गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

२०७५ असार २८ गते १६:३७ मा प्रकाशित


mohan baidhya

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष वैद्यले प्रदेशको नाम पहिचानविरोधी राखिएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

केही दिनअघि प्रदेशसभा ४ को बैठकले नाम गण्डकी राख्ने निर्णय गरेको थियो ।

‘हाम्रो पार्टी यस प्रकारको पहिचानविरोधी निर्णयको तीव्र विरोध र पहिचानको पक्षमा सञ्चालित न्यायपूर्ण आन्दोलनको दृढ समर्थनका साथै त्यसप्रति ऐक्यवद्धता समेत जाहेर गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी ४ नंं प्रदेशको नामांकनसम्बन्धी उक्त निर्णयको खारेज गरी पहिचानसमेतलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।’

प्रदेशको नामांकन गर्दा त्यसको ऐतिहासिकता, जातीय, क्षेत्रीय तथा भाषिक अवस्थिति, सामाजिक आर्थिक अवस्था, पहिचान जस्ता विषयलाई आधार बनाउनुपर्ने क्रान्तिकारी माओवादीले जनाएको छ ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...