‘प्रेमगीत २’ का नायक प्रदिपलाई गाडी उपहार

२०७४ असोज २ गते १२:३७ मा प्रकाशित


pradip_1२ असोज, काठमाडौं । चलचित्र हिट भएपछि निर्माता निर्देशकबाट महँगो ब्राण्डका गाडी उपहार पाएका बलिउड र हलिउडका हिरोको चर्चा बेलाबेलामा समाचारमा छाउने गरेका छन् । यस्तै उपहारको क्रम नेपालमा पनि सुरु भएको छ ।

पछिल्लो समय सबैभन्दा बढि चर्चामा रहेका अभिनेता प्रदीप खड्काले पनि निर्माताको हातबाट गाडी उपहार पाएका छन् । ‘प्रेम गीत’ अभिनेता प्रदीपलाई सोही चलचित्रका निर्माता सन्तोस सेनले महँगो गाडी गिफ्ट गरेका हुन् ।

निर्माता सेनले आइतबार राजधानीमा चलचित्र ‘प्रेम गीत २’ प्रर्दशनको ५१ औं दिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै प्रदीपलाई ५२ लाखको गाडी उपहार दिएका हुन् । निर्माता सेनले रातो रंगको गाडी उपहार दिदा प्रदीपले मुस्कुराएर उपहार लिए ।

प्रदीपले निर्माता सेनाको आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’मा काम गरेका छन् । उनले, यही ब्यानरमा घोषणा भएको चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्नेछन् ।

पछिल्लो समय चलचित्र बजारमा प्रदीपको चर्चा निकै छ ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...