८० रुपैयाँ बिल तिर्न २ हजार खर्च

२०७४ भदौ ३० गते १५:२६ मा प्रकाशित


terthumतेह्रथुम, भदौ ३० । तेह्रथुम जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ ।


रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ ।

पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका हुन् । आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट ६ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् ।

यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताए । वर्षात्को समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सन्चालन हुँदैन । भण्डारीले भने, ‘रु ८० विद्युत् महसुल बुझाउन रु दुई हजारभन्दा बढी खर्च हुने गरेको छ ।’

यातायात सन्चालनमा नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सन्चालमा हुँदा म्याङ्लुङ बजार पुग्ने रु ७०० एकोहोरो यातायात खर्च लाग्छ । समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएकोे स्थानीयवासीको भनाइ छ । रासस

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...