भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा सिन्डिकेटवाला यातायात समिति

२०७५ बैशाख १० गते ०८:४८ मा प्रकाशित


आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा सिन्डिकेट पक्षधर व्यवसायीले भने चलअचल सम्पत्ति नै बिक्री गर्ने तयारी थालेका छन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ।

यस्तै, सरकारले आगामी साउन १ गतेदेखि देशभरका यातायात समिति नै नविकरण नगर्ने निर्णय गरिसकेको छ। सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्तिनै बेचविखनको प्रयास गरेको पनि खुलेको छ।

आइतबार बूढानिलकन्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चावहिलस्थित मालपोत कार्यालय पुगेका थिए। तर, उनीहरुको प्रयास भने सफल हुन सकेन।

संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरुले जग्गा बेच्न सुरु गरेको गृह मन्त्रालयको बुझाई छ।

श्रोतकाअनुसार मालपोत कार्यालय चावहिलले नै समितिको नाममा रहेको जग्गाको स्वामित्व व्यक्तिको नाममा हस्तान्तरण गर्न अस्वीकार गरेको हो।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...