मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

२०७४ असोज २५ गते २३:५३ मा प्रकाशित


Sujata Baram I Singer

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक हुन । उनी भोकल म्युजिक बिषय लिएर कोलकत्तामा एमए अन्तिम बर्षमा अध्यन गर्दै छिन । भर्खरै चलिरहेको नेपाली कथानक चलचित्र 'छक्का पन्जा २' को 'ए दाजु नसमाउ नारी'मा भन्ने बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा दर्शक, श्रोताको मनमा बस्न सफल उनै बर्मासंग केटिएम खबरका लागी रवि भट्टराईले विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
यहालाई स्वागत छ ।
धन्यवाद ।
कती राम्री तपाई ?
यसको लागी पनि हजुरलाई धन्यबाद ।
मिठो स्वरकी धनी तपाई, कसरी र कहिले संगीत क्षेत्रमा लाग्नु भयो ?
म कहिलेबाट लागे ? भन्ने त मलाई पनि थाहा छैन । मैले थाहा पाए देखि नै म यो क्षेत्रमा छु । गीत संगीत मेरो जीवनको अभिन्न अंग जस्तै हो । मेरो बाबाले मेरो बोली फुट्ने वित्ति कै गीत गाउन लगाउनु भयो होला सायद ।
तपाईको परिवार नै गीत संगीतलाई माया गर्ने थियो हो ?
तपाईले भन्नु भएको कुरा ठिक हो । मेरो बाबा विनय बर्मा नै मेरो गुरु हो । मेरो परिवार नै गीत, संगीतको साधक हो । मेरो दादा तबला बादक हुनुहुन्थ्यो । मेरो ममी, भाउजु पनि गीत गाउनु हुन्छ ।
तपाईले पढाई कहाँ पुर्याउनु भयो नी ?
पढेर त कहाँ सकिन्छ र । जति सिक्दै गयो त्यति मैले जान्न बाकी रहेछ भन्ने लाग्छ । अहिले चाँही म कोलकत्ता रविन्द्र भारती विश्वबिद्यालयमा एमए गर्दै छु । भोकल म्युजिक लिएर ।
संगीत क्षेत्रमा बसिरहदा, पढिरहदा कहिले काँही यो क्षेत्र भन्दा बाहिर निस्किहु भन्ने लाग्दैन ?
त्यस्तो त कहिल्यै लागेन । मेरो परिवारिक वातावरण नै गीत, संगीतलाई माया गर्ने, साधना गर्ने किसिमको थियो । फेरी मैले जे जानेको छु यही संगीत जानेको छु र यसैलाई निखारता दिने मेरो पहिलो काम हुनेछ ।
गीत संगीतको आनन्द लिदा त्यसमा रमाई रहँदा कयौ रोग निको हुन्छ भनिन्छ नी ?
ठिक भन्नु भयो । यो विज्ञानले पनि प्रमाणित गरि सकेको कुरा हो । तपाईले सुन्नु भएको होला कयौ हस्पिटलहरुमा बिरामी उपचार गर्दा संगीत सुनाईन्छ । मलाई पनि त्यसमा विश्वास लाग्छ ।
तपाईको गीत बिभिन्न ठाऊँमा बज्छन्, तपाई सुन्नु हुन्छ होला, कस्तो अनुभव हुन्छ त्यो बेला ?
खुशि त अबश्य लाग्छ । तर त्योसंगै अली कति लाज लाग्छ । साथीहरुले आयो–आयो भनेर जिस्काउछन् । त्यो बेला चाहीँ अलि लाज लाग्छ ।
तपाई यती राम्री हुनुहुन्छ, तपाईलाई प्रेम प्रस्ताहरु आएका छैनन् ?
त्यस्तो धेरै त आएको छैन । अलि–अलि त मेरो गीत मन पराएर मलाई मन पराउनु हुन्छ होला तर यसलाई मैले सामन्य रुपमा नै लिएकी छु ।
तपाईको परिवारको एउटा सदस्य तपाईको दाई अब्बल तवलाबादक तपाईहरुसंग हुनुहुन्न तपाईलाई खड्किदैन ?
खड्किन्छ नी । उहाँ मेरो असल दादा र कुसल तवलाबादनमा साधक हुनुहुन्थ्यो । उहाँका चेलाहरु अहिले पनि बिभिन्न ठाउमा सफल तवला बादक हुनुहुन्छ ।
अबको योजना चाहीँ के छ ?
मेरो योजना ठुलो छैन । म्युजिक फिल्डमा पिएचडि गर्ने ईच्छा छ । नेपालमै बसेर आफ्नो करियर बनाउछु भन्ने नै मेरो योजना हो । अहिले एमए अन्तिम बर्षमा छु । पढाई सकाउनु छ ।
संगीत क्षेत्र पढेर कति जान्नु भयो, अनी कति बाकी छ नी ?
यो क्षेत्रमा जति पढ्यो त्यति नै मैले गर्न अझै बाकि छ भन्ने हुदो रहेछ । जति पढ्यो उति गाह्रो, कहिल्यै म पुर्र्ण हु भन्ने नै नहुने रहेछ ।
अन्त्यमा दर्शकलाई के भन्नु हुन्छ ?
म नेपाली गीत संगीतको साधक हुँ । मेरो मन देश छोडर, परिवार छोडेर अन्त जान मान्दैन । म मेरो नै देशलाई केही दिन चाहन्छु । मेरो गीत मन पराउनु हुने दर्शक र हजुरहरुको सम्पुर्ण युनिटलाई मनको कुरा भन्ने अवसर दिनु भएकोमा धन्यवाद ।

गायीका सुजता बर्मासंगको विशेष भिडियो संवाद तलको युटुव लिंकमा हेर्नुहोसः

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...