूल सडकको बीचबाट २५-२५ मिटर दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन सूचना सार्वजनिक गरेपछि प्रभावित घरधनी तथा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरुले सरकारले गैरकानुनीरुपमा जबरजस्ती सुकुम्बासी बनाउन खोजेको आरोप लगाएका छन् । हेटौंडाको राप्तिरोड र चौकीटोलदेखि पश ...


चन्द्रमामा पाईला टेक्ने अमेरिकी अन्तरिक्ष यात्री गेने सरननको ८२ बर्षकोे उमेरमा निधन

काठमाडौं । चन्द्रमामा पाइला टेक्ने अमेरिकी अन्तरिक्ष यात्री गेने सरननको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहँदै आएका सरननको ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चन्द्रमामा अन्तिम मानव पाइला राख्ने अन्तिम अन्तरिक्ष यात्रीको रुपमा चिन ...


मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुन्छः गृहमन्त्री निधी

निधि ४ माघ, वीरगन्ज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन । नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए ।  एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए । प्रेस युनियन पर ...


प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै, आजै मन्त्रीमण्डल विस्तार हुन सक्ने सम्भावना

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’युएईको अवुधवीमा भएको विश्व उर्जा सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कदैछन् । गत शनिबार यूएई गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । प्रचण्ड दाहाल आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले बताएको छ । उनको इत्तिहाद एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । फाइल तस्बिर फाइल तस्बिर विश्व उर्जा सम्मेलनलाई मंगलवार सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको ऊर ...


रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा क्लव र सुदूरपश्चिम–११बीच प्रतिस्पर्धा हुने

कास्की, ४ माघ । कास्कीको पोखरामा मंगलबारदेखि १५ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।मंगलबार दिउँसो एक बजे हुने आहा १ रारा गोल्ड कप १५औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम–११ स्पोर्टिङ्गबीच प्रतिस्पर्धा हुनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई ...


साढे ८ किलो चरेशसहित पक्राउ

४ माघ, काठमाडौं । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ ।पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए । ...


नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाण्डौमा

४ माघ, काठमाडौं । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कार्यक्रममा सहभागी हुन चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार नै काठमाडौं आइपुगेको छ । सिन्हृवा न्यूज एजेन्सी काठमाडौं ब्यूरो र नेपाल स्टडी सेन्टरको आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा नेपाल चीन सम्वन्धका आधार, चासो र पूर्वाधार विकासबारे छलफल हुनेछ । पूर्व प्रधानमन्त्री केपी ओली प्रमुख आतिथि रहेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्धय नारायणक ...


अब चैतमा चुनाव हुने सम्भावना टर्‍योः मन्त्री पाण्डे

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । यद्यपि दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको बताए । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले भने, ‘अब चैतमा चुनाव हुने सम्भावना टर्‍यो, मैले कुनै सम्भावना देखेको छैन ।’ उनले चुनाव कहिले गर्ने भन्ने भन्नुभन्दा पनि मनसुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताए । उनले भने, & ...


चिसियो बादल बिनाको राजधानी, एक सातासम्म कायमै रहने

काठमाडौं, माघ २ केही दिनयता राजधानीमा चिसो बढेको छ। शनिबार राजधानीको न्युनतम तापक्रम यो वर्षको अहिलेसम्मको न्युन विन्दुमा पुग्यो। शनिबार ०.४ डिग्री पुगेको राजधानीको न्युनतम तापक्रम आइतबार ०.१ डिग्री बढेको छ। उच्चतम तापक्रम पनि शनिबारकोभन्दा आइतबार बढेको छ। शनिबार राजधानीको उच्चतम तापक्रम १६ डिग्री थियो भने आइतबार १७ डिग्री पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले राजधानीमा अझैं हप्तादिन जति न्युनतम तापक्रम ०–१ डिग्रीको बीचमा रहने अनुमान ...


राजनीतिक द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई एमालेको चेतावनी, चुनावको मिति घोषणा गर्न माग

२ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई सचेत गराएको छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले संविधान संशोधन अघि बढाएर राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई आग्रह गरेको हो । साथै सरकारले संसदमा पेश गरेको संशोधन असंवैधानिक र राष्ट्रहित विपरित भएको दोहोर्‍याएको छ । निर्वाचनसम्वन्धी कुनै तयारी अघि नबढाएको र चुनावको वातावरण बनाउन सरकारले रत्तिभर ध्यान नपुर्‍य ...


विविध कार्यक्रमका साथ मनाइयो भूकम्प सुरक्षा दिवस

काठमाडौं, माघ २ । नेपालमा विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं। १९९० साल माघ २ गते गएको महाभूकम्पको दिन पारेर विसं। २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस वर्ष ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने सन्देशका साथ यो दिवस मनाइएको हो । यसै अवसरमा काठमाडौंको साँखुमा ¥याली निकालियो । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको आह्वानमा निकालिएको ¥य ...


भारतीय उद्योगका ‘सिक्किमे’ मदिरा बरामद

झापा, माघ २ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । बरामद गरिएको मदिरा साढे सात सय मिलीलिटर परिमाणको रहेको तथा त्यसमा सिक्किम र हनिबी नाम गरेको ...


पुनःनिर्माणलाई तीव्रता दिइनेः मन्त्री निधि

काठमाडौं, २ माङ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन्। काठमाडौँ महानगरपालिकाले आज ‘१९औँ भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए। उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए।कार्यक ...


राप्रपाको साधारण सदस्यको लगत संकलन कार्य आजबाट सुरु

२ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का साधारण सदस्यको लगत संकलन कार्य आजबाट सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत संकलन गरी पार्टीमा अभिलेख राखिने छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन ...


नगरका जनताले सुविधा पाउनुपर्छः मन्त्री केसी

२ माघ, विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिएका छन । उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उनले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने बताए । फाइल तस्बिर फाइल तस्बिर उनले सहरी विकास मन्त्रालयद्वारा गठित उच्चस्तरीय निर्देशन समितिले भवन निर्माणका साथै आधुनिक सहर बनाउनका लागि बाटो, शुद्ध खानेपानी, ...


पाल्पामा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

२ माघ, पाल्पा । पाल्पाको सिलुवा, ४ बैछापमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको रामपुर जाँदै गरेको ना ४ ख ९२१८ नम्बरको बस गएराति पौने एघार बजे दुर्घटना भएको हो । दुर्घटनामा रामपुर नगरपालिका, ८ का ३८ वर्षीय लालसिंह थापा र रामपुरकै यमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जनाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेक ...


स्थानीय तहलाई ७७ हजार कर्मचारी चाहियो, कर्मचारीको अभाव खड्कियो

२ माघ, काठमाडौं । स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । र, यो प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गर्ना साथ हालका स्थानीय संरचना स्वत भंग हुनेछन् भने नयाँ स्थानीय तह कार्यान्वयन हुनु पर्नेछ । यो प्रतिवेदन स्वीकृत गर्नेवित्तिकै नयाँ संरचना ...


कर्णालीमा हिमपात

हुम्ला, माघ २ – हिमपातसँगै चिसो बढेपछि कर्णालीका पाँचै जल्लासहित सुदूर पश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको । शनिबार राति परेको हिउँका कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पासहित कालिकोटको माथिल्ला क्षेत्रको जनजीवन प्रभावित भएको छ । पानी पनि परेकाले थप समस्या भएको हो । बाजुरासहितका जिल ...


भूकम्पपछिको पुनःनिर्माणका लागि सर्वेक्षण सुरु

२ माघ, खोटाङ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको ...


अबको दुई साताभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणाः मन्त्री केसी

विराटनगर, माघ १ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारले आगामी दुई हप्ताभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले संविधान कार्यान्वयनको पाटोमा सरकार अगाडि बढेको भन्दै त्यसका लागि निर्वाचनको मिति घोषण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले आगामी जेठको दोस्रो साताभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको पनि बताए । निर्वाचन घोषणाअगावै संविधान ...


न्यायाधीश नियुक्तिमा दलीय भागवण्डा भएको होः कानुनमन्त्री नायक

काठमाडौं, माघ १ कानुन मन्त्री अजयशंकर नायकले न्यायाधीश नियुक्तिमा दलीय भागवण्डा भएको स्वीकार गरेका छन्। कानुन मन्त्री नायकले न्यायाधीश नियुक्तिमा कसैलाई अपमान नगरिएको पनि स्पष्ट पारे। काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै न्याय परिषदका सदस्य समेत रहेका मन्त्री नायकले सबै दलका कानुन व्यवसायीलाई समेट्ने गरी न्यायाधीश नियुक्ति गरिएको दावी गरे। उनले कानुन व्यवसायीहरु कुनै न कुनै दलमा आवद्ध रहेकाले पनि न्यायाधीश नियुक्तिमा दलीय संलग् ...


मुलुकलाई समृद्ध बनाउन योग साधना गर्नपर्छः नेता पौडेल

काठमाडौं, माघ १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन योग साधना गर्नैपर्ने बताएका छन्। वरिष्ठ नेता पौडेलले नियमित योग गरे भौतिक सुख सुविधा प्राप्त हुने र त्यसले राष्ट्रलाई नै समृद्ध बनाउने धारणा राखेका हुन्। काठमाडौंमा आयोजित योग, नैतिक र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले निरोगी बन्न पनि योगाभ्यास अनिवार्य रहेको अनुभूति सुनाए। नियमित योग गरे शरिरमा रहेका आलस्य हटेर जाने र जोस जाँगरका ...


प्रधानमन्त्री दाहाल युएई प्रस्थान

काठमाडौ,१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज युनाइटेड अरब इमिरेट्स(युएई) को औपचारिक भ्रमणमा गएका छन् । ‘वर्ल्ड फ्युचर इनर्जी समिट’ मा सहभागी हुन युएईबाट निमन्त्रणा आएपछि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालको युएई भ्रमण चार दिनको हुनेछ। भ्रमणका बेला उनले युएईका समकक् ...


हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

चितवन, १ माघ । दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज याताया ...


न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने

काठमाडौँ, १ माघ । न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०।४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम ...


साढे २ लाख डलरसहित तीन चिनियाँ पर्यटक पक्राउ

काठमाडौं, माघ १ । २ लाख ६० हजार अमेरिकी डलर चीन लैजाँदै गर्दा तीन जना चिनियाँ नागरिक नागढुंगाबाट पक्राउ परेका छन्। गल्छी हुँदै केरुङ जान लागेको अवस्थामा ति पर्यटकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। हरियो नम्वर प्लेटको गाडीमा चढेर ति पर्यटकले २ लाख ६० हजार डलर चीन लैजान लागेको अवस्थामा पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। डलर ओसार पसारको सुइँको पाएपछि ठमेलदेखि पिछा गरेको प्रहरीले नाकढुङगा पुग्दा पक्राउ गर्न सफल भएको खनालले ...


श्रम स्वीकृति छानविनः सेवाग्राहिको भीडका कारण त्रुटी भएको कर्मचारीको जिकिर

काठमाडौं, माघ १– श्रम स्वीकृतिमा लापरबाही गरेको आरोपमा छानविनमा परेका कर्मचारीले सेवाग्राहिको भीडका कारण त्रुटी भएको स्पष्टि करण दिएका छन् । श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको छानविन समितिलाई लिखित स्पष्टिकरण दिँदै सबैले जानाजान गल्ती नभएको दावी गरेको समितिका एक सदस्यले जानकारी दिएका छन् । ...


प्रधानमन्त्री विशेष बक्ताका रुपमा आज युएई जाने

काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार संयुक्त अरब इमिरेट युएई जाँदै छन् । वल्र्ड फ्युचर इनर्जी समिटको विशेष वक्ता बनेर उनी १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्यलगायत रहने छन् । प्रधानमन्त्रीले समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको ...


काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा सुस्तता

ताप्लेजुङ, माघ १ । जग्गा समस्याका कारण ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीबाट उत्पादन गर्न लागिएको काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ । दशैंपछि काम थालिने भनिएको आयोजनाको काम विश्व बैंकसँगको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउनुपर्ने भएकाले अझै सडक छुट्यााउन नसक्दा निर्माण सुरु हुन नसकेको हो । विश्व बैंकले सन् २०१० मा गरेको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउने उल्लेख थियो । ३७ दशमलव ६ मेगावाट विद्युत उत्पा ...


संक्रान्ति बजारका अग्नि पीडितलाई आर्थिक सहयोग

तेह्रथुम, माघ १ – तेह्रथुमको आठराई संक्रान्ति बजारमा भएको आगलागीका पीडितलाई अमेरिका र डेनमार्कमा बस्ने नेपालीबाट १९ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । ईवा घर भई अहिले अमेरिकामा बस्दै आएका मदन ईङनाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाईमा संकलित १२ लाख ११ हजार रुपैयाँ नगद र ५ लाख रुपैय ...


जनताको बलमा संविधान संशोधन असफल पार्छौंः एमाले महासचिव पोखरेल

१ माघ, ओखलढुंगा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको बलमा संविधान संशोधन विधेयक असफल बनाउने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन एमालेको मुख्य एजेण्डा भएको भन्दै पोखरेलले सरकारलाई चुनाव गराउन दबाब दिनका लागि एमालेले अभियान थालेको बताए । ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा शनिबार एमालेको गाउँ कमिटी अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन नै भएकोमा जोड दिए । रावादोलु र ...


कांग्रेसका दुई सांसदद्वारा संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा

रुपन्देही, माघ १ – नेपाली कांग्रेसका दुई जना सांसदले संसदमा टेबल भएको संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल ...


सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर जाँदैनः अध्यक्ष वैद्य

काठमाडौँ, पुस २९ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्। सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने “जनयुद्ध आफैँमा किताब हो। जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको विषय बन्यो।” चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले क्रान्तिको ...


१०६ बिघा सरकारी जग्गा भू-माफियाको नाममा, अख्तियार छानविन गर्दै

रौतहट, पुस २९ – रौतहटको सरकारी वनको १ सय ६ बिघा जग्गा भू-माफियाहरुले आफ्नो नाममा गराएपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न निकायहरु सक्रिय भएर छानविन सुरु गरेको छ । रौतहटको राष्ट्रिय वन अन्तर्गत पर्ने रंगपुर गाविस वडा नम्बर ५ स्थित गुजरासोतीदेखि पूर्व आवादी, गाउँदेखि पश्चिम, ...


निर्वाचनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं, पुस २९ । व्यवस्थापिका–संसदले स्थानीय तह निर्वाचन र निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । शुक्रबार बसेको बैठकले सर्वसम्मतरुपमा ती दुई विधेयकलाई समितिमा पठाउने प्रस्ताव पारित गरेको हो । योसँगै स्थानीय तहको निर्वाचनका लागि कानुन बनाउने प्रक्रिया अघि बढेको छ । यसअघि, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले स्थानीय तह पुनःसंरचना आयोगले एकपक्षीयरुपमा स्थानीय तह पुनःसंरचनाको प्रस्ताव गरे ...


सबै नेपालीले यो संविधान मान्नुपर्छः झलनाथ खनाल

२९ पुस, विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता झलनाथ खनालले नेपालमा वस्ने कुनै पनि नागरिकलाई वर्तमान संविधान मान्नुको अन्य कुनै विकल्प नरहेको वताएका छन् । ‘नेपालमा बस्ने नेपाली नागरिकलाई यो संविधान मान्दिन भन्ने कुनै अधिकार छैन ।’ आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘चाहे उनीहरु हिमाली हुन्, पहाडी या मधेसी, उनीहरुले यो संविधान स्वीकार्नुपर्छ यसको बिकल्प छैन ।’ मधेसी मोर्चाले चुनावमा भाग न ...


बाग्मती खोला किनारमा मृत अबस्थामा रहेको नवजात शिशु भेट्टियो

  २९ पुस, काठमाडौँ । तिलगंगा स्थित बाग्मती खोला किनारमा एक मृत अबस्थामा रहेको नवजात शिशु भेट्टिएको छ । शुक्रबार करिब दुई बजे तिर बाग्मती नदि सरसफाई गरि रहँदा कपडाको पोका भेटिएको थियो र त्यहा चेक गर्दा शाल पनि नकाटिएको अबस्थामा उक्त बच्चा मृत फेला परेको हो । त्यसपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । त्यसपछी आवश्यक अनुसन्धान प्रहरीले अगाडी बढाएको छ । फोटोः सुरज गौतम/ktmkhabar.com   ...


एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

२९ पुस, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ । यस्तो छ परीक्षा तालिका:   ...


व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रः प्रधानमन्त्री प्रचण्ड

२९ पुस शुक्रबार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुनसक्ने बताएका छन् । नेपाल पोल्ट्री महासंघको महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ’, उनले भने ‘व्यवसायको आधुनिकीकरण र बजारीकरणले ...


म्यानपावर व्यवसायीको साधारण सभा काठमाडौंमा चल्दै

काठमाडौं, पुस २९ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २४ औं वार्षिक साधारण सभा काठमाडौंमा चलिरहेको छ । सभाको उद्घाटन शुक्रबार श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले गर्नुभयो । साधारण सभाको बन्दसत्रमा संघका कोषाध्यक्ष प्रतिमा महर्जनले आर्थिक प्रतिवेदन पेश गर्दै हुनुहुन्छ । त्यस्तै, महासचिव र ...


श्रम स्वीकृतिका सबै काम अब अनलाइनबाटै

काठमाडौं, पुस २९ । आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो । यस्तै अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन स ...


संशोधन विधेयक पारित भएपछि मात्रै चुनावको मिति घोषणा गर्न मोर्चाको दबाब

काठमाडौं, पुस २९ – मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रलाई दबाब दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाका नेताहरुले संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म चुनावको वातावरण बन्न नसक्ने अडान ...


माघे संक्रान्तिमा मुग्लिन-नारायणगढ सडक बन्द नहुने

२९ पुस, चितवन । मुग्लिन-नारायणगढ सडक माघ एक गते बन्द नहुने भएको छ । पवित्र धार्मिक तिर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै यातायात आवागमन बन्द नगरिने नारायणगढमुग्लीन सडक आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लीन सडकखण्ड बिस्तारको काम भइरहेकाले यसअघि साढे १० बजेदेखि ३ बजेसम्म नियमित रुपमा बन्द गरिन्थ्यो । माघ एक गते एक दिन खुल्ला राखेर माघ दुई गतेदेखि पुनः सडक बन्द गरेर काम गरिने आयोजनाका इञ्जिनियर शिब खनालले जानकारी दिए । ...


क्यानसर न्यूनिकरणका लागि भैरहवामा निःशुल्क स्वास्थ्य शिविर बस्ने

२९ पुस, भैरहवा । विश्व क्यान्सरविरुद्ध दिवसको अवसरमा भैरहवामा क्यान्सर न्यूनिकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ भैरहवाको आयोजनामा अगामी माघ १५ र १६ गते निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरिएको हो । शिविरमा रोग क्यान्सरसम्बन्धी जनचेतनामुलक कार्यक्रम हुने क्लबका अध्यक्ष राजकुमार गुप्ताले बताए । उनले सामाजिक कार्यलाई निरन्तरता दिँदै क्लबले विश्व क्यान्सरविरुद्धको दिवसमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बत ...


सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिन्छः मुख्यसचिव डा. सुवेदी

पोखरा, २९ पुस । मुख्यसचिव डा. सोमलाल सुवेदीले सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । लेखनाथ नगरपालिका–१ भण्डारढिकमा सञ्चालित जनप्रकाश बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै विकास निर्माणमा स्थानीय जनताको होस्टेमा हैँसे गर्न सरकार तयार रहेको बताउनुभयो ।  अधिराज्यका स्थानीय तहबाट वार्षिक एक लाखभन्दा बढी नयाँ योजनाका लागि बजेट माग हुने गरेको बताउँदै उहाँले सामुदायिक क्याम्पस र विद्यालयमा हुने लगानीअनु ...


जिप दुर्घटनामा भारतीय नागरिकको ज्यान गयो

२९ पुस, नवलपरासी । नवलपरासीको प्रसौनी ९ चोरमारा जंगलमा भएको जिप दुर्घटनामा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा उत्तर प्रदेश नामपार जिल्लाका ४५ वर्षीय चिन्नु कुरुसी रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । त्यस्तै घाइते हुनेमा बाँके जिल्ला जयसपुर ४ का २३ वर्षीय मोहम्मद अली रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी ३१ टी ८१२८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडक छेउँको रुखमा ठ ...


राजदरबारका कर्मचारीको कारण निजामती सेवामा लफडा, आन्तरिक बढुवामा समेटिएको भन्दै विरोध

२९ पुस, काठमाडौं । राजप्राषाद सेवाका कर्मचारीलाई पनि प्रशासन सेवा अन्तर्गतका कर्मचारीसँगै आन्तरिक बढुवा प्रक्रियामा समेटेपछि कर्मचारी प्रशासनभित्र विवाद बढेको छ । लोकसेवा आयोगले आन्तरिक बढुवाका लागि खुल्ला गरेको बढुवा विज्ञापनमा तत्कालीन राजदरबारमा काम गर्ने कर्मचारीहरुले समेत निवेदन दिएको र उनीहरुको विज्ञापनलाई लोकसेवा आयोगले स्वीकार गरेको भन्दै विवाद बढेको हो । राजप्राषाद सेवाका कर्मचारीहरुलाई गणतन्त्र स्थापनापछि २०६५ सालमा विविध सेवा मातहत राख ...


नमूना बस्ती बन्ने भएपछि बर्दिवासका खुसी, सकरीका मुसहर भने उठिबास हुने चिन्तामा

२९ पुस, महोत्तरी । महोत्तरीको बर्दिवासका मुसहर नमुना बस्ती निर्माण हुँदै गरेको खुसियालीमा छन् भने छिमेकी भङ्गाहा–५ सकरीका मुसहर भने पुस्तौनी बस्तीबाट उठिबास हुने चिन्तामा छन् । बर्दिवासमा हास्यकलाकार धुर्मुस–सुन्तलीले मुसहरका लागि नमुना बस्ती बनाउँदैछन् । लोहारपट्टीका जिम्दार ९तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन० रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा ९खेती गरिने ठाउँ०मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका स ...


शौचालय गएका बालकको हात्तीको आक्रमणबाट मृत्यु

चितवन, पुस २९ – चितवनको माडी नगरपालिका–११ खरकट्टामा जंगली हात्तीले आक्रमण गर्दा १२ वर्षिय बालकको ज्यान गएको छ । शुक्रवार बिहान २ वजे गाउँमा हात्ती आएको र शौचालय जान घरबाट निस्कदा हात्ती आक्रमणबाट सागर सुनारको ज्यान गएको स्थानीय सोभाखर गौतमले बताउनुभयो । सागरका आमा र बुबा रोजगारका लागि भा ...


अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

काठमाडौँ, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए । उनले अब सञ्चालन ...


जनयुद्धको उपलब्धि उल्टाउन ठूलै शक्ति लागेको भरपर्दो सूचना छः प्रम दाहाल

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धीहरु उल्टाउन ठूलै शक्ति क्रियाशील भइरहेको बताएका छन् । त्यसका भरपर्दा सूचनाहरु आफूसँग रहेको पनि उनले दाबी गरे । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले उपलब्धी रक्षाका लागि माओवादी पहिलो पार्टी बन्नैपर्ने बताए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुप ...


