संशोधन प्रस्ताव राष्ट्रघाती, यसको कुनै तुक छैनः एमाले सांसद सापकोटा (भिडियो सम्बाद)

२०७३ मंसिर २९ गते १३:२४ मा प्रकाशित


काभ्रे क्षेत्र नम्वर४ बाट नेकपा एमालेलाई प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित सांसद हुन विदुर सापकोटा । लामो समय कम्युनिष्ट आन्दोलमा होमियका नेकपा एमाले नेता सांपकोटासंग केटिएम खवर डट कमका लगी रवि भट्टराईले भिडियो कुराकानी गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

bidur sapkot interview
विशेष संवादमा स्वागत छ

धन्यवाद
आराम हुनुहुन्छ ?
आरामै छु ।
सांसद जीबन कतीको व्यस्त हुँदो रहेछ ?
जनप्रतिनिधि भएको हिसाबमा अत्ति नै व्यस्त भईदो रहेछ । खास गरी यो समय निर्वाचित जनप्रतिनिधि भनेको सांसद मात्र हो । त्येसैले गाउ देखि केन्द्रसम्म विभिन्न गतिविधिमा संलग्न हुनु पर्ने भएकोले हाम्रो जीबन व्यस्त हुदो रहेछ । फेरी जनताको अपेक्षा पनि बढी नै हुने भएका कारणले पनि दौडधुप बढिनै हुने भयो ।
तपाई काभ्रेको सांसद,जन्मिनु पनि काभ्रे मै भयो कस्तो परिवारमा जन्मनु भयो ?
म काभ्रेमै जन्मिए, काभ्रे जिल्लाको महादेवस्थान गाविस समान्य मध्यम किसान परिवारमा जन्म भएको हो । हामीलाई समान्य खान पुग्थ्यो ।
तपाई कम्युनिष्ट आन्दोलनमा लाग्न कसरी उत्प्रेरित हुनु भयो ?
यसमा संयोग भनौ या के भनौ, म कम्युनिष्ट आन्दोलनमा आउनको निम्ती मेरो गाउमा खोलाको नजिक खेत थियो । त्यो खोलालाई पुुरै डाईभर्ट गरेर तत्कालिन जिम्बलवालले हाम्रो खेत बग्न पुग्यो त्यसवाट आर्कोसंग हुने नै भईयो किनभने खेत खोलाले बगायो तर आवाज उठाउन त हामी फुच्चे थियौ । मेरो काईलो हजुर बुवाको छोरा यहाँ पद्मोदयमा पढ्नु हुन्थ्यो र यहा बिदा भए पछी उहाँ गाऊँमा जानु भयो । गाउँमा जादा शहरमा त विद्यार्र्थीहरु आन्दोलन गर्छन निरकुशताका बिरुद्ध आवाज उठाउछन् भन्ने कुराहरु गरी सकेपछी हामी पनि बस्यौ र जिम्बलवालको विरोध गर्यौ र त्यो बिरोध देखेर हामी पढ्ने स्कुलको प्रधानाध्यापक राम प्रसाद अधिकारी जो अहिले पनि हुनुहुन्छ, उहाँले हामीलाई बोलाउनु भयो र अनेरास्वबियु संङ्गठन बनाएर जाने एक खालको उत्प्रेरणा दिनु भयो फलस्वरुप हामी अनेरास्वबियुमा आबद्ध भयौँ ।
भनेपछी अन्याय सहन नसकेर कम्युनिष्ट जन्मदो रहेछ ?
हो, अन्यायको विरोधको भावना जो थियो कम्युनिष्ट आन्दोलनमा लागेर मात्रै पुरा हुने मलाई लाग्यो त्यही भएर कम्युनिष्ट भएको हुँ ।
तपाई कम्युनिष्ट आन्दोलमा होमिएर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टी पुर्ण रुपमा त हुन गाह्रो छ, कम्युनिष्ट आन्दोलनमा लागेर त म पुर्ण सन्तुष्टी नै छु तर जनप्रतिनिधी भएर पुर्ण सन्तुष्टी छु भनेर भन्न सक्दिन । पुर्ण सन्तुष्टीले प्रगतीका बाटाहरु थुनिन्छन् तर हाम्रो मुलुकको राजनितीक चिन्तन र यसका गतिविधि हैर्दै गर्दा हाम्रो देशमा अझै पनि एउटा सशक्त नेतृत्व जन्मन सकेको छैन जस्तो अनुभव हुन्छ तर हामी त्यो असल चिन्तन र देश निर्माण गर्ने अभियानमा हामी थाकेका छैनौ, थाक्दैनौ ।

