स्थानीय तह निर्वाचनमा भिड्दै छन् यी विद्यार्थी नेता

२०७४ बैशाख २१ गते ०८:२६ मा प्रकाशित


२१ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् ।

माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यैपानेलाई मेयरको उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ ।


क्रान्तिकारीकै सचिव भगतसिंह छेकर बोहरा दार्चुलाको खण्डेश्वरी गाउँपालिकाको अध्यक्षमा र अर्का सचिव बिर्सिका राई खोटाङको गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।

३१ वैशाखमा हुने निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट प्रदेश नं। ३ मा पाँच केन्द्रीयस्तरका नेता स्थानीय तहमा भिड्दै छन् । अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार केन्द्रीय सचिवालय सदस्य कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिकामा उमपेयर उम्मेदवार बनेकी छन् ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय स्तरका नेताहरु पनि स्थानीय तहमा उम्मेदवार बनेका छन् । केही नेता दोस्रो चरणको निर्वाचनको तयारीमा छन् । अनेरास्ववियुका कार्यालय सचिव राजेन्द्र गजुरेलका अनुसार केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी छन् । त्यसैगरी केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं. ७ को अध्यक्षको उम्मेदवार बनेका छन् ।

नेविसंघका केन्द्रीय स्तरका नेताहरुको स्थानीय तहमा एकदमै न्यून उम्मेदवारी परेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरका अनुसार केन्द्रीय सदस्य कल्पना खड्का रापेछापको लिखु गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)
साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिक वडा नम्वर ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले शुक्रबार प्रथम अन्तर विद्यालय  ...

‘नेपाल लिटिल आईकन–२०१७’ ब्वाइजको उपाधि इन्टरनेशनल जोसेफका प्रनेशलाई
‘नेपाल लिटिल आईकन–२०१७’ ब्वाइजको उपाधि इन्टरनेशनल जोसेफका प्रनेशलाई

काठमाडौँ । एएनपी मिडियाको आयोजनामा भएको नेपाल लिटिल आईकन–२०१७ व्वाइजको उपाधि इन्टरनेशनल पब्लिक स्कुलका कक्षा ७ मा अध्य ...

बाबुछोरी नै म्यादी प्रहरीमा
बाबुछोरी नै म्यादी प्रहरीमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि खुलेको म्यादी प्रहरी बन्न बाबु–छोरी नै लागि परेका छन्। बनेपा नगरपालि ...

देशभर कसको मत कति ?
देशभर कसको मत कति ?

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...