‘बाहुबली-२’को धमाकाः १० दिनमा १० रेकर्ड

२०७४ बैशाख २६ गते ११:२४ मा प्रकाशित


Bahubali2२६ वैशाख, एजेन्सी । निर्देशक एस.एस. राजामौलीको फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ बक्स अफिसमा धमाका कमाइ गर्दैछ।

फिल्मले रिलिजको १० दिनमा विश्वभर १०६५ करोड भारु कमाइ गरेको छ। एक हजार करोड भारुको आंकडा कटाउने यो पहिलो भारतीय फिल्म हो।

यो भन्दा अघि आमिर खान स्टारर ‘पीके’ ९२०१४०ले ७९२ करोड भारु कमाइ गरेर सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। यो रेकर्ड आमिरकै फिल्म ‘दंगल’ ने सन् २०१६ मा तोड्यो।

‘दंगल’ शुक्रबारबाट चीनमा पनि रिलिज भएको छ। फिल्मले त्यहाँ पहिलो हप्तामा ७३ करोड भारुको व्यापार गरेको छ। पहिले नै यसले ७८५ करोड भारु कमाइसकेको थियो। अब दंगलको कमाइ ८५८ करोड भारु पुगेको छ।

बाहुबली-२को रकर्डः
बलिउड बक्स अफिसमा बाहुबली-२ को हिन्दी भर्जनले मात्र ३२७ करोड भारु कमाएको छ। यसको साथै सबैभन्दा छिटो ३०० करोड भारु संकलन गर्ने यो पहिलो फिल्म बनेको छ। यसले केवल १० दिनमा हो आंकडा पार गरेको हो।

बाहुबली-२ पहिलो साउथ इन्डियन फिल्म हो, जसको हिन्दी भर्जनले बलिउडमा ३०० करोड क्लबमा आफ्नो स्थान बनायो।
उत्तर अमेरिकामा १०० करोड भारुको कमाइ गर्ने बाहुबली(२ पहिलो साउथ इन्डियन फिल्म बनेको छ। यसले केवल १० दिनमा त्यहाँ १०६ करोड भारु कमाएको छ।

पहिलो हप्तामा बाहुबली-२ को हिन्दी भर्जनले बलिउड बक्स अफिसमा २४७ करोड भारु संकलन गरेको छ। यस्तो गर्ने यो पहिलो भारतीय फिल्म हो। यो भन्दा अघि सुल्तान फिल्मले रिलिजको पहिलो हप्ता २२९ र दंगलले १९८ करोड भारु संकलन गरेका थिए।

सन् २०१६ क्रिसमसको अवसरमा रिलिज ‘दंगल’ले बलिउड बक्स अफिसमा ३८७ करोड भारु कमाएर रेकर्ड बनाएको थियो। तर बाहुबली(२ ९सबै भर्जन०ले भारतमा मात्र केवल ५ दिनमा यो रेकर्ड तोड्यो। बाहुबलीले भारतको घरेलु बक्स अफिसमा ४४० करोड भारु कमाएको छ।

रिलिजको तेस्रो दिन यसले ठूलो रेकर्ड आफ्नो नाममा गर्यो। यो अमेरिकामा सबैभन्दा कमाइ गर्ने भारतीय फिल्म गर्यो। केवल तीन दिनमा अमेरिकी बक्स अफिसमा यसले ६६ करोड भारुको कमाइ गरेको थियो।

बाहुबली-२ ९सबै भर्जन० रिलिजको दोस्रो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बन्यो। यसको सबै भर्जनले दोस्रो दिन १०२ करोड भारतमा मात्र संकलन गर्यो। पहिलो दिनको कमाइसमेत जोड्दा, दुई दिनमा यसले २०० करोड भारुको रेकर्ड तोडेको थियो।

बाहुलबी-२ ९सबै भर्जन०ले पहिलो दिनमै रकर्ड बनायो। पहिलो दिन १०० करोड भारु भन्दा बढी कमाउने यो पहिलो भारतीय फिल्म हो। यसले पहिलो दिन १२१ करोड भारु कमाएको थियो।

बाहुबली-२ को लागि ३६ करोड भारुको एडभान्स बुकिङ भएको थियो। यो भन्दा अघि आमिरको ‘दंगल’ १८ करोडको एडभान्स बुकिङसंगै सूचीको पहिलो स्थानमा थियो।

साथै कुनै पनि भारतीय फिल्मको सिक्वेल फिल्मले यतिको कमाइ गरेको यो पहिलो पटक हो।

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...