कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो

२०७४ साउन ९ गते १२:४४ मा प्रकाशित


nepal_6९ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको हो ।

मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्बाधिक ३४ रन बनाएर नट आउट रहे । ओपनर सन्दिप सुनारले १५, अनिल शाहले १२ र प्रनित थापामगरले ८ रन बनाए ।

बलिङमा चम्केको नेपालले आज पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । १० ओभरमा ३६ रन बनाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो भने अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन । नेपाललाई उकास्न दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ५२ रनको साझेदारी गरे पछि नेपालले सहज जित हात पार्यो ।

नेपालले टस जितेर ब्याटिङको निम्तो पाएको मलेसियाले ३५.१ ओभरमा अल आउट हुँदै ८९ रन बनाउन सफल भयो । मलेसियालाई धरासायी बनाउने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले महत्वपूर्ण ७ विकेट लिए । त्यस्तै शाहव आलमले २ र रिजन ढकालले १ विकेट हात पारे ।

नेपालले आफ्नो अन्तिम खेल भोली अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्याण्डमा हुने आइसीसी अण्डर १९ विश्वकपका लागि नेपालले भोलीको खेल जित्नै पर्नेछ । यसअघि भएको खेलमा नेपाल अफगानिस्तानबाहेक सबै खेल जितेको छ ।

अफगानिस्तानसँग भने नेपाल १४१ रतले पराजित भएको थियो । अफगानिस्तानले खेलेका सबै खेल जितेर १० अंकका साथ शिर्ष स्थानमा छ भने नेपाल ८ अंक सहित दोस्रो स्थानमा छ ।

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...