जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा फेला

२०७४ साउन २६ गते १५:४३ मा प्रकाशित


japan२६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार ९आज० भेटिएको छ ।


दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक ‘एटम बम’ले हमला गरेको थियो ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ ।

उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधनका लागि पार्किङस्थल निर्माण गर्नेक्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

सुरुमा उक्त संकाास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्ता लागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् ।

उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो ।

पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो ।

प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम भएको प्रमाणित भएको बताइएको छ ।

उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सन्चालनमा छ ।

सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् ।

उक्त बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर, अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । राससःएएफपी

You may also Like this

थप समाचार

खेलकुदमा राजनीतिको छायाः सदस्य मनोनयनको विषयले बैठक स्थगित
खेलकुदमा राजनीतिको छायाः सदस्य मनोनयनको विषयले बैठक स्थगित

२१ असोज, काठमाडौं । सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० ...

बेलायती प्रधानमन्त्रीको भाषणको ईयुका नेताहरुबाट स्वागत
बेलायती प्रधानमन्त्रीको भाषणको ईयुका नेताहरुबाट स्वागत

काठमाडौं, असोज ७ । बेलायती प्रधानमन्त्री टेरिजा मे ले ब्रेक्जिटबाट मार्च सन् २०१९ मा बेलायत अलग भएपछि दुई वर्षको संक्रमणकालको ...

दसैँ भ्याउन छिटोछिटो मतगणना
दसैँ भ्याउन छिटोछिटो मतगणना

काठमाडौं, असोज ३ । दुई दिनपछि नेपालीहरुको महान चाड दसैँ सुरु हुदैँछ। बिहिबार दसैँको घटस्थापना छ। त्यही दसैंमा घर जान तेस्रो च ...

५३ प्रतिशत मत खस्यो
५३ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ का ८ जिल्लामा अहिले मतदान भइरहेको छ । १३६ ओ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...