जुगलले पहिला सँस्कार, त्यस पछि गुणस्तरिय शिक्षालाई जोड दिन्छः प्रिन्सिपल बिनयी (भिडियो)

२०७४ बैशाख ९ गते ०८:३४ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमा पुगेरहेका हुन्छन् भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले कपन, पुलिसचौकी नजिकै रहेको जुगल इंग्लिस मिडियम स्कुलका फाउण्डर/प्रिन्सिपल विबेक विनयीसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Bibek Binayee
यति बेला केमा व्यस्त हुनुहुन्छ ?
अहिले नयाँ सेसन सुरु भयो र यसैको सम्पुर्ण तयारीमा जुटिरहेका छौँ ।
सर एउटा एकेडेमीक ट्रेनर यता तिर पनि व्यस्त हुनुहुन्छ, स्कुलको नेतृत्व पनि दिइरहनु भएको छ, खासमा यी दुईको सम्वन्ध के छ ?, समयको व्यबस्थापन कसरी गरिरहनु भएको छ ?
मुख्य कुरा त शिक्षणसंग आवद्ध भएको हुनाले मेरो जुन कुराहरु स्कुलमा लागु गरिरहेको हुन्छु त्यही कुरा अरु ठाउँमा गएर शेयर गर्ने हो । त्यसको साथ–साथै म प्याब्सनमा पनि जिल्ला कार्यसमितिको सदस्य पनि छु । त्यता पनि मेरो अर्को ड्युटि छ । यो एउटा विधा त एउटै भई हाल्यो किनभने शिक्षण स्कुल नै भएकाले यसलाई समय म्यानेज गर्नका लागि त्यति धेरै गाह्रो छैन तर पछिल्लो समयमा चाही मैले जुन टे्रनिङ्ग सञ्चाल गरिरहेको छु । त्यो धेरैको चासोको विषय भयो अहिले त्यस हिसाबले अहिले धेरै साथीहरुले डिमाण्ड गर्दा कहिले–कहिले चाहीँ अप्ठेरो हुँदो रहेछ । अन्यथा समय म्यानेज भईरहेको छ । पहिला–पहिला मैले होलीडेहरुमा विदा पाउँथे अहिले त्यो चाही कटौति गरेर यता लाग्नु पर्ने अवस्था आएको छ ।
जुगल कस्तो स्कुल हो ?, कस्ता विद्यार्थीलाई समेट्छ ?
यसको लामो इतिहास छ । जुगलको हामीले १८औँ वार्षिक उत्सव पनि मनायौँ, नवौँ अभिभावक दिवस पनि मनायौँ ।
यो स्कुल चाही अलिकती पृथक भन्न रुचाउँछु किनभने हामीले चाहीँ यसमा सँस्कारलाई फोकस गरेका छौँ ।
हाम्रो नारा नै पहिला सँस्कार, त्यस पछाडी शिक्षा भनेका छौँ । त्यस कारण जीवनमा पहिला सँस्कार चाहिन्छ । सँस्कार भनेको के हो त ? भन्दा खेरी सँस्कार भनेको सम्वन्धसंग रिलेटेड हो । शिक्षा बिना मान्छे बाच्न सक्छ तर सम्वन्ध विना बाच्न सक्दैन । हिजो हाम्रो पिता, पुर्खाहरुसंग एजुकेशन त थिएन तर आनन्दको जीवन बाच्नु भयो किनकी त्यहा सँस्कार थियो । त्यस कारणले अहिले चाहीँ सँस्कार अलिकती धुमलिँदै गएको हो कि जस्तो भान भईरहेको छ । त्यस कारणले जुगलमा हामीले सबभन्दा पहिले सँस्कारलाई प्रायोटिलाई राखेका छौँ । बच्चाहरुलाई कसरी सँस्कारमा ल्याउँने, कसरी आमा, बा प्रति सम्मान गर्ने, कसरी टिचर प्रति सम्मान गर्ने, राष्ट्रप्रति उनीहरु उत्तरदायीत्व के हो ? यी यावत कुराहरुमा पहिला हामी आधार भुमि भन्छौँ हामी । त्यो आधार भुमि तयार गरे पछी हामी क्वालिटि शिक्षा सम्भब हुन्छ र हामीले जुगललाई यसरी चिनाइरहेका छौँ ।
सरहरु नयाँ शैक्षिक सत्रको तयारीमा जुटिरहँनु भएको छ, यत्ति बेला जुगलले विद्यार्थीहरुको पहुँचमा पुग्न के–कस्तो अभियान सुरु गरेको छ ?
