उपेक्षामा बजेटः जेठ १५ को समयसीमा के होला ?

२०७४ बैशाख २५ गते ०८:४८ मा प्रकाशित


२५ वैशाख, काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट पारेको छ । तर, यो जटिलताबारे प्रमुख दलहरुबीच गम्भीर छलफल नै भएको छैन ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटबारे चाडै प्रमुख दलहरुबीच छलफल गर्दैछन् । ‘अब एक दुई दिनभित्रै बजेट जेठ १५ मै ल्याउने वा पछि भन्नेमा प्रमुख दलहरुबीच छलफल गरेर निष्कर्ष निकालिन्छ’, स्रोतले भन्यो ।


संविधानको धारा ११९ को उपधारा ३ मा नेपाल सरकारका अर्थमन्त्रीले उपधारा १ बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नेछन् भन्ने उल्लेख छ । तर, सो दिन बजेट आउन नसके के गर्ने भन्ने विषयमा संविधानमा केही उल्लेख छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

नयाँ सरकार कहिले?
नयाँ सरकार कहिले?

निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत ...

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको ...

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर ...

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...