देशभर वर्षा भइरहदाँ मौसम पूर्वानुमान महाशाखाको यस्तो भविष्यवाणी

२०७४ साउन २७ गते १५:१० मा प्रकाशित


RAINING२७ साउन, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ ।

झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताए ।

“मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ”, उनले भने ।

जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा नियमित
उपत्यका आसपासको आकाशमा बाक्लो कुइरो लाग्नुका साथै निरन्तर वर्षा भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भइरहेको विमानस्थलले जनाएको छ ।

बदली र वर्षा भए पनि विमानस्थलको सबै उडान यथावत रहेको र काठमाडौँ बाहिरका सबै विमानस्थलको सेवा पनि नियमित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

यसवर्ष गत जेठ २९ ९जुन १२० बाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुन आगामी भदौ अन्तिमसम्म जारी रहने महाशाखाको अनुमान छ । कमजोररुपमा प्रवेश भएको मनसुन सक्रिय भई देशभर फैलन लामो समय लागेको थियो । मनसुनी वर्षा पर्याप्त नहुँदा पूर्वी पहाडीलगायत क्षेत्रमा रोपाइँ गर्न समस्या भएको थियो । पश्चिमी भेगमा भने सामान्य वर्षा भइरहेको थियो ।

दुई दिनदेखि बदली र वर्षा भएपछि काठमाडौँको मौसममा परिवर्तन आएको छ । चर्को घाम लाग्ने र दैनिक ३० देखि ३१ डिग्रिसेल्सियसको हाराहारीमा रहँदै आएको उपत्यकाको आजको तापक्रम अधिकतम २६ र न्यूनतम २१ डिग्रिसेल्सियस छ ।

महाशाखाको विवरणअनुसार बितेको २४ घण्टामा काठमाडौँमा १९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ताप्लेजुङमा ५२, धनकुटामा ५४, विराटनगरमा ५७, सिमरामा ८९, भैरहवामा ८५, पोखरामा ८९ र दिपायलमा छ मिलिमिटर वर्षा भएको छ । रासस

You may also Like this

थप समाचार

यी १४ जिल्लामा खटिए इञ्जिनियर !
यी १४ जिल्लामा खटिए इञ्जिनियर !

काठमाडौं भदौ २ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय ...

१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ
१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ

कञ्चनपुर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ मटेनामा १० वर्षकी बालिकाको हत्या गरेर फरार भएका अभियुक्त भारतको हरियाणाबाट प ...

पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...
पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...

१ भाद्र । तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुह ...

यू-१५ साफमा नेपालको लक्ष्य उपाधिः प्रशिक्षक श्रेष्ठ
यू-१५ साफमा नेपालको लक्ष्य उपाधिः प्रशिक्षक श्रेष्ठ

१ भदौ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने यू-१५ साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनील श्रेष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...