बेङ्लोरको जित, गुजरातमाथि २१ रनको विजय

२०७४ बैशाख ६ गते ०२:०० मा प्रकाशित


ipl-gameवेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल चम्किँएको दिन गुजरात लायन्स आइपिएलको आफ्नो पाँचौ खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरसँग २१ रनले पराजित भएको छ।

गेलले टि–२० मा १० हजार रन पुरा गरेको दिन बेङ्लोरले पहिलो ब्याटिङ गर्ने क्रममा २ विकेटको क्षतिमा २ सय १३ रनको विशाल योगफल तयार पारेको थियो, जुन दशौं आइपिएलमा अहिलेसम्म कुनै टिमले बनाएको सर्वाधिक रन पनि हो।

प्रत्युत्तरमा ब्रान्डम म्याकुलमले ७ छक्का र २ चौकाको सहयोगले ४४ बलमा ७७ रन बनाउदै गुजरातलाई बिस्फोटक सुरुवात दिएका थिए। तर, उनी आउट हुने वित्तिकै गुजरातको ब्याटिङ सिथिल बन्न पुग्यो। पुछारमा इशान जयकिशनले ४ छक्का लगाउदै १६ बलमा ३९ रन बनाएर खेललाई केही नजिक ल्याउने प्रयास गरेका थिए। तर, उनी आउट हुने वित्तिकै खेल गुजरातले सुम्पिएको थियो।

उनी र रवीन्द्र जडेजाबीच रनको तालमेल मिल्न नसक्दा जडेजा २३ रनमा रन आउट भएका थिए। यी दुईले ३ ओभरमा २८ रनको साझेदारी गरेका थिए।

यसअघि गेलले ३८ बलमा ७ छक्का र ५ चौकको सहयोगले ७७ रन बनाए। उनले कप्तान विराट कोहलीसँग मिलेर ७६ बलमा १ सय २२ रनको साझेदारी गरेका थिए। कोहलीले ५० बलमा १ छक्का र ७ चौकाको सहयोगले ६४ रन बनाए। उनले आइपिएलमा सर्वाधिक रन बनाउने गुजरातका कप्तान सुरेश रैनालाई ३० रनले पछाडि छोडेका थिए। तर पछि रैनाले दोस्रो इनिङमा ८ बलमा २ छक्का र २ चौकाको सहयोगले २३ रन बनाए। उनी कोहलीभन्दा अब ७ रनले पछाडि छन्।

बेङ्लोरका लागि केदार जाधवले अविजित रहँदै १६ बलमा अविजित ३८ रन बनाए। ट्राभिस हेडले पनि अविजित ३० रन जोडेका थिए। बेङ्लोरका बलर यजुभेन्द्र चहल सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। यो जितपछि ६ खेल खेलेको बेङ्लोर सातौ स्थानमा उक्लिएको छ भने गुजरात पुछारमा पुगेको छ। म्यान अफ दि म्याच क्रिस गेल घोषित भए। विराटको कप्तानीमा यसपालि तेस्रो खेलमा बेङ्लोरले पहिलो जित हात पारेको हो। उनको कप्तानीमा यसअघि बेङ्लोरले २ खेल हारेको थियो।

You may also Like this

थप समाचार

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम
भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम

२० कात्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...