बेहुला खोज्न प्रशासनमा दबाब

२०७४ माघ २७ गते ०८:४६ मा प्रकाशित


घरमा कामको चटारो थियो। बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो। अघिल्लो दिन अकस्मात् बेहुला हराए। खोजी गर्दा कतै भेटिएनन्। बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे। खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरूले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउगरेका छन्।

सोमबार विवाहको लगन जुराइएको थियो। गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो

बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए। तर, मध्यरातदेखि उनीबेपत्ता भए। घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको। दुवै परिवारले सबै तयारीपूरा गरिसकेका थिए। बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन्।

‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, पछि सुत्न गयौं। बिहानहेर्दा भाइ कोठामा थिएन,’ दाजु गणेशले भने, ‘कतै निस्केका होलान्, आइहाल्लान् भनेर सबैतयारी गर्‍यौं। जन्ती आउने क्रम सुरु भयो। भाइ आएनन्।’ त्यसपछि सबै आत्तिए। अहिलेसम्मउनको कुनै खबर नपाउँदा परिवारका सदस्य चिन्तित छन्।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए, बालकृष्ण। गत मंसिरमा घर आएका थिए। आफन्तकाअनुसार उनकै राजीखुसीले विवाहको टुंगो लागेको थियो। परिवारले इलाका प्रहरी कार्यालयगैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन्। प्रहरीलेहराएदेखि नै बालकृष्णको मोबाइलको ‘स्विच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएकोजनाएको छ।

प्रहरीका अनुसार अघिल्लो दिन माघ २१ गते राति ११:३७ देखि ११:५७ सम्म लगातार बेहुलीकोमोबाइलमा फोन गरेको देखिएको छ। त्यसपछि मोबाइल ‘अफ’ छ। फेसबुकमा अनलाइन देखिएपनि परिवारका सदस्यले सोधेका कुराको जवाफ आएको छैन। बिहीबार राति ११:३९ मा उनकोफेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखिएपछिपरिवारजन गहिरो चिन्तामा छन्। त्यसको अघिल्लो दिन ११:३९ बजे उनको म्यासेन्जरमा फोनगर्दा हिन्दीमा ‘बालकृष्ण नही है’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनकोभनाइ छ।

शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंकाप्रहरीले गरेको छ। परिवारका सदस्यहरू भने बालकृष्णको कसैसँग पनि झगडा वा शत्रुतानभएको बताइरहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीले ‘कल डिटेल्स’ लिएर उनकोखोजी भइरहेको जनाएको छ। तीन दाजुभाइमध्ये बालकृष्ण परिवारका कान्छा हुन्। कक्षा १२सम्मको अध्ययन गरेर उनी नौ वर्षअघि बिदेसिएका थिए। उनी स्पेनस्थित एक होटलमा कामगर्थे।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...