मन्त्रीमा मेरो नाम आएकै हो, छलफल गरेरै गगन जीलाई छोडेको हुँ: भिमसेन दास प्रधान

२०७३ भदौ १८ गते १२:१७ मा प्रकाशित


काठमाडौँ । भर्खरै प्रचण्ड नेतिृत्वको सरकारमा मन्त्रि मण्डल गठन हुदै गर्दा, नेपाली कांग्रेसको सिटौला खेमाबाट मन्त्री हुने नाम चर्चामा रेहेका भिमसेन दास प्रधान, मन्त्रि बन्न त सकेनन् तर उनले युवानेता गगन थापालाई ठाउँ खाली गरिदिए । ज्युदो पार्टीमा गुट उपगुट हुनु सामान्य नै भन्न रुचाउथे । उनी काठमाण्डौ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका सभासद हुन । उनै भिमसेन दास प्रधानसंग ktmkhabar.com का लागी समसामयिक विषयमा रबि भट्टराईले गरेको कुराकानीको संम्पादित अंश:

bhem-sen-dash-pradhan-by-rabi-bhattarai-congress-leader

यहाँलाई केटीएम खबरको विशेष सम्वादमा स्वागत छ ।
धन्यबाद

कस्तो हुनुहुन्छ ?

आरामै छु ।

कसरी दिनहरु विताउदै हुनुहुन्छ ?

निर्वाचित एउटा सांसद हु, क्षेत्रका साथीहरुको कामहरु पनि परी रहन्छ अझ म पुर्व जिल्ला सभापति पनि हु पार्टीको कामहरु परिरहन्छन् । साथीहरुका समस्याहरुलाई ठाउँ ठाउँमा भन्दिन, जनताहरुका समस्याहरुलाई सुन्दै साथीहरुलाई सहयोग गर्दैैै दिनहरु वितिरहेको छ ।

तपाईलाई काठमाण्डौ क्षेत्र नं ६ का जनताले निकै रुचाएका छन् हो ?

रुचाउछन, नरुचाएको भए त म निर्वाचित हुने नै थिइन नि, म चाहीँ वास्तवमा २०३३ सालमा गणेशमान र बिपी निर्वासन जिवन विताएर आई सकेपछी मेलमिलाप निती लिएर उहाँहरु काठमाण्डौँ फर्कनु भयो र म विश्वविद्यालयमा अध्यनरत थिए र त्यो बेलाका नेता नेबि संघमा हरि न्यौपाने, बद्रि पौडेल उहाँहरुसंग काम गर्थे र उहाहरुकै साथमा हाम्रा नेताहरुलाई रिसिभ गर्न विमानस्थल गएको थिए । त्यहा पुलिसले लाठिचार्ज गर्यो त्यहाँ देखि गणेशमानको जिवन पर्यन्त उहाँसंग काम गर्ने मौका मिल्यो त्यसले मलाई केही पहिचान दियो । ३६ र ४६ को आन्दोलनमा कुनै पदमा थिइन तर सहयोगी भुमिका निभाएको थिए । ४६ साल पछी म प्राध्यापक संघको पहिलो निर्वाचित महासचिव अध्यक्षमा सुप्रभा घिमिरे हुनुहुन्थ्यो । मैले प्राध्यापक संघमा हुदा थुप्रै कामहरु गरेको छु । त्यसैले विश्वविद्यालयमा अहिले पनि मेरो बर्चस्व कायमै छ ।

प्राध्यापन क्षेत्र र राजनीतिलाई कसरी हेर्नु हुन्छ ?

मैले प्राध्यापन र राजनितिसंगै गरेको हु । अब विश्वबिद्यालयको राजनीतिमा चाहिँ त्यो बेला पार्टी प्रतिवन्धमा थियो । ३३ साल तिर, ३६ सालमा हामीले राजा महेन्द्रले विघटन गरेको प्राध्यापक संघलाई पुनः जिवित बनायौ प्रोफेसर बिसी मल्लको नेतृत्वमा त्यति खेर मालेहरु थिए । सरकारप्रति तिव्र अलोचना हुन्थ्यो । तर हामीलाई समात्न चाहीँ सक्दैन थियो । नेबिसंघमा पनि त्यस्तै थियो, प्रतिवन्ध थियो । पछी एक खालको महोल विश्वविद्यालयमा बन्दै आयो । त्यसपछी विद्यार्थी र हामी राजनीतिका साथै विद्यार्थी र हम्रा हक हितमा तिरन्तर लडिरह्यौँ । मैले महासचिव रहुन्जेल पार्टीको पद लिईन र मैले ५५ सालमा अध्यक्ष जिते । अब म रहुन्जेल एमालेका साथीहरुले कहिल्यै नजित्ने अब चुनाब पनि बहिस्कार गर्नु भयो । उहाँहरुले र मैले समानुपातिक समावेसिको आधारमा प्रतिनिधित्व गराउने अवधारणा ल्याए । ३० प्रतिशत मात्रै एमालेका शाथीहरु थिए । त्यहाँ पनि मेरो पहिचान बन्यो र त्यसपछी मात्रै मैले जिल्लामा सदस्यता लिए, सचिव भए उपाध्यक्ष भए र अध्यक्षसम्म भए र जनआन्दोलनको नेतृत्वसम्म गर्ने अवसर मिल्यो ।

तपाई कस्तो सपना लिएर राजनीतिमा छिर्नु भयो नि ?

