एकै गाँउका ३ बालिकाको १२ दिनदेखि अत्तोपत्तो छैन

२०७४ साउन २६ गते १३:५० मा प्रकाशित


rupandehi२६ साउन, रौतहट । रौतहटको उत्तरी क्षेत्र चन्द्रपुर नगरपालिका २ जुडिबेलाबाट एउटै गाँउका तीन बालिका बेपता भएका छन । चन्द्रपुर २ जुडिबेला सुकुम्बासी टोलका शंकर परियारका १२ वर्षीया छोरी सरस्वती परियार र ९ वर्षीया छोरी रोजिना परियार तथा सोही टोलका राईका १३ वर्षिया छोरी सिसम राई बिगत दुई साता देखी गाँउबाट हराएकी हुन् ।

घरबाट निस्कीएका तिनै जना बालिका दुई दिनसम्म रौतहको गैडाटारमा सरस्वती परियारकी दिदीको घरमा बसेको र त्यसपछि उनीहरु सम्पर्कमा नआएको परिवारजनले बताएका छन ।

‘घरबाट हिडको दुई दिनसम्म तिनै जना दिदीको घरमा बसेका थिए । तर त्यसपछि घर जान्छौ भनेर हिडेका उनीहरु अझै घर फर्केका छैनन ।’ बुवा शंकर परियारले भने ‘उनीहरु कहाँ गए, कता गए कुनै पतो लागेको छैन ।’

परियार आफै पनि अपाङ्ग भएकाले खोज्न जाने अवस्थामा छैनन । दिदी र बजै मिलेर आफन्त सबै ठाँउमा खोजखबर गरे पनि उनीहरुको अवश्था पता नलागेको परियारले बताए । घरका दुई छोरीहरु एकै पटक बेपता भए पछि परिवारजनमा चिन्ता छाएको छ ।

यसैगरी चन्द्रपुर २ रैयाटोलबाट हराईरहेकी सिसम राईको पनि अवस्था जानकारी नहुँदा हजुरआमा गंगादेवी राई चिन्तीत छिन । ‘घरबाट हिडेको दुई दिनसम्म आफन्तको घरमा गएका रैछन तर त्यसपछि उनीहरु कहाँ गए कुनै पतो लागेन, हजुरआमा गंगादेवीले भनिन्, ‘हाम्रा बालिका खोजिदिने कोही भएनन । हराएको पनि १२ दिन भन्दा बढी भयो ।’

सिसमका बुवा रोजगारीका लागि काठमाण्डौमा भए पनि खोजी गर्न उनले कुनै चासो देखाएका छैनन भने अर्का अभिभावक शंकर परियार पूर्ण अपाङ्ग भएकाले छोरी खोज्न जाने अवस्थामै छैनन ।

बालिकाहरु हराएको बारेमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको छ । प्रहरीले बालिकाहरु हराएको दुई साता भइसकेकोले खोजबिनमा कठिनाई भईरहेको बताएको छ ।

छिमेकी जिल्ला र राजमार्गका सम्भावित ठाँउहरुमा प्रहरीले पत्राचार गरेर फोटो समेत पठाएको तथा खोजबिन जारी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

You may also Like this

थप समाचार

जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...
जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर ...

‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...
‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...

२ भदौं, भारत । भारतको महाराष्ट्रमा एक हप्तामा कम्तीमा पनि ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । महाराष्ट्रका ८ जिल्लाका स्था ...

कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना
कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

एजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटम ...

नेपाल २–१ ले विजयी
नेपाल २–१ ले विजयी

काठमाडौं, साउन ३२ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । क्वान्साइ गाकुइन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...