विश्व बैंकले उर्लाबारीमा २०० करोड लगानी गर्दै

२०७४ भदौ १८ गते १६:१८ मा प्रकाशित


babankमोरङ, भदौ १८ । विश्व बैंकले उर्लाबारी नगरपालिकामा करीब २ सय करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा २ सय करोड रुपैयाँ सम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रूपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना प्रस्ताव गरेको छ ।

नगरपालिकाले प्रस्ताव गरेका योजनामा विस्तृत अध्ययन गरेर परामर्शदाताले उत्कृष्ट तीन वटा योजनालाई अन्तिम रूप दिनेछ । अन्तिम रूप दिइएका दीर्घकालीन र नगरको रणनीतिक महत्व बोकेका तीन वटा योजनामा विश्व बैंकले लगानी गर्नेछ । स्रोतका अनुसार विश्व बैंकले लगानी गर्ने योजना न्यूनतम २० करोड रुपैयाँभन्दा माथिका हुनेछन् । उर्लाबारी नगरपालिकाले वर्षाको समयमा जम्मा हुने सतहको पानीलाई पूर्वमा मावा र पश्चिममा सुनझोडा खोलामा खसाल्नुपर्ने, पूर्व–पश्चिम राजमार्गदेखि दुई किमी उत्तर–दक्षिण बक्राह र मावा खोलामा तटबन्ध गर्नुपर्ने, उर्लाबारीका नौवटै वडालाई छुने गरी रिङरोड निर्माण गर्नुपर्ने, राजघाट, बक्राह, रातेहोली समेतलाई जोड्ने गरी सिँचाइको व्यवस्था, सुनझोडा चन्दने हुँदै सिक्टी मार्ग जोड्ने पुल निर्माण, आधुनिकस्तरको ल्याण्डफिल्ड साइटको व्यवस्था, बक्राह, तेली र बाहुनी खोलामा पुल निर्माणसहित २० वटा योजना पेश गरेको छ ।

साथै सिमाना बस्तीदेखि मधुमल्ला रोडमा ढल निकास, उर्लाबारी– ३ सालबारीमा रंगशाला निर्माण, कृषि बजार तथा कोल्ड स्टोरेज निर्माण गर्न पनि प्रस्ताव पेश गरेको छ । यिनै योजनामध्येबाट उत्कृष्ट तीन वटा योजना छनोट गरी यसै वर्षभित्र डिपीआर तयार गर्नेगरी काम भइरहेको प्रमुख परामर्शदाता अजयचन्द्र लालले जानकारी दिए । डिपीआर तयार गरी शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आगामी आर्थिक वर्षदेखि योजना निर्माणको काम सुरू हुने उनले बताए । विश्व बैंकले उर्लाबारीसँगै मोरङको सुन्दरहरैँचा तथा झापाका दमक र विर्तामोडमा पनि लगानी गर्ने भएको छ । रासस

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...