काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल

२०७४ जेष्ठ २९ गते ००:४४ मा प्रकाशित


काठमाडौँ । गत बैसाख ३१ गते सम्पन्न स्थानिय निकायको चुनाबी परिणाम नेपाली कांग्रेसका लागि सन्तुष्टिजनक देखिएन । कांग्रेसको बाहुल्यता रहेको भनिएको क्षेत्रमा समेत नेकपा एमाले हाबी भयो । यसै पेरीफेरीमा नेपाली राजनीतिमा युवाहरुको भुमिकाको विषयमा पनि केद्र्रित रहेर वुढानिलकण्ठ नगरपालीकाका नगर कमिटि सदस्य तथा ब्यापार श्रमिक संघका काठमाण्डौ सभापती मनोज सिग्देलसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Manoj sigdel
यहालाई स्वागत छ । 
धन्यवाद । 
केमा ब्यस्त हुनुन्छ ?
ब्यस्तता अहिले खासै छैन । भर्खरै सकिएको चुनाब र चुनाबी परिणामको विषयमा समिक्षा र आगामी हुन लागेको बाकी प्रदेशका चुनाबका विषयमा छलफल गर्ने साथीहरुलाई भेट्ने कार्यमा नै ब्यस्त छु । 
पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको भुमिका कस्तो पाउनु हुन्छ ?
तपाईले भने जस्तै पछिल्लो समयमा मुलुकले चाहेका १८ वर्ष देखि ४० वर्षसम्मका मताधिकार प्रयोग गर्ने युवाहरु थुर्पै हुनुहुन्छ तर भर्खरै भएको चुनाबी परिणाम हेर्ने हो भने जति साथीहरु विजय भएर आउनु भएको छ, मैले भने जस्तै उमेरका युवा साथीहरु अत्यन्तै न्युन संख्यामा हुनुहुन्छ । १० प्रतिशत पनि हुनुहुन्न । 
युवाहरुले ठाउँ नै नपाएका हुन वा के कारणले युवाहरु आउन सकेनन् ?
कारण यहि हो, जती नै पार्टीहरुले आदर्शका कुरा गरे पनि युवाहरुले ठाउँ पाउदैनन । यसको मुख्य कारण चुनाब नभएर पनि हुन सक्छ । बिस वर्ष देखि चुनाब नभएको परिस्थितिमा सिनियर नेताहरु अवसर नपाएर, जाम भएर बस्ने र हामी जस्ता युवाहरुले ठाउँ नै नपाउने स्थिति भएको हो जस्तो लाग्छ । 
काग्रेस भित्रको युवा प्रतिनिधि आवाज हुनुन्छ तपाई, पार्टी भित्र युवाहरुको भुमिका कस्तो पाउनु हुन्छ ?
सान्दर्भिक प्रश्न गर्नु भयो । मैले भन्नै पर्ने हुन्छ कांगे्रस केन्द्रिय कमिटि भित्रै पनि शसक्त युवाहरु हुनुन्छ । गगन थापा, प्रदिप पौडेल, गुरुराज घिमिरे जस्ता नेताहरुको जमात छ । यसो भन्दै गर्दा अत्यन्तै सिनियर दाईहरु पनि हुनुहुन्छ र सिनियर दाईहरुको अनुभव र युवाहरुको जोशलाई संगै लिएर हिड्ने प्रयत्न हामी जस्ता युवाको हुन्छ । मैले भनिसके नतृत्वको जाम भन्ने सवालमा अत्यन्तै पुरानो ईतिहाँस बोकेको पार्टी हो नेपाली कांग्रेस । यो पार्टी भित्र चुनाब समयमा नहुँदा सामान्य त्यस्ता समस्या आउनु स्वभाविक नै हो । युवाको कुरा गर्दै गर्दा काठमाण्डौ महानगरमा गएको चुनाबमा हामी पछि पर्यौ । एउटा कारण हो युवाहरुलाई प्रतिनिधित्व गर्न नसक्नु । नेपाली कांग्रेसको डेमोक्र्याट भोट युवा जमात रन्जु दर्शना जस्ता ब्यक्ति तिर डाईभर्ट हुँदा काठमाण्डौमा चुनाब हार्यो । यसलाई मध्यनजर पार्टीले गर्छ भन्नेमा छु । 
तपाई बुढानिलकण्ठ नगरपालिका नगर कमिटिको सदस्य पनि हुनुहुन्छ र विशेष गरी चुनाबी माहोलमा यहाँ सम्मिलित भईरहनु भएको थियो तर पनि बुढानिलकण्ठ नगरपालिकामा यहाँहरु पछि पर्नु भएको छ । कारण के होला जस्तो लाग्छ यहाँलाई ?
भर्खरै भएको चुनाबमा हामी पछि पर्दा अत्यन्तै दुःख लागेको छ । गगन थापा चुनाब लड्दै गर्दा हामीसंग प्रतिस्पर्धि नै छैन भने जस्तो थियो तर हामी हार्यौ । माननीय गगन थापाको नेतृत्वमा यो क्षेत्रमा अत्यन्तै धैरै विकास निर्माणका कार्यहरु हुँदा हुँदै पनि हामी हार्यौै । यो दुःखको कुरा हो । हामी शानदार जित्छौ भन्नेमा थियौ तर अपसोच हार्यौ । यसमा मलाई लाग्छ जति पनि हाम्रो पहलमा विकास निर्माण भए । त्यसको जस लिन सकेनौ र गुटगत राजनीतिको कारण सवै साथीहरु खुलेर नलागेका कारण पनि हामी हारको सिकार भएका छौँ भन्नुपर्छ । अन्तरघात भएकै हो ।तपाईलाई जनकारी गराउँ बुनपाको १ देखि १३ वडामा ११ को सवालमा हेर्ने हो भने म आफै प्रतिनीधि थिए र काउन्टिङमा म आफै बस्दा के देखियो भने करिब १७० मत ६ छाप रुखमा हामीलाई छ भने वडा अध्यक्षमा सुर्यमा हालिएको छ भने यसलाई के भन्ने ?, यसलाई अन्तरघात कै कारण मान्न सकिन्छ । पक्कै पनि कता कता अन्तरघात भएकै हो । 
अबको भुमिका कस्तो रहन्छ ?
विकास निर्माणको कार्यमा चुनाब हार्दैमा हामी रोकिन्छौ भन्ने हुँदै हैन । हामी विकास निर्माणमा अझै कटिबद्ध भएर लाग्छौ र जनताको सरोकारको विषयमा सचेत भएर राम्रो कामलाई सपोर्ट र खराब कामलाई खबरदारी गर्छौ ।

मनोज सिग्देलसंगको भिडियो सम्वाद हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि पायोनियरलाई
अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि पायोनियरलाई

काठमाडौँ । १३ औं राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुला बुद्धिचाल प्रतियोगिताको उपाधि कपनमा रहेको पायोनियर पब्लिक ...

काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल
काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल

काठमाडौँ । गत बैसाख ३१ गते सम्पन्न स्थानिय निकायको चुनाबी परिणाम नेपाली कांग्रेसका लागि सन्तुष्टिजनक देखिएन । कांग्रेसको बाहु ...

बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल
बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल

काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो का ...

माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)
माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)

काठमाडौँ । १९ बर्ष पछी हुन लागेको स्थानिय निकायको चुनाबी रौनक यति बेला चिया पसल देखि उच्च स्थानसम्म बहसको विषय बन्न थालेको छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...