इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि..

२०७४ बैशाख २९ गते ०८:४५ मा प्रकाशित


२९ वैशाख, काठमाडौं । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा ९नाम परिवर्तन० को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले ।

मिठा कुरा गर्ने तिमिल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरु प्रेमी प्रेमिका बने । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमिल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरुको बिहे पनि भयो ।


बिहेमा घर–परिवार व्यस्त भएकाले आउन नपाएको तिमिल्सिनाले बताएका थिए । आफ्ना साथीहरु आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब २ महिनापछि श्रीमानको झोलामा शिलाले बीमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरुको बीमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागज देखेर उनी झस्किइन् ।

श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमिल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेर छानबिन गरिरहेको नयाँ पत्रिकामा खबर छ ।

You may also Like this

थप समाचार

चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन
चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन

काठमाडौं – मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वा ...

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने
२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर ...

राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी
राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी

काठमाडौँ, १५ जेठ – दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठ ...

पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा
पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा ९८ हजार ८४८ मिटर अग्लो०मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...