बन्चरो प्रहार गरी साथीको हत्या

२०७४ बैशाख ८ गते १३:५८ मा प्रकाशित


axeवैशाख ८ । रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।

बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिए ।

झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ ।

हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । रासस

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...