स्थानीय तह निर्वाचनः को–को बन्दैछन् मतदानबाट बञ्चित ?

२०७४ बैशाख २८ गते ०९:२६ मा प्रकाशित


२८ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए ।

स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेकाम नेपालीले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

स्थानीय निर्वाचनमा निजामति कर्मचारी करिब एक लाखको हाराहारीमा खटिँदै छन् । एक मतदान केन्द्रमा पाँच कर्मचारी खटिने र मतदाताको संख्यालाई हेरी केही थप हुनसक्ने उनको भनाइ छ । यसरी निर्वाचनमा परिचालित हुने कर्मचारीले मतदानमा सहभागी हुन पाउँदैनन् ।

निर्वाचनमा पहिलो घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीले पाएको छ । प्रत्यक्ष रुपमा निर्वाचनमा नखटिने सुरक्षाकर्मीले पनि मतदान गर्न पाउनेछैन । त्यस्तै निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ७५ हजार म्यादी प्रहरी पनि मतदानबाट बञ्चित हुने आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

You may also Like this

थप समाचार

यी हुन् मु्ख्य मन्त्रीका मुख्य दाबेदार
यी हुन् मु्ख्य मन्त्रीका मुख्य दाबेदार

कांग्रेस प्रदेश नम्बर १ अधिकांश जिल्ला सभापति दाबेदार कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभाप ...

समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब

आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यत ...

‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ
‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ

रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन ...

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न
गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...