अध्यक्ष केसी प्रश्नः कहाँबाट हुन्छ चुनाव ?

२८ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् । चुनाव हुँदैन, यो सरकारले हल्लामात्रै चलाएको हो’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वउपप्रधानमन्त्री केसीले प्रश्न गरे, ‘कहाँबाट हुन्छ चुनाव ?’ उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए । अध्यक्ष केसीले थपे, ‘अब हेर्दै ...


सातामा २५ अंक बढेर १४७९ मा बन्द भयो नेप्से, प्रतिरोधको संघारमा

२८ पुस, काठमाडौं । साताभरमा नेप्से परिसूचकले २५ अंक जोड्दै बजार बन्द भएको छ । गत विहीबार १४५४ मा रहेको नेप्से साताको अन्तिम दिन बिहीबार १४७९ बिन्दुमा आएर बजार बन्द भएको हो । अन्तिम दिन विहीबार भने नेप्से ३.३५ अंकले बढेको थियो । सातागत आधारमा बजारमा कारोबार रकम पनि १९.७४ प्रतिशतले घटेको छ । गत साता २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा यससाताभरमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा बढ्दो प्रवृत्तीमा देखिएको नेप्से प्रतिरोध ...


शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पु¥याउन सफल भएको उल्लेख गर्नुभयो । नेपाल राजनीतिक सङ्क्रमणको ...


१० दिनभित्रै चुनावको मिति घोषणा हुन्छः खनाल

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने बताएका छन् । आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्ने उनले बताए । बिहीबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले भने, ‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा ...


आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना

भक्तपुर, २८ पुस । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताउनुभयो । उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा लक्षित उद्योगको विकास जरुरी ...


स्थानीय निकायको निर्वाचन हुन्छः मन्त्री पाण्डे

ललितपुर, पुस २८ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन् । “स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आ ...


परराष्ट्रमन्त्री महतद्वारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

२८ पुस, काठमाडौं । कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले यहाँका अमिर, विदेश र श्रममन्त्रीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा डा. महतले कतारमा रहेका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाबारे कुरा उठाएको उनको सचिवालयले जनाएको छ । वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने समझदारी भएको डा. महतका प्रेस संयोजक एकराज पाठकले ...


स्ववियु निर्वाचन जुनसुकै हालतमा पनि हुनुपर्छः अध्यक्ष महर

२८ पुस, पोखरा । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन जुनसुकै हालतमा हुनुपर्ने बताए ।  नैतिकतामा आधारित मानवतावादी शिक्षा वर्तमानको आवश्यकता ...


ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो

रामेछाप, २८ पुस । रामेछाप सदरमुकाम मन्थलीबाट बालूवा लिएर गाल्वा जाँदै गरेको बा ४ ख १७१५ नम्बरकोे मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति पकरबास २, ठांटीमा मिनीट्रक पल्टँदा भिरपानी १ का दीनेश माझी र कुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्थानीय जुगल मगर घाइते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।  ...


विस्थापित भएको २५ वर्षपछि माझी परिवारलाई घर

बागलुङ, पुस २७ – राजमार्ग बिस्तारका क्रममा विस्थापित भएका बागलुङका माझी परिवारको एक बर्षभित्र घर निर्माण गरिने भएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाबासबाट विस्थापित भएका १४ माझी परिवारलाई अबको एक बर्षभित्र नयाँ घर पाउने गरी बागलुङ नगरपालिकाले बुधबार निर्माण कम् ...


न्यायमा गरिबलाई पहिलो प्राथमिकताः प्रधान न्यायधीश कार्की

खोटाङ, पुस २७ – प्रधान न्यायधीश सुशीला कार्कीले हरेक न्यायलयले गरिब, निमुखा र पीडितलाई पहिलो प्राथमिकतामा राखेर न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला अदालत खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधान न्यायधीश कार्कीले अझैपनि न्यायलयप्रति सर्वसाधारणको गुनासो आइरहेको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले निमुखा, गरिब तथा अदालतसम्म पुगेर खर्च गर्न नसक्ने सर्वसाधारणप्रति न्यायकर्मी समर्पित ...


आरएमडीसीको २० प्रतिशत लाभांश स्वीकृत

२७ पुस, काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको १८ औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । सभाले आव २०७२र७३ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा २६ करोड ६७ लाख ५५ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । नेपालमा लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई थोक ऋण प्रदान गर्न २०५५ कार्तिक १३ गते यस कम्पनीको स्थापना ...


४० किलो चरेससहित चार जना पक्राउ

धादिङ, पुस २७ – धादिङको भुमेस्थानस्थित सिम्लेबाट ४० किलो लागु औषध चरेससहित चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत सिम्मलेमा गाडी कुरेर बसेका बेला प्रहरीलाई देखेपछि भागन लागेका उनीहरुलाई प्रहरीले पक्रेको हो । उनीहरुको साथबाट ४० किलो चरेससहित प्रहरीले चरेसको कारोबारबाट आएको एकलाख ६१ हजार २ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ भुमेस्थान– ७ का ३४ वर्षे सन्तोष रिजाल, भारत दरभंगाका–२ ...


सहमतिका लागि एमाले एक कदम पछाडि हट्छः सचिव भट्टराई

दाङ, पुस २७ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन्। संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए। प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बल ...


राष्ट्रियतालाई बहसको विषय नबनाऔंः बाबुराम

२७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा भट्टराईले राष्ट्रियता सबैको साझा विषय भएको भन्दै बहसको विषय नबनाउन आग्रह गरे । उनले भने, ‘नेपाल नै नरहे हामी नेपाली रहँदैनौं । र, हाम्रो पार्टी पनि रहँदैन ।’ ...


नेपालका पर्यटकीय क्षेत्रका तस्वीरले रंगियो अष्ट्रेलियाको गाडी

नेपाल पर्यटन बोर्डका लागि पश्चिम अष्ट्रेलियाका प्रतिनिधि निलमणि थपलियाले आफ्नो सवारी साधन नेपालको पर्यटन प्रवर्द्धन हुने प्रचार सामाग्रीले रंग्याएका छन् । कसैले नेपालका पर्यटकीय क्षेत्रको प्रचार गर्न चाहन्छ भने आफूसँग सम्पर्क राख्न पनि उनले आग्रह गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै थपलियाले भने, ‘अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धनका लागि उपयोगी हुने लागेर यस्तो अभियान सुरु गरेको हुँ ।’ अष्ट्रेलियाका सडकमा गुड्ने उनको व्यवसायीक सव ...


पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड

२७ पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ । राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ...


भारतदेखि आएर सिन्धुलीमा डकैती गर्न खोज्ने प्रहरीको फन्दामा

सिन्धुली, पुस २७ । सिन्धुलीमा सीसी क्यामेराको सहायताले भारतको बिहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन् । डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एक नम्बर बजारमा रहेको सिकन्दर साहको साह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार ...


न्यायबाट वञ्चित भएकालाई न्याय दिलाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका

काठमाडौं, पुस २७ । न्यायबाट वञ्चित भएकालाई न्याय दिलाउन सञ्चारमाध्यमको ठूलो भूमिका रहने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सर्वोच्च अदालतले बुधबार राजधानीमा गरेको अदालत र सञ्चारकर्मीबीचको छलफलका सहभागीहरुले न्यायालय र सञ्चार दुवैको काम सत्यको उद्घोष गर्ने भएकाले दुवैले एक अर्कामा समन्वय गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा न्यायिक सूचना सम्प्रेषणको प्रभावकारिताबारे सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवदीले प्रतिवेदन प्रस्तुत गरेका थिए । न ...


पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

काठमाडौं, पुस २७ – शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा बुधबार १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उहाँको २५५ औँ जन्मजयन्ती मनाएको हो । विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीम ...


लोकमान नांगिए जसरी सरकार नांगियोः एमाले अध्यक्ष ओली

२७ पुस, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको योग्यता र लोकमान सिंह कार्कीको योग्यता उस्तै भएको टिप्पणी गरेका छन् । उनले लोकमान सिंह कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य भएको ओलीले बताए । प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकमान नांगिए जसरी यो सरकार पनि जनताका बीच नांगिदै गएको जिकिर गरे । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धन ...


सार्वजनिक विदा पुनरावलोकन गर्ने सरकारको निर्णय

२७ पुस, काठमाडौं । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ । पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने सुझाव दिन गृह मन्त्रालयलाई भनेको छ । मन्त्रालयलाई एक महिना समय दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । त्यस्तै सरकारले निजामति कर्मच ...


पुनर्निर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोख्रेल नियुक्त

२७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । र, योजना आयोगका पूर्व उपाध्यष डा. गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै फे ...


मन्त्रिपरिषद बैठकः कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

२७ पुस, काठमाडौं । तपाई निजामति कर्मचारी हुनुहुन्छ भने तपाईका लागि खुशीको विषय हुनसक्छ, आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउँदैछ । आजको मन्त्रिपरिषद बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरिषद स्रोतका अनुसार विधेयक स्वीकृत गरेर परामर्शका लागि लोकसेवा आयोगमा पठाइने छ । यसैगरी मन्त्रिपरिषदले संघीयतामा कर्मचारी समायोजनको विधेयक समेत स्वीकृत गर्दैछ ...


संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा गुल्मी बन्द, जनजीवन बिहानैदेखि प्रभावित

गुल्मी, पुस २७ – सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा बुधवार गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् । बजार तथा कलकारखाना समेत ठप्प छ । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन प्रस्ताव राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह सम ...


रामेछापमा ट्रिपर दुर्घटना, सहचालकको ज्यान गयो

रामेछाप, पुस २७ – रामेछापमा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भएको दुर्घटनामा अन्तय तीन जना घाइते भएका छन् । ना १ ञ ५७ नंबरको ट्रिपर मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अरु दुई जनाको रामेछापमै उपचार भइरहेको छ । सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ...


सिमा चौकीमा आगजनीको प्रयास, प्रहरीलाई गाउँ छिर्न नदिने भन्दै स्थानीय आन्दोलनमा

बझाङ, पुस २६ – छुट्टै गाउँपालिकाको माग गर्दै झण्डै चार महिनादेखि आन्दोलनरत बझाङको काँडा गाविसका स्थानीयले सिमा प्रहरी चौकीमा आगजनीको प्रयास गरेका छन् । गाउँपालिका नबन्नेपछि गाविसको परिषद समेत बहिस्कार स्थानीयले तीन दिनदेखि सीमा प्रहरी चौकी घेराउ गरेका थिए । यही क्रमम आक्रोशित स्थानीयले चौकी छो ...


रुस्लान कप क्रिकेट प्रतियोगिताः पुलिस र आर्मीको विजयी सुरुवात

काठमाडौं, पुस २६ – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । मंगलबार भएको उद्घघाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । एकसय ८४ र ...


जडिबुटीबाट ६ महिनाको अवधीमा झण्डै ४६ लाख राजस्व संकलन

जुम्ला, पुस २६ – जिल्ला वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म जडिबुटीबाट ४५ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला वन कार्यालबाट जडिबुटी संकलन सहमति लिएका झण्डै ४० जना संकलकहरुबाट वन कार्यालय जुम्लाले ६ महिनाभित्रयो राजश्व संकलन गरेको जिल्ला वन अधिकृत मोहनप्रसाद श्र ...


विश्वकप फुटबल बिस्तारित, सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

२६ पुस, काठमाडौं । विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ । विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो । २०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् । सन् १९९८ देख ...


