घरेलु मैदानमै रियल मड्रिडलाई बार्सिलोनाले हरायो

२०७४ पुस ८ गते १९:५७ मा प्रकाशित


स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले पराजित गरेका छ ।

messi

रियलको घरेलु मैदानमा भएको एल क्लासिको खेलमा पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको ५४ औं मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै १ गोलको अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा रियल मडिड्रका डिफेन्डर ड्यानी कारबाहालले हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेका थिए । यो गोलसँगै मेसीले एल क्लासिको खेलमा आफ्नो गोल संख्या २५ पुर्याएका छन् ।

त्यस्तै खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा एलेक्स भिदालले गोल गर्दै ३–० को जित दिलाए । १० खेलाडीमा सिमित रियल मड्रिडविरुद्ध बार्सिलोनाले लगातार दबाब बनाएको थियो ।

खेलको ४० औँ मिनेटमा बार्सिलोनका खेलाडी पाउलिन्होले उत्कृष्ट हेड गर्दै बललाई पोस्टमा प्रहार गरे पनि रियल मड्रिडका गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै रियल मड्रिडका करिम बेन्जेमाले पहिलो हाफको ४२ औं मिनेटमा प्रहार बार्सिलोनको पोस्ट नजिकबाटै बाहिरिएको थियो ।

शनिबारको जितसँगै बार्सिलोना ४५ अंकसहित शीर्ष स्थानमा रहँदै लालिगा उपाधि होडमा सहज स्थितिमा देखिएको छ । चौथो स्थानमा रहेको रियल मड्रिडको भने ३१ अंक रहेको छ ।

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...