धुलो र हिलोले विराटनगरका सडक अस्तव्यस्त

२०७३ पुस २८ गते १३:२२ मा प्रकाशित


BiratNagarविराटनगर, २८ पुस । विराटनगरका सबै सडक भत्काइएपछि स्थानीयवासीलाई सास्ती सुरु भएको छ। विराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत अझै नागरिक सास्तीमुक्त भएका छैनन्। विराटनगर–१० का स्थानीयवासी राजकुमार ढुङ्गाना भन्छन्, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो।” जताततै धुलो र पानी पर्दा हिलाम्ये हुने गरी बिग्रे–भत्केका सडकले पूर्वको व्यापारिक केन्द्र विराटनगरका सडक भद्रगोल भएका छन् । यी सडकमा यतिबेला सबैभन्दा धेरै काम भइरहेका छन् ।

विराटनगरको रोडशेष नजिकै रहेको साल्ट्रेडिङबाट सुरु भएको काम एक वर्ष बितिसक्दा बल्ल गुद्री नजिकै आइपुगेको छ । भत्काइएका सडकबाट निस्किएको धुलोका कारण विराटनगरका धेरै घरमा बिरामी बढेको विराटनगर–१ पोखरियाकी देवी गौतमको भनाइ छ । उनले भने, “भनीसाध्य छैन घरमा दिनहुँ बिरामी हुन्छन् ।” विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु, कामलाई तीव्रता दिन नसक्नु, अनि एक किलोमिटरको दूरीको कामलाई महिना दिन लगाउनुले अर्को एउटा जिज्ञासा सिर्जना गरेको छ । अहिले विराटनगरको मुख्य राजमार्ग कोसी राजमार्गअन्तर्गतको रोडशेष चोकदेखि मुनालपथसम्म हिँड्नै नसक्ने अवस्था छ । त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्किएको धुलोबाट सिर्जित समस्या हो । परियोजनामार्फत काम सुरु भएको तीन वर्ष पुगिसकेको छ ।

पहिलो चरणमा तीन अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी, तीन अर्ब २० करोड रकम अझै यही कामका लागि भित्र्याउने तयारी भइरहेको छ । तर यसले विराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन् । अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । एकातिर सवारीको चाप बढ्दै गएको विराटनगरको अस्तव्यस्तताको बाबजुद निर्माणको कामले तीव्रता पाएको परियोजनाले दाबी गरेको छ । सडकको निर्माणमा ६ लेन सडक परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् । एकातिर अहिले नै ६ लेनको काम एकातिर छ । अबको जेठ सम्ममा पहिलो चरणको तीन अर्ब ४० करोड सकिने गरी काम भइरहेको र त्यसपछिको काम अर्को सम्झौतापछि सुरु हुने विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाका उपेन्द्र बरालको भनाइ छ । रासस

You may also Like this

थप समाचार

आईजीपी नियुक्तीको वास्तविक रहस्यः पहिलो नम्बरमा नवराज सिलवाल भएको खुलासा
आईजीपी नियुक्तीको वास्तविक रहस्यः पहिलो नम्बरमा नवराज सिलवाल भएको खुलासा

काठमाण्डौँ, १७ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिमा कार्यपालिका र न्यायपालिकाको द्वन्द्व झन् बल्झिएको छ । सर्वोच्च अ ...

सेक्स पावर बढाउनका लागि भन्दै बच्चाको मासु बिक्री गरिँदै !
सेक्स पावर बढाउनका लागि भन्दै बच्चाको मासु बिक्री गरिँदै !

१७ बैशाख । मलेसियाको एक पत्रिकामा छापिएको रिपोर्टका अनुसार ताइवानको एक रेस्टुरेन्टमा मानिसको मासु र ह्यूमन फीटस (भ्रूण) बेचिन ...

बञ्चरोले कपाल काट्ने विचित्रको सैलुन (भिडियो)
बञ्चरोले कपाल काट्ने विचित्रको सैलुन (भिडियो)

१७ बैशाख । सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृत्यहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चा ...

जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिरः प्रम दाहाल
जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिरः प्रम दाहाल

काठमाडौं, वैशाख १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताएका छन् । आइतबा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...