संशोधन विधेयक कुनै हालतमा पास हुँदैनः भीम रावल

२६ पुस, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । संविधान संशोधन विधेयक एक तिहाई मतबाट असफल पारिदिने रावलले बताए । अछाममा पत्रकारहरुसँग कुरा गर्दै रावलले संविधान संशोधन बिधेयक राष्ट्रहित विपरित भएकाले जसरी पनि खारेज गरिने बताएका हुन् । यस्तै उपाध्यक्ष रावलले एमाले ३ वटै तहको निर्वाचनका लागि तयार रहेको भन्दै सरकारले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग समेत गरेका छन् । तर सरकार चुन ...


मह जोडीले धुर्मूस-सुन्तली फाउन्डेसनलाई दिए एक लाख, मुसहर बस्ती बनाउन एकैदिन ३५ लाख संकलन

२६ पुस, बर्दिबास । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन एक लाख रुपैयाँ सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनलाई शिलान्यास समारोहमै ३५ लाख बराबरको सहयोग जुटेको छ । फाउन्डेसनले सोमबार बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमूना बस्तीको शुभारम्भ गरेको थियो । बस्ती निर्माणको शिलान्यास मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । बस्तीको शिलान्यासका लागि पुगेका हास्य कलाकारद्वयले सहयोगको घोषणा गर्दै बस्ती ...


सामाजिक सञ्जाल सगुनले मिनी आइपिओमा २ करोड डलर भन्दा बढी लगानीको रुपमा जुटाउने तयारी

काठमाडौं, पुस २६ – सामाजिक सञ्जाल सगुनले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन एसइसीमा रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओ खुल्ला हुनु अगाडि ५० करोड रुपैयाँ भन्दा बढी लगानीको आशय प्राप्त गरेको छ । सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व रुपैयाँ भन्दा बढी लगानीको रुपमा जुटाउने तयारी गरेको छ । नेपाली युवा गोविन्द गिरीले बनाएको सामाजिक सञ्जाल सगुनले मिनी आइपिओ खुल्ला गर्नु अगाडि सम्भावित लगानीकर्ताहरुबाट आशय आह्वान गरेको थियो ...


सन्तोष बुढाथोकीलाई खुकुरी हान्ने लक्ष्मण मल्ल पक्राउपछि सार्वजनिक

बाँके, पुस २६ – नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीलाई खुकुरी हान्ने गर्ने बाजुरा रुगिन–१ का लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरेको तीन दिनपछि मंगलबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्रकार सम्मेलन गरी मल्ललाई सार्वजनि ...


इन्डोेनेसियामा ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पुस २६ – इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ । सिइएनसीका अनुसार बिहीबार विहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४ दशमलव ५३ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर इन्डा्नेसियामा परेको थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस विभागले भने उक्त भूकम्पीय कम्पन ६ ...


संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनः ओली

२६ पुस, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । ‘मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ,’ उनले भने । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैज ...


पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर विदा दिन सांसदहरुको माग

२६ पुस,काठमाडौं । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन संसदमा माग गरिएको छ । व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् । एमाले सांसद प्रकाश ज्वाला, पुरुषोत्तम पौडेल लगायतले नेपाल राष्ट्र एकीकरणको उनको योगदान भुल्न नहुने बताए । सांसद ज्वालाले भने ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे, उनलाई सम्झिनु अपरा ...


मेडिकल शुल्क विवादले तिन खाडी मुलुक जाने १५ हजार कामदार रोकिए

पुस २६, साउदी अरब, बहराइन र ओमनमा काम गर्न जानका लागि अन्तर्वार्ताबाट छनोटमा परेका नयाँ कामदारको स्वास्थ्य परिक्षण (मेडिकल) जनवरी एक तारिखबाट रोकिएको छ । मेडिकल नभएपछि ती देशमा जाने कामदारको भिसा लगाउने प्रक्रिया अवरुद्ध बनेको छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले प्रति कामदार १० अमेरिकी डलर बुझाउनुपर्ने नयाँ नियम विवादमा परेपछि कामदारको स्वास्थ्य परिक्षण रोकिएको हो । खाडी राष्ट्रको एउटै स्वास्थ्य नीति लागू गर्ने निकाय जीसीसी हो । ‘जनवरी ए ...


पृथ्वी जयन्तीलाई एकता दिवस मान्न युएईको दूतावासमा ज्ञापन पत्र

पुस २६– राप्रपा नेपाल निकट प्रवासी नेपाली एकता समाज युएईले पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मान्यता दिन माग गरेको छ । युएईमा रहेको नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा राष्ट्रिय मान्यता दिन माग गरेको हो । कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रलाई एकताको सुत्रमा बाध्ने राष्ट्रपीताको रुपमा पृथ्वीनारायण शाहको सम्मानार्थ पृथ्वी जयन्तीलाई एकता दिवसको ...


सात प्रदेशका उच्च अदालतहरुका लागि ८२ जना न्यायाधीशको नियुक्ति आजै टुंगो लाग्ने सम्भावना

२६ पुस, काठमाडौं । सात प्रदेशका उच्च अदालतहरुका लागि ८२ जना न्यायाधीशको नियुक्ति मंगलबारै टुंगो लाग्ने सम्भावना रहेको न्याय परिषद स्रोतले जनाएको छ । न्यायाधीशको नाम टुंगो लगाउन केही दिनदेखि न्याय परिषदको बैठक निरन्तर बसिरहेको छ । प्रत्येक दिन आज टुंगो लगाउने भन्दै बैठक बसे पनि कुरा मिलिसकेको छैन । न्याय परिषद अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले चाँडो टुंगो लगाउन चाहेको स्रोतले जनाएको छ । परिषद सदस्य रहेका बरिष्ठतम न्यायाधीश बैद्यना ...


मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा

कञ्चनपुर, पुस २६ । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् । मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिन ...


कन्सुलर सेवालाई अनलाईनमार्फत उपलब्ध गराउने तयारी

२६ पुस, काठमाडौं । तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ । यी सबै कार्यका लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्दैन । इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सुविधा उपयोग गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिट्टै कन्सुलर सेव ...


आजका दैनिक पत्रपत्रिकाको पहिलो पृष्ठः हाजिर गरेर सांसद ‘बेपत्ता’

२६ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा छापेका छन् । नयाँ पत्रिका दैनिकले संसदमा सांसदहरु नबसेको, सरकारलाई डाक्टरहरुको अभाव भएको र किसानलाई सरकारले २५ सय रुपैयाँ पेन्सनको व्यवस्था गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । अन्नपूर्ण पोस्ट् दैनिकले पनि संसदबाट सांसदहरु बेपत्ता भएको, प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी कर्मचारी छाडिएको र उर्जा मन्त्रालयले जलविद्युतमा महत्वाकांक्षी योजना ल्याएको ...


कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

पुस २५, काठमाडौँ – मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो । अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्क ...


निलम्वित साँसद सञ्जय साहविरुद्ध ३१ करोड ५० लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं पुस २५, २०७३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध ३१ करोड ५० लाख रुपैंया विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हालसम्म दायर गरेको मध्ये यो नै सबैभन्दा ठूलो विगो माग दावी गरिएको मु्द्दा हो । पदिय हैसियत दुरुपयोग गरी गैरकानूनी सम्पत्तिआर्जन गरेको अभियोगमा साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । साह सद्भावना पार्टीमा उपाध्यक्ष थिए । अख्तियारले उनीसहित बाबु स ...


नगरपालिकाको भवन निर्माणका लागि दुई करोडको जग्गा दान

लमजुङ, पुस २५ – लमजुङको सुन्दरबजार नगरपालिका कार्यालयको भवन निर्माणका लागि पण्डित समाजले तीन रोपनी ६ आना जग्गा नगरपालिकाको नाममा पास गरिदिएको छ । नगरपालिका कार्यालयका प्रमुख एवम् कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार सुन्दरबजार–८ स्थित पन्ध्र मुरे भन्ने ठाउँमा समाजले निःशुल्क उपलब्ध गर ...


नेविसंघ र अखिल क्रान्तिकारीबीच पद्मकन्या क्याम्पसमा कुटाकुट

२५ पुस, काठमाडौं । स्ववियु निर्वाचनको मिति घोषणालगत्तै चुनाव प्रचारमा सक्रिय नेविसंघ र अखिल क्रान्तिकारीबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ । दुबै पक्षले आक्रमणमा एकअर्कालाई दोष लगाएका छन् । अखिल क्रान्तिकारीले आइतबार र सोमबार लगातार दुई दिन नेविसंघ महामन्त्री साजना अधिकारी नेतृत्वको टोलीले आफ्ना नेता-कार्यकर्ताहरुमाथि आक्रमण गरेर घाइते बनाएको बताएको छ । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार नेविसंघको आक्रमणबाट अखिल क्रान्तिक ...


बिजुलीको लाइन काटेर कर्मचारी आन्दोलनमा होमिए

२५ पुस, ताप्लेजुङ । लिजका कर्मचारीलाई हटाउने तयारीमा लागेको भन्दै बिद्युत प्राधिकरण ताप्लेजुङका कर्मचारीले आन्दोलनको बहानामा बिद्युत आपूर्ति ठप्प पारेका छन् । आन्दोलनरत कर्मचारीले सोमबार दिउँसोबाट कार्यलयको सम्पूर्ण काम ठप्प गर्दै विद्युत अबरुद्ध पारेका छन् । नेपाल विद्युत प्राधिकरणले करारमा खटाएका कर्मचारीलाई अस्थाई नियुक्ति नगरी हटाउने तयारीमा लागेको भन्दै उनीहरुले केन्द्रिय प्रसारण लाइन काटिदिएका हुन् । गत कात्तिक १३ गते ताप्लेजुङमा केन्द्रीय ...


रौतहटमा एकैदिन चार ठाउँमा पुल शिलान्यास

२५ पुस, रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले रौतहटमा एकैदिन चारवटा पुलको शिलान्यास गरेका छन् । रौतहटको चाँदी र वागमती नदीका विभिन्न स्थानमा पुल शिलान्यास गर्न मन्त्री लेखक रौतहट आएका छन् । रौतहटको चन्द्रपुर-गैंडाटार जोड्ने चाँदी खोलामा निर्माण हुन लागेको पक्की पुलको मन्त्री लेखकले सोमबार शिलान्यास गरे । पुल बनाउन पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख ४६ हजार २६७ रुपैयाँ ८१ पैसामा ठेक्का सकार गरेको छ । पुलको लम्बाई ४६९.५० मिटर र चौ ...


संसद बैठक आधा घण्टाका लागी स्थगित, एक सय ४९ सांसद उपस्थित हुनु पर्नेमा एक सय १६ जनामात्र उपस्थित

काठमाडौं, पुस २५ –गणपुरक संख्या  नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेका कारण स्थानीय तह निर्वाचन विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुन सकेको छैन । बैठकमा गणपुरक संख्या नभएको भन्दै सांसदहरुले नियमापत्ती गरेपछि सभामुख ओनसरी घर्ती मगरले ...


बाँके र बर्दियामा विपन्न परिवारका लागि दुईहजार घर बन्दै

बाँके, पुस २५ – सरकारले यस वर्ष बाँके र बर्दियाका दुई हजार विपन्न दलित परिवारका लागि घर बनाउने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत बाँकेमा एकहजार र बर्दिया एकहजार गरी विपन्न दलित परिवारका लागि दुईहजार घर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकार ...


एमाले नेता माधव नेपाल सहभागि कार्यक्रममा ढुंगामुढा

२५ पुस, काठमाण्डौ, एमाले नेता माधव कुमार नेपाल सहभागि कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको छ । एमालेको जारी मधेस घरदैलो कार्यक्रम अन्तर्गत सोमबार सुनसरीको हरिनगरमा आयोजित कार्यक्रममा सहभागि नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको हो । कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा सुरु गरेका थिए भने सो लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षीय झड ...


