बाउको नाममा ‘भाइ’ थप्न र आमाको नाममा ‘भाइ’ हटाउन अदालतको आदेश

२०७२ माघ ८ गते ०४:४३ मा प्रकाशित


भारतका गुजराँतीहरुको नाममा भाइ तथा बेन भन्ने शव्द झुण्डिएको हुन्छ । यो शव्दले हाँसो उठाउँदैन मात्रै, गुजराँत बाहिर भारतका अन्य क्षेत्रका मानिसहरु यो कुरालाई लिएर खिसिट्युरी पनि गर्छन् । मानिसहरुले चाहे जे भनुन् तर गुजराँतीहरुका लागि यो शव्दले ठूलो माने राख्छ, किनकी यी शव्द सम्मानसूचक शव्द हुन् । सायद यहीँ भएर होला एकजना गुजराँती यिनै शव्दका लागि स्थानीय निकायको विरुद्धमा उच्च अदालतको शरणमा पुगेका छन् ।

गुजराँतका घनश्याम तलाविया नामका व्यक्तिको आरोप यो छ की स्थानीय नगरपालिकाले पटक पटक अनुरोध गर्दा पनि उनका बाबुको नाममा भाइ शव्द थप्न मानेन । यतिमात्र होइन, उनको आमाको नाममा भुलबस लगाइएको भाइ शव्द हटाउन पनि कर्मचारीहरुले मानेनन् ।

भारतीय मिडियाहरुका अनुसार घनश्यामको जन्म १९६८ को अपि्रल ३० मा भएको थियो । तर जन्मदर्ता प्रमाणपत्रमा सौराष्ट्र नगरपालिकाले उनको जन्मतिथि २९ अक्टोबर लेखिदिएको छ । यतिमात्र होइन उनको जन्मदर्ता प्रमाणपत्रमा उनका बुवाको नामका अगाडि भाइ भन्ने शव्द राखिएको छैन तर उनकी आमाको नाममा भने भाइ भन्ने शव्द विना कारण जोडिएको छ ।

आफ्ना अन्य सबै प्रमाणपत्रमा आफ्ना जन्ममिति तथा बुवा आमाको नाम ठीक भएपनि जन्मदर्ता प्रमाणपत्रमा मात्र फरक पारिएको घनश्यामको दाबी छ । तर नगरपालिकाले भने परिवारले दिएको जानकारी अनुसार नै जन्मदर्ता प्रमाणपत्र तयार पारिएको बताएको छ ।

आफ्नो जन्मदर्ता प्रमाणपत्रमा गरेको गल्ती सुधार्न नमानेको भन्दै घनश्यामले गुजराँत उच्च अदालतको ढोका ढक्ढकाएपछि अदालतले उनका पक्षमा फैसला सुनाएको छ । अदालतले नगरपालिकाले जन्मदर्ता प्रमाणपत्रमा भएको गल्ती सुधार्न इन्कार गर्नु नियमको उल्लंघन भएको ठहर गर्दै घनश्यामको जन्मदर्ता प्रमाणपत्रको गल्ती सुधार्न निर्देशन दिएको छ ।

 

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...