विवेकशील नेपालीको घोषणापत्रः १३ वर्षपछिको राजधानी काठमाडौं, १३ फोटोमा हेर्नुहोस्

२०७४ बैशाख ८ गते १७:३० मा प्रकाशित


८ बैशाख, काठमाडौं । २१ वर्षीय नेतृ रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको विवेकशील नेपाली पार्टीले १३ वर्षभित्र काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने परिकल्पनासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंलाई सन् २०३० मा विश्वकै चर्चित टाइम म्यागेजिनको कभरमा समावेश गर्ने लक्ष्यसहितको घोषणापत्रमा विभिन्न ५ किसिमका अवधारणा समावेश गरिएको छ। जसलाई झन्झटमुक्त र सुविधायुक्त सहर, गरिखाने उद्यमशील सहर, धुलोधुवाँमुक्त हराभरा सहर, हिँडूँहिँडूँ लाग्ने झिलिमिली सहर र विविधता झल्कने विविधतायुक्त सहर उपशीर्षकमा सचित्र व्यख्या गरिएको छ। विवेकशील नेपालीका परिकल्पनाहरु तस्बिरमाः

k2

सन् २०३० मा काठमाडौंलाई टाइम म्यागेजिनको कभर स्टोरी बनाउने सपना माथिको तस्बिरमा देख्न सकिन्छ।

k3यहाँ एक युवतीले झण्डा बोकिरहेको तस्बिर छ। यो सन् २०३० को टाइम म्यागेजिनको कभर पृष्ठ हो। यसमा ुसंसारकै सुन्दर सहर काठमाडौुं शीर्षकमा कभर स्टोरी प्रकाशित छ। 

k4मेरो सरकार, सेवक सरकार १ु नारा भित्तामा लेखिएको यो तस्बिर ३० वर्षपछिको काठमाडौं महानगरपालिका वडा नम्बर १४ को कार्यालयको हो। जहाँ सरकारी कर्मचारीले सेवाग्राहीलाई नमस्कार गरिरहेका छन्। त्यसमाथि एउटा पत्रिकाको कटिङ पनि राखिएको छ, जसमा ुभ्रष्टाचारमाथि लिएको शून्य सहनशीलता विश्वका लागि नमूना हुनेु भन्ने समाचार शीर्षक देखाएर भ्रष्टाचार मुक्त काठमाडौंको परिकल्पना गरिएको छ।

k5माथिको तस्बिरमा केही समाचारहरु छन् । यी पत्रिकाहरु ७ फेब्रुअरी २०३० का हुन्। जसमा सकारात्मक समाचारहरु मात्रै प्रकाशित भएको देख्न सकिन्छ।

k1काठमाडौं हराभरा हुनेछ। मेट्रो रेल र बिजुलीबाट साझा बस चल्नेछन्। नेपाली उत्पादनहरुले प्रोत्साहन पाउनेछन्। सडकमा अन्य सवारीसँगै साइकलको लेन पनि हुनेछ।

k7फोहोरहरु फालिने मात्र छैनन्, पुन:प्रयोग हुनेछ। जहाँ फरकरफरक प्रकृतिका फोहोरका लागि फरकरफरक डस्बिन राखिएको हुनेछ।

k8_1काठमाडौं उद्यमशील पनि हुनेछ। फेसबुकका मालिक मार्क जुकरबर्ग नै नेपाल आएर नेपाली युवासँग सहकार्य गरिरहेको माथिको तस्बिरमा देख्न सकिन्छ।


k9काठमाडौं २४ घण्टै खुल्ला रहनेछ। तस्बिर ३० वर्षपछिको घण्टाघर मार्गको हो, जहाँ रातको समयमा पनि उत्तिकै चहलपहल देख्न सकिन्छ।

k10अर्को रोचक कुरा के भने, काठमाडौंलाई साइकल सिटीको रुपमा विकास गरिनेछ। माथिको तस्बिरमा रहेको एउटा सानो बोर्डमा लेखिएको छ, ुसाइकल चलाउँ, पैसा कमाउँु रु। ५ प्रतिकिमी। अर्थात् तपाईंले १ किलोमिटर साइकल कुदाएबापत् ५ रुपैयाँ कमाउनुहुनेछ। साथै उर्जा प्लस काठमाडौं भनेर प्रतिक्षालयमा पनि सोलार जडान गरिएको देखाइएको छ।

k11काठमाडौं हिँडडुल गर्न र रमाउन योग्य हुनेछ। हिँड्न योग्य मात्र हुनेछैन, प्रविधिमैत्री पनि हुनेछ, माथिको स्मार्टफोनमा हेर्नुहोस् त ।।। ।

k13थप पर्यटक लोभ्याउनका लागि काठमाडौंमा साँस्कृतिक प्रस्तुतिहरु देखाइने छ। यसले संस्कृतिको प्रचाररप्रसार त हुनेछ नै थुप्रैले रोजगारी पनि पाउनेछन्।

k14र, अन्त्यमा फ्रान्सका मेयरले त्यहाँको सहर रुपान्तरणका लागि काठमाडौंसँग सल्लाह लिन लागेको सपना देखिएको छ।

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...