बंगलादेशलाई पाखा लगाउदैँ नेपाल फाइनलमा

२०७४ भदौ ९ गते १७:२१ मा प्रकाशित


akash९ भदौ, काठमाडौं । बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल १५ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पहिलो हाफ सकिँदासम्म नेपालले दुई गोलको अग्रता बनाएको नेपालले दुई गोल दोस्रो हाफमा थपेको थियो । दोस्रो हाफ सुरु भएको केही समयमा नेपालले आत्मघाती गोल उपहार स्वरुप पाएर अग्रता ३–० मा पुर्याएको थियो ।
त्यसको केहीबेरमा एक मिनेटको अन्तरालमा बंगलादेशले लगातार दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो ।

नेपालले झण्डै एक दर्जन गोल गर्ने सुन्दर मौका गुमायो । ३–२ को अवस्थामा खेल बराबरी गर्न प्रयासरत बंगलादेश अन्ततः सफल हुन सकेन । खेलको अन्तिम ह्विसल बज्नु अघि नेपालले अर्को एक गोल थप्यो र खेल ४–२ ले आफ्नो पक्षमा पार्यो ।

अब नेपालले उपाधिका लागि फेरि भारतसँग भिड्नुपर्नेछ । लिग चरणमा नेपाल भारतसँग पराजित भएको थियो । भारत आजै भएको सेमिफाइनलमा भुटानलाई २–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...