पहिलो पटक गाउँमा मोटर पुग्दा बाजागाजासहित स्वागत

२०७४ बैशाख ७ गते १२:४१ मा प्रकाशित


happy-because-sadakवैशाख ७ । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ,’ जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’

विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे ।

गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसीयाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए ।

९१ घरधुरी रहेको बोर गाउँमा गत महिनामात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोर गाउँमा पर्छ ।

जैदीकै पाहाकोटसम्म गत वर्ष नै मोटर गुडे पनि पाँच किमी टाढाको बोरसम्म सडक पुग्न एक वर्ष लाग्यो । ‘पारि गाउँमा मोटर गुडेको हेरेर चित्त बुझाउँथ्यौँ,’ स्थानीयवासी जङ्गबहादुर रानाले भने, ‘अहिले त बोर गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।’

सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने रानाले बताए ।

स्थानीय दीपज्योति आमा समूहकी अध्यक्ष कलावती रानाले बोर गाउँवासीको विकासको सपना पूरा भएको प्रतिक्रिया दिइन् ।

उनले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताइन् ।

सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् । दिनभर हिँडेर पनि नपुगिने सदरमुकाम बागलुङ बजारमा अहिले तीन घन्टामै पुग्न सकिने भएको छ । तत्कालीन जिविसले वर्षौंअघि खन्न सुरु गरेको कृषि सडक बल्लतल्ल बोर गाउँसम्म पुगेको हो । सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मेहनतले सडकलाई जैदीमा छिराएको बताए ।

उनका अनुसार सडकलाई छिस्तीसम्म पुर्‍याउन अझै धेरै काम बाँकी छ । जिल्लाको पश्चिम क्षेत्र सडक सञ्जालमा छिटो जोडिए पनि दक्षिण भेग पछाडि परेको उनको भनाइ छ ।

‘जिविसको ठूलो योजनामध्येमा परे पनि धेरै कठिनाइ र अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको हो,’ अध्यक्ष रानाले भने, ‘अब सहज ढङ्गले छिस्तीसम्म सडक जोडिन्छ ।’

जिल्ला समन्वय समिति ९तत्कालिन जिल्ला विकास समिति० ले चालु आवमा सडकका लागि रु १३ लाखँ अनुदान छुट्याएको थियो ।

यस्तै, आर्थिक केन्द्रअन्तर्गतको अर्थ मन्त्रालयबाट प्राप्त रु २० लाख पनि सडकमा खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । कृषि सडकको बाँकी मार्ग खोल्न आवश्यक बजेट व्यवस्था गरेर समयमै काम पूरा गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

उक्त सडकले जैमिनी नगरपालिकाका अधिकांश वडालाई समेटेको छ ।

कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ । सडक पुगेको अवसरमा खुसियाली मनाउन बोर साहित्यिक सङ्गम, दीपज्योति आमा समूह, जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबले कार्यक्रमको आयोजना गरेका थिए । (रासस)

 

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...