फागुन दोस्रो हप्ताभित्रै सत्ता हस्तान्तरण: कांग्रेस प्रवक्ता शर्मा

२०७४ माघ २५ गते ०८:१४ मा प्रकाशित


bisho prakash sharma

काठमार्डौ माघ २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

संवैधानिका प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

प्रेस युनियन मोरङले हिजो बुधवार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार छ, मुलुकले फागुनको दोस्रो सातासम्म नयाँ सरकार पाउनेछ ।’

प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गरे । उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

पत्रकारको प्रश्नमा शर्माले कांग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको बताए । निर्वाचनमा कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले केन्द्रीय कार्य समितिको बैठक बोलाएर कांग्रेसले महासमिति बैठकको मिति तोक्ने पनि जानकारी दिए ।

समाचार अनलाईन खवर डटकम बाट । 

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...