आज २५६१ औं बुद्ध जयन्ती विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै

२०७४ बैशाख २७ गते १०:५८ मा प्रकाशित


BUDDHAकाठमाडौं, बैशाख २७ । आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।

छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।

मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

You may also Like this

थप समाचार

तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा
तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा

प्रदेश नम्बर ६ का हिमाली जिल्लाका उम्मेदवारहरुले तीब्बती नाकासम्म सडक संजाललाई मुख्या चुनावी एजेन्डा बनाएका छन्। ३ उत्तर दक्ष ...

नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !
नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !

भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। ...

संघीय नेपालमा १५० जना मन्त्री !
संघीय नेपालमा १५० जना मन्त्री !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या ...

चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट
चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट

निर्वाचन नजिकँदै गर्दा शान्तिसुरक्षामा चुनौति कायमै रहेपनि सुरक्षाकै नाममा पछिल्लो चारदिनमा ९ अर्ब रुपैयाँ सुरक्षाकै नाममा ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...