बुद्ध लुम्बिनीमा नै जन्मेका हुन्ः दलाई लामा

२०७४ मंसिर १० गते २२:०८ मा प्रकाशित


dalai lama

काठमाडौँ । तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्म स्थान बारे गत महिना दिएको अभिव्यक्तिलाई लिएर आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका छन् ।

एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति विरोध भएपछि उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

‘गत महिना मेरठमा भएको अन्तरक्रियाका क्रममा दिएको जवाफप्रति असमझदारी पैदा भएकामा ध्यानाकर्षण भएको छ,’ लामाको भनाइ उद्धृत गर्दै उक्त अनलाइनमा उल्लेख छ, ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु ।’

लामाले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको प्रसंग उठाउँदै उनी कुनै पनि देशमा मात्र सीमित नभएको धारणा राखेको दाबी गरेका छन् । अनलाइनमा उल्लेख छ, ‘यो सर्वव्यापी स्वीकार्य छ कि बुद्धले भारतमा ज्ञान प्राप्त गरेका मात्र हुन् ।’ उनले आफ्नो स्पष्टोक्तिले हालैका समय बुद्धको जन्मस्थानबारे भएको असमझदारी तथा भ्रम निवारण हुने आशा व्यक्त गरेका छन् ।

गत अक्टोबर १६ मा भारतको मेरठमा विद्यार्थीहरूसँग भएको अन्तक्र्रियाका क्रममा लामाले दिएको अभिव्यक्तिबारे एक सातादेखि सामाजिक सञ्जाल तथा नेपाली सञ्चार माध्यममा व्यापक विरोध भएको थियो ।

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले यसअघि नै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको भन्दै उक्त स्थानलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिसकेको छ ।

१४ औं दलाई लामा तेन्जिन ग्यात्सो सन् १९५९ यता भारतको धर्मशालामा निर्वासित जीवन बिताउँदै आएका छन् ।

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...