बैशाख २५ देखि ३४ जिल्लाका सम्पूर्ण विद्यालयहरू बन्दहूने

२०७४ बैशाख २० गते १३:०८ मा प्रकाशित


काठमाडौ, बैशाख २० – स्थानीय तहको पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका सवै शैक्षिक संस्थाको पठनपाठन यहि बैशाख २५ गतेबाट एक साताका लागि बन्द हुने भएको छ ।       

निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप बैशाख २५ गतेबाट एक साताका लागि ति जिल्लाका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले रातोपाटीलाई जानकारी दिए ।
डाक्टर लम्सालका अनुसार बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयको मात्रै पठनपाठन बन्द हुनेछ । आयोगले अधिकांश विद्यालयमा मतदान केन्द्र तोकेकाले ति विद्यालयको पठनपाठन बन्द गर्नुपरेको मन्त्रालयको भनाई छ ।
यसअघि आयोगले सरकारलाई दिएको १९ बुँदे निर्देशनको १५औं बुँदामा आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू नगर्न भनेको थियो ।
२०७४ साल बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र समेत राखिएकाले बैशाख २५ गते देखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
मन्त्रालयका प्रवक्ता लम्सालले निर्वाचन दुई चरणमा हुने भएकाले बाँकी जिल्लाका हकमा भने आयोगको निर्देशन दोस्रो चरणमामा मात्रै लागु हुनेछ ।

You may also Like this

थप समाचार

छ बालबालिकाका लास निकालियो
छ बालबालिकाका लास निकालियो

२९ बैशाख । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकाल ...

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री
सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् ...

प्रसूति गराउने क्रममा नवजात शिशुको निधन
प्रसूति गराउने क्रममा नवजात शिशुको निधन

रोल्पा, वैशाख २३ । सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जंकोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात श ...

दुई महानगरमा काँग्रेस र माओवादी केन्द्र तालमेल
दुई महानगरमा काँग्रेस र माओवादी केन्द्र तालमेल

काठमाडौं, वैशाख २१ । भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रले मिलेर जाने सहमति गरेका छन् । भरतपुर मह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...