भारी वर्षाका कारण घर भत्किदा दुई जनाको ज्यान गयो

२०७४ साउन २७ गते १२:३१ मा प्रकाशित


raining२७ साउन । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर–९ बडगाउँमा शुक्रबार बिहान अविरल बर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु भएको छ ।

बिहान करिब २ बजेको समयमा घर पछाडिपट्टीको गाह्रो भत्किदा पुरिएर ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

बिहीबार राति ११ बजेसम्म विवेक आफन्तकहाँ टेलिभिजन हेरेर फर्केका थिए । बिहान अबेरसम्म पनि घरमा दुवैजना नउठेको देखेपछि आफन्तले हेर्ने क्रममा पुरिएको अवस्थामा देखेको स्थानीय प्रदिप सुनारले बताए ।

स्थानीय र प्रहरीको सहयोगमा निकालिएको जयलाल र विवेकको शव पोष्टमार्टमका लागि गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहत स्वरुप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहत स्वरुप ३० हजार प्रदान गर्ने जानकारी दिए ।

विकको घरमा जयलालसहित उनका नाति बस्दै आइरहेका थिए ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...