के गर्दैछन् काठमाडौंका मेयर

२०७४ पुस ८ गते १०:१४ मा प्रकाशित


Bidhya-sundar-sakya

बालाजु हाइटका हरिशरण बिष्ट जग्गा प्लानिङ गर्ने व्यक्तिले सार्वजनिक जग्गा मिचेको गुनासो लिएर बिहीबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न कार्यालयमा दिनभर कुरे।  यो खबर मकर श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन्।

नगरप्रमुखका सचिवालयका कर्मचारीले उनलाई प्रतनीक्षा कक्षमा राखे। हातमा फाइल लिएका उनी मेयरलाई भेटेर आफ्नो गुनासोहतारमा थिए। धेरैबेर कुर्दा पनि भेट्न नपाएपछि उनी जबर्जस्ती नगरप्रमुखको कार्यकक्षमा छिरे। तर प्रमुख कार्यकक्षमा थिएनन्। गोप्य कोठामा थिए। बिष्टकै भनाइमा ‘भूमाफिया’ले बाटो नभएको जग्गा किने अनि सार्वजनिक जग्गाबाट बाटो लगेर प्लानिङमाजोडेपछि उनी तीन वर्षदेखि निरन्तर उनी प्रशासन, अख्तियार र अदालत धाइरहेका छन्।

अख्तियार र अदालतले जग्गा संरक्षण गर्न महानगरलाई पत्र लेखे। कर्मचारीकै ढिलासुस्तीकाका कारण काम नभएको भन्दै बिष्ट प्रमुख शाक्यलाई नै भेटेर गुनासो राख्न चाहन्थे। प्रमुख शाक्यलाई भेट्न बौद्ध, तीनचुलीबाट जाङ्मु शेर्पालगायत तीनजना पनि कार्यकक्षमै छिरे उनीहरू पनि सार्वजनिक जग्गा मिचिएको गुनासो लिएरै नगरप्रमुखकहाँ आएका थिए।

मंसिर १४ देखि नगरप्रमुखलाई भेट्ने प्रयास थालेको तर सफल नभएको उनीहरूको गुनासो छ। कहिले चुनावी प्रचार त कहिले भन्दै फोन नै उठाउन छाडेपछि र्काालयमै आएको उनीहरूले बताए। भेट्ने प्रयास सफल नभएको र फोन र म्यासेजको जवाफसमेत नपाएपछि उनीहरू कार्यालयमै आइपुगेका हुन्। उनीहरूलगायत प्रतीक्षा कक्षमा कुर्ने कुरेको कुर्‍यै थिए। पीए भने चाहेका व्यक्तिलाई गोप्य ढोकाबाट त कहिले कार्यकक्षको ढोका हुँदै नगरप्रमुखलाई भेटाइरहेका थिए।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...