विमलकी बहिनीका हत्या आरोपी चौधरीले पाए सफाई

२०७४ चैत्र १३ गते १८:०३ मा प्रकाशित


bimal magar with bahini

राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन्।

मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ। विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो।

उक्त अदालतले गरेको फैसलामा दोषी भनिएका आशिषलाई सफाइ दिइएको छ भने मनिषाको मृत्यु झुण्डिएर भएको उल्लेख गरिएको छ। शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका थिए। मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरेको थियो।

मनिषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धान र घटनास्थलमा फेला परेका प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालयले आशिषले नै प्रेम सम्बन्धमा आएको गतिरोधका कारण मनिषाको हत्या गरेको निष्कर्ष निकालेको थियो। मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानी, कलरेकर्ड र मोबाइल म्यासेसमार्फत भएको कुराकानीलगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनिषाको मृत्युको कारण झुण्डिएर नै भएको उल्लेख गरिएको छ। अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश पनि दिएको जिल्ला अदालतका कर्मचारी काशीराम ज्ञवालीले जानकारी दिए। (रासस)

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...