Bidur Sapkot- samsad, kavre, uml
तपाई जस्तो उर्जावान नेताल, तपाईको क्षेत्रमा कस्ता गतिविधी गर्दै हुनुहुन्छ ?
म निरन्तर जनताको सम्पर्कमा रहन चाहान्छु र जनता प्रती उत्तरदाई भुमिका खेल्न चाहान्छु । राजनिती भनेकै जनताको सेवा हो र यसवाट हामीले पछाडी हट्न हुन्न भन्ने मान्यता मैले राख्ने गरेको छु । मैले आफ्ने निम्ती राजनिती गरेको हैन र राजनितीलाई लाभको पद बनाउन हुदैन राजनितीलाई सेवाको पद बनाउनु पर्छ ।
यहाँ त कमाउँनको लागि राजनिती गरिएको देखिन्छ नी ?
कमाउनको निम्ती राजनिती गर्नेहरु पनि होलान तर त्यो काम गलत हो । यसका विरुद्ध आवाज उठाउनु पर्छ र यस्तो चिन्तनलाई निस्कृय पार्नैै पर्छ ।
अहिले राष्ट्रिय राजनितीक गतिविधी खिचातानीमा रुमल्यको छ, तपाईको धारणा चाहीँ के छ ?
पहिलो कुरा, हिजो ६२,६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । लोकतन्त्रलाई स्थापित गर्यो र द्धन्दलाई समाप्त गर्यो । अब हामीले अहिले संविधान बनाएका छौ र यसको कर्यन्वयन गर्ने तर्फ हाम्रो भुमिका रहनु पर्छ तर अहिले त्यस्तो खिचातानीको स्थिती श्रृजना भएको छ । यसले लोकतन्त्र प्रती जनताको बिश्वास घटाउने काम गर्दछ । नब्बे प्रतिशतले हस्ताक्षर गरेको संविधान कर्यान्वयन नगरेर अर्को विकल्प के त ? मधेसी दलहरुले झिकेको बखेडा साचो छैन र नियोजित छ र यो संशोधन प्रस्ताव आउनु राष्ट्रघाती कदम हो, यसको तुक छैन ।
कुराचाँही सबैले मिठा गर्ने कामचाहीँ नगर्ने जस्तो देखिन्छ नि ?
हो, मैले अघि नै भने, राजनितीलाई लाभको रुपमा लिन खोज्नेहरुले । अहिले हेर्नुहोस मधेसी नेताहरुले त्यहाका जनताको कुरा उठाएका हुन र ? त्यस्तो त देखिदैन, त्यहाका जनता त पिडामा नै डुबेका छन् तर यहा त कुरा ठुला काम कम गर्ने प्रवृति बढेको छ तपाईले भने जस्तै तर यसलाई चिरेर अघि बढ्ने अभियानमा नेकपा एमाले छ ।
राष्ट्रिय राजनितीको अवको निकास के हुन्छ ?
अबको निकास भनेको प्रधानमन्त्रीले सांसदमा रहेको संशोधनको प्रस्ताव फिर्ता लिनु पर्यो अनि रजनितीक दलमा सहमतीका आधारमा स्थानिय चुनाव हुनपर्यो । यसको विकल्प छैन, त्यसपछी संविधान संशोधन गर्नुपर्यो भने गर्नै हुदैन भन्ने हैन , संशोधनको औचित्य देखियो भने त्यसपछी छलफल गर्न सकिन्छ ।
अन्त्यतामा केही भन्नु हुन्छ ?
अन्त्यमा, संविधान कार्यान्वयन तर्फ अबको ध्यान सम्पुर्ण राजनितीक दलहरुले लगाउनु पर्छ र राजनितीलाई लाभको पदको रुपमा हेर्न हुदैन ।
समय र संवादको लागि तपाईलाई धन्यवाद
तपाईहरु केटिएम खवर डटकम सम्पुर्ण टिमलाई मेरो पनि धन्यवाद छ ।

विदुर सापकोटासंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोसः

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...