बलिउडमा सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो ‘बाहुबली–२’

२०७४ बैशाख २० गते १०:३२ मा प्रकाशित


bahubaliमुम्बई, वैशाख २० । लामो प्रतीक्षापछि गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘बाहुबली–२’ ले आम्दानीका हिसाबले अन्य बलिउड चलचित्रलाई निकै पछाडि पारेको छ ।

विश्वभर यो चलचित्रले गरेको आम्दानी भारतीय चलचित्र उद्योगका लागि नयाँ कीर्तिमान बनेको हो ।

एसएस राजामौलीको यो चलचित्रले प्रारम्भिक चार दिनमै ६ सय करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइएको छ । यो चलचित्रको हिन्दी भर्सनलेमात्र चार दिनमा एक सय ६८ करोड रुपैयाँको आँकडा पार गरेको छ ।

शुक्रबार हिन्दी भर्सनले ४१ करोड, शनिबार ४० करोड ५० लाख, आइतबार ४६ करोड ५० लाख र सोमबार ४० करोड आम्दानी गरेको छ ।

चलचित्र समीक्षक तरण आदर्शका अनुसार बाहुबली–२ अमेरिकामा सबैभन्दा बढी आम्दानी गर्ने भारतीय चलचित्र बनेको छ । अमेरिकामा चार दिनमा यो चलचित्रले ६५ करोडभन्दा बढी आम्दानी गरेको उनले जनाकारी दिए ।

मूल रुपमा तुलुगु भाषामा निर्माण भएको यो चलचित्र हिन्दीसहित ६ भाषामा प्रदर्शन भइरहेको छ । विश्वभर ९ हजार सिनेमाघरमा यो चलचित्र एकसाथ प्रदर्शन भइरहेको छ ।

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...