विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

२०७४ बैशाख २३ गते १६:५२ मा प्रकाशित


biplab२३ बैशाख, सुर्खेत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ । राष्टकोट नगरपालिका–७ पुच्छेगाउँमा नेकपाले निर्वाचन विरोधी गतिविधी गरिरहेको खवर पाएपछि गतिविध नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो।

इलाका प्रहरी कार्यालय स्यूनाका इन्चार्ज असई कर्णबहादुर चन्दको नेतृत्वमा शुक्रबार दिउँसो १२ बजेतिर गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो। विप्लवका कार्यकर्ता र प्रहरीबीच बेलुका पाँच बजेसम्म मच्छेगाउँमा झडप भएको स्थानीयले बताए । विप्लवका कार्यकर्ता र गाउँलेले ढुङ्गामुढा गरेको प्रहरीले जानकारी दिएको छ।

घाइते मध्ये असई चन्दको आँखामा चोट लागेको छ । उनीसहित चार छ जनाको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । गम्भीर रहेका एक प्रहरी जवानलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विजयलाल कायस्थले विप्लवका एक नेतालाई पक्राउ गर्न जाँदा घटना भएको बताए । ‘विप्लवका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा केही प्रहरी घाइते हुनुका साथै एउटा हतियार भाँचिएको छ’ उनले भने, ‘अहिले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरेका छौं।’

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य भरत बम ‘रणवीर’ ले भने विवाह भइराखेको स्थलमा आएर आफूहरुलाई पक्राउ गर्न खोज्दा घटना भएको बताए। ‘हाम्रा केन्द्रीय सदस्य कर्ण भण्डारीको छोराको विवाह भइराखेको थियो, प्रहरी आएर त्यसलाई विथोल्न थालेपछि घटना भएको हो’ उनले भने, ‘विवाहमा उपस्थित स्थानीयहरुले प्रतिकार गर्दा केही प्रहरीसहित हतियार भाँचिएको हो।’

 

You may also Like this

थप समाचार

विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा
विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१० जेठ, काठमाडौं । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ...

सरकार फेरबदलमा रुमलिएको ‘नेप्से’
सरकार फेरबदलमा रुमलिएको ‘नेप्से’

१० जेठ, काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने खबरले ट्रयाक परिवर्तन गरेर दोहोरो अंकले बढेको बजार बु ...

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?
विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनी ...

यस्तो छ भरतपुर महानगरपालिकाको ताजा अपडेट !
यस्तो छ भरतपुर महानगरपालिकाको ताजा अपडेट !

चितवन, जेठ १० । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लानुभए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...