मतदान गर्न भारतबाट घर फर्कनेको संख्या ह्वात्तै बढ्यो

२०७४ बैशाख ८ गते १५:३१ मा प्रकाशित


to vote८ बैशाख । बुढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन्।

संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किएका छन् । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता हुनुभएको हो । “वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन् ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएका छन् । “मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भने ।

बेतालमाडौँस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चाररपाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउँछन् । “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस

You may also Like this

थप समाचार

यी हुन् मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने ४ मतदान केन्द्र

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन ...

विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?
विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?

९ असार, काठमाडौं । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद ...

करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा
करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा

काठमाडौं, असार ९ । सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि ...

मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल
मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा ह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...