एउटा प्राज्ञिक पेशाबाट अएको हुनाले चाहीँ मैले राजनीतिलाई सेवाको भावले लिने गरेको छु र यो सबैले यसैगरी लिनु पनि पर्छ । धेरै नेताहरुले आफ्नु स्वार्थको लागि राजनीतिलाई लिईरहेका छन । बिपी,गणेशमान र कृष्णप्रसाद वाहेक साच्चै नेतृत्व दिन सक्ने नेता निस्किन सकेनन् । यो विडम्बना पनि हो ।

भर्खरै मन्त्रिमण्डल गठन हुने संघारमा, तपाई मन्त्री हुने हल्ला राम्रै चलेको थियो  तपाई हुनु भएन किन ?

मन्त्री हुनु ठुलो कुरा हैन, पहिचान बनाउन सक्नु ठुलो कुरा हो । मेरो नाम आएकै हो, पछी छलफल गरेरै गगन जीलाई मैले छोडेको हुँ ।
तपाईको पार्टीमा गुट छ ?
गुट छ, एकदमै छ । जहा पनि हुन्छ गुट तर क्रियटिभ कामका लागि काम हुनुपथ्र्यो ।

bhimsen-dash-pradhan-congress-leader

तपाई चाही कुन प्यानलको नी ?

म पहिले देखि नै संस्थापन पक्षको हुँ । काठमाडौँमा एकतर्फ प्रकाश मान जीहरुको समुह पहिल्यैै देखि थियो । अर्कोतर्फ प्रकाश मान जीहरुले पाखा लगाउन खोज्नेरुको समुह जस्तो देखिन्छ तर पार्टीमा लविंग हुन्छन । त्यो स्वभाविक पनि हो ।

त्यसो भए तपाई सिटौला पक्षको हो ?

हो हो, ६२, ६३ को आन्दोलनमा केन्द्रको नेतृत्व सिटौलाले गर्नु भएको थियो र काठमाण्डौको नेतृत्व मैले गरेको थिए । त्यही भएर पनि उहाँसंग सामिप्यता बढ्नु स्वभाविक हो ।

तपाईको समाज परिवर्तनमा भुमिका के रहन्छ ?

मेरो एउटै धारणा छ, हाम्रा नेताहरुमा पार्टी प्रतिको कल्चरको कमी छ । जो सभापती जित्छ उसैलाई बलियो बनाउनु पर्छ । त्यसो गर्यो भने मात्रै सिंगो पार्टी बलियो बन्छ ।
गुट उपगुटले गर्दा सक्षम मान्छे पछाडी पर्छन भन्छन् नी ?
हैन त्यसमा त गगन र मेरो विषयमा त छलफल भएर नै गरेको हो । गगन थापालाई मैले सम्भावना बोकेको मान्छे मानेको छु । म सिनेटमा महासचिव हुदाँ उनी त्रिचन्द्रमा सभापती थिए ।

तपाईले मन्त्रिपद छोड्नु भएको हो गगन थापालाई ?

हाम्रो आन्तरीक छलफल भएर नै छोडेको हो । मेरो पनि अर्को पटक समय आउछ भन्ने लागेर छोडेको हुँ । उहाँले ईच्छा देखाउनु पनि भयो ।

समग्र देश विकास गर्न के गर्यो भने हुन्छ जस्तो लाग्छ ?

अहिलेसम्म हाम्रा नेताहरु सत्तामा हुदा चाही इन्डियाको विरोधी हुने । सत्तामा जादा चाही प्रोइन्डियन हुने तर त्यो हुन हुदैन । हामीले दुवै छिमेकीहरुलाई विस्वासमा लिएर जानैपर्छ । दोस्रो जडिबुटी , शिक्षा तथा स्वास्थ्यमा जोड दिनु पर्छ । ह्युमन रिसर्च डेभलप गर्नु पर्छ जस्तो लाग्छ ।

अन्त्यमा केही भन्नु हुन्छ ?

हामिले यही केही काम गर्न पर्छ र समाजलाई केही न केही योगदान दिनु पर्छ, भन्ने मलाई लाग्छ ।

काठमाण्डौ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोस् :-

 

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...