प्रथम स्वीस-नेपाल विज्ञान प्रविधि हस्तान्तरण कार्यशाला आजदेखि राजधानीमा सुरु

२५ पुस, काठमाण्डौ। नेपालमा प्रथम स्वीस-नेपाल विज्ञान प्रविधि हस्तान्तरण कार्यशाला आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल र स्वीटजरल्याण्डबीच साझा अवसर र चुनौती पहिचान गरी प्रविधि आदान-प्रदान गर्ने उद्देश्यले कार्याशाला आयोजना गरिएको हो । स्वीटजरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन नेपसासले नेपालस्थित स्वीटजरल्याण्डको राजदूतावास र गेट्स कलेजको सहकार्यमा नेपालमा पहिलोपटक कार्यशाला आयोजना गरेको हो । कार्यशालाको स्थानीय साझेदारका रुपमा नेपाल ...


पेरुमा १० वर्षमा ५० प्रतिशत गरिबी घट्यो

पुस २५ – ल्याटिन अमेरिकी देश पेरुले एक दशकमा देशको गरिबी ५० प्रतिशतले घटाएको छ । पछिल्लो दशकमा पेरुले आर्थिक उन्नतिको नजिर प्रस्तुत गर्दै झण्डै ५० प्रतिशत नागरिकको जीवनस्तरमा सुधार ल्याएको बिबिसीले जनाएको छ । त्यहाँ पछिल्लो पाँच वर्षमा ७० लाख जनाको गरिबी घटेको छ । पेरुका राष्ट्रपति पेडरो पैबलो ...


गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा पुनर्निर्माणमा समस्या

रसुवा, पुस २५ – रसुवामा निर्माण सामाग्रीको गुणस्तर जाँच गर्ने ल्याब नहुँदा पुनर्निर्माणमा समस्या देखिएको छ ।भूकम्पले भत्किएका सरकारी तथा निजी घर पुनर्निर्माणको काम अघि बढिसकेको अवस्थामा रसुवामा निर्माण सामाग्रीको जाँच गर्ने ल्याब नहुँदा समस्या देखिएको हो । ढुङ्गा, माटो र काठले निर्माण हुने घरम ...


राजनीतिक समस्याको केही दिनभित्रै निकासः अध्यक्ष ओली

विराटनगर, पुस २५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देखिएको राजनीतिक समस्याको केही दिनभित्रै निकास निस्कने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमै आउने दाबी गर्नुभयो । दुई चार दिनमै संसदको प्रक्रियाअनुसार काम ...


व्यवस्थापिका–संसदको बैठक सन्चालन, विपक्षीले गरेनन् अवरोध

काठमाडौं, पुस २५ । नियमित कार्यसूचीमा प्रवेश गर्दै सोमबार व्यवस्थापिका–संसदको बैठक सन्चालन भएको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद सन्चालनमा अवरोध नगरेको बताइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दल ...


एमालेको कदम राष्ट्रघातीः स्वास्थ्यमन्त्री थापा

काभ्रे, पुस २५ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले एमाले चालेको अहिलेको कदम राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ । सोमबार नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएर पहाडी र मधेसी बिचमा विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै एमालेले चालेको कदम राष्ट्रघाती भएको दाबी गर्नुभयो । स्थास्थ्यमन्त्री थापाले संविधान संशोधन भएन भने देश ठूलो दुर्घटनामा फस्ने बताउँदै सरकारले ...


सुनको भाउ आजपनि बढ्यो

काठमाडौं, पुस २५ – यो महिना लागेपछि उकालो लागेको सुनको भाउ सोमबार पनि बढेको छ । सोमबार तोलामा एक सय रुपैयाँले बढेर सुन ५३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो महिनाको सुरुमा तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता लगातार बढ्दै गएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ बढ्ने अनुमान गरिएको हो । सोमबार चाँदीको भाउ भने स्थिर छ । आइतबार जस्तै चाँदी ...


झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छः नेता नेपाल

२५ पुस, इटहरी । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन् । प्रेस चौतारी सुनसरीले इटहरीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’ उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन ...


कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ

पर्सा, २५ पुस झौवागुठी–९ मधवल बस्ने ५० बर्षीया रोबैदा खातुनको कुटपिटबाट मृत्यु भएको छ । उनलाई आइतबार कुटपिट गरिएको हो । सोही ठाउँ बस्ने ४५ बर्षीय महमद देवान, उनका ४० बर्षीया श्रीमती रहम्तारा खातुन र १६ बर्षीय छोरा अलिअर हुसेन देवानले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकार ...


संविधान संशोधन प्रस्ताव पारित हुन्छः उपप्रधानमन्त्री निधि

२५ पुस, ललितपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । सरकारले विपक्षीको अबरोधका बीच आइतबार संसदको बैठकमा संविधान संशोधन विधेयक पेश गरेको थियो । ‘संसदमा टेबल भएको बिषयमा अब छलफल अघि बढ्छ’ कांग्रेस नेता समेत रहेका गृहमन्त्री निधिले भने, ‘समाधान निकाल्ने थलो नै संसद हो ।’ संविधान संशोधनका बिषयमा कसैका मतभिन्नता छन् भने त्यसबारे छलफल गर्न सकिने भन्दै उनले छलफल गर्नै दिन ...


भेनेजुयलामा न्यूनतम ज्याला र पेन्सन ५० प्रतिशतले बढ्यो

भेनेजुयला, पुस २५ । भेनेजुयलामा मुद्रास्फिति बढिरहेका बेला न्यूनतम ज्याला र पेन्सनमा ५० प्रतिशत वृद्धि गरिएको छ । राष्ट्रपति निकोलस मडुरोले ज्याला र पेन्सन वृद्धिले काम र आम्दानी संरक्षण गर्ने बताए । यस वर्षमात्रै पाचौं पटक वृद्धि गरिएको ज्याला र पेन्सनले कामदार, सुरक्षाकर्मी र पेन्सन लिनेहरु लाभान्वित हुने उनको विश्वास छ । तर आलोचकहरुले भने सरकारी कदमले आर्थिक संकट थप खराब बनाउने बताएका छन् । विपक्षीहरुले तेलको धनी मुलुक भएर पनि सही व्यवस्थापनको ...


नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर

काठमाडौं, पुस २५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र विक्रिदर २९ रुपैयाँ ९५ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २ ...


विकास निर्माणमा कमसल सामग्री प्रयोग भएको गुनासो

रसुवा, पुस २५ । विकास निर्माणका काममा कमसल सामग्री प्रयोग गर्ने क्रम बढ्दै गएको भन्दै रसुवाका स्थानीयले गुनासो गरेका छन् । कम मूल्य तथा कमसल खालका सामग्रीको प्रयोग बढ्दै जाँदा निर्माण गरिएका भौतिक संरचना दीर्घकालीन रुपमा टिकाउ नहुने भन्दै स्थानीयले गुनासो गरेका हुन् । रसुवामा निर्माण सामाग्रीको गुणस ...


भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र छानविन हुने

नयाँ दिल्ली, पुस २५ । भारतको राष्ट्रिय सूचना आयोगले दिल्ली विश्वविद्यालयलाई सन् १९७८ को बी.ए. डिग्रीको तथ्यांक सार्वजनिक गर्न निर्देशन दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोही वर्ष उक्त विश्वविद्यालयबाट बी।ए।को डिग्री हासिल गरेको बताइन्छ । सूचना आयुक्त श्रीधर आचार्युलुले दिल्ली विश्वविद्यालयको केन्द्रीय जनसम्पर्क अधिकृत मीनाक्षी सहायको दलीललाई पनि खारेज गरेका छन् । मीनाक्षीले त्यस्तो विवरण उपलब्ध गराउँदा तेस्रो व्यक्तिको नीजि जानकारी स ...


कागज छाडेर विद्युतीय प्रणालीका लागि महानगरमा ‘मार्स’ लागू

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्चस्तरको प्रविधियुक्त मार्स अर्थात् म्युनिसिपल एड्मिनिस्ट्रेसन एण्ड रेभेन्यु सिस्टम आजदेखि औपचारिक रूपमा लागू गर्दैछ । यो प्रणाली गत साउनदेखि परीक्षणमा थियो । यो लागू भएपछि महानगरपालिका र वडा कार्यालयमा भएका सबै विद्युतीय कागजी प्रक्रिया र कारोबारका रेकर्ड एउटै सिस्टममा आवद्ध हुनेछन् । यसबाट महानगरले आफ्नो कार्य सम्पादन स्तर बढ्ने र सेवाग्राहीले सहज तथा सरल तरिकाले सेवा पाउने विश्वास गरिएको छ । यसअघि प ...


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बैतडीमा पनि सुरु

२५ पुस, बैतडी । बैतडीमा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणा अनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्टले जानकारी दिए । परियोजनाअन्तर्गत १०० हेक् ...


​सर्वोच्चद्वारा लोकमानसिंह कार्की अयोग्य ठहर

काठमाडौं, पुस २४ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य ठहर गरेको छ । सर्वोच्च अदालतले कार्कीको नियुक्ती बदर गर्दै अर्को योग्य मान्छेलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्न पनि राष्ट्रपति र संवैधानिक परिषदलाई भनेको छ । कार्कीको योग्यता ...


बोक्सीको आरोपमा कुटपिट गर्ने गुल्मीकी एक महिलाले मागीन् माफी

गुल्मी, पुस २४ – बोक्सीको आरोपमा कुटपिट गर्ने गुल्मीकी एक महिलाले माफी माग्दै पीडितको उपचार खर्च बेहोर्ने भएकी छिन् । गुल्मीको रेसुंगा नगरपालिका–१४ उर्लेनी निवासी बाटुली कुँवरले कपिलबस्तु चन्द्रौटा घर भई रेसुंगामा बस्दै आएकी २६ बर्षीया कमला चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेकी थिइन् । आ ...


सेवा विस्तारका लागि टेलिकमको एक्सचेन्ज बनाईयो

पोखरा, पुस २४ । नेपाल टेलिकमले पोखरा–१८ छिनेडाँडा आसपास क्षेत्रमा आधारभूत टेलिफोन सेवा विस्तारका लागि एक्सचेन्ज स्थापना गरेको छ । स्थानीयवासीको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज स्थापना गरेको टेलिकमले जनाएको छ । टेलिकमको एक्सचेन्जले उक्त क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बिस्तार गर्न सहयोग पुग्ने ...


महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पास

२४ पुस, काठमाडौं । व्यवस्थापिका संसदले अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । महाअभियोग प्रस्तावमा छलफल भइरहेका बेला सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेसहितका विपक्षी दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका थिए । सर्वोच्चको आदेशपछि आइतबार संसदको अवरोध हट्यो । र, महाअभियोग प्रस्तावमा बोल्न बाँकी सांसदहरुले आइतबारको छलफलमा भाग नल ...


विरोधका बीच संविधान संंशोधन विधेयक संसदमा पेश

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ । सर्वोच्चका आदेशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो । संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे । तर, स ...


सरकारद्धारा काठमाडौं मेट्रो रेल सञ्चालन गर्ने तयारी

काठमाडौं, पुस २४ । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने र सञ्चालन लागतमा कत ...


अग्निपीडितलाई थपियो अर्को प्राकृतिक विपत्ति, आफन्तको घरमा शरण लिन बाध्य

तेह्रथुम, पुस २४ । तेह्रथुमका उच्च क्षेत्रमा हिमपात भएसँगै आठराई संक्रान्तिबजारका अग्निपीडित चिसोले कठ्याङिग्रएका छन् । आगलागीमा छानो, मानो र न्यानो कपडासमेत गुमाएका अग्नीपीडित जिल्लाको जनजीवन नै कष्टकर बनाउने गरी बढेको चिसोले झन् बढी समस्यामा पारेका हुन् । चिसोका कारण पीडित टहरामा बस्न नसक्दा आफन्त र छिमेकीका घरमा शरण लिन बाध्य भएका छन् । आगलागीपछि पुनर्वासका लागि बनाइएका जस्तापाताका टहराले चिसो ठिही र सिरेटो छेक्न नसक्दा त्यत्तिकै रहेको छ । निज ...


