मेस्सीको दुई गोलसँगै बार्सिलोना विजयी, रियलमाथि दबाव कायमै

२०७४ बैशाख ३ गते ०८:४७ मा प्रकाशित


Barcelona-1-768x460३ बैशाख, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले रियल सोसिडाडलाई शनिबार हराएको छ र लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ ।


शनिबार भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ३-२ गोल अन्तरको जित निकालेको हो । त्यसअघि भएको खेलमा रियल मड्रिडले स्पोटिङ गिजोनलाई ३-२ ले नै हराएको थियो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलको सबै गोल पहिलो हाफमा नै भएको थियो । १७ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका मेस्सीले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे ।

तर, ४२ औं मिनेटमा बार्सिलोनाका उम्टिटीले आत्मघाती गोल गरे । ४४ औं मिनेटमा पाको अलासरले गोल गर्दै बार्सिलोनाको अग्रता ३(१ मा पुर्‍याए ।

पहिलो हाफ सकिनु अघि नै रियल सोसिडाडका जाबी प्रिइटोले गोल गरे । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।

Real-Madrid-1-768x460यसअघि भएको खेलमा रियल मड्रिडले ९० औं मिनेटमा इस्कोले गरेको गोलको मदतमा स्पोटिङ गिजोनलाई ३-२ ले हराएको थियो । गिजोनको घरेलु मैदानमा भएको खेलमा रियल दुई पटक पछि परेको थियो तर, हार मानेन ।

१४ औं मिनेटमा कोपले घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेटपछि नै इस्कोले बराबरी गोल फर्काए । दोस्रो हाफको पाँचौं मिनेटमा नै भास्गाले गोल गर्दै फेरि स्पोटिङ गिजोनलाई २-१ को अग्रता दिलाए ।

५९ औं मिनेटमा मोराटाले बराबरी गोल गरे । खेल बराबरीतर्फ उन्मुख भएको बेला ९० औं मिनेटमा इस्कोले गोल गरेपछि रियल मड्रिड विजयी भएको छ ।

जितपछि रियल मड्रिडको ३१ खेलबाट ७५ अंक भएको छ भने बार्सिलोनाको ७२ अंक छ । तर, बार्सिलोनाले एक खेल बढी खेलेको छ ।

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...