मुख्य रुपमा त हामीसंग जे छ । त्यही देखाईरहेका छौँ । हामीले धेरै पैसा खर्च गरेर बिज्ञापन पनि गरेका छैनौँ । हामीले एउटा प्लेक्स समेत झुन्ड्याएका छैनौँ । हामीसंग जे कुरा छ त्यो कुरा बर्ष भरी नै गरिरहेका हुन्छौँ । हामीले आमाको मुख हेर्ने दिन कार्यक्रम गरिरहेका हुन्छौँ, इन्टरनेशनल टवइलेट डे मनाई रहेका हुन्छौँ, ब्लड डोनेशन कार्यक्रम गर्छौ, इन्भाइरो डेको कार्यक्रम गछौँ, बुद्ध जयन्तीको कार्यक्रम गर्छौ, चिल्डे्रन डेको कार्यक्रम गर्छौ, गुरु पुर्णिमा मनाउँछौँ यी यावत कार्यक्रम बर्ष भरी नै गरिरहेका हुन्छौँ । यहि कार्यक्रम मार्फत स्कुललाई चिनाइरहेका हुन्छौ । त्यस कारण अरु विज्ञापनहरु हामीले गरेका छैनौ । हामीले हाम्रो कार्यक्रम मार्फत, हाम्रो बच्चाहरुको मार्फत हामीसंग जे छ त्यही कुराहरु देखाईरहेका छौँ । अहिले विद्यार्थीहरुको फ्लो पनि राम्रो छ ।
पछिल्लो समयमा कपन र आस–पासमा यति बेला ४२, ४३ वटा महिला संगठन रहेछ । उहाँहरुसंग मिलेर हामीले विद्यालयले आफ्नो सामाजिक उत्तरदायीत्व बहन गर्ने क्रममा विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । त्यसले पनि जुगललाई चिन्ने आधार बनेको छ ।
चुनाब नजिकिदै गर्दा अहिले हाम्रोमा म्यादी प्रहरीको टे्रनिङ्ग तथा अन्य तालिमहरु पनि चलिरहेको छ । जसले गर्दा यहाँको स्पेस, लोकालिटी थाहाँ पाएर आउनु भयो । यसको मतबल उहाँहरुले जुगलको बारेमा थाहाँ पाउनु भयो । यो हिसाबले अगाडी बढिरहेको छ ।
जुगलको हकमा २०७३ को शैक्षिक सत्र कस्तो रह्यो ?
२०७३ साल जुगलका लागि, मेरो लागि अत्यन्तै महत्वपुर्ण बर्ष रह्यो । भुकम्प पछाडि हाम्रो विद्यालयमा भौतिक रुपमा ठुलो क्षती भयो । त्यस पछाडी हामीसंग पक्कि भवन थिएन र आज हामी जहाँ इन्टरभ्यु गरिरहेका छौँ । यहाँ हामीले देखिरहेका छौँ भुकम्प मैत्री भवन बनेको छ । यो ठुलो छ । १८ कोठाको २ तल्ले भवन बनाउँनका लागि हामीले ठुलै मेहनत गरेका छौँ र यो सम्भव भएको छ । अहिले जुगलको ठुलो एचिभमेन्ट यही हो ।
विबेक विनयीसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...