‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो

२०७४ फागुन २७ गते १३:२१ मा प्रकाशित


Mamara-prasad-chaudhari

काठमाडौं फागुन २७ , । ‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ ।

मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।

पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले अनलाइनखबरलाई बताए ।

तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए ।

यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।

मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।

अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।

घटनामा दोषी जो भए पनि कारवाही गर्न आफूले जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि भनिसकेको रावलले बताए । उनले अनलाइनखबरसँग भने-मैले आजै पनि मेयर चौधरीसँग लामो कुराकानी गरेँ । उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले पनि मेयरले मान्छे छुटाएको कुरा अस्वीकार गरेको छ । तर, उनी विवादमा परिसकेकाले छानविन हुन्छ र दोषी भए कारवाही हुन्छ ।

जिल्ला इञ्चार्ज रावलले जघन्य घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने त्यो सैहृय नहुने भन्दै एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।

आफ्नै दाजुलाई एक करोडको बोर्ड !

घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले नागरपालिकामा मनोमानी गरिरहेको स्थानीयवासी र कर्मचारीहरुको गुनासो छ । सुरुदेखि नै उनले नगरपालिकालाई आफन्त र नातागोता भर्ती गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरेका छन् ।

नगरपालिकाले ०७४ पौष २६ गते गठन गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम विनियोजन गरिएको छ । उक्त बोर्डको कार्यकारी अधिकारसहितको उपाध्यक्षमा ३० हजारभन्दा बढी तलव सुविधा दिने गरी नगरप्रमुख चौधरीले आˆना सहोदर दाजु दयाराम चौधरीलाई नियुक्त गरेका छन ।

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोडिङ स्कुलको सञ्चालक समेत रहेका मेयरका दाइ दयाराम चौधरीलाई नगरप्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको राजपत्रमा प्रकाशित तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका सहोदर दाजुको बाहेक अन्य कसैका पनि सेवा सुविधा मेयर चौधरीले हालसम्म तोकेका छैनन् । उपाध्यक्षबाहेक अन्यको सेवा सुविधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले जानकारी दिए ।

मेयरले पर्यटन प्रवद्धन गर्न गठित बोर्डमा आफ्नै दाजुलाई नियुक्त गरेपछि स्थानियबासी आक्रोसित बनेका छन् । मेयरको चलाखीमा बोर्ड गठन गरिएको र आˆनै दाजुलाइ नियुक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीराम भट्टराईले अनलाइनखबरलाई बताए ।

 बचाउका लागि मेयरको पत्रकार सम्मेलन

बोक्सीको आरोपमा किशोरीको कुटपिट घटनालाई मिलापत्र गराउन खोजेको आरोप आफूमाथि लागेपछि घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीले त्यसको खण्डन गर्ने प्रयास गरेका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरे । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताए ।

आफूमाथि लागेको आरोपको सफाइ दिने उद्देश्यले सुखडबाट नगरपालिकाको बोर्ड बैठक स्थगित गरी धनगढी पुगेर पत्रकार सम्मेलनको आयोजना गरेका मेयर चौधरीले दोषीलाई कारबाही हुनुपर्छ भन्ने बताए ।

बोक्सीको आरोपमा कुटपिट गर्ने भोलेबाबा भन्ने रामबहादुर चौधरीको पक्षमा गाउँमा आधा मानिस रहेको बताउँदै नगरप्रमुख चौधरीले स्थानीयलाई तत्कालै सम्झाउन नसकिने आवस्था रहेको भन्दै लाचारी प्रकट गरे ।

मेयरकै रोहबरमा रामबहादुर छुटेका हुन्- सुख्खड प्रहरी

मेयरले अपराधी छुटाउनेमा आफ्नो संलग्नता रहेको र घटनाबारे धेरै जानकारी नभएको भने पनि खुख्खडका प्रहरी अधिकारीले भने मेयरकै रोहबरमा रामबहादुर छुटेको मिडियालाई प्रतिक्रिया दिएका छन् ।

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले झाँक्री रामबहादुरलाई पक्राउ गरेको थियो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो ।

त्यसलगत्तै घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरीलगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

अपराधीलाई थुनामुक्त गर्दा मेयर र वडाध्यक्षको संलग्नता थियो या थिएन भन्ने वास्तविकता पीडितका पिता पनि त्यहीँ रहेकाले तथ्य लुक्न सक्ने अवस्था छैन । किनभने, अपराधीको जाहेरी नलिने र मिलापत्र गराउनेमाथि  छानविन हुने  सरकारले बताइसकेको छ ।

साभारः अनलाईन खवर डटकम बाट । 

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...