तीन दलबीच सहमति जुटेन, विरोधका बीच संशोधन टेबल गर्ने तयारी

२४ पुस, काठमाडौं । सदनको अवरोध खुलाउनबारे सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । र, सरकारले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ । संसदको बैठक केहीबेरमा बस्दैछ । त्यसअघि सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तीको आहृवानमा कांग्रेस, एमाले र माओवादीका शीर्ष तीन नेताको बैठक बसेको थियो । त्रिपक्षीय बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच ‘वान टु वान’ वार्ता समेत भएको ...


प्रमुख दलका शीर्ष नेताहरुबीच सहमतिको प्रयास जारी

२४ पुस, काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुबीच सहमतिको प्रयास जारी छ । सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष तीन नेता बानेश्वरस्थित संसद भवनमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । लगतै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वान टु वान वार्ता समेत भएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले संशोधन विधेयक टेबल मात्र ग ...


संसदमा शोक प्रस्ताव पारित, ३ बजेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं, पुस २४ – संसद बैठक शोक प्रस्ताव पारित गरेर ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद बैठकले पूर्व सांसद मणिराज पोख्रेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०१५ सालमा तत्कालीन क्षेत्र नम्बर १६ खोटाङबाट सांसद बन्नुभएका पोख्रेलको पुस १८ गते निधन भएको थियो । आइतबार १ बजेका लागि डाकिएको बै ...


सुन्तलाखेती बन्यो आम्दानीको राम्रो माध्यम

म्याग्दी, पुस २४ । पहाडी जिल्ला म्याग्दीमा व्यवसायिक सुन्तला खेती महिलाका लागि आम्दानीको राम्रो माध्यम बनेको छ । घरायसी काममा सीमित र परिवारका अरु सदस्यमा निर्भर महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती विस्तार गरेपछि तीन वर्षयता मनग्गे आम्दानी गर्न थालेका हुन् । महिलाको नेतृत्व रहेका कृषक समूहले व्यवसायीक रुपमा सुन्तला खेती गरेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् । सामान्य खर्चको जोहो गर्न श्रीमान् र छोराछोरीमा निर्भर ...


पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका लागि पहल गरिदिन राष्ट्रपतिलाई राप्रपाको आग्रह

२४ पुस,काठमाडौं । सत्तारुढ तेस्रो दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणाका लागि पहल गरिदिन राष्ट्रपति समक्ष आग्रह गरेको छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी र सचेतक परशुराम तामाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् । शीतल निवास पुगेका राप् ...


सार्वजनिक प्रशासनप्रति सेवाग्राहीको सन्तुष्टी जाँच्न सामान्य प्रशासन मन्त्रालयले थाल्यो सर्

२४ पुस, काठमाडौं । सार्वजनिक प्रशासनप्रति सेवाग्राहीको सन्तुष्टी जाँच्न सामान्य प्रशासन मन्त्रालयले सर्वेक्षणको काम सुरु गरेको छ ।मन्त्रालयले सेवाग्राहीको भिड हुने कार्यालयमा सेवाग्राहीलाई एउटा फाराम भराउने छ र त्यसको आधारमा सार्बजनिक प्रशासन सेवाग्राही मैत्री भए-नभएको जाँचिने छ ।सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता नन्दराज ज्ञवालीले भने ‘सेवाग्राहीसँग सार्वजनिक प्रशासनको सन्तुष्टीको अवस्था खोज्ने काम सुरु गरेका छौं ।’सेवाग्राहीको भ ...


कार्यव्यवस्थामा एमालेः नभए संसद खुल्दैन

२४ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक अघि बढ्न नदिने बताएको छ । तर, सत्तापक्षले भने प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । सभामुख ओनसरी घर्ती मगरले आहृवानमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी एमालेले सरकारले अहिलेसम्म कुनै सम्वाद नगरेको बताएको छ । सर्वोच्चले समेत प्रदेशको सीमांकन हेरफेर असंवैधानिक हुने भनेको दाबी एमालेले यथास्थितिमा संशोधन अघि बढाए संसद बैठक अवरुद्ध ग ...


सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न माग

२४ पुस, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न माग गरेको छ । महासंघले आइतबार सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापन पत्र बुझाउँदै सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न ध्यानाकर्षण गराएको हो । संविधान संशोधन प्रस्तावले आदिवासी जनजातिहरुको अधिकार, सवाल, चाहना र मागलाई सम्बोधन नगरेकाले सभामुखको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जगतबहादुर बरामले ...


माघ तेश्रो साता पोखरामा राष्ट्रिय भलिवल प्रतियागिता

२४ पुस, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजनामा आगामी माघ तेस्रो साता राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी माघ १८ देखि २२ गतेसम्म पोखरामा हुने महिला तथा पुरुष राष्ट्रिय भलिबलको कास्की जिल्ला खेलकुद बिकास समितिले व्यवस्थापन गर्नेछ भने सृजना बिकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । रंगशालाभित्र निर्माण भइरहेको भलिवल टे्रनिङ सेन्टरमा अस्थायी कोर्ट निर्माण गर ...


राजनीतिक निकासमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक दललाई सुहाउँदैन्ः डा भट्टराई

सप्तरी, पुस २४ । नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी राजनीतिक निकास दिने काममा अवरोध पुर्‍याउनु कुनै पनि लोकतान्त्रिक दललाई नसुहाउने बताएका छन् । सप्तरीमा बुद्धिजिवी र राजनीतिक दलका प्रतिनिधिहरुसँगको भेटमा उनले संसद अवरुद्ध गर्नेतिर नलागि सहमतिका साथ अघि बढ्न एमालेलाई सल्लाह दिए । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशितालगायतका विषय सुरक्षित गर्न पनि वर्तमान संविधान कार्यान्वयन हुनुपर्नेमा ज ...


भारु ५ सय र १ हजारको नोट साट्ने विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक

२४ पुस, काठमाडौं । नेपालसँग रहेको भारु ५ सय र १ हजारको नोट साट्ने विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ । ‘भारतीय पक्षले छलफल गर्न चाहेको भन्ने जानकारी हामीले पाएका छौं, समय भने तय भएको छैन्,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी बिनिमय बिभागका प्रमुख भिष्मराज ढुंगानाले भने । नेपालमा रहेको भारतीय दुतावासले हालै अर्थमन्त्रालयलाई यस्तो जानकारी दिएको हो । छलफलको लागि भारत जान यसअघि नै डुपुटी गभर्नर चिन्तामणी शिवा ...


वैदेशिक रोजगारीका क्रममा पीडित भएकालाई ‘साथी अभियान’ले सहयोग गर्ने

पुस २४ – नेपाली साझा मञ्च साउदी अरबले ‘साथी अभियान’ सञ्चालनमा ल्याएको छ । रोजगारीका क्रममा पीडित भएकालाई निःशुल्क कानूनी सहयोग र परमर्श दिन अभियान सञ्चालनमा ल्याइएको हो । नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारी, गैर आवासीय नेपाली संघ साउदी अरबका पूर्व अध्यक्ष पु ...


संशोधन विधेयक अघि बढ्न नदिने विपक्षी ९ दलको पुरानै अडान

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् । संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक कुनै हालतमा पेश गर्न नदिने निर्णय परिवार दलका अध्यक ...


प्राधिकरण सिइओ ज्ञवालीले दोस्रो पटक बुझाए स्पष्टिकरण

२४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनः सरकारलाई दोस्रो चरणको जवाफ पठाएका छन् । ज्ञवालीले आइतबार विहान ११ बजे प्रधानमन्त्रीको कार्यालयमा पुगेर स्पष्टिकरण बुझाएका हुन् । विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको सम्वन्धमा सरकारले शुक्रबार उनलाई दोस्रो चरणको स्पष्टिकरण सोधेको थियो । कार्यकारी अधिकृत ज्ञवालीले ६ पेज लामो स्पष्टिकरण पेश गर ...


आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, पुस २४ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र विक्रिदर २९ रुपैयाँ ९५ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५२ पैसा र विक्रि ...


सुदूरपश्चिममा उच्च हिमपात, राजमार्ग अवरुद्ध

२४ पुस, बैतडी । एक्कासी आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । ‘हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिद ...


आज संसदमा संशोधन प्रस्तावः जसरी पनि संसदमा टेबलको तयारी, एमाले प्रतिकारको मुडमा

२४,पुस,काठमाडौँ । विपक्षीको अवरोधका बिच आज संसदमा संशोधन प्रस्ताव दर्ता हुदैछ । तर प्रमुख प्रतिपक्षी एमालेले त्यसको प्रतिकार गर्ने निर्णय गरिसकेको छ । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखिएको छ । सर्वोच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख् ...


रियाल मड्रिड लगातार ३९ खेलसम्म अपराजित

काठमाडौं, पुस २४ । स्पेनीस फुटबल क्लव रियाल मड्रिडले लगातार ३९ खेलसम्म अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ । स्पेनिस फुटबलमा सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान बार्सिलोनाको नाममा छ । शुक्रबार रातिको खेलमा ग्रानाडालाई हराएपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिडले बार्सिलोनाको कीर्तिमान बराबरी गरेको हो । अब एक खेलमा नहारेमा स्पेनीस फुटबलमा सर्वाधिक लामो अपराजित श्रृंखलाको कीर्तिमान रियाल मड्रिडको नाममा रहनेछ । ग्र ...


हिमपातले पश्चिमी क्षेत्रको जनजीवन प्रभावित

जुम्ला, पुस २४ । आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि पाँच फिट हिमपात भएको अनुमान गरिएको छ । जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर ह ...


नेपालको पर्यटन प्रर्बद्धनमा टेवा पुर्‍याउन सिड्नीमा निकालियो कार र्‍याली

७ जनवरी, सिड्नी । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्बद्धन गर्न सिड्नीमा बसोबास गरिरहेका युवाहरुले नयाँ जुक्ति निकालेका छन् । निजी कारणको पछाडी नेपाल प्रर्बद्धन गर्ने स्टिकर टाँस्ने अभियान चलाइरहेका नेपाली युवाहरुले शनिवार स्टिकर टाँसिएका कारहरुको र्‍याली निकाले । ‘प्लान योर नेक्स्ट होलिडे इन नेपाल’ लेखिएका ठूला स्टिकर टाँसिएका करिव २८ वटा कारको लस्करले शनिवार अपरान्ह सिड्नीका मुख्य चोक र शहर परिक्रमा गर्‍यो । स्टिकरमा गौतम ...


मधेसको प्रमुख समस्या नेकपा एमाले होः अध्यक्ष ठाकुर

बारा, पुस २३ – तराइ मधेस लोकतान्त्रिकका पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा दर्ता भएको संविधान संशोनधको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा आएको दाबी गर्नुभएको छ । बाराको कलैयामा शनिबार तराइ मधेस दलित उत्थान मन्चले आयोजना गरेको दलितसँग सहभोज कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले देशको मुख्य समस्यानै अहिले एमाले रहेको आरोप लगाउनुभयो । उहाले एमालेले मधेससँग राजनैतिक बेइमानी गरिरहेको आरोप पनि लगाउनुभयो । सर्वोच्च अदालतले संव ...


करेन्ट लागेर एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम , पुस २३ – जनकपुरको माछाबजार नजिक पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको ज्यान गएको छ । तीन जना मजदुर घाइते भएका छन् । शनिवार दिउँसो माछाबजार नजिक सडक छेउमा विजुलीको पोल गाड्ने क्रममा विजुलीको तारमा सर्ट भएर करेन्ट लाग्दा चार जना घाइते भएका छन् । घाइते चार जनालाई जनकपुर अञ्चल अस् ...


साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

पर्सा, पुस २३ । साढे पाँच किलोभन्दा बढी चाँदीका गहनासहित पक्राउ परेका एकजनालाई प्रहरीले शनिबार वीरगन्जमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका–३ छपकैयाका प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको चाँदीका गहनासहित सोनारलाई वीरगन्जस्थित रजतजयन्ती चोकबा ...


भोलि संशोधन प्रक्रिया अघि बढ्छ, रोक्न खोज्ने नाङ्गिन्छः प्रधानमन्त्री प्रचण्ड

२३ पुस , काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने व्यवस्थापिका संसद बैठकबाट संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । उनले सर्वोच्चले संशोधन प्रस्ताव अघि बढाउन मार्गप्रशस्त गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधको प्रयास गरे उ आफैं नाङिगने तर्क गरे । शनिबार राजधानीमा आयोजित पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संशोधन प्रस्ताव आन्तरिक राष्ट्रियता बलियो बनाउन ल्याइएको भन्दै ...


विखण्डनकारी राष्ट्रवादले कसैको हित गर्दैनः उर्जामन्त्री

२३ पुस, रौतहट । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल रौतहट शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी नेता समेत रहेका मन्त्री शर्माले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गरे । संसद्लाई बन्धक बनाएर निर्वाचनको मात्र कुरा गर्नुले प् ...


अवैध काठसहित दुईजना पक्राउ

सिरहा, पुस २३ – इलाका प्रहरी कार्यालय मिर्चैयाको विशेष टोलीले ठूलो परिमाणमा अवैध काठसहित दुईजना लाईपक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिरहाको बडहरामाल–१ रतनपुरस्थित झाडीमा परालले छोपेर लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको हो । काठसँगै प्रहरीले स्थानीयबासी भोला धामी र सिरहाको गौतारी–२ का शिवशंकर पासवानलाई पक्राउ गरेको छ । उनीहरु काठ चिरान गर्ने मजदुर हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले राति छापा मार्दा २० लाख रुपैयाँ भन्द ...


यथास्थितिमा संशोधनलाई समर्थन गर्न सक्दैनौंः अध्यक्ष गच्छदार

२३ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा आफ्नो दलले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् । साथै सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिर्माजन नगरी समस्या समाधान नहुने दाबी समेत गरे । रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ ...


स्थानीयको अवरोधले काठमाडौं-भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

२३ पुस, भक्तपुर । स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो । भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पर्याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । कुल चार क ...


भारतीय टीमको कप्तानी अब कोहलीले सम्हाल्ने, ३ वर्षपछि युवराज फेरी टीममा

काठमाडौं, पुस २३ । भारतको क्रिकेट टीमका विराट कोहलीले तीन वटै भर्सनको कप्तानी सम्हाल्ने भएका छन् । महेन्द्रसिह धोनीको स्थानमा एकदिवसीय र टि–२० को पनि कप्तान नियुक्त गरिएपछि उनले अब तीन वटै भर्सनको कप्तानी सम्हाल्ने छन् । धोनीले बुधबार एकदिवसीयको कप्तानीबाट पनि राजीनामा दिएपछि कोहलीलाई भारतीय क्रिकेट बोर्डले तीन वटै भर्सनको कप्तानी सुम्पेको हो । विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध शुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन् ...


एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चल्दै छः डा. महत

डडेल्ल्धुरा, पुस २३ । नेपाली कांग्रेसका नेता डा। रामशरण महतले नेकपा एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय मान्यतामा विश्वास राख्ने दल नेकपा एमालेले संसदलाई असफल बनाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् । उनले संसद्मा पुगेको संविधान संशोधनको प्रस्तावमा छलफलमा सहभागी हुन एमालेलाई आग्रह गरे । संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलह ...


बागमतीमा फोहर फाल्ने पक्राउ, बीस हजार रुपैयाँ जरिवाना

काठमाडौं, पुस २३ – उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहर फाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै ग ...


सरकारले उखुको मूल्य तोक्न सकेन, उद्योगमै उखु बेच्न बाध्य भए किसान

बारा, पुस २३ । सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा बाराका किसान चिनी उद्योगसँगै सहमति गरेर उखु दिन बाध्य भएका छन् ।  सरकारको भर पर्दा विगतमा जस्तै खेतमै उखु सुक्ने र भुक्तानीमासमेत समस्या आउने भन्दै किसानले चिनी उद्योगसँगै सहमति गरेर उखु दिन थालेका हुन् । सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाई गरेपछि बाराका किसानले चिनी उद्योगसँग सहमति गरेरै उखु दिन थालेका छन् । किसान र चिनी उद्योगबीच प्रतिक्विन्टल ५ सय १७ रुपैयाँमा उखु किनबेच गर्ने आ ...


निःशुल्क भनिएकै औषधि शुल्कमा किन्न बाध्य

पुस २३, काठमाण्डौ । तीन वर्षीय छोरा ज्योतिष चौधरीलाई घाउखटिराले सताएपछि आमा रामकुमारीले उनलाई उपचारका लागि बैजापुर उपस्वास्थ्यचौकीमा लगिन् । चौकीका इन्चार्ज हीरामणि गुरुउले उनलाई जाँचेर औषधि पनि लेखिदिए । तर, स्वास्थ्यचौकीमा औषधि नभएपछि उनले निजी क्लिनिकमा किन्न सल्लाह दिंदै पठाए । घाउको पीडाले बालक रोइरहेका थिए । ‘छोराको उपचार होला भनेर अस्पताल आएकी थिएँ । तर, यहाँ औषधि पाइएन । डाक्टरले गाउँमै किन्न सल्लाह दिनुभयो,’ रामकुमारीले ...


सामुदायिक विद्यालय सुधार्न ताते शिक्षक

२३ पुस, काठमाडौ । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि काठमाडौंका शिक्षक र अभिभावकले विद्यालय सुधार्न सामूहिक योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘शिक्षकले चाहेमा गर्न सकिन्छ’ भन्ने अभियानमा सामुदायिक विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरूले ११ बुँदे प्रतिबद्धता गरेका छन् । जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले काठमाडौंमा १३ वटा शैक्षिक मुद्दाको समाधान गर्नुपर्ने औंल्याए । त्यसमा भूकम्पबाट प्रभावित विद्या ...


३३ किलो सुनको मालिकअझै परेनन् फेला

काठमाडौं, पुस २३ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन । सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगा ...


जलेश्वर र दशरथ चन्दनगरपालिकाको नगरपरिषद् सम्पन्न

काठमाण्डौ, पुस २३ । महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७४र०७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार ५०० को बजेट प्रस्तुत गर्दै शुक्रबार आफ्नो २१ नगरपरिषद् सम्पन्न गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ ...


जीप दुर्घटनामा दुई जनाको ज्यान गयो

२३ पुस, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् । दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय ...


लागु औषधसहित दुई जना प्र्रहरीद्धारा पक्राउ

कञ्चनपुर, पुस २२ – कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सीमासुरक्षा पोष्ट गड्डाचौकीले शुक्रबार १ हजार ५० चक्की लागुऔषध नेट्रोभेटसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का ...


कान्ति बाल अस्पतालद्वारा ५२ शैयाको आइसियू सञ्चालन

काठमाडौं, पुस २२ – कान्ति बाल अस्पतालले ५२ शैयाको सघन उपचार कक्ष आइसियू सञ्चालनमा ल्याएको छ । स्वाथ्यमन्त्री गगन थापाले विस्तारित एकीकृत आइसियू विभागको दिउँसो उद्घाटन गर्नुभएको हो । अब २५ शैयामा नवजात शिशु सघन उपचार कक्ष एनआइसियू, १५ शैयामा बालबालिका सघन उपचार कक्ष पिआइसियू, १० शैयामा सर्जिकल ...


प्रविधिलाई गाउँ-गाउँ पुर्‍याउँः मुख्यसचिव डा. सुवेदी

२२ पुस, काठमाडौं । मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले अत्याधुनिक प्रविधिको पहुँच शहरी क्षेत्रमा मात्रै देखिएकाले मुलुकको ग्रामिण क्षेत्रमा प्रविधि भित्र्याउन चुनौति भएको बताएका छन् । मुख्य सचिव सुवेदीले काठमाडौ केन्द्रित प्रविधिले मुलुकको समग्र विकास गर्न नसक्ने उदघोष गरे । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले आयोजना गरेको क्यान सफ्टेक मेलाको काठमाडौंमा उदघाटन गर्दै मुख्य सचिव सुवेदीले ग्रामिण क्षेत्रमा प्रविधि भित्र्याउन सके प्रविधि सम्बन्धी उद्यो ...


​भक्तपुरमा लुटराले लगे मन्दिरा अधिकारीको ६ लाख

भक्तपुर, पुस २२ – बैंकबाट रकम झिकेर गठ्ठाघरतर्फ जाँदै गर्दा एक व्यक्तिको ६ लाख रुपैयाँ लुटिएको छ । नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका दुई लुटेराले ६ लाख रुपैयाँ लुटेर भागेका छन् । भक्तपुरको कौशल्टारस्थित एनआइसी एसिया बैंकबाट पैसा झिकेर गठ्ठाघरस्थित सिन्धु कन्टेनर वचत तथा ऋण सहकारी संस्थामा जा ...


आफूहरुको टक्कर भारतीय शासकसँगः अध्यक्ष केसी

२२ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुको टक्कर लगाए-अह्राएको गर्नेहरुसँग नभई भारतीय शासकहरुसँग भएको बताएका छन् । संविधान संशोधन विधेयकको विरोधमा ९ दलले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको सभामा अधिकांश नेताले छिमेकी मुलुक भारतको आलोचना गरे । सभालाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष केसीले आफूहरुले भियतनामको राष्ट्रिय युद्ध पढेको भन्दै नेपाली जनता भुटान-सिक्कीम व्यहोर्न तयार नरहेको बताए । नेपालको राज्यपुनर्संरचना भा ...


काठसहित काठ तस्कर प्रहरीद्धारा पक्राउ

सोलुखुम्बु, पुस २२ – दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो । वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला शुक्रबार बिहान ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फे ...


बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्नोस्ः स्वास्थ्यमन्त्री थापा

काठमाडौं, पुस २२ । स्वास्थ्यमन्त्री गगन थापाले कान्तिबाल अस्पतालका पदाधिकारीहरुलाई कुनैपनि सेवा नपाएर बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिएका छन् । कान्तिबाल अस्पतालको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अस्पतालमा के अभाव छ भन्ने कुरा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए । अस्पतालमा कुनैपनि उपकरणको अभाव भए त्यसलाई यसवर्षको अन्त्यसम्ममा हटाइसक्ने उनको आश्वासन थियो । कार्यालयमा उपस्थिति नहुने र तोकिएको जिम ...


अविवाहित आमाद्वारा व्लेडले घाँटी काटी शिशुको हत्या

काठमाडौं, पुस २२ – आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी झण्डै १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउन एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धा ...


लोडसेडिङ मुक्त हुने पालो अब चितवनकोः उर्जामन्त्री शर्मा

 २२ पुस, चितवन । उर्जामन्त्री जनार्दन शर्माले काठमाडौं र पोखरापछि लोडसेडिङ मुक्त गर्ने पालो चितवनको भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘एकै पटक सबै ठाउँमा सम्भव हुन्छ भन्ने होइन, काठमाडौँ हुँदै पोखरा मुक ...


एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव

२२ पुष, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् । शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए । ‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने । उनले एमालेको शक्ति प्रर्दशनले जारी र ...


