विजय उत्सवमा ओलीः कांग्रेस कसरी एमालेको हाराहारीमा आयो ?

२०७४ जेष्ठ ५ गते १४:४९ मा प्रकाशित


kp-oli५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् । नगर चुनावको इतहिासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’


उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो रुकार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।


बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए । व

नेपा काङ्ग्रेसको पकेट क्षेत्र मानिन्थ्यो । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

You may also Like this

थप समाचार

एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे
एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन ...

बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !
 बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !

काठमाडौं, साउन ५ । पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर ...

विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !
विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !

५ साउन । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम सुुरु गरेको छ । ने ...

सवारी दुर्घटनाका कारण १६३ को मृत्यु
सवारी दुर्घटनाका कारण १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...