भारतले वीरगञ्जमा सीमा मिचेको भन्दै सर्वोच्चमा रिट

२०७४ माघ ९ गते १५:४७ मा प्रकाशित


sarbochcha

काठमाडौं । भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका छन् ।
रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।


प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई दायर रिट निवेदनमा भनिएको छ, ‘पुराना पिल्लरको ठाँउमा नयाँ पिल्लर राख्दा नेपालतर्फ चापी सुगौली सन्धी र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगञ्ज मा।न।पा। १ छपकैया एरिया सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिचि मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको छ ।’

सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरेका छन् । साथै सुगौली सन्धी र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतीले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

रिटको पेशी बुधबारका लागि तोकिएको छ । वीरगञ्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा स्थानीय वासिन्दाले आफूहरुको ५० विघा जग्गा मिचिएको भन्दै विरोधमा उत्रिएका छन् । तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ ।

You may also Like this

थप समाचार

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...