भूकम्प अति प्रभावित जिल्लामा दक्ष कामदारको कमी

काठमाडौं, पुस २२ – भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष कामदारको अभाव देखिएको छ । अति प्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि ६० हजार दक्ष कामदारको आवश्यकता पर्ने अनुमान गरिएको छ । जसमध्ये हालसम्म १५ हजारलाई मात्र तालिम दिइएको शहरी विकास मन्त्रालय केन् ...


ट्रयाक्टरको ठक्करबाट किशोरको मृत्यु

सिरहा, पुस २२ – सिरहाको गोलबजार–३ चोपानेमा बाटो काट्ने क्रममा स १ त ३१८७ नम्बरको ट्रयाक्टरले ठक्करबाट स्थानीय बासिन्दा १६ वर्षका दीपक पासवानको ज्यान गएको छ । बिहीबार ट्रयाक्टरले ठक्कर दिँदा घाइते भएका पासवानको रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले ...


प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझ्दै

२२ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने भएका छन् । आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले अप ...


निजामती कर्मचारीले अवकाश पाउने उमेरहद ६० वर्ष तोकिँदै

२२ पुस, काठमाडौं । तपाईं प्रशासन सेवाअन्तर्गतको सरकारी कर्मचारी हुनुहुन्छ भने खुसीको खबर छ । किनकी सरकारले निजामती कर्मचारीको जागिर खाने उमेर हद दुई वर्ष थप्दैछ । सरकारले निजामती सेवा ऐन २०४९ मा पाँचौ संशोधन गरेर निजामती कर्मचारीले अवकाश पाउने उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गर्न लागेको छ । पा ...


राजधानीको ४० ठाउँबाट जुलुस, रत्नपार्कदेखि ओलीले नेतृत्व सम्हाल्ने वीच सडकमै मञ्च बनाइँदै,

२२ पुस, काठमाडौं । नेकपा एमालेको नेतृत्वमा ९ दलीय गठबन्धनले आयोजना गरेको आजको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ । यसको कारण के हो भने आन्दोलनकारीले ४० ठाउँबाट जुलुस निकाल्ने छन् र प्रदर्शनीमार्गको बीच सडकमै मञ्च बनाएर आमसभाको आयोजना गरिने छ । एमालेसहित ९ दलको विरोधसभा दिउँसो ३ बजे राष्ट्रियसभा गृह अगाडिको वीच सडकमै हुने भएको छ । सडकमा कार्यकर्ताहरुले मञ्च निर्माण गरिरहेका छन् । तीन बजे सभा सुरु हुनुअघि विभिन्न ...


मुस्ताङमा हावाबाट बिजुली निकाल्ने तयारी

२२ पुस, मुस्ताङ । स्पेनी लगानीकर्ताले जोमसोममा हावाबाट बिजुली निकाल्न प्रयास थालेसँगै कागबेनीमा पनि यस्तै योजना आउने भएको छ । एभरेस्ट बिन इनर्जी, दक्षिण अफ्रिकाको एभरेडी क्यास्ट्रोल र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको लगानीमा नयाँ योजना ल्याउन लागिएको हो । कागबेनीमा २०४१ सालमै सरकारले हावाबाट बिजुली निकालेर प्रयोग गरिसकेको छ । जोमसोमको काम अन्तिम चरणमा पुगेको छ । स्पेनबाट अत्याधुनिक मेसिन ल्याएर जडान भइरहेको छ । कागबेनीमा उत्पादन गरिने बिजुली पहि ...


‘पत्रकारलाई सरकारको विशेष प्याकेज’

२२ पुस, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुका लागि सरकारले बिशेष सहयोग प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् । सामुदायिक पत्रकारिताको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको १२ औं साधारणसभा उदघाटन समारोहलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले भने, ‘पिछडिएका समाजको बिषय बाहिर ल्याउन चाहने पत्रकारका लागि सरकारले बिशेष सहयोगको प्याकेज ल्याउने तयारी गरिर ...


डेढ लाख जनता सडकमा आउँदैछन्ः एमाले उपाध्यक्ष शाक्य

काठमाडौं पुस २२,-प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गर्दैछन् । विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । शक्ति प्रदर्शनको ‘ट्रेलर’स्वरुप एमाले एक्लैले बिहीबार काठमाडौंमा हजारौंको मोटरसाइकल र्‍याली निकालेको थियो । जनप्रदर्शनमा एमालेसहित नेपाल मजदु ...


शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, पुस २२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८९ पैसा र विक्रिदर २९ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७६ पैसा र विक्रिदर २९ रुपैयाँ ९३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५० पैसा र विक्रिदर २ ...


माओवादीमा एक्लिदै प्रचण्ड ! प्रचण्डलाई काधँ थाप्ने २ नेता मात्र

२२,पुस,काठमाडौं । माओवादी आन्दोलनका मुख्य नेता मानिदै आएका पुष्पकमल दहाल ‘प्रचण्ड’ पछिल्लो समय एक्लिदै गएका छन् । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र प्रचण्डले गरेका निर्णय र स्वयंम प्रचण्डको रक्षा गर्ने नेताको खडेरी परेको छ । प्रधानमन्त्री बन्नुअघि केन्द्रका प्रचण्डले जसको सबैभन्दा विश्वास गरेका थिए ति नेताहरु नै प्रचण्डप्रति असन्तृष्ट देखिएपछि प्रचण्ड आन्तरीक रुपमा कमजोर बन्दै गएका हुन । माओवादी केन्द्रमा वरिष्ठताको वरि ...


फलफूल कृषकलाई बगैंचा सुधार तालिम

डडेल्धुरा, पुस २२ । डडेल्धुराका अगुवा फलफूल कृषकलाई बगैंचा सुधार तालिम दिइएको छ । सुन्तला जातका फलफूलमा केही वर्ष यता विभिन्न रोग देखिन थालेपछि जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई तालिम दिएको हो । सुन्तला जातका फलफूलका पात पहेंलो हुँदै जाने, बिस्तारै सुक्दै जाने गरेपछि समस्या देखिँदै आएको ...


लगानीकर्ताले नबुझेको करिब ७ करोड लाभांश कोषमा जाँदै, १२ कम्पनीले पठाए विवरण

२२ पुस, काठमाडौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् । ‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो विवरणमा प्राथमिक सेयर निष्कासनमा आवेदन दिएर पनि पाँच वर्षसम्म नपरेको सेयर वापत फिर्त ...


विचित्र परम्पराः जहाँ ससुरा र नयाँ बुहारीले गर्नुपर्छ लिप किस

दुनियाको सबैभन्दा धेरै जनसंख्या भएको छिमेकी देश चीनमा परम्पराहरु पनि अनेक थरीका छन् । चीनमा विवाहका परम्परा पनि निकै रोचक छन् जसको बारेमा सोसल मिडियामा बेला बेलामा खुबै चर्चा हुने गर्दछ । अहिले फेरि एउटा निकै अनौठो बिहे संस्कारका बारेमा निकै चर्चा भईरहेको छ । चीनको एक बिहे समारोहका दौरान देखिएको उक्त दृश्यको भिडियो सोसल मिडियामा अपलोड भएपछि त्यसले चर्चा र विवाद बटुलिरहेको छ । भिडियोमा एक व्यक्तिले बेहुलीलाई चुम्बन गरिरहेको देखिन्छ । तर बेहुलीलाई ...


चुचुरेमा जलविद्युतको काम १० प्रतिशत बाँकी

२२ पुस, रामेछाप । रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन्। चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर ...


बझाङको मष्टाका पशु चौपायमा खोरेत रोग देखियो

बझाङ, पुस २२ – बझाङको मष्टा गाविसका पशु चौपाय खोरेत रोगका कारण मर्न थालेपछि किसान चिन्तामा परेका छन् । खोरेत रोगका कारण अहिलेसम्म सात वटा पशु चौपाय मरेको स्थानीय बासिन्दाले बताएका छन् । पहिले मुखबाट र्‍याल आउने र त्यसपछि केही नखाने, खुट्टा टेक्न नसक्ने लगायतका लक्षण पशु चौपायमा देखा पर्ने ...


चिनियाँ एक फुटबल क्लबले ‘पैसामा आगो सल्काए’

पुस २२ – चीनको खेलकुदको प्रमुख प्रशासकीय निकायले चाइनिज सुपर लिगका क्लबको खर्चको सीमा तोक्ने योजना ल्याएको छ । चाइनिज सुपर लिगका क्लबले अहिले प्रि–सिजन ट्रान्सफर विन्डो अन्तर्गत खेलाडी अनुबन्ध गरिरहेका छन् । चिनियाँ क्लबले ठूलो मूल्यमा खेलाडी अनुबन्ध गरिरहेकाले नयाँ कीर्तिमान बनाउने देखिएको छ । सांघाई एसआइपिजीले चेल्सीका ओस्कारलाई ६० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । चीनको खेलकुदको प्रमुख प्रशासकीय निकायका प्रवक्ताले सुपर लिगका क्लबले ...


भारतीय अभिनेता ओम पुरीको निधन

पुस २२ – भारतीय अभिनेता ओम पुरीको निधन भएको छ । मुम्बईमा उहाँको निधन भएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरीको ६६ वर्षको उमेरमा निधन भएको हो ।सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले प्रारम्भिक शिक्षा मामाघर पञ्जाबको पटियालाबाट पूरा गर्नुभएको थियो । उहाँले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गर्नुभएको थियो । उहाँले आफ्नै प्रयासमा नाट्य समूह मजमा बनाउनुभएको थियो । पुरीले सन् १ ...


विपक्षी ९ दलले आज राजधानी तताउदै

२२ पुस, काठमाडौं । नेकपा एमालेसहित विपक्षी ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलले प्रदर्शनसहित आमसभा गर्दैछन् । विपक्षी दलहरुले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ । ...


विचित्र देशः जहाँ हत्या गरेवापत सरकारले दिन्छ पुरस्कार

मानिसको हत्या गर्नु ठूलो अपराध हो, जसको गम्भीर सजायँ भोग्नुपर्छ । कानुनले मानव हत्यालाई सख्त रुपमा बन्देज गरेको हुन्छ र सरकारले हत्यारलाई खोजीखोजी पक्रिएर जेलमा हाल्दछ । जन्मकैदसम्मको सजायँ छ, हामीकहाँ । तर यो दुनियाँमा यस्तो देश पनि छ, जहाँ सरकारले नै मानिसको हत्या गर्ने छुट दिन्छ र हत्यारालाई सजायँ दिनुको साटो उल्टै पुरस्कार दिन्छ । हो, हत्यारालाई दण्डको साटो पुरस्कार दिने व्यवस्था एसियाली मुलुक फिलिपिन्समा रहेको छ । फिलिपिन्सका राष्ट्रपति रोड् ...


शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेको वृहत मोटरसाइकल र्‍याली

२१ पुस, काठमाडौं । शुक्रवार एमाले सहितका ९ राजनीतिक दलले संविधान संशोधनबिरुद्ध गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेले राजधानीमा विहीवार वृहत मोटरसाइकल र्‍याली निकालेको छ । उपत्यका तीनै जिल्लाबाट एमाले कार्यकर्ताहरु मोटरसाइकलसहित प्रदर्शनीमार्गमा भेला भएका थिए । दश हजार भन्दा बढीको सहभागिता रहेको मोटरसाइकल र्‍यालीका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको थियो । जनप्रदर्शनको प्रचार-प्रसारका लागि विहिवार अपरान्ह ३ बजे प्रदर्श ...


पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिले बोलाईन्

२१ पुस,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका ठूला पाँच दलका शीर्ष नेताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिमा छलफल गर्न शीतल निवास बोलाएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरुलाई राष्ट्रपति भवन बोलाइएको हो । संविधान संसोधन विवाद र अदालको पछिल्लो आदेशपछि राजनीतिक गतिरोध अन्त्यको प्रयास भइरहेको बेला राष्ट्रपतिको सक्रियता बढेको हो । ...