भविष्य खोज्न भन्दै कप्तानसहित महिला फुटबलर विदेसिए

२०७४ पुस २३ गते १०:०४ मा प्रकाशित


players

सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन । एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन्। तर राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगमा भने सजना उपस्थित छैनन । लिग हुन केही दिन अघि सजना दुबईतर्फ लागिन फुटबललाई चटक्कै छाडेर । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सजनासँगै राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छिन् । नमितासँगै टोलीका महत्वपूर्ण खेलाडी दुबई पुगिसके ।

पुलिसकी सहायक प्रशिक्षक चन्द्र भण्डारीका अनुसार एकैपल्ट तीन खेलाडी नहुनुले टोलीलाई निकै समस्या परिरहेको छ ।

‘नमिता, सुधा(लामा) र रीना(भुभाजु) को अनुपस्थितिले टोलीमा पक्कै समस्या परेको छ ।

राष्ट्रिय टोलीकी कप्तान पलायन हुनु र प्रशिक्षकविनै राष्ट्रिय टोली छनोट हुनुले समस्या जटिल बन्दै गएको छ ।

लिगको अवधारणादेखि खेलाडीको स्तर बारे सम्बन्धित निकायले बेलैमा उचित कदम नचाल्ने हो भने महिला फुटबलको भविष्य अन्धकारतर्फ मोडिने खेलाडीहरुकै बुझाइ छ ।

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...