बलात्कारी बाबा रामको दरबारमा छापा !

२०७४ भदौ २३ गते १०:४४ मा प्रकाशित


balatkari-babaसिरसा, भदौ २३ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।


सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना लोहारसहितको टोली खटिएको छ ।

हरियाणाको सिरसास्थित ती बाबाको विशाल दरबारमा अलग अलग स्थानमा अलग अलग टोलीले छापा मार्नेछ । विशाल दायरामा रहेको उक्त दरबारमा कतै खन्नु वा भारी चीज उठाउनु परेमा डोजर तथा क्रेनको सहायता आवश्यक पर्ने भन्दै सुरक्षा टोलीले त्यस्ता यन्त्र तथा उपकरण पनि लिएर गएको छ ।

छापा मार्ने क्रममा सबै घटनाक्रमलाई भिडियोमा रेकर्ड गर्ने व्यवस्था गरिएको छ । सहरमा सुरक्षा व्यवस्थालाई कडा तुल्याउनुका साथै कर्फ्यु समेत लगाइएको छ । कथित बाबाका अनुयायीले विरोध प्रदर्शन गर्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बाबाको दरबार आसपास मिडियालाई जानसमेत रोक लगाइएको छ ।

आफ्नो आश्रममा आएका महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई हालै अदालतले कैद सजाय तोकेको छ । दुई अलग घटनामा उनलाई १०÷१० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय तोकिएको हो । -एजेन्सी

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...