बार्सिलोना र रियल मड्रिडको फराकिलो जित

२०७४ बैशाख १४ गते ११:२३ मा प्रकाशित


barceloana१४ बैशाख, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत लिगका शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल मड्रिडले आ-आफ्नो खेलमा फराकिलो जित हासिल गरेका छन् ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले लिगबाट रेलिगेसनमा परिसकेको ओसासुनाबिरुद्ध ७-१ को जित निकाल्दा रियल मड्रिडले डेपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ६-२ गोलले हरायो ।

घरेलु मैदान नाउ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले १२औंं मिनेटमा गोलको खाता खोलेका थिए । आन्द्रे गोमेसले ३०औं मिनेटमा राकिटिकको पासमा गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए ।

घरेलु मैदानमा ५०१औं गोल गरेका मेस्सीप्रति समर्थकले खुलेर सम्मान गरेका थिए ।

दोस्रो हाफको सुरुमै ओसासुनाले १ गोल गरेर खेलमा र्फकने प्रयास गर्‍यो । तर त्यसयता निक्कै आक्रामक बनेको बार्सिलोनाले ५ गोल थप्न सफल भयो ।

५७औं मिनेटमा आन्द्रे गोमेसले ब्यक्तिगत दोस्रो गोल गर्दा ६१औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै अग्रता ४-१ मा पुर्‍याए ।

लुइस स्वारेज र नेवइमारबिना मैदानमा उत्रिएको बार्सिलोनाका लागि ६४औं र ८६औं मिनेटमा पाको अल्कासरले गोल गरे । ६७औं मिनेटमा मास्केरानोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै ३४ खेलबाट ७८ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा यथावत छ भने एक खेल कम खेलेको रियल मड्रिडको समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

 

त्यस्तै गएराति नै सम्पन्न खेलमा रियलले डेपोर्टिभो ला कोरुनाबिरुद्ध फराकिलो जित हासिल गर्ने क्रममा जेम्स रोड्रिगुइजले २ तथा अल्भारो मोराला, लुकार भाज्क्वेज, इस्को र कासिमेरोले एक एक गोल गरे ।

स्टार खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेञ्जिमा, सर्जियो रामोसबिना मैदानमा उत्रिएको रियलले खेलको पहिलो मिनेटमै मोराटाको गोलमार्फत अग्रता लिएको थियो । रियलका लागि रोड्रिगुइजले १४औं र ६६औं मिनेटमा गोल गरेका थिए ।

डेपोर्टिभोका लागि एण्डोन र जोसेलुले एक एक गोल फर्काएका थिए ।

You may also Like this

थप समाचार

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवाले थाल्यो काम
नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवाले थाल्यो काम

काठमाडौं, भदौ २५ । लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आइतबारदेखि कार्य थालेको छ । शुक्रबार व् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...